नमूना नेपाल परियाेजनाले देशमा विकासकाे मूल फुटाउँछ - Naya Patrika
© 2017 Naya Prakasan Pvt. Ltd.

राजेश हमाल, अभिनेता प्रायः दसैँमा म देशबाहिर नै हुन्छु । दिदीबहिनी अमेरिकामा भएकाले यसपालि पनि उतै जाने योजना बनाएको छु । टीकाको दिन मेरो आमाको श्राद्ध पर्छ । त्यसैले म…
पूरा पढ्नुहोस् »

मेष स्वास्थ्य: खानपानका कारण केही पेटको समस्याले सताउनेछ । शरीरमा आलस्यताले सताउला । पिरो एवं चिल्लो पदार्थ खानपानमा कम गरे उपयोगी रहला । रोजगारी: बाधा अड्चनका बीच वैदेशिक रोजगारीका काम…
पूरा पढ्नुहोस् »

काठमाडौं उपत्यकामा दसैँका लागि खसी, बोका र च्याङ्ग्रा आयात तिब्र भएको छ । व्यवसायीले कलंकीमा खसी बजार नै संचालन गरेका छन् । त्यहाँ खसी, बोका खरिद गर्ने र बिक्री गर्नेको…
पूरा पढ्नुहोस् »

लक्ष्मी काफ्ले/नयाँ पत्रिका झापामा यस सिजनको पहिलो गोल्डकप शिवसताक्षी नगरपालिकाको दुधेमा सुरु भएको छ । दूधे युथ क्लबले आयोजना गरेको पहिलो संस्करणको दुधे गोल्डकप बुधबारबाट सुरु भएको हो । विजया…
पूरा पढ्नुहोस् »

कांग्रेस सभापति शेरबहादुर देउवा प्रधानमन्त्री छन् । संसद्को सबैभन्दा ठूलो दलको सभापति भएपछि संसदीय गणित मिलाएर उनी प्रधानमन्त्री हुनु स्वाभाविक पनि हो । संसदीय या उदारवादी लोकतन्त्र पनि अरू अर्धलोकतन्त्र…
पूरा पढ्नुहोस् »

पछिल्लो अभ्युदयको वर्ष २००७ लाई मानिएको छ । त्यो वर्ष सैनिक सामन्तवादको नेतृत्व गरिरहेको राणाशाहीतन्त्र समाप्त भएको थियो । त्यसपछि २०१५ मा पहिलो आमनिर्वाचन, जनप्रतिनिधिको रूपमा सर्वसाधारणबाट प्रधानमन्त्रीको बहाल भयो…
पूरा पढ्नुहोस् »

जम्मा २९ दिन पदावधि रहेका प्रतिनिधिसभा संसद्का सदस्य जानुअघि फेरि अर्को कर्तुतमा सामेल भएका छन् । यसपटक उनीहरूले निर्वाचनलाई सीधै प्रभावित गर्ने गरी सरकारले व्यवस्था गरेको सांसद विकास कोषबाट ५०…
पूरा पढ्नुहोस् »

नयाँ पत्रिकाको न्युजरुममा आज उद्योग वाणिज्य महासंघकी अध्यक्ष भवानी राणासँग अन्तरक्रिया हुँदैछ । मुलुकको विकासमा निजी क्षेत्रका योगदान कति भन्ने विषयमा अन्तरक्रिया केन्द्रित हुँदैछ । अन्तरक्रिया फेसबुक लाइभ हेर्न तलको लिंकमा…
पूरा पढ्नुहोस् »

नयाँ पत्रिका, काठमाडौं   |   साउन ०२, २०७४

हास्यकलाकार धुर्मुस–सुन्तलीको परिचयको दायरा फराकिलो भएको छ । कलाकारितामा चिनिएका उनीहरू अहिले समाजसेवामा सक्रिय छन् । ‘मेरी बास्सै’ टेलिशृंखलामा धुर्मुस–सुन्तली बनेर जसरी सबैलाई हँसाउँथे, त्यसरी नै अहिले दुःखीहरूको मनमा मलमपट्टी लगाइरहेका छन् । ०७२ वैशाखको भूकम्पपछि समाजसेवामा लागेका हुन् । सुरुमा आफ्नै खर्चमा काभ्रेपलान्चोकको डाँडागाउँमा ‘एकीकृत नमुना पहरी बस्ती’ निर्माण गरे । बस्तीका ३० वटै घरमा बगैँचा, शौचालय र धारा जडान गरे । त्यसपछि धुर्मुस–सुन्तली फाउन्डेसन खडा गरी सिन्धुपाल्चोकको मेलम्चीमा ६६ परिवारका लागि ‘गिरानचौर एकीकृत नमुना बस्ती’ विकास गरे । त्यसपछि उनीहरू पुगे, महोत्तरीको बर्दिवास । त्यहाँ ५३ मुसहर परिवारका लागि ‘एकीकृत नमुना मुसहर बस्ती’ निर्माण गरे । अहिले सिंगो देशवासीका लागि भन्दै ‘नमुना नेपाल’ निर्माण अभियानमा जुटेका छन् । आइतबार नयाँ पत्रिकाको न्युजरुममा उनीहरूले परिकल्पना गरेको नमुना नेपाल, कलाकारिता र समग्र समाजसेवाबारे धारणा राखे । फेसबुक लाइभ गरिएको अन्तक्र्रियामा धुर्मुस–सुन्तलीले प्रस्तुत गरेका विचारका प्रमुख अंश :

तपाईंंहरू सीताराम र कुञ्जना नामले चिनिन चाहनुहुन्छ या धुर्मुस–सुन्तली नामले ?

