साउनमा हरियो पहिरन भ्रम र यथार्थ - Naya Patrika
© 2017 Naya Prakasan Pvt. Ltd.

राजेश हमाल, अभिनेता प्रायः दसैँमा म देशबाहिर नै हुन्छु । दिदीबहिनी अमेरिकामा भएकाले यसपालि पनि उतै जाने योजना बनाएको छु । टीकाको दिन मेरो आमाको श्राद्ध पर्छ । त्यसैले म…
पूरा पढ्नुहोस् »

मेष स्वास्थ्य: खानपानका कारण केही पेटको समस्याले सताउनेछ । शरीरमा आलस्यताले सताउला । पिरो एवं चिल्लो पदार्थ खानपानमा कम गरे उपयोगी रहला । रोजगारी: बाधा अड्चनका बीच वैदेशिक रोजगारीका काम…
पूरा पढ्नुहोस् »

काठमाडौं उपत्यकामा दसैँका लागि खसी, बोका र च्याङ्ग्रा आयात तिब्र भएको छ । व्यवसायीले कलंकीमा खसी बजार नै संचालन गरेका छन् । त्यहाँ खसी, बोका खरिद गर्ने र बिक्री गर्नेको…
पूरा पढ्नुहोस् »

लक्ष्मी काफ्ले/नयाँ पत्रिका झापामा यस सिजनको पहिलो गोल्डकप शिवसताक्षी नगरपालिकाको दुधेमा सुरु भएको छ । दूधे युथ क्लबले आयोजना गरेको पहिलो संस्करणको दुधे गोल्डकप बुधबारबाट सुरु भएको हो । विजया…
पूरा पढ्नुहोस् »

कांग्रेस सभापति शेरबहादुर देउवा प्रधानमन्त्री छन् । संसद्को सबैभन्दा ठूलो दलको सभापति भएपछि संसदीय गणित मिलाएर उनी प्रधानमन्त्री हुनु स्वाभाविक पनि हो । संसदीय या उदारवादी लोकतन्त्र पनि अरू अर्धलोकतन्त्र…
पूरा पढ्नुहोस् »

पछिल्लो अभ्युदयको वर्ष २००७ लाई मानिएको छ । त्यो वर्ष सैनिक सामन्तवादको नेतृत्व गरिरहेको राणाशाहीतन्त्र समाप्त भएको थियो । त्यसपछि २०१५ मा पहिलो आमनिर्वाचन, जनप्रतिनिधिको रूपमा सर्वसाधारणबाट प्रधानमन्त्रीको बहाल भयो…
पूरा पढ्नुहोस् »

जम्मा २९ दिन पदावधि रहेका प्रतिनिधिसभा संसद्का सदस्य जानुअघि फेरि अर्को कर्तुतमा सामेल भएका छन् । यसपटक उनीहरूले निर्वाचनलाई सीधै प्रभावित गर्ने गरी सरकारले व्यवस्था गरेको सांसद विकास कोषबाट ५०…
पूरा पढ्नुहोस् »

नयाँ पत्रिकाको न्युजरुममा आज उद्योग वाणिज्य महासंघकी अध्यक्ष भवानी राणासँग अन्तरक्रिया हुँदैछ । मुलुकको विकासमा निजी क्षेत्रका योगदान कति भन्ने विषयमा अन्तरक्रिया केन्द्रित हुँदैछ । अन्तरक्रिया फेसबुक लाइभ हेर्न तलको लिंकमा…
पूरा पढ्नुहोस् »

प्रियंवदा काफ्ले सह–प्राध्यापक, वाल्मीकि क्याम्पस   |   साउन ०२, २०७४

महिलालाई विशेष
पछिल्लो समय नेपालमा साउन महिनालाई महिलाले विशेष लिने गरेका छन् । यसको पछाडि भारतमा मनाइने संस्कृतिले पनि प्रभाव पारेको छ । यो संस्कृति मैदानी इलाकाबाट पहाडी इलाकातिर सर्दै आएको हो । मैदानी क्षेत्रमा संस्कृति जहिले पनि बलियो हुन्छ । यसको कारण हो, त्यस क्षेत्रमा हुने उत्पादन र यसले सिर्जना गर्ने आर्थिक समृद्धि । जहाँ आर्थिक समृद्धि हुन्छ त्यहाँ संस्कृति पनि बलियो भएको पाइन्छ ।

