गोरखामा एक अर्व ६५ करोड फ्रिज - Naya Patrika
© 2017 Naya Prakasan Pvt. Ltd.

  बनेपा–७ स्थित बसपार्कमा गौतम भोजनालय नामको होटल सञ्चालन गर्दै आएका दाहाल परिवारको सहस्यमय मृत्यु भएपछि उन्पन्न विवाद समाधान भएको छ । बनेपा नगरपालिका–२ का वडा अध्यक्ष हरिशरण घिमिरेसहित दुई…
पूरा पढ्नुहोस् »

अस्वस्थ भई अस्पताल भर्ना भएका बुवा पूर्वराजा ज्ञानेन्द्र शाह निवास फर्किने क्रममा उनलाई लिन पूर्वयुवराज पारस नर्भिक इन्टरनेशनल हस्पिटल पुगेका थिए । सार्वजनिक जीवनमा त्यति नदेखिने पारस लामो कपालमा देखा…
पूरा पढ्नुहोस् »

अभिनेत्री सन्नी लियोन आमा बनेकी छिन् । सन्नी र डेनियल वेबरको जीवनमा एक बच्चीको आगमन भएको हो । केही दिनअघि मात्रै सन्नीले आमा बन्ने इच्छा सार्वजनिक गरेकी थिइन् । उनमा…
पूरा पढ्नुहोस् »

पछिल्लो समय काठमाडौंलगायत विभिन्न सहर धुलाम्मे छन् । पुराना सवारीसाधनले पनि वायु प्रदूषण गरिरहेका छन् । धुलोबाट नाक, छालामा एलर्जी हुने, रुघा लाग्ने, फोक्सोसम्बन्धी विभिन्न समस्या हुने गर्छन् । धुलोबाट…
पूरा पढ्नुहोस् »

दुई महिना यता लमजुङमा लोडसेडिङ बढ्न थालेको छ । जिल्लामा निर्माण सम्पन्न जलविद्युत आयोजनाहरुबाट बढी विद्युत उत्पादन हुँदा लोडसेडिङ बढेको हो । बढी उत्पादन भएकै कारण लमजुङका जनताले अघोषित लोडसेडिङको…
पूरा पढ्नुहोस् »

सीमा विवाद सावधानीपूर्वक अवलोकन गरिरहेको अमेरिकी विदेश मन्त्रालयका प्रवक्ताको भनाइ अमेरिकाले चीन र भारतबीचको सीमा विवादप्रति गहिरो चासो देखाएको छ । चीन, भारत र भुटानको सीमामा रहेको दोकलामबारे नयाँदिल्ली र…
पूरा पढ्नुहोस् »

चार वर्षको सम्झौता बाँकी रहेकाले ब्राजिलियन स्ट्राइकर नेमार बिक्रीमा नराखेको बार्सिलोनाका अध्यक्ष जोसेपले स्पष्ट पारे पेरिस सेन्ट जर्मन (पिएसजी)को कीर्तिमानी प्रस्ताव नकार्दै बार्सिलोनाले ब्राजिलियन स्ट्राइकर नेमारलाई प्रशिक्षणमा समावेश गरेको छ…
पूरा पढ्नुहोस् »

जीवनका आखिरी दशक (सन् १८७३–१८८३)मा कार्ल माक्र्स आर्थिक दृष्टिले निश्चिन्त भएका थिए । लन्डन प्रवासका प्रारम्भिक वर्षका दारुण दारिद्रय रहेको थिएन । पिताको देहान्तपछि फ्रेडरिक एंगेल्स फुक्का भएर माक्र्स र…
पूरा पढ्नुहोस् »

नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का संस्थापक महासचिव हुन्, पुष्पलाल श्रेष्ठ । उनको निधन भएको ३९ वर्ष पूरा भइसकेको छ । अन्तर्राष्ट्रिय कम्युनिस्ट घोषणापत्रलाई नेपाली भाषामा अनुवाद गर्दै पार्टी सञ्चालनसम्बन्धी नीति र…
पूरा पढ्नुहोस् »

५५ वर्ष पहिले सीमायुद्ध लडेका हाम्रा दुई छिमेकी देश चीन र भारत फेरि एकपटक आमने–सामने उभिएका छन् । भारत, भुटान र चीनको सीमानजिक चीन र भुटानबीच रहेको विवादित भूमिमा चिनियाँ…
पूरा पढ्नुहोस् »