धुर्मुस : पहिले बुबा–आमाले सीताराम भनेर बोलाउनुहुन्थ्यो । अहिले उहाँहरूले पनि बाबु धुर्मुस भनेर बोलाउनुहुन्छ । बुबा–आमाले जस्तै सबैले हामीलाई यही नामले चिन्नुहुन्छ । खुसी लाग्छ हामीलाई ।

सुन्तली : धुर्मुस र सुन्तली नाम नै काफी छ कि जस्तो लाग्छ । किनकि, सबैले यही नामले सम्झनुहुन्छ । त्यहीअनुसार काम पनि सम्झनुभएको छ भन्ने लाग्छ ।

राष्ट्रका लागि ठूलो योगदान गर्नुभयो र यो क्रम जारी पनि छ । श्रीमान्–श्रीमती नै धमाधम समाजसेवामा लाग्नुभएको छ । तर, यहाँहरूले जुन कर्मले नाम पाउनुभएको थियो, त्यो कर्मलाई भुल्नुभएको जस्तो देखिन्छ । त्यसो गर्न मिल्छ ?

धुर्मुस : हामी पछिल्लो समयमा जुन काम गरेर अघि बढिरहेका छौँ, त्यो नितान्त कलाकारिताकै योगदान हो । यदि हामी कलाकारितामा सफल नभएको भए आमदर्शकले नरुचाएको भए हामी सहज ढंगले समाजसेवामा अघि बढ्न सक्ने थिएनौँ । हामी जुन चिजबाट चिनियौँ, त्यो छाडेका छैनौँ । विशेष परिस्थितिका कारण केही रोकिएको मात्रै हो । हामी कलाकारितामा लागिरहेको भए ती बस्ती बन्दैनथे । मेरी बास्सै कार्यक्रम हाम्रो कारण वा हामीले समय दिन नसकेका कारण बन्द भएको होइन । त्यो बन्द हुनुका विभिन्न कारण छन् । कहिले नाकाबन्दी, कहिले भूकम्प, कहिले लोडसेडिङ जस्तो कारणले संस्थाभित्र आर्थिक संकट पर्‍यो । सोही कारण रोकिएको हो । त्यसपछि पनि हामीले सन्देशमूलक छोटा चलचित्रहरू बनाइरहेका छौँ । युट्युब च्यानलमा हामीले बनाएका ज्योति, लोटे चर्पी जस्ता छोटा चलचित्र पनि छन् । त्यस्तै, सन्देशमूलक विज्ञापनहरू बनाएका छौँ । स्टेज कार्यक्रममा पनि केही कमी भयो होला । तर, पूरै छोडेको होइन ।

सुन्तलीका लागि एउटा प्रश्न, काभ्रेको पहरी बस्तीमा तपाईंंको सपनाको बीजारोपण भयो । त्यहाँ कसरी संकल्प लिनुभयो ?

सुन्तली : भूकम्प गइसकेपछि त्यसले सबैलाई पीडा भयो । हामीलाई सुरुमा त्यही पीडाले तानेको हो । त्योभन्दा पहिले भूकम्पपछि हामी राहत सामग्री बोकेर विभिन्न ११ जिल्ला पुग्यौँ । पहिले हामीले दाल, चामल, त्रिपाल, म्याट जस्ता जे सामान उपलब्ध थियो, त्यही सामान लिएर गाउँगाउँमा गयौँ । सोही क्रममा सिन्धुपाल्चोकको पीपलडाँडामा त्यहाँका महिलालाई के–कस्तो राहत आवश्यक छ भनी सोध्यौँ । उहाँहरूले शौच गर्न अप्ठ्यारो परेको भन्दै शौचालय माग गर्नुभयो । त्यसपछि हामीले त्यहाँ शौचालय बनाउने योजना बनायौँ । सुरुमा ४० घरका लागि १० वटा शौचालय बनाउने योजना बन्यो । तर, त्यहाँ ठूलो जातिय विभेद रहेछ । त्यहाँ माथिल्लो जाति र तल्लो जाति भन्दै एउटै शौचालय जान मानेनन् । त्यसपछि मैले नयाँ विचार गरेँ । भूकम्पले ज्यान गएको, मानिस घाइते भएको, धनजन सकिएको अवस्थामा पनि मानिसहरू जातभात भनेर नेपाली एक हौँ भन्ने कुरा बिर्सिएको देखेर मलाई भूकम्पभन्दा बढी पीडा भयो । त्यसपछि मैले बाल्यकालमा पढेको चार जात छत्तीस वर्णको साझा फूलबारी भनेजस्तै एउटा बस्ती बनाउने विषयमा सीतारामजीसँग छलफल गरेँ । मैले पढेको कुरो अब लागू गर्ने वेला आएछ भन्ने सोचेँ । हामी संस्कृतिको धनी छौँ, जातको धनी छौँ । तर, जातिय विभेदले होइन, एकताले मात्र धनी हुन सक्छौँ भन्ने मलाई लागिरहेको थियो । ७५ वटै जिल्लामा रहेका भूकम्पपीडितका दुःख पीडा भोगिरहेका मानिसलाई ल्याएर एउटै आँगन बनाएर बस्ती बसाउन मन लाग्यो । त्यसमा हरेक जाति, धर्म, वर्ग, संस्कृतिको मिलनमा बस्ती बसाल्न सक्यौँ भने त्यो नमुना हुन्छ जस्तो लाग्यो । तर, धुर्मुसजीले हामीलाई नेपाली दाजुभाइले विश्वास गर्दै गए पनि अहिले नै त्यति ठूलो सपना नसाँचौँ भन्नुभयो । चरणबद्ध रूपमा जानुपर्ने र त्यसका लागि पहिले कुनै एउटा भूकम्पपीडित सानो बस्ती निर्माण गर्ने कुरा भयो । त्यसपछि हामी खोज्दै गएर काभ्रेको पहरी बस्तीमा पुगेका हौँ ।

