पीडितले राहत पाएनन्, ७६ लाख फ्रिज - Naya Patrika

नेपाल पत्रकार महासंघको आज सम्पन्न निर्वाचनको मतगणना सुरु भएको छ । उम्मेदवार प्रतिनिधिहरुको रोहवरमा मतपेटिका खोलिएको छ । प्रदेश केन्द्रीय सदस्यहरु र पदाधिकारी तथा सदस्यहरुको मतगणना बेग्लाबेग्लै भइरहेको छ । कूल…
पूरा पढ्नुहोस् »

उहाँ हाँ (उषाकला राई) खोटाङबाट प्रतिनिधित्व गर्नुहुन्छ भने म सिन्धुपाल्चोक । हाम्रो पहिलो भेट ०५४ सालमा भएको थियो । कुनै समय हामीले प्रजातान्त्रिक राष्ट्रिय युवा संघमा सँगै काम गरेका थियौँ…
पूरा पढ्नुहोस् »

सुत्केरी अवस्थामा नवजात शिशुको ध्यान दिनुका साथै आमाले पनि खानपानमा ध्यान पु¥याउनुपर्छ । आमा स्वस्थ भए बच्चा पनि स्वस्थ हुने भएकाले खानपानमा ध्यान दिन जरुरी छ । अरू वेलाको तुलनामा…
पूरा पढ्नुहोस् »

जलविद्युत् आयोजनाले डिपिआरमा उल्लेख भएबमोजिमको जग्गामा हदबन्दी नलाग्ने आदेश कानुन मन्त्रालयले फर्कायो जलविद्युत् आयोजनाले डिपिआरमा उल्लेख भएबमोजिमको जग्गामा हदबन्दी नलाग्नेसम्बन्धी आदेश कानुन मन्त्रालयले फर्काइदिएपछि जलविद्युत् प्रवद्र्धकहरूलाई समस्या परेको छ ।…
पूरा पढ्नुहोस् »

दक्षिण एसियाली मुलुकमा वर्षापछिको बाढी–पहिरोका कारण डेढ करोडभन्दा बढी मानिस प्रभावित भएका छन् । अगस्टमा आएको बाढीले दक्षिण एसियाका नेपाल, बंगलादेश र भारतका एक करोड ६० लाख मानिस प्रभावित भएका…
पूरा पढ्नुहोस् »

सुनसरीकाे झुम्कामा जारी प्रथम रामधुनी विद्यालय स्तरीय फुटबल प्रतियोगिताअन्तर्गत सोमबार भएका खेलमा विजयी हुँदै लर्डबुद्ध बोर्डिङ स्कुल, झुम्का र पञ्चायत मावि, प्रिपाहा सेमिफाइनलमा प्रवेश गरेका छन् । पिप्राहा खेल मैदानमा…
पूरा पढ्नुहोस् »

प्रिय बाबुराम दाइ, अस्ति भर्खर तपाईं स्वास्थ्योपचार गरी अहिले निवासमै आराम गर्दै हुनुहुन्छ भन्ने सुनेको छु । तपाईंको शीघ्र पूर्ण स्वास्थ्यलाभको कामना ! पछिल्लोपल्ट तपाईंको पार्टी परिवारमा केही खटपट चलिरहेको…
पूरा पढ्नुहोस् »

राम तामाङ राजधानीको व्यस्त र भिडमभिड क्षेत्र असन, इन्द्रचोक, ज्याठा र भोटाहिटीवरपर ठेला चलाउँछन् । उनका दिनहरू ठेलामा सामान ओसारेरै बित्छन् । परिवार पाल्ने र आफ्नो पढाइ खर्च थेग्ने उनको…
पूरा पढ्नुहोस् »

नयाँ नेतृत्व चयन गर्ने कार्यसूचीसहित नेपाल पत्रकार महांसघको अधिवेशन हिजोदेखि काठमाडौंमा सुरु भएको छ । झन्डैझन्डै नेपालको प्रजातन्त्रको जस्तै आयु भएको र सुदृढ र शक्तिशाली बन्दै गएको पत्रकारिता जगत्को नेतृत्व…
पूरा पढ्नुहोस् »

