कामलाई गर्लफ्रेन्डका रूपमा लिनुपर्छ - Naya Patrika
© 2017 Naya Prakasan Pvt. Ltd.

देउवा र पौडेल पक्षबीच भागबन्डा नमिल्दा मंगलबार ५ बजेका लागि तय भएको शपथ स्थगित सत्तारुढ कांग्रेसभित्रै भागबन्डा नमिल्दा मंगलबार तय भइसकेको मन्त्रिपरिषद् विस्तार रोकिएको छ । प्रधानमन्त्री एवं कांग्रेस सभापति…
पूरा पढ्नुहोस् »

अमेरिकाको हिमाल आरोहणका क्रममा गत असार २ गते मृत्युवरण गरेका कीर्तिमानी आरोही तथा अल्ट्रा धावक सञ्जय पण्डितको शव ४० दिनपछि सोमबार राती नेपाल आइपुगेको छ । उनको पार्थिव शरीर श्रद्धाञ्जलि…
पूरा पढ्नुहोस् »

यस्ता कयौँ सेलेब्रिटी छन्, जसले आफ्नो बच्चाको पहिलो फोटो बेचेर करोडौँ कमाएका छन् । हलिउडमा यो ट्रेन्ड व्यापक छ । चर्चित गायिका तथा अभिनेत्री जेनिफर लोपेजदेखि जेसिका एल्बासम्मले आफ्ना सन्तानको…
पूरा पढ्नुहोस् »

जब गर्मी लाग्छ, घरभित्र लामखुट्टे भुनभुनाउन थाल्छन् । गर्मी बढ्दै जाँदा लामखुट्टेका हुल बढ्दै जान्छन्, कोठाभित्र । लामखुट्टेविरुद्ध झुल प्रयोग गर्नु नै उत्तम उपाय हो । तर, सुत्ने वेलाबाहेक अरू…
पूरा पढ्नुहोस् »

रोजगार आवेदन फाराम भर्न वाणिज्य बैंक खाता अनिवार्य – आठौँ कोरियन भाषा (इपिएस–टपिक) परीक्षामा १२ हजार १ सय ८ जना परीक्षार्थी उत्तीर्ण भएका छन् । वैदेशिक रोजगार विभाग, इपिएस कोरिया…
पूरा पढ्नुहोस् »

लोकसभाकी सभामुख सुमित्रा महाजनले सोमबार कंगे्रसका ६ सांसदलाई ५ दिनका लागि निलम्बित गरेकी छिन् । बोफोर्स मुद्दासम्बन्धी छलफल हुँदा सभामुख महाजनमाथि कागज फ्याँकेपछि कंग्रेसका गौरव गोगाई, के सुरेश, रञ्जन चौधरी,…
पूरा पढ्नुहोस् »

  न्यूजील्याण्डमा अर्को वर्ष आयोजना हुने आइसीसी यु–१९ को विश्वकप खेल्ने नेपालको सपना चकनाचुर भएको छ । सिंगापुरको इन्डियन क्रिकेट क्लबमा आज भएको अफगानिस्तानविरुद्धको खेलमा ९६ रनको भारी अन्तरले पराजय…
पूरा पढ्नुहोस् »

नेपालमा चेम्बर आन्दोलन सुरु भएको ६४ वर्ष भइसकेको छ । ०२३ मा स्थापना भएको निजी क्षेत्रको प्रतिनिधिमूलक संस्था नेपाल उद्योग वाणिज्य महासंघले पनि स्थापनाको स्वर्णजयन्ती मनाइसकेको छ । यति लामो…
पूरा पढ्नुहोस् »

सन् १९७५ मा रिलिज भएको थियो, हिन्दी फिल्म ‘सोले’ । अमजद खान सोलेमा मुख्य भूमिकामा थिए । फिल्ममा ‘गब्बर सिंह’ बनेका थिए, उनी । गब्बर सिंहको क्यारेक्टरले बलिउडमा एक्सन फिल्मको…
पूरा पढ्नुहोस् »

तथ्यांकशास्त्र र समाजशास्त्रमा पनि प्रयोग गरिने एउटा सिद्धान्त हुन्छ ‘क्युमुलेटिभ इफेक्ट’ । औषधि विज्ञानमा चाहिँ पहिलो डोज औषधिदेखि अन्तिम डोजसम्मको सामूहिक प्रभावले नै रोग निको पार्न भूमिका खेल्छन् भन्ने बुझाउन…
पूरा पढ्नुहोस् »

