थाहै नभई हुन सक्छ पित्तथैलीमा पत्थरी - Naya Patrika

देउवा र पौडेल पक्षबीच भागबन्डा नमिल्दा मंगलबार ५ बजेका लागि तय भएको शपथ स्थगित सत्तारुढ कांग्रेसभित्रै भागबन्डा नमिल्दा मंगलबार तय भइसकेको मन्त्रिपरिषद् विस्तार रोकिएको छ । प्रधानमन्त्री एवं कांग्रेस सभापति…
पूरा पढ्नुहोस् »

अमेरिकाको हिमाल आरोहणका क्रममा गत असार २ गते मृत्युवरण गरेका कीर्तिमानी आरोही तथा अल्ट्रा धावक सञ्जय पण्डितको शव ४० दिनपछि सोमबार राती नेपाल आइपुगेको छ । उनको पार्थिव शरीर श्रद्धाञ्जलि…
पूरा पढ्नुहोस् »

यस्ता कयौँ सेलेब्रिटी छन्, जसले आफ्नो बच्चाको पहिलो फोटो बेचेर करोडौँ कमाएका छन् । हलिउडमा यो ट्रेन्ड व्यापक छ । चर्चित गायिका तथा अभिनेत्री जेनिफर लोपेजदेखि जेसिका एल्बासम्मले आफ्ना सन्तानको…
पूरा पढ्नुहोस् »

जब गर्मी लाग्छ, घरभित्र लामखुट्टे भुनभुनाउन थाल्छन् । गर्मी बढ्दै जाँदा लामखुट्टेका हुल बढ्दै जान्छन्, कोठाभित्र । लामखुट्टेविरुद्ध झुल प्रयोग गर्नु नै उत्तम उपाय हो । तर, सुत्ने वेलाबाहेक अरू…
पूरा पढ्नुहोस् »

रोजगार आवेदन फाराम भर्न वाणिज्य बैंक खाता अनिवार्य – आठौँ कोरियन भाषा (इपिएस–टपिक) परीक्षामा १२ हजार १ सय ८ जना परीक्षार्थी उत्तीर्ण भएका छन् । वैदेशिक रोजगार विभाग, इपिएस कोरिया…
पूरा पढ्नुहोस् »

लोकसभाकी सभामुख सुमित्रा महाजनले सोमबार कंगे्रसका ६ सांसदलाई ५ दिनका लागि निलम्बित गरेकी छिन् । बोफोर्स मुद्दासम्बन्धी छलफल हुँदा सभामुख महाजनमाथि कागज फ्याँकेपछि कंग्रेसका गौरव गोगाई, के सुरेश, रञ्जन चौधरी,…
पूरा पढ्नुहोस् »

  न्यूजील्याण्डमा अर्को वर्ष आयोजना हुने आइसीसी यु–१९ को विश्वकप खेल्ने नेपालको सपना चकनाचुर भएको छ । सिंगापुरको इन्डियन क्रिकेट क्लबमा आज भएको अफगानिस्तानविरुद्धको खेलमा ९६ रनको भारी अन्तरले पराजय…
पूरा पढ्नुहोस् »

मुलुकमा स्थापित ७४४ स्थानीय तहमध्ये केहीले आ. व. ०७४-७५ को बजेट निर्माण गरिसकेका छन् भने केहीले निर्माण गर्दै छन् । स्थानीय तहले बजेट निर्माण गर्ने सम्बन्धमा निजी अनुभव र संघीय…
पूरा पढ्नुहोस् »

सन् १९७५ मा रिलिज भएको थियो, हिन्दी फिल्म ‘सोले’ । अमजद खान सोलेमा मुख्य भूमिकामा थिए । फिल्ममा ‘गब्बर सिंह’ बनेका थिए, उनी । गब्बर सिंहको क्यारेक्टरले बलिउडमा एक्सन फिल्मको…
पूरा पढ्नुहोस् »

