बिरुवा सार्ने उत्तम मौसम - Naya Patrika

देउवा र पौडेल पक्षबीच भागबन्डा नमिल्दा मंगलबार ५ बजेका लागि तय भएको शपथ स्थगित सत्तारुढ कांग्रेसभित्रै भागबन्डा नमिल्दा मंगलबार तय भइसकेको मन्त्रिपरिषद् विस्तार रोकिएको छ । प्रधानमन्त्री एवं कांग्रेस सभापति…
पूरा पढ्नुहोस् »

अमेरिकाको हिमाल आरोहणका क्रममा गत असार २ गते मृत्युवरण गरेका कीर्तिमानी आरोही तथा अल्ट्रा धावक सञ्जय पण्डितको शव ४० दिनपछि सोमबार राती नेपाल आइपुगेको छ । उनको पार्थिव शरीर श्रद्धाञ्जलि…
पूरा पढ्नुहोस् »

यस्ता कयौँ सेलेब्रिटी छन्, जसले आफ्नो बच्चाको पहिलो फोटो बेचेर करोडौँ कमाएका छन् । हलिउडमा यो ट्रेन्ड व्यापक छ । चर्चित गायिका तथा अभिनेत्री जेनिफर लोपेजदेखि जेसिका एल्बासम्मले आफ्ना सन्तानको…
पूरा पढ्नुहोस् »

जब गर्मी लाग्छ, घरभित्र लामखुट्टे भुनभुनाउन थाल्छन् । गर्मी बढ्दै जाँदा लामखुट्टेका हुल बढ्दै जान्छन्, कोठाभित्र । लामखुट्टेविरुद्ध झुल प्रयोग गर्नु नै उत्तम उपाय हो । तर, सुत्ने वेलाबाहेक अरू…
पूरा पढ्नुहोस् »

रोजगार आवेदन फाराम भर्न वाणिज्य बैंक खाता अनिवार्य – आठौँ कोरियन भाषा (इपिएस–टपिक) परीक्षामा १२ हजार १ सय ८ जना परीक्षार्थी उत्तीर्ण भएका छन् । वैदेशिक रोजगार विभाग, इपिएस कोरिया…
पूरा पढ्नुहोस् »

लोकसभाकी सभामुख सुमित्रा महाजनले सोमबार कंगे्रसका ६ सांसदलाई ५ दिनका लागि निलम्बित गरेकी छिन् । बोफोर्स मुद्दासम्बन्धी छलफल हुँदा सभामुख महाजनमाथि कागज फ्याँकेपछि कंग्रेसका गौरव गोगाई, के सुरेश, रञ्जन चौधरी,…
पूरा पढ्नुहोस् »

  न्यूजील्याण्डमा अर्को वर्ष आयोजना हुने आइसीसी यु–१९ को विश्वकप खेल्ने नेपालको सपना चकनाचुर भएको छ । सिंगापुरको इन्डियन क्रिकेट क्लबमा आज भएको अफगानिस्तानविरुद्धको खेलमा ९६ रनको भारी अन्तरले पराजय…
पूरा पढ्नुहोस् »

नेपालमा चेम्बर आन्दोलन सुरु भएको ६४ वर्ष भइसकेको छ । ०२३ मा स्थापना भएको निजी क्षेत्रको प्रतिनिधिमूलक संस्था नेपाल उद्योग वाणिज्य महासंघले पनि स्थापनाको स्वर्णजयन्ती मनाइसकेको छ । यति लामो…
पूरा पढ्नुहोस् »

सन् १९७५ मा रिलिज भएको थियो, हिन्दी फिल्म ‘सोले’ । अमजद खान सोलेमा मुख्य भूमिकामा थिए । फिल्ममा ‘गब्बर सिंह’ बनेका थिए, उनी । गब्बर सिंहको क्यारेक्टरले बलिउडमा एक्सन फिल्मको…
पूरा पढ्नुहोस् »

तथ्यांकशास्त्र र समाजशास्त्रमा पनि प्रयोग गरिने एउटा सिद्धान्त हुन्छ ‘क्युमुलेटिभ इफेक्ट’ । औषधि विज्ञानमा चाहिँ पहिलो डोज औषधिदेखि अन्तिम डोजसम्मको सामूहिक प्रभावले नै रोग निको पार्न भूमिका खेल्छन् भन्ने बुझाउन…
पूरा पढ्नुहोस् »