नयाँ पत्रिकाको न्युजरुममा आज उद्योग वाणिज्य महासंघकी अध्यक्ष भवानी राणासँग अन्तरक्रिया हुँदैछ । मुलुकको विकासमा निजी क्षेत्रका योगदान कति भन्ने विषयमा अन्तरक्रिया केन्द्रित हुँदैछ । अन्तरक्रिया फेसबुक लाइभ हेर्न तलको लिंकमा…
पूरा पढ्नुहोस् »

लक्ष्मण सुवेदी, काठमाडौं   |   साउन ०२, २०७४

झन्डै एक दशकदेखि फिल्म निर्माण र वितरणमा समेत संलग्न माधव वाग्ले हक्की निर्माताका रूपमा चिनिन्छन् । मनमा लागेको कुरा ठुल्ठूलो स्वरमा ‘अरे यार’ भन्दै बोल्ने गरेका वाग्ले छोटो समयमै स्थापित भएका निर्माता हुन् । आफ्नै प्रेमकहानीलाई ‘फस्र्ट लभ’ फिल्ममार्फत पर्दामा उतारेका उनले त्यसपछि ‘लुट’, ‘छड्के’, ‘मिसन पैसा रिलोडेड’, ‘रेशम फिलिली’, ‘लभ सासा’, ‘लुट–२’ र हाल ‘लालपुर्जा’ गरी आठवटा फिल्म निर्माण गरिसकेका छन् । आफ्ना फिल्मले नेपाली फिल्म निर्माणको परम्परागत धारलाई तोडेर विश्वबजार तथा ‘एलिट’ वर्गमा समेत प्रभुत्व जमाएकोमा गर्वानुभूति गर्ने वाग्लेले आफ्नो जीवन भोगाइ, फिल्म निर्माण यात्रा र भविष्यका योजनालगायतका विषयमा नयाँ पत्रिकाका लक्ष्मण सुवेदीलाई बताएका छन् ।

सि क्लासको ठेकेदार थिएँ

म वीरगन्जमा जन्मे/हुर्किएको । बच्चैदेखि फिल्म हेर्न हुरुक्कै हुन्थेँ । त्यतिवेला नेपाली फिल्म विरलै बन्थे । बोर्डर साइड भएकाले हिन्दी फिल्म बहुत हेरिन्थ्यो । फिल्म कसरी बन्छ, कसरी प्रदर्शन हुन्छ भन्ने कुरामा कुतुहलता जाग्थ्यो । तर, मैले मेलो पाएको थिइनँ ।

फिल्म निर्माणमा आउनुअघि ‘सी’ क्लासको ठेकेदार थिएँ । त्यतिवेला डी क्लासबाट मात्र लाइसेन्स पाइन्थ्यो । मेरो वाग्ले कन्स्ट्रक्सन भन्ने फर्म थियो । ठेकेदारीमा मलाई फाइदै भइरहेको थियो । एकपटक इगोमा आएर मैले एक करोड ३६ लाखको टेन्डर भरेँ । त्यसमा भने मलाई घाटा भयो । मैले मेसो मिलाउन सकिन“ । त्यसपछि म जापान गएँ । केही वर्ष जापान बसेर पैसा कमाएँ । पहिलेकै अवस्थामा फर्किएँ । त्यसपछि स्वदेश फर्किएँ । म केही समय तत्कालीन स्थानीय विकास राज्यमन्त्री राजीव पराजुलीको स्वकीय सचिव भएर पनि काम गरेँ । त्यसकारण मलाई राजनीतिको पनि ज्ञान छ ।

सानैदेखि फिल्ममा रुचि । साथी थियो, हेटाैँडाको हल सञ्चालक, नरेन्द्र महर्जन । मलाई पनि फिल्म निर्माण गर्ने चाहना बढ्यो । मन त लाग्यो, तर मलाई केही कुरा आउँदैनथ्यो । त्यसपछि म नरेन्द्रसँग देशभरका हलमा पुगेँ । कहाँ, कति हल छन्, कहाँ कतिसम्म व्यापार हुन सक्छलगायतका यावत् कुराहरू बुझेँ । नरेन्द्रसँग हिँडदाहिँड्दै धेरै फिल्मकर्मीहरू चिनेँ ।