धेरै लेखिएका, बोलिएका र विरोध गरिएका तर निरन्तर राज्यको तिरस्कारमा परेका अनेक विषय छन् । यस्ता विषय पनि मौसमी हुन्छन् । सूचना र विश्लेषणका अनेक उपायद्वारा जनतालाई सचेत बनाउने र…
पूरा पढ्नुहोस् »

नयाँ पत्रिकाको न्युजरुममा आज उद्योग वाणिज्य महासंघकी अध्यक्ष भवानी राणासँग अन्तरक्रिया हुँदैछ । मुलुकको विकासमा निजी क्षेत्रका योगदान कति भन्ने विषयमा अन्तरक्रिया केन्द्रित हुँदैछ । अन्तरक्रिया फेसबुक लाइभ हेर्न तलको लिंकमा…
पूरा पढ्नुहोस् »

नयाँ पत्रिका   |   साउन ०२, २०७४

पछिल्लो समयमा धेरैलाई पित्तथैलीमा हुने पत्थरीले सताउन थालेको छ । अत्यधिक मोटोपन, मधुमेह, शरीरको तौल धेरै घट्नु, निरन्तर खाली पेट बस्नु, रक्तअल्पता, गर्भनिरोधक चक्कीको बढी सेवनजस्ता कारणले पित्तथैलीमा पत्थरी हुन्छ । सामान्यतः पित्तथैलीको पत्थरीका बिरामीहरूमा कुनै लक्षण देखिँदैन । अरू कुनै कारणले पेटको भिडियो एक्सरे गर्दा पित्तथैलीको पत्थरी देखिन सक्छ । यसरी पत्थरी भएको फेलापर्नेहरूमध्ये करिब २० प्रतिशत मानिसमा मात्र लक्षण देखिने गरेको पाइन्छ । पित्तथैलीमा पत्थरी हुँदा अपनाउनुपर्ने सावधानीबारे कन्सल्ट्यान्ट तथा ग्यास्ट्रो सर्जन डा. राकेशकुमार साह यसो भन्छन् :

पत्थरीका कारण दाहिने कोखा वा माथिल्लो पेटमा पीडा हुन्छ । यो दुखाइ कहिलेकाहीँ दाहिने पाखुरा वा ढाडतिर पनि सर्न सक्छ । चिल्लो खानेकुरा खाएपछि दुखाइ बढ्ने गर्छ । यसरी देखापरेको दुखाइ २४ घन्टाभित्रै ठीक हुने गर्छ । रोग जटिल हुँदै गएपछि हरेक दिनजस्तो दुख्न थाल्छ । पित्तथैलीको पत्थरीको अर्को मुख्य लक्षण भनेको पेट ढुस्स भएर फुलेजस्तो अनुभव हुने, अपच हुने र डकार आउने हुन्छ ।

संसारभरि नै सबभन्दा धेरै गरिने पेटको अप्रेसनमध्ये पित्तथैलीको पत्थरी झिक्न गरिने अप्रेसन पहिलो स्थानमा आउँछ । पित्तथैलीको पत्थरीको एक मात्र उपचार अप्रेसन गरेर निकाल्नु हो । आजभोलि यो अप्रेसन दूरबिन प्रविधिबाट गरिन्छ । दूरबिन प्रविधिबाट अप्रेसन गर्दा बिरामीलाई दुखाइ र पीडा पनि कम हुन्छ । त्यसैगरी घाउमा संक्रमण हुने र पाक्ने समस्या पनि न्यून रहन्छ ।

दुखाइ कम हुनाले अप्रेसन गरेको चारदेखि ६ घन्टाभित्रै बिरामी हिँडडुल गर्न सक्छन् । सामान्य मानिससरह खानेकुरासमेत खान सक्छन् । अप्रेसन गरेको २४ घन्टामा बिरामीलाई अस्पतालबाट डिस्चार्ज गरी घर पठाउन सकिन्छ । अप्रेसनको ४८ घन्टादेखि ७२ घन्टामा बिरामी सामान्य जीवनशैलीमा काम गर्न सक्ने हुन्छन् ।