रौतहटमा १ अर्ब ११ करोड रकम फ्रिज - Naya Patrika

देउवा र पौडेल पक्षबीच भागबन्डा नमिल्दा मंगलबार ५ बजेका लागि तय भएको शपथ स्थगित सत्तारुढ कांग्रेसभित्रै भागबन्डा नमिल्दा मंगलबार तय भइसकेको मन्त्रिपरिषद् विस्तार रोकिएको छ । प्रधानमन्त्री एवं कांग्रेस सभापति…
पूरा पढ्नुहोस् »

अमेरिकाको हिमाल आरोहणका क्रममा गत असार २ गते मृत्युवरण गरेका कीर्तिमानी आरोही तथा अल्ट्रा धावक सञ्जय पण्डितको शव ४० दिनपछि सोमबार राती नेपाल आइपुगेको छ । उनको पार्थिव शरीर श्रद्धाञ्जलि…
पूरा पढ्नुहोस् »

यस्ता कयौँ सेलेब्रिटी छन्, जसले आफ्नो बच्चाको पहिलो फोटो बेचेर करोडौँ कमाएका छन् । हलिउडमा यो ट्रेन्ड व्यापक छ । चर्चित गायिका तथा अभिनेत्री जेनिफर लोपेजदेखि जेसिका एल्बासम्मले आफ्ना सन्तानको…
पूरा पढ्नुहोस् »

जब गर्मी लाग्छ, घरभित्र लामखुट्टे भुनभुनाउन थाल्छन् । गर्मी बढ्दै जाँदा लामखुट्टेका हुल बढ्दै जान्छन्, कोठाभित्र । लामखुट्टेविरुद्ध झुल प्रयोग गर्नु नै उत्तम उपाय हो । तर, सुत्ने वेलाबाहेक अरू…
पूरा पढ्नुहोस् »

रोजगार आवेदन फाराम भर्न वाणिज्य बैंक खाता अनिवार्य – आठौँ कोरियन भाषा (इपिएस–टपिक) परीक्षामा १२ हजार १ सय ८ जना परीक्षार्थी उत्तीर्ण भएका छन् । वैदेशिक रोजगार विभाग, इपिएस कोरिया…
पूरा पढ्नुहोस् »

लोकसभाकी सभामुख सुमित्रा महाजनले सोमबार कंगे्रसका ६ सांसदलाई ५ दिनका लागि निलम्बित गरेकी छिन् । बोफोर्स मुद्दासम्बन्धी छलफल हुँदा सभामुख महाजनमाथि कागज फ्याँकेपछि कंग्रेसका गौरव गोगाई, के सुरेश, रञ्जन चौधरी,…
पूरा पढ्नुहोस् »

  न्यूजील्याण्डमा अर्को वर्ष आयोजना हुने आइसीसी यु–१९ को विश्वकप खेल्ने नेपालको सपना चकनाचुर भएको छ । सिंगापुरको इन्डियन क्रिकेट क्लबमा आज भएको अफगानिस्तानविरुद्धको खेलमा ९६ रनको भारी अन्तरले पराजय…
पूरा पढ्नुहोस् »

सन् १९७५ मा रिलिज भएको थियो, हिन्दी फिल्म ‘सोले’ । अमजद खान सोलेमा मुख्य भूमिकामा थिए । फिल्ममा ‘गब्बर सिंह’ बनेका थिए, उनी । गब्बर सिंहको क्यारेक्टरले बलिउडमा एक्सन फिल्मको…
पूरा पढ्नुहोस् »

धेरै लेखिएका, बोलिएका र विरोध गरिएका तर निरन्तर राज्यको तिरस्कारमा परेका अनेक विषय छन् । यस्ता विषय पनि मौसमी हुन्छन् । सूचना र विश्लेषणका अनेक उपायद्वारा जनतालाई सचेत बनाउने र…
पूरा पढ्नुहोस् »

नयाँ पत्रिकाको न्युजरुममा आज उद्योग वाणिज्य महासंघकी अध्यक्ष भवानी राणासँग अन्तरक्रिया हुँदैछ । मुलुकको विकासमा निजी क्षेत्रका योगदान कति भन्ने विषयमा अन्तरक्रिया केन्द्रित हुँदैछ । अन्तरक्रिया फेसबुक लाइभ हेर्न तलको लिंकमा…
पूरा पढ्नुहोस् »

अशोक पहाडी , रौतहट   |   साउन ०२, २०७४

रौतहट जिल्लाको विकासे कार्यालय देखि लिएर विभिन्न कार्यालयहरुमा आएको बजेटले काम गर्न नसक्दा फ्रिज भएको छ । जिल्लामा १ अर्ब भन्दा बढि रकम फ्रिज भएको छ । कोष तथा लेखा नियन्त्रक कार्यालय रौतहटका अनुसार आर्थिक वर्ष २०७३÷७४ मा विभिन्न कार्यालयहरुले खर्च गर्न नसकेपछि एक अर्व भन्दा बढी रकम फ्रिज भएको हो ।

गत आर्थिक वर्षमा जिल्लाका विभिन्न सरकारी कार्यालयहरुको चालु र पुँजीगत गरी बिनियोजित ८ अर्ब ६६ करोड १८ लाख ८६ हजार कुल बजेट मध्ये १ अर्व ११ करोड ४४ लाख रुपैया फ्रिज भएको छ । चालु तर्फको कुल बजेट ६ अर्ब २८ करोड ४९ लाख २२ हजार मध्ये ७८ करोड ५४ लाख तथा पुँजिगत तर्फको कुल बजेट २ अर्व ३७ करोड ६९ लाख ६४ हजार मध्ये ३२ करोड ९० लाख फ्रिज भएको कोष तथा लेखा नियन्त्रक कार्यालय रौतहटले जनाएको छ ।

कोष तथा लेखा नियन्त्रक कार्यालयको तथ्यांक अनुसार रौतहटमा चालु र पूंजिगत तर्फ गरी सबै भन्दा बढी सडक डिभिजन कार्यालय चन्द्रनिगाहपुरको १९ करोड १६ लाख ३६ हजार, जिल्ला शिक्षा कार्यालयको १० करोड २ लाख ३० हजार, जिल्ला समन्वय समितीको १० करोड ७० लाख १३ हजार, जिल्ला प्राविधिक कार्यालयको ४ करोड २२ लाख र जिल्ला स्वास्थ्य कार्यालयको १ करोड २२ लाख ९ हजार लगायत जिल्लाका अन्य सरकारी कार्यालयहरुको रकम फ्रिज भएको सो कार्यालयका प्रमुख उदयराज भट्टराईले जानकारी दिए ।