आइडेन्टिटीका लागि फिल्म बनाएँ

जापानमा पैसा कमाएर आएको थिएँ । घरपरिवार सबै सेटल थियो । साथमा फिल्ममा रुचि । नरेन्द्रसँग हिँड्दा सबैले उहाँ को हो ? भनेर सोध्थे । उसले मलाई के भनेर चिनाउने ? मेरो साथी मात्र ? मलाई त्यत्ति चित्त परेन । खासमा मैले मेरो आइडेन्टिटीका लागि फिल्म बनाएको हुँ । सबैले को हो भनेर सोध्छन्, मैले फिल्म बनाएको भए मेरो निर्माता साथी माधव भन्थ्यो होला नि त नरेन्द्रले । त्यसकारण मलाई फिल्म बनाइहाल्ने चाहना बढ्यो ।

फिल्म बनाउनुमा अर्काे कारण पनि छ, त्यो के भने, मैले जापानमा थुप्रै विदेशी फिल्म हेरेको थिएँ । त्यतिवेला हाम्रोमा पनि यस्तै स्ट्यान्डर फिल्म बनाउन पाए हुन्थ्यो भन्ने लाग्थ्यो । पछि क्वेस्ट इन्टरटेन्मेन्टले निर्माण गरेको ‘सानो संसार’ फिल्म हेरेँ । त्यो फिल्मले मलाई प्रभाव पार्‍यो । हुन त त्यो फिल्म चलेन । तर, पनि मलाई त्यस्तै सफा फिल्म बनाउन पाए हुन्थ्यो भन्ने लाग्यो र त्यही फिल्मका निर्देशक आलोक नेम्वाङलाई फिल्म निर्देशन गरिदिनुपर्‍यो भनेर पुगेँ ।

आलोकले पत्याएनन्

त्यतिवेला राजेश हमाल, विराज भट्ट, निखिल उप्रेतीहरूको फिल्म निकै चल्थ्यो । तर, जुन फिल्म हेर्‍यो, उस्तै लाग्ने । उही हिन्दी फिल्मका डुप्लिकेट कपी फिल्मले नेपाली दर्शक आजित भइसकेका थिए । त्यसकारण मलाई अलि फरक किसिमको फिल्म बनाउन मन लाग्यो । सानो संसारको प्रभाव थियो, ममा । त्यसैले आलोक नेम्वाङलाई खोज्दै गएँ । उनीसँग मेरो पहिलो भेट सांग्रिला होटेलमा भएको थियो । मैले उनलाई म फिल्म निर्माण गर्छु, निर्देशन गरिदिनुपर्‍यो भनेँ । त्यसपछि पनि उनीसँग तीन–चारपटक मिटिङ बसें । तर, उनले मलाई पत्याएनन् । सायद उनलाई लाग्यो होला, मैले फिल्म बनाउदिनँ । त्यसपछि म अर्काे निर्देशकको खोजीमा लागेँ ।

मैले प्रवण जोशीलाई फिल्म निर्देशन गरिदिन आग्रह गरेँ । उनले १० लाख रुपैयाँ पारिश्रमिक र नाफाको १५ प्रतिशत हिस्सा मागे । मैले त्यतिका पारिश्रमिक दिन नसक्ने भएँ । खासमा त्यतिवेलाका नम्बर एक निर्देशक शिव रेग्मीले एउटा फिल्म निर्देशन गरेबापत ६ लाख रुपैयाँ लिनुहुन्थ्यो । प्रवणले मसँग १० लाख मागे । मलाई ठीक लागेन । पछि, सिमोस सुनुवारलाई लिएर ‘फस्र्ट लभ’ निर्माण गरियो ।