सामान्यतया वर्षात्को समयमा वृक्षारोपण गर्ने गरिन्छ । प्रकृतिले नै यो समयमा जमिनलाई उर्वर बनाउने काम गर्छ । विभिन्न प्रकारका बीजहरू अंकुराउने समय पनि हो यो । यसरी विभिन्न बीजहरू अंकुराउँदा प्रकृति नै हरियाली हुन्छ । त्यसैलाई प्रतीकको रूपमा मानेर हरियाली बढेको सन्देश दिन मानिसहरूले पनि हरियो पहिरन लगाउन सुरु गरेको हो । तर, अहिले मानिसहरू प्रकृतिको प्रतीकका रूपमा हरियो पहिरन लगाउने गरे पनि हरियालीको संरक्षणमा भने कमै चासो देखाएको पाइन्छ । प्रकृतिलाई जोगाउने संस्कृतिको रूपमा यसलाई लिएर अहिलेको मौसममा सक्दो वृक्षारोपण गरी हरियाली जोगाउनुपर्छ । सोहीअनुसार प्राकृतिक वातावरणलाई जोगाउन हरियो पहिरन लगाएर यस्तो सन्देश दिएको हो ।

संस्कृति र परम्परामा पनि हामी धेरै अगाडि छौँ । त्यसमा पनि प्रकृतिको नियमप्रति कटिबद्ध छौँ । साउनमा हरियो हुने प्रकृतिको नियमअनुसार नै हरियो लगाएर प्रकृतिप्रति निकटता देखाउन खोजेको हो । नेपाली संस्कारमा ऋतु परिवर्तनअनुसार जीवन परिवर्तन भएको पाइन्छ । हामीले लगाउने लुगा, खाने खानेकुरा पनि ऋतुसापेक्ष हुन्छन् । वर्षा ऋतुमा प्रकृति नै हरियो हुन्छ । यहीअनुसार जीवनपद्धति पनि परिवर्तन हुन्छ । खासगरी साउन लाग्दा डाँडाकाँडा हरिया हुन्छन्, खेतीपाती हरियै देखिन्छन् । यस्तो प्रकृतिसँग मिल्नका लागि पनि हरियोलाई महत्व दिइन्छ । साउनमा आकाशमा इन्द्रेणी पनि धेरै देखिन्छ । यसैले हरियो, पहेँलोलगायत सातै रङको पनि प्रयोग भएको पाइन्छ । तर, बढी महत्व हरियोलाई दिइएको पाइन्छ ।

साउने सोमबार व्रत किन ?
साउनको सोमबार शिवको व्रत बस्ने चलन छ । धर्मशास्त्रअनुसार सोमबार नभएर तिथिअनुसार बस्ने प्रचलन हो । त्रयोदशी तिथिमा शिवको व्रत बस्ने चलन छ । तर, सोमबार व्रत बस्ने भन्ने कुरा भारतको राजनीतिसँग पनि जोडिएको छ । भारतमा लालबहादुर शास्त्री प्रधानमन्त्री भएका वेला त्यहाँ गहुँको कमी भएर खाद्यान्न महामारी लागेको थियो । त्यस समयमा अमेरिकाबाट रातो गहुँ उपहारस्वरूप प्रदान हुन्थ्यो । यस्तो रङको गहुँ अमेरिकामा जनावरलाई खुवाइने गरेको थाहा भएपछि उनले प्रत्येक भारतीयले सोमबार एक दिन खाना नखाने हो भने आफ्नै देशको उत्पादनले पुग्ने बताए । उनले जनताबाट यस्तो प्रतिबद्धता माग गरे । भारतीयले शास्त्रीको कुरामा प्रतिबद्धता जनाए । त्यसपछि खानामा महामारी भएन । त्यही हप्ताको एक दिन नखाने प्रतिबद्धता पछि गएर साउने सोमबारमा नखाने प्रचलन बस्यो, जुन हाम्रोमा पनि आइपुग्यो । पछि त्यही सोमबार शिवजीको नाममा व्रत बस्ने चलन सुरु भयो ।