कमैया मुक्तिका १७ वर्ष : कागजमा मुक्त, पुनर्स्थापनामा सुस्त - Naya Patrika

नेपाल पत्रकार महासंघको आज सम्पन्न निर्वाचनको मतगणना सुरु भएको छ । उम्मेदवार प्रतिनिधिहरुको रोहवरमा मतपेटिका खोलिएको छ । प्रदेश केन्द्रीय सदस्यहरु र पदाधिकारी तथा सदस्यहरुको मतगणना बेग्लाबेग्लै भइरहेको छ । कूल…
पूरा पढ्नुहोस् »

उहाँ हाँ (उषाकला राई) खोटाङबाट प्रतिनिधित्व गर्नुहुन्छ भने म सिन्धुपाल्चोक । हाम्रो पहिलो भेट ०५४ सालमा भएको थियो । कुनै समय हामीले प्रजातान्त्रिक राष्ट्रिय युवा संघमा सँगै काम गरेका थियौँ…
पूरा पढ्नुहोस् »

सुत्केरी अवस्थामा नवजात शिशुको ध्यान दिनुका साथै आमाले पनि खानपानमा ध्यान पु¥याउनुपर्छ । आमा स्वस्थ भए बच्चा पनि स्वस्थ हुने भएकाले खानपानमा ध्यान दिन जरुरी छ । अरू वेलाको तुलनामा…
पूरा पढ्नुहोस् »

जलविद्युत् आयोजनाले डिपिआरमा उल्लेख भएबमोजिमको जग्गामा हदबन्दी नलाग्ने आदेश कानुन मन्त्रालयले फर्कायो जलविद्युत् आयोजनाले डिपिआरमा उल्लेख भएबमोजिमको जग्गामा हदबन्दी नलाग्नेसम्बन्धी आदेश कानुन मन्त्रालयले फर्काइदिएपछि जलविद्युत् प्रवद्र्धकहरूलाई समस्या परेको छ ।…
पूरा पढ्नुहोस् »

दक्षिण एसियाली मुलुकमा वर्षापछिको बाढी–पहिरोका कारण डेढ करोडभन्दा बढी मानिस प्रभावित भएका छन् । अगस्टमा आएको बाढीले दक्षिण एसियाका नेपाल, बंगलादेश र भारतका एक करोड ६० लाख मानिस प्रभावित भएका…
पूरा पढ्नुहोस् »

सुनसरीकाे झुम्कामा जारी प्रथम रामधुनी विद्यालय स्तरीय फुटबल प्रतियोगिताअन्तर्गत सोमबार भएका खेलमा विजयी हुँदै लर्डबुद्ध बोर्डिङ स्कुल, झुम्का र पञ्चायत मावि, प्रिपाहा सेमिफाइनलमा प्रवेश गरेका छन् । पिप्राहा खेल मैदानमा…
पूरा पढ्नुहोस् »

प्रिय बाबुराम दाइ, अस्ति भर्खर तपाईं स्वास्थ्योपचार गरी अहिले निवासमै आराम गर्दै हुनुहुन्छ भन्ने सुनेको छु । तपाईंको शीघ्र पूर्ण स्वास्थ्यलाभको कामना ! पछिल्लोपल्ट तपाईंको पार्टी परिवारमा केही खटपट चलिरहेको…
पूरा पढ्नुहोस् »

राम तामाङ राजधानीको व्यस्त र भिडमभिड क्षेत्र असन, इन्द्रचोक, ज्याठा र भोटाहिटीवरपर ठेला चलाउँछन् । उनका दिनहरू ठेलामा सामान ओसारेरै बित्छन् । परिवार पाल्ने र आफ्नो पढाइ खर्च थेग्ने उनको…
पूरा पढ्नुहोस् »

नयाँ नेतृत्व चयन गर्ने कार्यसूचीसहित नेपाल पत्रकार महांसघको अधिवेशन हिजोदेखि काठमाडौंमा सुरु भएको छ । झन्डैझन्डै नेपालको प्रजातन्त्रको जस्तै आयु भएको र सुदृढ र शक्तिशाली बन्दै गएको पत्रकारिता जगत्को नेतृत्व…
पूरा पढ्नुहोस् »