कपी राइटर हावी

त्यतिवेला जुन नेपाली फिल्म पनि विदेशी फिल्मको नक्कल हुन्थ्यो । मौलिकता भन्ने नै थिएन । फिल्मको स्क्रिप्ट लेखाउनका लागि थुप्रै स्क्रिप्ट राइटरकोमा गएँ । सबै उस्तै, कुनै मन परेन । त्यसपछि आफेँले कथा लेखेर पटकथा, संवाद लेखाउन हिँडे । कतिपय यस्ता राइटर भेटेँ, जसलाई मैले जति भन्थेँ, त्यत्ति मात्रै लेख्थे । आफ्नो दिमाग त लगाउँदै नलगाउने, लगाए पनि हिन्दी फिल्मको गन्ध आइहाल्ने । तीन–चारजना राइटर फेरेपछि फस्र्ट लभको स्क्रिप्ट तयार भयो ।

नयाँ केटाकेटीको रिस्क लिएँ

मेरो कथाले जेनिफर लोपेज टाइपकी केटी मागेको थियो । त्यसका लागि नम्रता श्रेष्ठलाई लिइयो । अभिनेतामा भने नरेन्द्रको सल्लाहबमोजिम कमर्सियल भ्यालुका लागि आर्यन सिग्देल राखियो । साथमा विनय श्रेष्ठ र ऋचा शर्मा लिएँ । सुटिङमा जानु केहीअघि नम्रताको विवादित भिडियो स्क्यान्डल आयो । त्यसले गर्दा उनलाई भनेको भूमिकामा निशा अधिकारीलाई लियौँ । पछि, फिल्म तयार हुने वेलामा भने नम्रतालाई केमियो भूमिकामा प्रस्तुत गर्‍यौँ ।

राजेश हमाल, विराज भट्टहरू चलिरहेको वेलामा सबै नयाँ केटाकेटी लिएर फिल्म गर्दा सुरुमा मेरो पार्टनर नरेन्द्र नै मसँग बिच्कियो । त्यतिवेला वाग्ले के गर्दछ भनेर छवि ओझालगायतका चलेका निर्माताहरूले पनि मलाई रिस्क नले, डुब्छस् भनेर सम्झाएका थिए । तर, मैले मानिनँ ।

पहिलोचोटि सबै नयाँ केटाकेटी लिएर बनाएको फस्र्ट लभ हिट भयो । फस्र्ट लभमा लगभग ६७ लाख रुपैयाँ खर्च भएको थियो । फिल्मले जताजतै हान्यो । त्यतिवेला जय नेपाल र कुमारीबाहेक अहिलेजस्तो मल्टिप्लेक्स हल थिएनन् । सबैतिरको हिसाब गर्दा हामीलाई फस्र्ट लभबाट झन्डै २५ लाख रुपैयाँ फाइदा भएको थियो । पैसा पनि कमाइयो, नाम पनि आयो, मलाई निकै हौसला मिल्यो ।

प्रतिदिन २५ हजार तिर्ने सर्तमा फिल्म चलाएँ

त्यतिवेला जय नेपाल, कुमारी हलले नेपाली फिल्म चलाउनै मान्दैनथे । उनीहरू आफैँले वितरण गरेको भएकाले ‘मेरो एउटा साथी छ’ भने चलाएका थिए । पछि आफैँले बनाएको ‘सानो संसार’ असफल भएकाले पनि नेपाली फिल्मप्रति सञ्चालकलाई विश्वास थिएन ।

मैले प्रतिदिन २५ हजार रुपैयाँ हल भाडा तिर्ने सर्तमा फस्र्ट लभ जय नेपाल हलमा प्रदर्शन गरेँ । फिल्म हेर्न दर्शक आए । तर, पनि उनीहरूले दोस्रो हप्तामा जय नेपालबाट फिल्म फ्याँकिदिए । अनि, कुमारीमा चल्यो । कुमारीमा आमिर खानको ‘पिपली लाइभ’सँग भिडेको थियो । मेरो फिल्मले जय नेपाल र कुमारी हलबाट साढे सात लाख रुपैयाँ सेयर ल्यायो । मैले फिल्म चलाउनुपर्‍यो भन्दा उनीहरूले मेरो फिल्ममा पार्टनर बस्ने प्रस्ताव राखेका थिए । तर, मैले मानिनँ । आखिर, फस्र्ट लभले व्यापार गरेर देखाइदियो ।

यसरी बन्यो लुट

निश्चल बस्नेत स्क्रिप्ट बोकेर मकहाँ आए । निश्चल फिल्म बनाउँछु भनेर स्क्रिप्ट लिएर डुलिरहेका रहेछन् । कहाँबाट अविनाशविक्रम शाहकोेमा पुगेछन् । उनले यस्तो खालको फिल्म माधव दाइले बनाउँछन्, त्यहीँ जाऊ भनेर मकहाँ पठाएका रहेछन् ।