भूकम्पमा राहत बाँड्न जाँदा विभेदले छोएर नयाँ सुरुवात गर्नुभयो । पहरी बस्ती निर्माण गरेर गिरानचौर पुग्नुभयो । त्यसपछि महोत्तरीको मुसहर बस्ती हुँदै अहिले धेरै ठूलो सपना देखिरहनुभएको छ । नमुना नेपाल बनाउने परियोजनामा आइपुगेको देख्दा नेता वा देश विकासको सरकारी संयन्त्रले गर्ने काम हामी दुई मिलेर गर्छौं भनेर हिँडेजस्तो देखियो नि ?

धुर्मुस : नेपाललाई समृद्ध बनाउनका लागि यही पेसाको मान्छेले मात्र गर्नुपर्छ भन्ने होइन । हामी सबै यो देशको जिम्मेवार नागरिक हौँ । सबैको एउटै चाहना देश राम्रो होस् र विकसित होस् भन्ने इच्छा छ । हामी अघि बढेर देश, समाज र समाजका मानिसको सोचाइलाई बुझ्यौँ । उनीहरूको चाहनालाई बुझ्यौँ । अनि एकपछि अर्को अनुभवका आधारमा देशभित्र असम्भव भन्ने चिज केही रहेनछ भन्ने लाग्यो । इच्छाशक्ति हुने हो भने सकिन्छ है भन्ने एक खालको उत्प्रेरणा मिल्यो । धुर्मुस–सुन्तलीभन्दा धेरै दिमाग भएका र धेरै इच्छाशक्ति भएका, प्रविधि बुझेका शिक्षित व्यक्ति पनि देशभित्र हुनुहुन्छ । कोही अवसरको खोजीमा हुनुहुन्छ । तर, अवसरबाट वञ्चित हुनुहुन्छ । हाम्रो अभियान धुर्मुस–सुन्तलीले मात्र देश बनाउने होइन । धुर्मुस–सुन्तलीजस्तै लाखौँ अभियन्ता जन्माउने, त्यस प्रकारको इच्छाशक्ति भएका मानिसहरूसँग सहकार्य गर्ने, सरकारलाई सघाउन र सबल बनाउन नागरिकका तर्फबाट अघि बढ्ने, विकासका लागि खुलेर काम गर्ने मानिस वा संस्थासँग सहकार्य गर्दै अघि बढ्ने सोचाइ हो । पहिलाका तीनवटा परियोजना धुर्मुस–सुन्तली फाउन्डेसनले नेतृत्व मात्र गरेको हो । त्यसका अभियन्ता त देश–विदेशमा रहनुभएका सम्पूर्ण नेपाली दाजुभाइ, दिदी–बहिनी हुनुहुन्छ । उहाँहरूको साझा प्रयासले मात्रै यो सम्भव भएको हो । सबै मिले नेपाल बन्छ भन्ने हाम्रो अवधारणा हो । सोही अवधारणाले नमुना नेपाल बन्छ भन्ने आशा छ । यहाँहरू सबैको साथ र सहयोगबाट नमुना नेपाल बनाउनेछौँ । कतिले भनिरहनुभएको छ, यो गर्न सकिन्छ । कतिले भनिरहनुभएको छ, नमुना नेपाल एकदमै महत्वाकांक्षी भयो । यो परियोजना पटक्कै महत्वाकांक्षी होइन । समुद्र पुरेर सहर बनिसक्यो । ६ तलामुनिबाट रेल कुद्छ । मरुभूमिमा सहर बसेको छ । नेपालमा यस प्रकारका परियोजना नगण्य रूपमा घोषित भए, तर केही सफल भएनन् । धुर्मुस–सुन्तली दुईजना मात्रले यो सम्भव छ त भन्ने केही अन्योल हुन सक्ला । तर, हामी मात्र होइन, सबै नेपाली लाग्ने हो भने काम सफल हुनेछ । नमुना नेपाल बनाइसकेपछि साँच्चै विश्वले चिन्नेछ । गौतम बुद्ध जन्मिएको देश, विश्वकै ठूलो हिमाल सगरमाथा भएको देश, प्राकृतिक सुन्दरता, स्रोत साधन, संस्कृति, भाषा, रीतिरिवाज, रहनसहन सबैले भरिपूर्ण देश नेपाल भनेर विश्वले चिन्नेछ । भावी पुस्ताले पनि आफूलाई नेपाली र नेपालभित्रका नागरिक सोच्दै नेपालको परिचय र संस्कृतिको जगेर्ना गरोस् भन्ने सोचले नयाँ नेपालको परिकल्पना गरेका हौँ ।

तपाईंहरूको महत्वाकांक्षी योजना नमुना नेपाल बन्छ भन्नेमा कत्तिको ढुक्क हुनुहुन्छ ?