नयाँ पत्रिकाको न्युजरुममा आज उद्योग वाणिज्य महासंघकी अध्यक्ष भवानी राणासँग अन्तरक्रिया हुँदैछ । मुलुकको विकासमा निजी क्षेत्रका योगदान कति भन्ने विषयमा अन्तरक्रिया केन्द्रित हुँदैछ । अन्तरक्रिया फेसबुक लाइभ हेर्न तलको लिंकमा…
पूरा पढ्नुहोस् »

मीनबहादुर तामाङ महासचिव, नेपाल फ्लोरिकल्चर एसोसिएसन   |   साउन ०२, २०७४

मौसमी तथा सदावहार बोटबिरुवाले घरको सौन्दर्य वृद्धि गराउँछ । यसलाई अझ व्यवस्थित बनाउन बगैँचालाई ठूला रुख, फूल तथा झाडीले विभाजित गरेर आकर्षक बनाउन सकिन्छ । त्यस्तै, क्याक्टस, मौसमी फूल, ग्रिन प्लान्टदेखि बाह्रमासे फूल लगाएर पनि सौन्दर्य थप्न सकिन्छ । मनसुनको मौसममा बगैँचा केयर गर्ने तरिकाबारे फ्लोरिकल्चर एसोसिएसनका महासचिव मीनबहादुर तामाङका सुझाब यस्ता छन् :

बगैँचामा सूर्यको किरण आउने क्षेत्रलाई मध्यनजर गर्दै बिरुवा रोप्नु उचित हुन्छ । यस्तो विषयमा पहिले नै उत्कृष्ट योजना बनाउनुपर्छ । विशेषगरी, पानीको व्यवस्थापनमा भने ध्यान दिनुपर्छ । अन्यथा, वर्षात्को समयमा पानी जम्न गई बगैँचामा भएका सम्पूर्ण बोटबिरुवालाई नोक्सान पु¥याउन सक्छ ।

वर्षात्को समयमा रुख तथा झारपात छिटो बढ्छ । यसकारण बगँैचाको सौन्दर्य कायम राख्न समयमै काँटछाँट गर्नुपर्छ । बगैँचामा रहेका बिरुवाको आकारलाई ध्यान दिनुपर्छ ।

बगैँचामा पानी जम्न दिनु हुँदैन । गार्डेन बनाउनुअघि नै यस विषयमा विशेष ख्याल राख्नुपर्छ । पानी जमेर आहाल नै बनेमा गार्डेनको दुुबो मात्र नभएर अन्य रुख, बिरुवा, फूल पनि मर्न सक्छ । त्यसैले पानी जम्न सुरु भएमा वेलैमा कुलो बनाउनुपर्छ ।

यो मौसममा झार पनि बढी आउँछ । त्यस्तो झार उम्रेर फूल फुल्न दिनु हुँदैन । यसको व्यवस्थापन गरिहाल्नुपर्छ । आकाशबाट पानी पर्ने कारण अनावश्यक झार तुरुन्त सर्ने सम्भावना हुन्छ । त्यसैले अनावश्यक झार सर्न नै दिनु हुँदैन ।

बगैँचामा भएको रुख बिरुवालाई हानि गर्ने रोग, किरा पनि बढी आउँछ । त्यसैले विषादी पनि बढी नै प्रयोग गर्नुपर्छ । त्यस्तै, पानीले गर्दा ढुसी पनि पर्छ । त्यसबाट बच्न फंगल्स हटाउने विषादी फंगिसाइट प्रयोग गर्न सकिन्छ ।

त्यसो त नर्सरीमा भएको बिरुवा जुन सिजनमा सारे पनि हुन्छ । तर, यो मौसममा सार्दा चाँडै सर्छ । सयपत्री, लाहुरे, जिनिया, साल्भिया, गोदावरीलगायतका फूल यो मौसममा लगाउँदा राम्रो हुन्छ । अमिलो जातका फलफूल रोप्न पनि यो मौसम उपयुक्त हुन्छ ।