निश्चलले जुन किसिमले मलाई कथा सुनाए, आफ्नो जोस जाँगर र बजेट देखाए, त्यो कुराले पहिलो भेटमै म प्रभावित भएँ । उनले त्यसअघि ‘गुडबाइ काठमाडाैँ’ र ‘जय होस्’ फिल्ममा सहायक निर्देशक भई काम गरेका रहेछन् । आफैँ निर्देशक बन्ने सोच रहेछ । उनले ४० लाखको बजेट देखाए । उनले आधा हाल्ने, हामीले आधा हाल्ने । मलाई कुरा मनपर्‍यो । अनि बन्यो ‘लुट’ ।

पब्लिसिटीसहित जम्मा ५४ लाख ६० हजारमा लुट रिलिज भयो । फिल्मले यसरी हान्यो कि, मैले बखान गरिरहनै पर्दैन । नेपालभित्र मात्र साढे चार करोडको व्यापार गर्‍यो । फस्र्ट लभ पहिलोचोटि अस्ट्रेलियामा बिक्री गरेका थियाैँ । लुट त अमेरिका, अस्ट्रेलियालगायत थुप्रै देशमा बिक्री भयो । खासमा लुटले नै हो, नेपाली फिल्मको ओभरसिज मार्केट देखाइदिएको । विदेशबाट मात्र लुटले ६५ लाख जति ल्यायो ।

१८५ दिन चल्यो लुट

त्यतिवेला चलचित्र विकास बोर्डले नेपाली फिल्म चलेन, बर्बाद भयो, अब संकटकाल लगाउनुपर्‍यो भन्दै निर्माता भेला, प्रेसमिट गरेको थियो । त्यतिवेलै मैले मेरो फिल्म लुटले संकटकाल लाग्न दिँदैन । नयाा बहार ल्याउनेछ भनेको थिएँ । कतिले मेरो कुरालाई जोकको रूपमा लिए । तर, मैले भनेकै भयो । लुटले नेपाली फिल्म निर्माणको नयाँ ट्रेन्ड नै सेट गरिदियो । व्यावसायिक रेकर्ड त तोड्यो नै, झन्डै एक दशकपछि देशका थुप्रै हलमा सफलताका ५१ दिन मनायो ।

०५८ सालमा ‘दर्पण छाया’ले धेरै हलमा ५१ दिन मनाएको थियो । लुटले पनि त्यस्तै गर्‍यो । लुट गोपीकृष्ण हलमा एक सय ८५ दिन चल्यो । गुणमा पनि त्यस्तै चलेको थियो । त्यतिवेला पुस २९ मा एकसाथ लुटसहित चारवटा फिल्म रिलिज भएका थिए । लुटले सञ्जय दत्तको ‘अग्निपथ’लाई रिप्लेस गरेको थियो ।

छड्केबाट गाली खाएँ

लुट चलेको जोसले ‘छड्के’ बनाएँ । नयाँ केटाहरू राम्रो काम गर्छन् भनेर लुटको चिफ एसिस्टेन्ट निगम श्रेष्ठलाई निर्देशक बनाइयो । हामी निर्माता कहीँ पनि हावी भएनौँ । निर्देशकलाई स्वतन्त्र रूपले काम गर्न दियाैँ ।

छडकेले दुई दिन त बेजोड व्यापार गर्‍यो । एक करोड २० लाखमा बनेको फिल्मले त्यत्ति नै व्यापार गर्‍यो । छड्केको रिभ्यु राम्रो आएन । आइबारदेखि त फिल्म थचक्कै बस्यो ।

छड्के, मेकरका रूपमा उत्कृष्ट फिल्म हो । तर, समयसापेक्ष भएन । मैले त्यो फिल्मबाट धेरै नै गाली खाएँ । त्यो फिल्म १० वर्षपछि बनाएको भए हुन्थ्यो भन्ने प्रतिक्रिया पनि आए । त्यो सही थियो ।