सुन्तली : सपना हामीले देख्यौँ होला । तर, यसलाई साकार पार्नुपर्ने सम्पूर्ण नेपालीको कर्तव्य हो । जुन समाजमा जन्म्यौँ, हुक्र्यौं, बढ्यौँ, त्यो समाजबाट हामीले फलानोले यो गरेन र तिलानोले त्यो गरेन भनेर सिक्यौँ । तर, आज हामीले के बुभ्mनु जरुरी छ भने तपाईं हामीले चाहिँ के गर्‍यौँ ? जन्मिसकेपछि देशका लागि र माटोका लागि के गर्‍यौँ भनेर एकपटक सोच्न जरुरी छ । हामीलाई यसअघि धेरै सहयोग मिल्यो, त्यसलाई भुल्न सकिँदैन । तर, अब त्योभन्दा ठूलो सहयोग गर्ने वेला भएको छ । आशावादी हैन, हामी पूर्ण रूपमा ढुक्क छौँ । नमुना नेपाल बनाउन सबैको सहयोग भए सम्पन्न हुनेछ । नमुना नेपाल महत्वाकांक्षी छ भनेर हल्ला चल्छ बजारमा । गिरानचौरमा पाँच करोडको योजना सुरु गर्दा पाँच रुपैयाँ पनि नभएको मानिस थियौँ हामी । त्यो पाँच करोडको परियोजना व्यक्तिगत रूपमा धुर्मुस–सुन्तलीले मात्र हेर्ने हो भने त्यो पनि महत्वाकांक्षी योजना हो । तर, त्यो धुर्मुस–सुन्तली मात्र होइन, सबैले बनाएको बस्ती तीन करोड नेपाली, नेपाली भाषी, नेपाललाई माया गर्ने सबैको लगानीमा बनेको बस्ती हो । नमुना नेपाल पनि सबै नेपाली मिलेर आफ्नो देशलाई अन्तर्राष्ट्रिय क्षेत्रमा चिनाउने प्रयास हो । मलाई पाँच अर्ब जुटाउन सक्छु भन्ने लाग्छ । तीन करोड नेपाली प्रत्येकले दुई सय रुपैयाँ दिए भने आवश्यकभन्दा बढी आर्थात् ६ अर्ब रुपैयाँ उठ्छ । यदि त्यो बनाउन सकिएन भने हाम्रो राष्ट्रियतामाथि नै प्रश्नचिह्न उठ्छ भन्ने लागेको छ ।

सरकारले भूकम्पपीडितलाई अझै घर बनाइदिन सकेको छैन । गैरआवासीय नेपाली संघले गोरखामा बनाउने भनेको घर पनि बनेको छैन । तर, तपाईंहरुले तीन ठाउँमा बनाइसक्नुभयो । छिटो गर्ने नाममा कतै मापदण्ड नपुगेको होला कि ?

धुर्मुस : हामी सुरुदेखि नै यो विषयमा अत्यन्तै सचेत छौँ । काभ्रेको डाँडागाउँ, पहरी बस्ती बनाउँदासम्म पुनर्निर्माण प्राधिकरण गठन भएकै थिएन । प्रक्रिया मात्र अघि बढेको थियो । मापदण्ड र डिजाइन तोकिएको थिएन । हामीले हाम्रो इन्जिनियर र प्राविधिकसँगको सल्लाहमा त्यो बस्ती बनायौँ । तर, त्यो स्थायी होइन । यद्यपि, त्यो राहतका लागि बनाइएको बस्ती हो । वैशाख १२ गते भूकम्प गयो । जेठको १७ गतेबाट काम सुरु गरेर साउन २७ गते त्यो बस्ती हस्तान्तरण गरेका थियौँ । त्यतिखेर पनि परकम्प पनि प्रशस्त गइरहेका थिए । के निर्माण सामग्रीले घर बनाउने भन्नेसमेत अन्योल थियो । दोस्रो गिरानचौरको बस्ती थियो । त्यो राष्ट्रिय पुनर्निर्माण परियोजनाबाट स्वीकृत परियोजना हो । राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले तोकेको स्थानीय स्रोत र साधन प्रयोग गरेर स्थानीय जनशक्तिबाट निर्माण गर्ने भन्ने सम्झौताअनुसार नै प्राधिकरणबाटै खटिएका इन्जिनियरको प्रत्यक्ष निगरानीमा त्यो बस्ती निर्माण भएको हो । भोलि सानो परकम्पले पनि भत्कियो भने हामीमाथिको विश्वास उठ्छ भन्ने विषयमा सचेत भएर काम गरेका हौँ । हामी यो क्षेत्रको अनुभवी र विज्ञ होइनौँ । यो वेला गर्नुपर्छ भन्ने भाबनाले जति प्रयास गर्‍यौँ, त्यसमा हाम्रो फाउन्डेसन र प्राधिकरणको सहयोग र सक्रियताले काम भएको हो । त्यसमा पनि केही कमी कमजोरी भए होलान् । गिरानचौर बनिसकेपछि हामीले अझै सिक्न जरुरी छ कि छैन भनेर समीक्षा गर्‍यौँ । त्यहाँ केही कमी कमजोरी भए दोहोरिन हुन्न भनेर मुसहर बस्तीमा नयाँ प्रविधिले काम गर्‍यौँ । हामीले मापदण्ड पूरा गरेरै त्यो बस्ती बनाएका हौँ ।

परिचयको दायरा फकिलो भएजस्तो लाग्छ कि लाग्दैन ? कलाकारिताको खुड्किलो चढेर यो नमुना काममा हात राख्नुभएको छ । अब कलाकार कि समाजसेवी ?

