मनसुनमा सरुवा रोगबाट बच्न... - Naya Patrika
© 2017 Naya Prakasan Pvt. Ltd.

राजेश हमाल, अभिनेता प्रायः दसैँमा म देशबाहिर नै हुन्छु । दिदीबहिनी अमेरिकामा भएकाले यसपालि पनि उतै जाने योजना बनाएको छु । टीकाको दिन मेरो आमाको श्राद्ध पर्छ । त्यसैले म…
पूरा पढ्नुहोस् »

मेष स्वास्थ्य: खानपानका कारण केही पेटको समस्याले सताउनेछ । शरीरमा आलस्यताले सताउला । पिरो एवं चिल्लो पदार्थ खानपानमा कम गरे उपयोगी रहला । रोजगारी: बाधा अड्चनका बीच वैदेशिक रोजगारीका काम…
पूरा पढ्नुहोस् »

काठमाडौं उपत्यकामा दसैँका लागि खसी, बोका र च्याङ्ग्रा आयात तिब्र भएको छ । व्यवसायीले कलंकीमा खसी बजार नै संचालन गरेका छन् । त्यहाँ खसी, बोका खरिद गर्ने र बिक्री गर्नेको…
पूरा पढ्नुहोस् »

लक्ष्मी काफ्ले/नयाँ पत्रिका झापामा यस सिजनको पहिलो गोल्डकप शिवसताक्षी नगरपालिकाको दुधेमा सुरु भएको छ । दूधे युथ क्लबले आयोजना गरेको पहिलो संस्करणको दुधे गोल्डकप बुधबारबाट सुरु भएको हो । विजया…
पूरा पढ्नुहोस् »

कांग्रेस सभापति शेरबहादुर देउवा प्रधानमन्त्री छन् । संसद्को सबैभन्दा ठूलो दलको सभापति भएपछि संसदीय गणित मिलाएर उनी प्रधानमन्त्री हुनु स्वाभाविक पनि हो । संसदीय या उदारवादी लोकतन्त्र पनि अरू अर्धलोकतन्त्र…
पूरा पढ्नुहोस् »

पछिल्लो अभ्युदयको वर्ष २००७ लाई मानिएको छ । त्यो वर्ष सैनिक सामन्तवादको नेतृत्व गरिरहेको राणाशाहीतन्त्र समाप्त भएको थियो । त्यसपछि २०१५ मा पहिलो आमनिर्वाचन, जनप्रतिनिधिको रूपमा सर्वसाधारणबाट प्रधानमन्त्रीको बहाल भयो…
पूरा पढ्नुहोस् »

जम्मा २९ दिन पदावधि रहेका प्रतिनिधिसभा संसद्का सदस्य जानुअघि फेरि अर्को कर्तुतमा सामेल भएका छन् । यसपटक उनीहरूले निर्वाचनलाई सीधै प्रभावित गर्ने गरी सरकारले व्यवस्था गरेको सांसद विकास कोषबाट ५०…
पूरा पढ्नुहोस् »

नयाँ पत्रिकाको न्युजरुममा आज उद्योग वाणिज्य महासंघकी अध्यक्ष भवानी राणासँग अन्तरक्रिया हुँदैछ । मुलुकको विकासमा निजी क्षेत्रका योगदान कति भन्ने विषयमा अन्तरक्रिया केन्द्रित हुँदैछ । अन्तरक्रिया फेसबुक लाइभ हेर्न तलको लिंकमा…
पूरा पढ्नुहोस् »

डा. लोचन कार्की जनरल फिजिसियन   |   साउन ०२, २०७४

वर्षात्को मौसममा बाढी, पहिरो आउने तथा भल बग्ने कारण पानी तथा खाद्यान्न पनि प्रदूषित हुन सक्छ । जसले गर्दा वर्षात्को मौसममा धेरै सरुवा रोग लाग्ने सम्भावना पनि बढ्छ । पानी पर्ने मौसममा पानीमा संक्रमण चाँडो हुने हुँदा हाम्रो शरीरमा विभिन्न सरुवा रोग लाग्न सक्छ । त्यसैले यो मौसममा आफ्नो स्वास्थ्य तथा खानपिनमा अत्यन्तै ध्यान दिनुपर्छ । पानी पर्ने मौसममा आफ्नो र परिवार सबैको स्वास्थ्यलाई कसरी जोगाउने भन्ने प्रश्नमा डा. लोचन कार्की यसो भन्छन् :

दूषित पानीबाट विभिन्न खालका हानिकारक जीवाणुहरू शरीरभित्र प्रवेश गर्न पाउँछन् । यस्तो दूषित पानीले जन्डिस, आउँ, झाडापखाला तथा हैजाजस्ता पानीजन्य रोगहरू लाग्न सक्छ । यस्ता रोगबाट बच्न सधैँ शौचालय प्रयोग गर्नुपर्छ । शौचालयवरिपरि र नाला सफासुग्घर राख्नुपर्छ । पानी उमालेर मात्र खानुपर्छ । सफा पानी मात्र प्रयोग गर्नुपर्छ ।

पानी पर्ने मौसममा सडक, घरवरिपरि हिलो हुने, पानीमा ढल फोहोर मिसिने भएकाले विशेष सचेतता अपनाउनुपर्छ । पानीका माध्यमबाट खानेकुरामा फोहोर मिसिएर पानी संक्रमित हुन्छ । त्यस्तो संक्रमित खाद्यान्न सेवन गर्दा हामीलाई विभिन्न रोग  लाग्न सक्छ ।

सलाद, फलफूलहरू सेवन गर्दा हामीले सबैभन्दा बढी ध्यान दिनुपर्छ । यस्ता फलफूल र सलाद सफा पानीले पखाल्दा हात राम्रोसँग धुनुपर्छ । अन्यथा, संक्रमित पानीमा हुने कीटाणुहरू शरीरमा पस्छन् र रोग लाग्छ ।

घरवरिपरि पानी जम्ने ठाउँ भए पुरिदिने या भत्काउने गर्नुपर्छ । अन्यथा, सरुवा रोगहरू सार्न सक्ने लामखुट्टे, झिँगा र अन्य कीटाणुहरू बस्न सक्छन् । त्यसैले झिँगा, लामखुट्टेको टोकाइबाट बच्न खाल्डोमा पानी जम्न दिनु हुँदैन । घरमा राख्ने गमलामा पनि पानी जम्ने हुनाले यस्ता गमला घरनजिक राख्नु हुँदैन ।

खाना खानुअघि र बच्चालाई खाना खुवाउनुअघि राम्रोसँग हात धुनुपर्छ । त्यस्तै, खाना पकाउनुअघि, दिसा धोइसकेपछि, बच्चाको दिसा धोइदिएपछि, फोहोर छोएपछि साबुनपानीले राम्रोसँग हात धुनुपर्छ ।