छड्केभन्दा अघि हामीले ‘मिसन पैसा २’ थालेका थियाँै । तर, निर्देशक सिमोस सुनुवारले अलि दुःख दिएकाले त्यो फिल्म समयमा पूरा हुन सकेन । फिल्मको निर्देशक, एडिटर, कलर करेक्सन, भिएफएक्स सबै उनी आफैँले गर्ने भएकाले चार वर्षपछि मात्र फिल्म रिलिज भयो । राम्रै घाटा लगायो ।

रेशम फिलिलीले कमायो, लभ साशा डुब्यो

‘रेशम फिलिली’ विनय श्रेष्ठले थालेका थिए । पछि, म जोडिएँ । मलाई त्यो फिल्मको कथा र गीत निकै मन परेको थियो । त्यो फिल्मको निर्माता बन्न मलाई अर्को एउटा कुराले प्रभावित पारेको थियो । त्यो थियो, निर्देशक प्रवण जोशी । पहिला उनले पारिश्रमिक धेरै भनेर मेरो फिल्म गरेनन् । त्यसकारण उनीसँग काम गर्ने धोको मैले रेशम फिलिलीबाट पूरा गरेँ । फिल्म रिलिज गरेको अर्काे दिन भूकम्प आयो । फिल्मले अपार व्यापार सुरुवात गरेको थियो । तर, भूकम्पले गर्दा बर्बाद भयो ।

पछि भदौमा फिल्म फेरि रिलिज गर्‍याैँ । त्यतिवेला पनि राम्रो व्यापार गर्‍यो । रेशम फिलिलीको खास निर्माता म मात्र थिएँ । त्यतिवेला म नरेन्द्रसँग छुट्टिसकेको थिएँ । सबै कुरा आफैँले हेर्नुपर्दथ्यो । दुईचोटि रिलिज गर्दा लगभग ८२ लाख रुपैयाँ नाफा भएको थियो । मैले अहिलेसम्म बनाएका फिल्ममध्ये सबैभन्दा बढी नोक्सान गर्‍यो, ‘लभ साशा’ले । झन्डै ७० लाख लागेको फिल्मले देशभर जम्मा पाँच लाख र ओभरसिज ४० लाख गरी, जम्मा ४५ लाख उठायो । करिब २५ लाख घाटा भयो । फिल्म स्ट्यान्डर नै बनेकोमा घाटा भए पनि म लभ साशाप्रति गर्व गर्छु ।

तेस्रो रेकर्ड राख्यो लुट–२ ले

लुटको सिक्वेल बनाउने कुरा भयो । सयभन्दा बढी कथा हेरियो । तीमध्ये दुईटा कथा छानेर मैले निर्देशकलाई दिएँ । उनले मन पराएनन् । त्यसपछि मैले आफैँ कथा लेख भनेँ । फेरि बैँक रोबरीको विषयलाई नै अघि बढाउने निर्णय भयो ।

१ करोड ६० लाख बजेटमा बनेको ‘लुट–२’ले आठ करोडभन्दा बढीको व्यापार गर्‍यो । फिल्मले मिश्रित प्रतिक्रिया पायो । नेपाली फिल्मको व्यापारिक इतिहासमा धेरै व्यापार गर्नेमा पहिलो ‘छक्का पन्जा’, दोस्रो कोहिनुर’ र तेस्रोमा ‘लुट–२’ पर्छ ।

लालपुर्जामा लफडा

‘लालपुर्जा’ फिल्म सुरुमा मैले निर्देशन गर्ने भनेर कथा लेखिएको थियो । लुट २ को सुटिङ चल्नुअघि स्क्रिप्टमा बसेका थियाैँ । कथा सुजित बिँडारीले लेखेको हो । कथा सुनाइसकेपछि बजेटिङ भयो । कथा राम्रै बनेपछि निगम श्रेष्ठलाई लोभ लाग्यो । उनलाई मैले इन्द्रबहादुर राईको ‘जार’ कथामा फिल्म बनाउने राइट लिन सिक्मिम पठाएको थिएँ । उनले त जारको राइट आफ्नो नाममा लिएछन् । त्यो कुरा मलाई अलि चित्त बुझेन । मनमुटाव भयो । उनलाई मैले छोडेँ ।