नयाँ पत्रिकाको न्युजरुममा आज उद्योग वाणिज्य महासंघकी अध्यक्ष भवानी राणासँग अन्तरक्रिया हुँदैछ । मुलुकको विकासमा निजी क्षेत्रका योगदान कति भन्ने विषयमा अन्तरक्रिया केन्द्रित हुँदैछ । अन्तरक्रिया फेसबुक लाइभ हेर्न तलको लिंकमा…
पूरा पढ्नुहोस् »

भुपेन्द्र वली , दाङ   |   साउन ०२, २०७४

सरकारले कमैयालाई मुक्त घोषणा गरेको आज १७ वर्ष पुग्यो । कागजमा मुक्त भएका र दैनिकी उस्तै बिताइरहेका कमैयाहरुको पुर्नस्थापना गर्ने कार्य भने उत्तिकै सुस्त छ । १८ औं मुक्त कमैया दिवसको अवसरमा सोमबार उचित पुर्नस्थापनाको माग गर्दै मुक्त कमैयाहरुले दाङको घोराहीमा रहेका विभिन्न सरकारी कार्यालय अगाडि प्रदर्शन गरे ।

पुर्नस्थापना गरिएका मुक्त कमैयाहरुलाई खोलाको बगर र सामुदायिक वनको विवादित जग्गाको लालपूर्जा दिएर राज्यले आफुहरुलाई अन्याय गरेको बताए । मुक्त कमैया समाज दाङका अध्यक्ष हरिचन्द्र चौधरीले पुर्नस्थापनाका नाममा मुक्त कमैयाहरुलाई विवादीत जग्गा दिएर झारा टार्ने काम भएको र अधिकाँश मुक्त कमैयालाई सुकुम्बासीले भोगचलन गर्दै आएको जग्गा दिइएको गुनासो गरे ।

सरकारले मुक्त कमैया घोषणा गर्दा पुर्नस्थापनाका लागि समिति गठन गरेर बुटयान नभएको वन क्षेत्र, सामुदायीक वन, सरकारको स्वामित्वमा रहेको एैलानी जग्गा तथा र विभीन्न कम्पनीको नाममा रहेको खाली जग्गा उपल्बध गराउने प्रतिबद्धता व्यक्त गरेको थियो । कमैया श्रम ( निषेध) ऐन २०५८ ले उनीहरुको पुर्नस्थापनाका लागि बजार क्षेत्रमा १ कट्ठा, राजमार्ग किनारमा २ कट्ठा र ग्रामिण क्षेत्रमा ५ कठासम्म बसोबासका लागि जग्गा र काठ उपल्बध गराउने नीति व्यवस्था गरेको छ ।

पुर्नस्थापनाका नाममा मुक्त कमैयाहरुलाई विवादीत जग्गा दिएर झारा टार्ने काम भएको र अधिकाँश मुक्त कमैयालाई सुकुम्बासीले भोगचलन गर्दै आएको जग्गा दिइएको

सरकारी काार्यालय अगाडि प्रदर्शन गरिरहेका मुक्त कमैयाले जिल्लामा अझै ५ हजार मुक्त कमैया सरकारी लगतबाट (परिचय पत्र) छुटेको दाबी गर्दे उनीहरुले पूनः लागत लिन माग गरे । १७ जना मुक्त कमैयाले लालपुर्जा पाएर पनि अहिलेसम्म आफ्नो जग्गा पत्ता लगाउन सकेका छैनन् भने ८१ जनाले पाएको लालपुर्जा अनुसार उनीहरुको जग्गा या त खोलाको किनारमा या त खोलाको बगर भैसकेको स्थानमा रहेको समाजका अध्यक्ष चौधरीले जानकारी दिए ।

मुक्त कम्लहरी संघर्ष समितिका पूर्व केन्द्रिय सदस्य पुष्पा चौधरीले मुक्त कमैयाहरुलाई पुर्नस्थापना गर्दा दिइएको अधिकाँश जग्गाको लालपूर्जा पूरुषका नाममा भएकोले महिलाहरुलाई अप्ठेरो परेको बताइन । उनले भनिन् ‘समान अधिकारका लागि महिला पुरुषको संयुक्त स्वामित्व कायम हुने गरि लालपुर्जा दिनु पर्छ ।’