गृहमन्त्री भन्छन् – मेरो गाडीमा साइरन बज्दैन - Naya Patrika

नेपाल पत्रकार महासंघको आज सम्पन्न निर्वाचनको मतगणना सुरु भएको छ । उम्मेदवार प्रतिनिधिहरुको रोहवरमा मतपेटिका खोलिएको छ । प्रदेश केन्द्रीय सदस्यहरु र पदाधिकारी तथा सदस्यहरुको मतगणना बेग्लाबेग्लै भइरहेको छ । कूल…
पूरा पढ्नुहोस् »

उहाँ हाँ (उषाकला राई) खोटाङबाट प्रतिनिधित्व गर्नुहुन्छ भने म सिन्धुपाल्चोक । हाम्रो पहिलो भेट ०५४ सालमा भएको थियो । कुनै समय हामीले प्रजातान्त्रिक राष्ट्रिय युवा संघमा सँगै काम गरेका थियौँ…
पूरा पढ्नुहोस् »

सुत्केरी अवस्थामा नवजात शिशुको ध्यान दिनुका साथै आमाले पनि खानपानमा ध्यान पु¥याउनुपर्छ । आमा स्वस्थ भए बच्चा पनि स्वस्थ हुने भएकाले खानपानमा ध्यान दिन जरुरी छ । अरू वेलाको तुलनामा…
पूरा पढ्नुहोस् »

जलविद्युत् आयोजनाले डिपिआरमा उल्लेख भएबमोजिमको जग्गामा हदबन्दी नलाग्ने आदेश कानुन मन्त्रालयले फर्कायो जलविद्युत् आयोजनाले डिपिआरमा उल्लेख भएबमोजिमको जग्गामा हदबन्दी नलाग्नेसम्बन्धी आदेश कानुन मन्त्रालयले फर्काइदिएपछि जलविद्युत् प्रवद्र्धकहरूलाई समस्या परेको छ ।…
पूरा पढ्नुहोस् »

दक्षिण एसियाली मुलुकमा वर्षापछिको बाढी–पहिरोका कारण डेढ करोडभन्दा बढी मानिस प्रभावित भएका छन् । अगस्टमा आएको बाढीले दक्षिण एसियाका नेपाल, बंगलादेश र भारतका एक करोड ६० लाख मानिस प्रभावित भएका…
पूरा पढ्नुहोस् »

सुनसरीकाे झुम्कामा जारी प्रथम रामधुनी विद्यालय स्तरीय फुटबल प्रतियोगिताअन्तर्गत सोमबार भएका खेलमा विजयी हुँदै लर्डबुद्ध बोर्डिङ स्कुल, झुम्का र पञ्चायत मावि, प्रिपाहा सेमिफाइनलमा प्रवेश गरेका छन् । पिप्राहा खेल मैदानमा…
पूरा पढ्नुहोस् »

प्रिय बाबुराम दाइ, अस्ति भर्खर तपाईं स्वास्थ्योपचार गरी अहिले निवासमै आराम गर्दै हुनुहुन्छ भन्ने सुनेको छु । तपाईंको शीघ्र पूर्ण स्वास्थ्यलाभको कामना ! पछिल्लोपल्ट तपाईंको पार्टी परिवारमा केही खटपट चलिरहेको…
पूरा पढ्नुहोस् »

राम तामाङ राजधानीको व्यस्त र भिडमभिड क्षेत्र असन, इन्द्रचोक, ज्याठा र भोटाहिटीवरपर ठेला चलाउँछन् । उनका दिनहरू ठेलामा सामान ओसारेरै बित्छन् । परिवार पाल्ने र आफ्नो पढाइ खर्च थेग्ने उनको…
पूरा पढ्नुहोस् »

नयाँ नेतृत्व चयन गर्ने कार्यसूचीसहित नेपाल पत्रकार महांसघको अधिवेशन हिजोदेखि काठमाडौंमा सुरु भएको छ । झन्डैझन्डै नेपालको प्रजातन्त्रको जस्तै आयु भएको र सुदृढ र शक्तिशाली बन्दै गएको पत्रकारिता जगत्को नेतृत्व…
पूरा पढ्नुहोस् »

नयाँ पत्रिकाको न्युजरुममा आज उद्योग वाणिज्य महासंघकी अध्यक्ष भवानी राणासँग अन्तरक्रिया हुँदैछ । मुलुकको विकासमा निजी क्षेत्रका योगदान कति भन्ने विषयमा अन्तरक्रिया केन्द्रित हुँदैछ । अन्तरक्रिया फेसबुक लाइभ हेर्न तलको लिंकमा…
पूरा पढ्नुहोस् »

