कर संकलनमा पहिलो जिल्ला चितवन - Naya Patrika

देउवा र पौडेल पक्षबीच भागबन्डा नमिल्दा मंगलबार ५ बजेका लागि तय भएको शपथ स्थगित सत्तारुढ कांग्रेसभित्रै भागबन्डा नमिल्दा मंगलबार तय भइसकेको मन्त्रिपरिषद् विस्तार रोकिएको छ । प्रधानमन्त्री एवं कांग्रेस सभापति…
पूरा पढ्नुहोस् »

अमेरिकाको हिमाल आरोहणका क्रममा गत असार २ गते मृत्युवरण गरेका कीर्तिमानी आरोही तथा अल्ट्रा धावक सञ्जय पण्डितको शव ४० दिनपछि सोमबार राती नेपाल आइपुगेको छ । उनको पार्थिव शरीर श्रद्धाञ्जलि…
पूरा पढ्नुहोस् »

यस्ता कयौँ सेलेब्रिटी छन्, जसले आफ्नो बच्चाको पहिलो फोटो बेचेर करोडौँ कमाएका छन् । हलिउडमा यो ट्रेन्ड व्यापक छ । चर्चित गायिका तथा अभिनेत्री जेनिफर लोपेजदेखि जेसिका एल्बासम्मले आफ्ना सन्तानको…
पूरा पढ्नुहोस् »

जब गर्मी लाग्छ, घरभित्र लामखुट्टे भुनभुनाउन थाल्छन् । गर्मी बढ्दै जाँदा लामखुट्टेका हुल बढ्दै जान्छन्, कोठाभित्र । लामखुट्टेविरुद्ध झुल प्रयोग गर्नु नै उत्तम उपाय हो । तर, सुत्ने वेलाबाहेक अरू…
पूरा पढ्नुहोस् »

रोजगार आवेदन फाराम भर्न वाणिज्य बैंक खाता अनिवार्य – आठौँ कोरियन भाषा (इपिएस–टपिक) परीक्षामा १२ हजार १ सय ८ जना परीक्षार्थी उत्तीर्ण भएका छन् । वैदेशिक रोजगार विभाग, इपिएस कोरिया…
पूरा पढ्नुहोस् »

लोकसभाकी सभामुख सुमित्रा महाजनले सोमबार कंगे्रसका ६ सांसदलाई ५ दिनका लागि निलम्बित गरेकी छिन् । बोफोर्स मुद्दासम्बन्धी छलफल हुँदा सभामुख महाजनमाथि कागज फ्याँकेपछि कंग्रेसका गौरव गोगाई, के सुरेश, रञ्जन चौधरी,…
पूरा पढ्नुहोस् »

  न्यूजील्याण्डमा अर्को वर्ष आयोजना हुने आइसीसी यु–१९ को विश्वकप खेल्ने नेपालको सपना चकनाचुर भएको छ । सिंगापुरको इन्डियन क्रिकेट क्लबमा आज भएको अफगानिस्तानविरुद्धको खेलमा ९६ रनको भारी अन्तरले पराजय…
पूरा पढ्नुहोस् »

मुलुकमा स्थापित ७४४ स्थानीय तहमध्ये केहीले आ. व. ०७४-७५ को बजेट निर्माण गरिसकेका छन् भने केहीले निर्माण गर्दै छन् । स्थानीय तहले बजेट निर्माण गर्ने सम्बन्धमा निजी अनुभव र संघीय…
पूरा पढ्नुहोस् »

सन् १९७५ मा रिलिज भएको थियो, हिन्दी फिल्म ‘सोले’ । अमजद खान सोलेमा मुख्य भूमिकामा थिए । फिल्ममा ‘गब्बर सिंह’ बनेका थिए, उनी । गब्बर सिंहको क्यारेक्टरले बलिउडमा एक्सन फिल्मको…
पूरा पढ्नुहोस् »

धेरै लेखिएका, बोलिएका र विरोध गरिएका तर निरन्तर राज्यको तिरस्कारमा परेका अनेक विषय छन् । यस्ता विषय पनि मौसमी हुन्छन् । सूचना र विश्लेषणका अनेक उपायद्वारा जनतालाई सचेत बनाउने र…
पूरा पढ्नुहोस् »

नयाँ पत्रिकाको न्युजरुममा आज उद्योग वाणिज्य महासंघकी अध्यक्ष भवानी राणासँग अन्तरक्रिया हुँदैछ । मुलुकको विकासमा निजी क्षेत्रका योगदान कति भन्ने विषयमा अन्तरक्रिया केन्द्रित हुँदैछ । अन्तरक्रिया फेसबुक लाइभ हेर्न तलको लिंकमा…
पूरा पढ्नुहोस् »