सुन्तली : हामी पहिचान खोज्दै हिँडेको हैन । पहिचान बनाउँदै हिँडेको पनि हैन । भूकम्पले सबैलाई तहसनहस बनाएको वेला त्यो दुःखमा सँगै हिँड्ने योजना मात्रै बनाएका हौँ । काम गर्दै जाँदा सबैले पहिचान दिँदै जानुभएको हो । कसैले समाजसेवी भन्नुहुन्छ । कसैले कलाकार । तर, हामी कलाकार बन्न आएका हौँ । तर, भूकम्प जाला र समाजसेवी बन्छौँ भनेर आएका हैनौँ । यो कस्तो किसिमको पहिचान हो, थाहा छैन । समाजसेवा कस्तो हुन्छ, थाहा छैन । तर, अरूलाई सहयोग गर्दा आनन्द आउँछ, थाहा छ । त्यो स्वाद हाम्रा जिब्रोमा बसेको छ । त्यो स्वाद अब हट्नेवाला छैन । हामीले पाएको माया, सम्मान र आशीर्वाद मनमा लिएर हिँडेका छौँ । भोलि मरेर जाँदा पनि हामीले गरेको कामले अरूले पनि सकारात्मक सोच लिएर अघि बढून् भन्ने लाग्छ ।

धुर्मुस : समग्रमा भन्नुपर्दा हामी असल नागरिकको पहिचान दिनका लागि अघि बढेका हौँ । हाम्रो समाजमा अरूको काम गर्न हिँडेको श्रीमानले श्रीमतीको विरोध र अवरोध तथा खप्की सहनुपर्छ । श्रीमती पनि त्यसरी अरूको काम गर्न हिँड्यो भने श्रीमान् मात्र होइन, गाउँ, समाजले समेत प्रश्न गर्छ ।

—हामी पछिल्लो समयमा जुन काम गरेर अघि बढिरहेका छौँ, त्यो नितान्त कलाकारिताकै योगदान हो । यदि हामी कलाकारितामा सफल नभएको भए, आमदर्शकले नरुचाएको भए हामी सहज ढंगले समाजसेवामा अघि बढ्न सक्ने थिएनौँ ।

—पुग–नपुग तीन करोड छौँ नेपाली । तीमध्ये कोही धेरै सक्षम होला, कति कम । प्रत्येक नेपालीले दुई सय रुपैयाँका दरले सहयोग गरे मात्रै हामीले सोचेको ’नमूना नेपाल’ परियाेजना निर्माण गर्न अावश्यक पाँच अर्बभन्दा बढी अर्थात् ६ अर्ब उठ्नेछ । ३० देखि ४० लाख नेपाली विदेशी भूमिमा पसिना बगाइरहेका छन् । उहाँहरू प्रत्येकले दुई हजार रुपैयाँका दरले सहयोग गरे मात्रै पनि नौ अर्ब उठ्छ । याे परियाेजना बनेपछि नेपालमा विकासकाे मूल फुटाउँछ भन्ने विश्वास छ ।

—तीनवटा मात्रै बस्ती बनाउँदा नेपाली जनताले कति विश्वास गर्नुभएको छ, हामीले राम्रोसँग बुझेका छौँ । यसलाई शब्दमा वर्णन गर्न सक्दिनँ ।

 

श्रीमान्–श्रीमती नै सामाजिक काममा हिँड्नुभएको छ । त्यसलाई समन्वय कसरी गरिरहनुभएको छ ?

धुर्मुुस : आजसम्म जति काम गरिएको छ, मेरो मात्र विचार र सोचाइले सम्भव भएको हैन । मेरो विचार आउँथ्यो, त्यसमा यो राम्रो विचार हो, यसमा काम गर्नुपर्छ भनेर सुन्तलीको सल्लाह हुन्थ्यो । त्यहीअनुसार हामी देशका लागि केही न केही गर्नुपर्छ भन्ने दुवैजनाको समझदारीले अगाडि बढेका हौँ । स्वभावले फरक–फरक भए पनि विचार एउटै भएकाले आफ्नो प्रत्येक काममा सफल भएका छौँ । चर्पी निर्माण गर्न जाँदा त्यहाँको विभेद देखेर नमुना नेपाल निर्माण गर्ने सोच मस्तिष्कमा आएको परिकल्पनालाई तीनवटा बस्ती बनिसकेपछि मैले फूलबुट्टा भर्ने काम मात्र गरेको हो । यदि त्यतिखेर नै होइन यो परिकल्पना ठीक छैन भनेको भए परिकल्पनामा मात्र सीमित रहन्थ्यो । गिरानचौरको बस्ती बनाइसकेपछि मैले सद्भावका लागि महोत्तरीमा मुसहर बस्ती बनाउन राखेको प्रस्तावमा सुन्तलीको र सबै नेपाली जनताको सहयोगले सफलता मिल्यो । यसरी नै हामीले एक–अर्कासँग सल्लाह समन्वय गरी अगाडि बढेका हौँ ।

कलाकारिता क्षेत्रकै व्यक्तिको कत्तिको सहयोग मिलेको छ ?

सुन्तली : मिलेको छ । केहीले आर्थिक सहयोग गर्नुभएको छ भने केहीले राम्रो गर्‍यो भनेर आत्मादेखि हैसला दिइरहनुभएको छ । जसले जति सक्छ, क्षमताअनुसार गर्ने हो । त्यो गरिरहनुभएको छ, सबै कलाकारले । हाम्रो काममा सबै कलाकारले सकारात्मक रूपमा सहयोग गर्नुभएको छ । स्टार्टिङ फेजमा कसैले पत्याएका थिएनन् । काम गर्दै गएपछि सबैले हाम्रो कलाकारको सान भनेर सबैजनाले भन्न सुरु गर्नुभयो । हामीले गरेको काम देखेर हाम्रो नजिक आउँदा नकारात्मक सोच लिएर कोही आएनन् । त्यो शक्ति हामीले पाएका छौँ । अहिले सम्पूर्ण कलाकार अभियन्ता भएर नमुना नेपालको अभियानमा लाग्ने प्रतिबद्धतासमेत जनाइसकेका छन् ।

परियोजना निर्माण सम्पन्न भइसकेपछि तपाईंहरू समाजसेवामै सक्रिय बन्नुहुन्छ कि पुनःकलाकारितामा फर्किनुहुन्छ ?