नयाँ पत्रिकाको न्युजरुममा अहिले सामाजिक अभियन्ता महावीर पुन उपस्थित छन् । उनीसँग उनको अभियान र नेपालमा प्रविधिको विकासका विषयमा अन्तरक्रिया भइरहेको छ । महावीर पुनसँगको अविस्मरणीय अन्तरक्रिया प्रत्यक्ष हेर्नका लागि…
पूरा पढ्नुहोस् »

हरिराम उप्रेती, साउन   |   साउन ०२, २०७४

गत आर्थिक वर्ष जिल्लामा आएको एक अर्व ६५ करोड २६ लाख रुपैयाँ बजेट फ्रिज भएको छ । चालु तर्फ ९६ करोड ८९ लाख ८५ हजार र पुजिँगत तर्फ ६८ करोड ३६ लाख ७१ रुपैयाँ वजेट फ्रिज भएको हो । गत आर्थिक वर्ष पुँजिगत तर्फ दुइ अर्व ६४ करोड ५६ लाख ९ हजार र चालु तर्फ ८ अर्व ३५ करोड ६ लाख ८९ हजार गरी कुल ११ अर्व ५२ करोड ९८ लाख रकम जिल्लामा आएको थियो । कोष तथा लेखा नियन्त्रक कार्यालयका अनुसार आर्थिक वर्ष २०७३÷७४ मा जिल्लामा कर्मचारी तलव भत्ता सहितको चालु रकम ८ अर्व ३५ करोड ६ लाख ८९ हजार आएको थियो । सो रकम मध्ये ७ अर्व ३९ करोड ७ लाख ४ हजार रकम खर्च भएको छ ।

‘विनियोजित रकमको तुलनामा चालु तर्फ ८८.५ प्रतिशत रकम खर्च भयो,’ कोष तथा लेखा नियन्त्रक श्रीधर ज्ञवालीले भने । तलव भक्ता, महगीं भक्ता, फिल्ड भक्ता, घर भाडा, इन्धन खर्च, कर्मचारी तालिम गोष्ठी लगायतका खर्च चालु खर्चमा पर्छन् । विकास कार्यक्रमका केहि खर्च पनि चालु खर्च तर्फ पर्ने ज्ञवालीले बताए । भूकम्प प्रभावितलाई निकासा भएको पहिलो र दोस्रो किस्ता पनि चालु खर्च अन्तर्गत नै पर्ने ज्ञवालीको भनाइ छ ।

त्यस्तै विकासमा प्रत्यक्ष खर्च हुने पुँजिगत तर्फ दुइ अर्व ६४ करोड ५६ लाख ९ हजार रुपैयाँ आएको थियो । सो रकम मध्ये १ अर्व ९६ करोड १ लाख ३८ हजार खर्च भएको लेखा नियन्त्रक ज्ञवालीले बताए । ‘पुँजिगत तर्फ ७४.१६ प्रतिशत रकम खर्च भएको छ,’ ज्ञवालीलले भने ।

पुँजिगत तर्फ खासगरी सडक, सिँचाइ, भवन निर्माण, खानेपानी आदि क्षेत्रको वजेट खर्च हुन नसकेको हो । ‘फ्रिज भएको बजेट सरकारी कोषमा जाने हो, अन्यथा मान्नु हुँदैन’ कोष नियन्त्रक ज्ञवालीले भने ‘सरकारी कोषको पैसा खर्च नभएको त हो, त्यो पैसा नेपाल सरकारको कोषमै संचित हुन्छ ।’ नेपाल सरकारबाट अनुदान प्राप्त ५८ कार्यालयको चालु र पुजिँगत खर्च कोष तथा लेखा नियन्त्रक कार्यालयले हेर्ने गरेको छ । ‘‘स्टेमेट’ अुनसार खर्च ठ्याक्कै म्याच हुने भन्ने छैन,’ उनले भने ।

त्यस्तै आर्थिक वर्ष २०७३÷७४ मा २६ करोड ५६ लाख ६५ राजस्व संकलन भएको कार्यालयले जनाएको छ । गैरकर राजस्व, वेरुजु दाखिला लगायतका शिर्षकबाट राजश्व संकलन भएको उनको भनाइ छ । अघिल्लो वर्षको तुलनामा खर्च प्रतिशत वढेको पनि कार्यालयले दावि गरेको छ । केही रकम फ्रिज भएपनि गत वर्षको तुलनामा खर्च प्रतिशत राम्रो देखिएको ज्ञवालीले बताए ।