दिपेन्द्र अधिकारी, चितवन   |   साउन ०२, २०७४

राज्यकोषमा बढी योगदान गर्ने १० सरकारी कार्यालयमध्ये आन्तरिक राजश्व कार्यालय भरतपुर छैठौं नम्बरमा परेको छ । यस्तै जिल्ला तहको राजश्व कार्यालय अन्तर्गत सबैभन्दा बढी कर संकलन गर्नेमा भने चितवनले पहिलो स्थान हासिल गरेको छ ।

आर्थिक वर्ष २०७३,०७४ मा राजश्व कार्यालय चितवनले कुल १६ अर्व ५७ करोड ५१ लाख ३७ हजार रुपैयाँ राजश्व संकलन गरेको थियो । कार्यालय प्रमुख थानप्रसाद पंज्ञानीका अनुसार अघिल्लो आर्थिक वर्ष २०७२, ०७३ को भन्दा झण्डै ४ अर्व ४० करोड बढि राजश्व संकलन भएको छ । अघिल्लो आवमा जम्मा १२ अर्व १६ करोड ५६ लाख ६० हजार रुपैयाँ राजश्व संकलन भएको थियो ।

त्यस्तै गत आवमा लक्ष्य लिएको भन्दा १३ प्रतिशत बढि राजश्व संकलन भएको छ । कुल १४ अर्व ६३ करोड ७७ लाख ८५ हजार रुपैयाँ राजश्व संकलन लक्ष्य लिइएकोमा १६ अर्व ५७ करोड ५१ लाख ३७ हजार रुपैयाँ राजश्व संकलन भएको कार्यालय प्रमुख पंज्ञानीले बताए ।
आयकर तर्फ कुल १ अर्व १३ करोड ५७ लाख १६ हजार रुपैया संकलन भएको छ । आयकर संकलन लक्ष्य ९९ करोड ७६ लाख ७८ हजार मात्र रहेको थियो । लक्ष्य भन्दा १३ प्रतिशत बढि आयकर संकलन भएको प्रमुख पंज्ञानीले बताए । यस शीर्षकमा अघिल्लो आवमा ९६ करोड ५४ लाख ६६ हजार संकलन भएको थियो ।

विभिन्न कर शीर्षक अन्तर्गगत अन्त शुल्कमा मात्रै १४ अर्व रुपैयाँ राजश्व संकलन भएको छ । अन्त शुल्क करमा १४ अर्व २३ करोड ७८ लाख ९४ हजार रुपैयाँ राजश्व संकलन भएको छ । यसको लक्ष्य १२ अर्व ४५ करोड ४८ लाख २९ हजार रुपैयाँ राजश्व संकलन लक्ष्य लिइएको थियो । अघिल्लो आवमा यस शीर्षकमा १० अर्व २५ करोड ९ लाख ३७ हजार रुपैयाँ संकलन भएको थियो ।
घरबहाल करतर्फ लक्ष्य भन्दा १५ प्रतिशत बढि कर संकलन भएको छ । ७ करोड ९० लाख ४६ हजार लक्ष्य रहेकोमा ९ करोड ११ लाख २५ हजार रुपैया संकलन भएको छ । यस शीर्षकमा अघिल्लो आवमा कुल ७ करोड ४२ लाख ९१ हजार राजश्व संकलन भएको थियो ।
व्याजकरतर्फ ५ करोड ८९ लाख ९३ हजार रुपैयाँ राजश्व संकलन लक्ष्य लिइएकोमा ६ करोड ६ लाख ३१ हजार रुपैयाँ संकलन भएको छ ।

मूल्य अभिवृद्धि करतर्फ ९० करोड ९ लाख २३ हजार राजश्व लक्ष्य लिइएकोमा ९६ करोड ८९ लाख १५ हजार रुपैयाँ राजश्व संकलन भएको छ । स्वास्थ्य सेवा करतर्फ १२ करोड ४९ लाख १८ हजार रुपैयाँ राजश्व संकलन लक्ष्य लिइएकोमा ५ करोड ९३ लाख ५७ हजार रुपैया राजश्व संकलन भएको छ । शिक्षा कर तर्फ २ करोड १५ लाख रुपैयाँ संकलन भएको छ । २ करोड १३ लाख ९८ हजार रुपैयाँ राजश्व संकल लक्ष्य रहेको थियो ।