धुर्मुस : नमुना नेपाल बनिसकेपछि धेरै काम सम्पन्न भएको महसुस सबैलाई हुनेछ । देश बनाउन बाँकी अरू केही छजस्तो लाग्नेछैन । किनकि देशभरि विकासको लहर आउनेछ । धेरै अभियन्ताको जन्म हुनेछ । स्थानीय चुनावपछि त झन् सबैमा विकास गर्ने भावनाको पनि विकास गर्छ । हजारौँ जनाले रोजगारी पाउँछन् । नमुना नेपाललाई सरकारले पहिलो प्राथमिकतामा राखेर साँच्चिकै प्रचार–प्रसार गर्‍यो भने बर्सेनि १०औँ लाख पर्यटक भित्र्याउन सकिन्छ । यसमा हिमाल, पहाड र तराईमा कहाँ के छ, त्यो सबैको बारेमा जानकारी नमुना नेपालमा हुनेछ । योबाहेक आन्तरिक पर्यटक पनि भित्र्याउन सकिन्छ, नमुना नेपालको अभियानबाट । यो एउटा विकासको दरिलो आधार पनि हो । र, यो अवधिले सिंगो देश नेपाललाई विकासको गतिमा कसरी अगाडि बढाउने भन्नेबारेमा मार्गचित्र प्रस्तुत गर्छजस्तो लाग्छ ।

सामान्य मानिसले आफ्नो हैसियतअनुरूप सहयोग गर्न मन भए कसरी सहयोग गर्ने ? थोरै बताइदिनुस् न ।

धुर्मुस : हामीले महत्वाकांक्षी योजना भनिरहँदा यो परियोजना यसरी पनि सहयोग गर्न सकिन्छ भनेर परियोजना घोषणासभामा अवधारणा सार्वजनिक पनि गरेका थियौँ । पुग–नपुग तीन करोड छौँ नेपालमा । तीमध्ये कोही धेरै सक्षम होला, कति कम । प्रत्येक नेपालीले दुई सय रुपैयाँका दरले सहयोग गरे मात्रै हामीले सोचेको पाँच अर्बभन्दा बढी अर्थात् ६ अर्ब उठ्नेछ । ३० देखि ४० लाख नेपाली विदेशी भूमिमा पसिना बगाइरहेका छन् । उहाँहरू प्रत्येकले दुई हजार रुपैयाँका दरले सहयोग गरे मात्रै पनि नौ अर्ब उठ्छ । हामीलाई सहायता गर्न सजिला माध्यम बनाएका छौँ । धुर्मुस–सुन्तली फाउन्डेसनको पुरानो बानेश्वरस्थित कार्यालयमा पुगेर प्रत्यक्ष सहयोग गर्न सक्नुहुन्छ । डब्लुडब्लुडब्लू धुर्मुससुन्तली डटकम नामक वेबसाइट भिजिट गर्‍यो भने पहिलाका बस्तीहरू कहाँ कसको कति सहयोगमा बनेका छन् भन्ने सूचना पाउन सकिन्छ । धुर्मुससुन्तली डटकमको फेसबुक पेजमा लाइक गर्ने हो भने के कस्ता मानिसले हामीलाई सहयोग गर्नुभएको छ भन्ने तस्बिरसहित जानकारी पाउन सक्नुहुनेछ ।

त्यस्तैगरी, हामीलाई सीधै सम्पर्क गर्न ९८०३४७२४७६ नम्बरमा फोन गरेर पनि जानकारी लिन र सहयोग गर्न सकिनेछ । त्योबाहेक हामीलाई हाम्रो युट्युब च्यानल सस्क्राइब गर्नुभयो भने अहिलेसम्मका जानकारी पाउन सक्नुहुनेछ भने भविष्यमा सम्पूर्ण अपडेटहरू पनि पाउनुहुनेछ । यद्यपि, यो नमुना कामका लागि नेपाली जनता मात्रै हैन, सरकारले पनि केही कदम उठाउने हो भने सोचेभन्दा बढी सम्भव हुनेछ । साँच्चिकै भन्ने हो भने इमानदार भएर सरकारले काम गर्ने हो भने निर्माणाधीन कुनै पनि काम असम्भव छैन । अहिले सरकारसँग रहेका नीति, नियम र प्रक्रिया लामो भएकाले काम गर्न ढिलासुस्ती भइरहेको छ । कार्यालयमा बसेर निर्देशन दिएको भरमा काम छिटो सकिन्न । मुलुक बन्न पनि बन्दैन ।

सुन्तलीजी, तपाईं बोल्ने कलामा धुर्मुसभन्दा अब्बल देखिनुहुन्छ । बोली मात्र होइन, काम पनि गरेर देखाउनुभएको छ । हामीले मात्र होइन, हाम्रा फेसबुक लाइभमा आउनुभएका दर्शकले भविष्यमा राजनीतिमा आउने सम्भावना कति छ भनेर सोध्नुभएको छ ? के भन्नुहुन्छ ?