नयाँ पत्रिकाको न्युजरुममा आज उद्योग वाणिज्य महासंघकी अध्यक्ष भवानी राणासँग अन्तरक्रिया हुँदैछ । मुलुकको विकासमा निजी क्षेत्रका योगदान कति भन्ने विषयमा अन्तरक्रिया केन्द्रित हुँदैछ । अन्तरक्रिया फेसबुक लाइभ हेर्न तलको लिंकमा…
पूरा पढ्नुहोस् »

सुदीप शिवाकोटी, मकवानपुर   |   साउन ०२, २०७४

 

सरकारले द्वन्द्वपीडितका लागि भनेर आर्थिक वर्षको अन्तिममा छुट्याएको राहत रकम समय अभावमा वितरण गर्न नपाई फ्रिज हुने भएको छ । 

१ सय ३५ द्वन्द्वपीडितका लागि असार मसान्तसम्ममा रकम बाँडिनु पर्ने परिपत्र जारी भएपछि उक्त रकम फ्रिज भएको छ । प्रशासनका लेखा अधिकृत अर्जुनप्रसाद ढकालले जनाए अनुसार ६ जना पीडितले रकम लिन नआएपछि आ.व. २०७३÷०७४ को अन्तिम समयमा आएर छुट्याएको ७६ लाख ७५ हजार रुपैंया फ्रिज भएको हो ।

सरकारले द्वन्द्वपीडितलाई दिने निर्णय गरेको राहतस्वरुपको रकम फस्र्यौटका लागि ७३ वटा जिल्ला प्रशासन कार्यालयमा ८ अर्ब ७१ करोड छुट्याएको थियो । सरकारले छुट्याएको रकम मध्ये मकवानपुरमा ७ करोड ६१ पठाएको थियो । जिल्ला प्रशासन कार्यालय मकवानपुरले सरकारले आर्थिक सहायता निकासा गर्ने निर्णय गरेसँगै शान्ति मन्त्रालयअन्तर्गत राहत तथा पुनस्र्थापना एकाइले ७३ जिल्लाका प्रशासन कार्यालयमा उक्त रकम पठाएर अख्तियारी पाएपछि असारको पहिलो सातादेखि रकम वितरण सुरु गरेको प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद शर्मा दुवाडीले जानकारी दिए ।

उनका अनुसार १ सय ४ जना विस्थापितले निवेदन दिए अनुसार प्रति व्यक्ति २५ हजारको दरले ४८ लाख ७५ हजार फस्र्यौट गरिएको छ । मृतक तथा बेपत्ता परिवारको लागि सरकारले उपलब्ध गराएको ७ करोड ११ लाख मध्ये सेना÷प्रहरीको परिवार सहित १ सय ३२ जनाले ६ करोड ११ लाख रुपैंया लगेका छन् । त्यसैगरी प्रशासनको तथ्याङ्कमा उल्लेख गरे अनुसार १ सय ३५ जना मध्ये ७ जनाले रकम नलग्दा ६ करोड ९२ लाख फस्र्यौट भएर ७६ लाख ७५ हजार फ्रिज भएको हो ।

सरकारले पीडितका लागि १० लाख दिने भएपनि एकमुष्ट रकम पाउन सकेका छैनन् । सरकारले रकम छुट्याए अनुसार प्रशासनले यस पटक भने जिल्लाका सबै पीडितलाई १० लाखका दरले रकम चुक्ता गरेको छ । गत आर्थिक वर्ष २०७३÷०७४ मा जिल्लाका १० जनालाई मात्र पीडितलाई ५ लाख पु¥याउने गरी रकम उपलब्ध गराउन बाँकी रहेको थियो । प्रशासनले पाँच नपुगेका पीडितलाई यसपटक एकमुष्ट १० लाख पुग्ने गरी रकम उपलब्ध गराएको छ । ५ लाख पाइसकेका १ सय २४ पीडितलाई ५ लाख थपेर १० लाख पु¥याइएको छ ।