अम्बिका पौडेल, काठमाडौं   |   साउन ०२, २०७४

राजधानीमा हर्न निषेधित छ तर, सडकमा ह्वाइँ –ह्वाइँ साइरन बजाउँदै बेगसँग दौडिएका थुप्रै गाडी देखिन्छन् । न तिनका सवारी ट्राफिक सिग्नलमा रोकिन्छन्, न पालो कुर्छन् । यिनै सडकमा सर्वसाधारण ट्राफिक जाम र अस्तव्यस्तताको सास्ती व्यहोर्दै कष्टपूर्वक सार्वजनिक सवारी साधनमा यात्रा गर्न बाध्य छन् ।

सर्वसाधारणको यो पीडामा गृहमन्त्री जनार्दन शर्मा प्रभाकरले थोरै भए पनि मल्हम लगाउने प्रयास गरेका छन् । गृहमन्त्री शर्माका अनुसार उनी चढेको गाडीमा साइरन बजाउन बन्द गरिएको छ भने ट्राफिक जाममा पर्दा सर्वसाधारणले जस्तै ट्राफिक खुलेपछि मात्रै गाडी गुडाउने गरिएको छ ।

सोमबार नयाँ पत्रिकाको न्युजरुममा उपस्थित भएका गृहमन्त्री शर्माले अनुभव यसरी सुनाए, ‘गृहमन्त्री भएपछि मेरो अघि र पछि दुईवटा गाडी गुड्न थाले । मेरो सुरक्षा गर्ने जिम्मेवारी पाएका सुरक्षाकर्मीले अघिपछिकै गाडीमा साइरन बजाउने, ट्राफिक जामको मतलब नै नगरी जताबाट पनि गाडी कुदाउने, कतै रोक्दै नरोक्ने गर्दा सर्वसाधारणलाई धेरै सास्ती भएको महसुस भयो । मैले गृहमन्त्री भएको छैटौँ दिन भने – अबदेखि हामी गाडीमा साइरन नबजाऔँ, जथाभावी बाटो काट्दै अघि नबढौँ । ट्राफिक जामको अवस्थामा सर्वसाधारणले जस्तै पालो कुरेरै हिँड्ने गरौँ । हामी अहिले त्यसरी नै हिँड्ने गरेका छौँ । विशेष अवस्थामा बाहेक मेरो गाडी जाम खुलेपछि मात्र अघि बढ्ने गरेको छ । साइरन बन्द भएको छ ।’

नयाँ पत्रिकाकर्मीसँगको अन्तरक्रियामा गृहमन्त्रीले सडकमा गुड्ने सबै भिभिआइपीका सवारीले एउटै मापदण्डमा साइरन बजाउँदै र बाटो छिचोल्दै हिँड्न आवश्यक नरहेको पनि बताए । ‘यो आफूले बुझ्ने र लागू गर्ने कुरा हो । भिभिआइपीको सुरक्षा प्रति गृह प्रशासन संवेदनशील छ । तर सबैले उस्तै गरी हिँड्नुपर्छ भन्ने होइन ।’

उनले भिभिआइपीको सवारीमा वैकल्पिक उपाय अपनाएर सर्वसाधारणलाई कम दुःख हुने अवस्था बनाउन आफू प्रयत्नशील रहेको पनि बताए । भिभिआइपीको सवारीका नाममा घण्टौंँ सडक बन्द गरेर, सार्वजनिक तथा निजी सवारी साधन र कतिपय बेला सर्वसाधारण नागरिकलाई समेत हिड्न नदिएर दुःख दिने गरिएको सम्बन्धमा नयाँ पत्रिकाकर्मीले गृहमन्त्रीलाई जिज्ञासा राखेका थिए । जवाफमा उनले राष्ट्रपतिलगायतका भिभिआइपीको सवारीको रूट पहिलेको भन्दा परिवर्तन गरी कमभन्दा कम असर पर्ने अवस्था सिर्जना गरिएको र अझै सुधारको प्रयास भइरहेको बताए ।

गृहमन्त्रीले सार्वजनिक पदमा बसेका पूर्वपदाधिकारीका घरमा काम गर्न सुरक्षा निकायबाटै खटाउने गरिएकाहरूको तथ्यांक संकलन गर्न आफूले निर्देशन दिएको भन्दै त्यस्तो तथ्यांक प्राप्त भएपछि आवश्यकताका आधारमा मात्र त्यस्तो सुविधा प्रदान गरिने बताए । ‘उहाँहरूलाई सुरक्षा प्रदान गर्नु राज्यको दायित्व हो । तर, लुकाएर होइन, लुकाएर सुरक्षाकर्मी दिने व्यवस्थाको म अन्त्य गर्छु’ ।

छलफलका क्रममा सरकारी सवारी साधन दुरुपयोगको विषयमा उठेको जिज्ञासामा मन्त्री शर्माले सरकारी सवारी साधन कहाँ, कसरी दुरुपयोग भएको छ, त्यसको रेकर्ड खोज्ने कार्य भइरहेको भन्दै त्यसपछि आवश्यक ठाउँमा मात्र उपलब्ध गराउने प्रतिबद्धता जनाए ।