सुन्तली : भोलि भुइँचालो जाला र सामाजिक काम गर्छु भनेर हिजो सोचेर बसेको होइन । कलाकार बन्ने बच्चादेखि नै सोच थियो । म टिभीमा आउँछु, नाच्छु, हिरोइन बन्छु भन्ने सोचेकी थिएँ । तर, सामाजिक अभियन्ता बन्ने सोच परिस्थितिअनुसार भएको हो । यो समय र भुइँचालोले ल्याइदिएको सोच हो । हाम्रो इच्छा मुलुकमा विकास गर्ने, राष्ट्रप्रेमी बन्ने, पुरानो संस्कारलाई जोगाउने हो । हाम्रा हजुरआमाहरूले पिठो पैँचो लिने, बाहिर निस्कँनेबित्तिकै सबैलाई नमस्कार गर्ने दैनिक सुनाउनुहुन्थ्यो, हामी सुन्थ्यौँ । हामी अहिले त्यो समाज भेट्न सक्दैनौँ । समाजलाई परिवर्तन गरेर त्यही दिशामा फर्काउने हो । अहिले पनि नेपाल स्वतन्त्र देश हो भन्ने विश्वले ठान्दैन । आफ्नै बलबुतामा विकास गरिरहेको देश हो भन्ने विश्वलाई देखाउने हाम्रो कर्तव्य हो । त्यसका लागि भोलि सामाजिक अभियन्ता मात्रै भएर पुगेन भने राजनीतिमा पनि आउन सकिन्छ । तर, यो कुरा परिस्थितिअनुसार भर पर्ने कुरा हो । अर्को कुरा, राजनीतिमा अवरोध पनि हुन सक्छ, त्यसको बारेमा हामी सबैलाई थाहा भएको कुरा हो । उहाँहरूले रोकेर केही हुनेछैन, तीन करोड नेपाली जनताले चाहेमा नेपालमा जे पनि हुनेछ ।

परिस्थितिले देखाए राजनीतिमा जान सकिन्छ भन्नुभयो, परिस्थिति आइसकेन र ?

सुन्तली : तीनवटा मात्रै बस्ती बनाउँदा नेपाली जनताले कति विश्वास गर्नुभएको छ भन्ने कुरा हामीले राम्रोसँग बुझेका छौँ । यसलाई म शब्दमा वर्णन गर्न सक्दिनँ । कतिपय नेपालीले हामीलाई अहिल्यै नै राजनीतिमा प्रवेश नगर्न सुझाब दिइरहनुभएको छ । कलाकारितामा लागेकै कारण हामी श्रीमान्–श्रीमती भएका हौँ । तपाईंहरू मिलेर बस्नुस् है, जोडी सुहाउँछ भन्ने सुझाब धेरै आएपछि हामीले बिहे ग¥यौँ । सामाजिक अभियन्ता पनि उहाँहरूकै सुझाबका कारण बनेका हौँ । उहाँहरूले सहयोग नगरेको भए बन्न कसरी सम्भव थियो ? अहिले दुईथरीका सुझाब हामीलाई आइरहेका छन् । एकथरीले राजनीतिमा प्रवेश गर्दा हुन्छ भन्नुहुन्छ, अर्कोथरीले अझै वेला भएको छैन, अहिले नै छिर्नुभयो भने सिध्याउँछन् भनिरहनुभएको छ । जे होस्, हामीले सोचिरहेका छौँ ।

पढेको एउटा चर्चित कुरा यहाँनिर राख्न चाहन्छु, कविज्यू, तपाईं कामचाहिँ के गर्नुहुन्छ भनेर कहीँ कतै पढेको कुरा थियो । कवि मात्र भएर कोही बाँच्न सक्दैन, उसको परिवार हुन्छ, दायित्व हुन्छ । तपाईंहरूले धमाधम विभिन्न बस्ती बसाउन र अहिले नमुना नेपाल बनाउन पैसा उठाइरहनुभएको छ । कतिपयले त्यो पैसा तपाईंहरूलाई खाए भन्ने पनि छन् । यस विषयमा के भन्नुहुन्छ ?

सुन्तली : हामी बैंक अफ काठमाडौं लुम्बिनी लिको ब्रान्ड एम्बेसडर हौँ । सिटी एक्सप्रेस मनी ट्रान्सफरको ब्रान्ड एम्बेसडर छौँ । युनाइटेड इन्सुरेन्सको ब्रान्ड एम्बेसडर छौँ । यसले हामीलाई दाल, चामल पुगेको छ । आफू स्वस्थ भए अरूलाई स्वस्थ हुन सिकाउन सकिन्छ । अरूलाई खुसी दिन सकिन्छ । आफू दुःखी भएर दुःखीकोमा गएर तपाईं पनि दुःखी, म पनि दुःखी भनेर हुँदैन । सबै दुःखीले पनि मैले भोगेजस्तो जिन्दगी भोग्न सक्नुपर्छ । मैले गाडी चढे उहाँहरूले पनि गाडी चढ्न पाउनुपर्छ । किनकि, सबैको अधिकार समान हुनुपर्छ । हामी सबै आकाशबाट खसेका हैनौँ । जन्मिएपछि स्वास्थ्य, खानपिनलगायतमा समान अधिकार पाउनुपर्छ । आफू खुसी भएपछि मात्रै अरूलाई खुसी दिन सकिन्छ । हामी तीन संस्थामा ब्रान्ड एम्बेसडर भएका छौँ । विभिन्न विज्ञापन गरिरहेका छौँ । त्यति हुँदाहुँदै सामाजिक कार्यमा दुई–चार पैसाको लोभ गर्न थाल्यौँ भने त हामी र अरू अभियन्तामा के नै फरक भयो र । कसैले नकारात्मक नसोच्नुभए हुन्छ ।