निगम फिल्म बनाउने भनेर धेरैकोमा धाएछन् । पपकर्नकै साथी टेकेन खड्काले मिलेर फिल्म गरौँ भनिरहेका थिए । उनी बराबरीमा काम गरौँ भनिरहेका थिए । मैले मानिरहेको थिइनँ । निगमले खोइ कसको फिल्म गर्ने कुरा आएको थियो । त्यहाँबाट उनी निकालिएछन् । फेरि मकहाँ आए ।

म, टेकेन मिलेर ‘लालपुर्जा’ सुरु गर्‍यौँ । फिल्मको सबै अधिकार मेरो नाममा छ । फिल्म विदेशमा मैले बेच्ने, राजधानी, मोफसलमा फिक्समा दिने या एमजी गर्ने, सबै निर्णय मैले गर्न पाउने सहमति हुँदाहुँदै पनि उनीहरूले म अमेरिका गएको वेलामा षड्यन्त्र गरे । मलाई लालपुर्जाबाट निकालियो भनेर हल्ला चलाए । उनीहरूको नियत ठीक देखिएन ।

अहिले लालपुर्जाको निर्माता संघमा मुद्धा चलिरहेको छ । मेरो परेको पैसा डबल गरेर ब्याजसहित फिर्ता गर्छन् भने मात्रै म फिल्म छोड्छु । भदौबाट प्रदीप भट्टराईको निर्देशनमा नयाँ फिल्म ‘चंगा चेट’ सुटिङ सुरु गर्ने तयारीमा छु ।

मलाई अलिपछि राजेश हमाल, भुवन केसी, शिव श्रेष्ठ, विराज भट्टहरूलाई लिएर फिल्म बनाउने मन छ । बलिउड, हलिउडमा सबैतिर ५० कटेका हिरो नै चलिरहेका छन् । यहाँ किन चल्दैनन् ? म चलाएर प्रमाणित गर्न चाहन्छु ।

नेपाली फिल्मको विदेश बजार

नेपाली फिल्म उद्योगका लागि मैले धेरै गरेको छु । अमेरिकाको १६ वटा राज्य घुमेर नेपाली फिल्मको बजार बसाउने प्रयास गरेको छु । अस्ट्रेलिया, मिडल इस्टमा गएर मार्केटिङ गरेको छु । लुटबाट लुट २ सम्म आइपुग्दा अहिले नेपाली फिल्म उद्योग कहाँबाट कहाँ पुगेको छ ? यसमा मेरो योगदान मनन गरिनुपर्छ । म सधैँ नयाँ सोच लिएर हिँड्छु । हरेक कामलाई सकारात्मक रूपले लिन्छु । त्यसैले म सफल भइरहेको छु । हामीले हाम्रै छिमेकी मुलुक भारतमा नेपाली फिल्मको बजार खोजेका छैनौँ । त्यहाँ झन्डै ५० लाख नेपाली छन् । हामीले भारतमा पनि नेपाली फिल्मको बजार बनाउनुपर्छ । यसका लागि म जे गर्न पनि तयार छु ।

कामलाई गर्लफ्रेन्ड बनाउनुस्

मैले जहिले पनि कामलाई गर्लफ्रेन्डका रूपमा लिने गरेको छु । श्रीमतीले त कचकच गर्छन्, दिक्दारी पनि लगाउँछन् । तर, गर्लफ्रेन्डले भने त्यस्तो गर्दैनन् । उनीहरू खुसी नै दिन चाहन्छन्, खुसी नै लिन चाहन्छन् । मेरो भनाइको मतलब, काममा सधैँ नयाँ सोच र नयाँपन हुनुपर्छ । कामलाई नै बाबु, आमा, श्रीमती, बालबच्चा, सबथोक मानेर गरियो भने कहिल्यै असफल भइँदैन । दिक्दारी लाग्दैन । काममा इन्जोय गर्नुस् । कामले नै नाम, दाम र सम्मान दिन्छ ।

फिल्म जीवनको २२आैँ काम

फिल्म निर्माण मेरो जीवनको २२आैँ काम हो । मैले अहिलेसम्म जुनजुन पेसा र काम गरेँ, सबैमा सफल भएको छु । फिल्मले चाहिँ मलाई दाम र नाम दुवै दिएको छ । त्यसैले अहिले म बिल्कुल फिल्म निर्माण, प्रदर्शनको काममा मात्र लीन छु ।