धुर्मुस : हामीलाई अब मजाले खुलेर समाजसेवा गर्न र राष्ट्रका लागि योगदान पुर्‍याउन यी संस्थाहरूले सहयोग गरिरहेका छन् । हाम्रो सामाजिक भावना बुझेर उहाँहरूले हामीलाई ब्रान्ड एम्बेसडर बनाउनुभएको हो । हाम्रो गिरानचौर योजनामा १५ लाख ५५ हजार ५ सय ५५ रुपैयाँ सिटी एक्सप्रेसले संस्थागत सहयोग गरेको हो । सिटी एक्सप्रेस आफ्नो व्यावसायिक धर्मसँगै सामाजिक र मानवीय धर्मसँगै अघि बढेकाले हामी ब्रान्ड एम्बेसडर भएका हौँ । बैंक अफ काठमाण्डूले पनि हाम्रो गिरानचौर बस्ती निर्माण योजना र त्यहाँका पीडितलाई सहयोग गरेको थियो । युनाइटेड इन्सुरेन्सले पनि हाम्रा योजनालाई सहयोग गरेकाले हामी आफ्नो योजना पूरा गर्न सफल भएका छौँ । धुर्मुस–सुन्तली समाजसेवी भनेर हिँडेका छन्, पछि के हो, के हो भन्ने पनि देखिन्छन् । त्यसमा चिन्ता लिनुपर्ने विषय देखिन्न ।

यहाँहरूप्रति धेरैको अपेक्षा छ । यसअगाडिका परियोजना पूरा गरेर देखाएकै कारणले धेरैले तपाईंहरूसँग आशा, अपेक्षा गर्नु स्वाभाविकै पनि हो । हाम्रो लाइभमा कतिपयले देशमा रंगशाला बनाउनुपर्‍यो भनिरहनुभएको छ, रासायनिक मल कारखाना बनाइदिनुपर्‍यो भन्नुभएको छ भने कतिपयले स्वाथ्य चौकी बनाइदिनुपर्‍यो भन्नुभएको छ । तपाईंहरूले जति परियोजना सम्पन्न गर्नुभयो, त्यो समयमै सम्पन्न गरेका कारण तपाईंहरूलाई धेरैले विश्वास गर्नुभएको छ । यहाँ सोधिएका प्रश्नलाई कसरी जवाफ दिनुहुन्छ ?

धुर्मुस–सुन्तली : खासमा भन्नुपर्दा यिनै कुराहरू सम्बोधन गर्न नयाँ नेपालको परिकल्पना गरेका हौँ । हिजोको दिनमा जति पनि परियोजना गरेका छौँ, त्यसको अनुमानित बजेट जति थियो, त्योभन्दा बढी बजेट प्राप्त गरेपछि हामीले अर्को परियोजना गर्छौं, त्यसका लागि सहयोग गर्नुहोला भनेर हामीले भनेका थियौँ । गिरानचौर बस्ती बनाउँदा करिब ५ करोडको बजेट परिकल्पना गरेका थियोैँ । पछि बर्खाले ५ करोड १४ लाख खर्च गर्नु पर्‍यो । हामीप्रति यति विश्वास थियो कि हाम्रो खातामा ६ करोड १७ लाख जम्मा भयो । जुन हामीप्रतिको विश्वास थियो । धेरैले विश्वास गरेर हाम्रो खातामा पैसा जम्मा गरेपछि यो पैसा हामीले खातामा राखेर मात्र हुँदैन । देशभरि समस्या कहाँ छ, जहाँ हामी सहयोगी बन्नुपर्छ, त्यहीँ यो पैसा सद्भावका लागि खर्च गर्नुपर्छ भन्ने सोचेर हामी बाँकी पैसाको अपिल गर्दै तराई पुग्यौँ र मुसहर बस्ती निर्माणमा लाग्यौँ । मुसहर बस्ती बनाइसकेपछि हामीलाई यति विश्वास गरियो कि बीचमा पैसाको आवश्यकता थियो, त्यहीवेला एक्कासि अमेरिकाबाट २ करोड १० लाख सहयोग प्राप्त भयो । त्यो परियोजनाको अनुमानित रकमभन्दा एक करोड रकम बढी भयो र त्यसपछि समग्र देशभरिको पीडालाई सम्बोधन गर्ने हिसाबले साझा परियोजना बनाउने भन्ने विषयमा छलफल गर्‍यौँ । र, हामीले नमुना नेपालको परियोजना सार्वजनिक गरेका हौँ । नमुना नेपाल बनिसकेपछि नमुना नेपाल हेर्न आउने विदेशी अथवा स्वदेशी पर्यटकलाई हामीले शुल्क लिएर त्योभित्रको दृश्य अवलोकन गर्न दिन्छौँ । त्योभित्र बनेका केही संरचनाहरू शुल्क तिरेर उहाँहरूले अवलोकन गर्नुहुनेछ । त्यहाँ हामीले एक सय २५ जातजातिको साझा फूलबारीको परिकल्पना गरेका छौँ । यो जीवित संग्रहालय पनि हो । सम्पूर्ण जातजातिहरूको प्रतिनिधित्व हुने गरी साझा वासस्थानको हिसाबमा पीडित परिवार आएर त्यहाँ बस्नुहुनेछ । त्यसमा खर्च गरेर बाँकी रहेको पैसा देशभर के–के बनाउन आवश्यक छ, रंगशाला बनाउनुपर्र्ने हो कि, कर्णाली, सुदूरपूर्वमा विभन्न समस्या छन्, त्यहाँका समस्यालाई सम्बोधन गर्ने हो कि अथवा देशको समग्र शिक्षा, स्वास्थ्य सरसफाइ कुन पीडालाई हामीले सम्बोधन गर्नुपर्ने हो, तिनै समस्या समाधान गर्ने हिसाबले यो नमुना नेपालको परिकल्पना गरिएको हो ।