पुरुष सेलेब्रिटी : पर्दामा जो बने महिला - Naya Patrika

नेपाल पत्रकार महासंघको आज सम्पन्न निर्वाचनको मतगणना सुरु भएको छ । उम्मेदवार प्रतिनिधिहरुको रोहवरमा मतपेटिका खोलिएको छ । प्रदेश केन्द्रीय सदस्यहरु र पदाधिकारी तथा सदस्यहरुको मतगणना बेग्लाबेग्लै भइरहेको छ । कूल…
पूरा पढ्नुहोस् »

उहाँ हाँ (उषाकला राई) खोटाङबाट प्रतिनिधित्व गर्नुहुन्छ भने म सिन्धुपाल्चोक । हाम्रो पहिलो भेट ०५४ सालमा भएको थियो । कुनै समय हामीले प्रजातान्त्रिक राष्ट्रिय युवा संघमा सँगै काम गरेका थियौँ…
पूरा पढ्नुहोस् »

सुत्केरी अवस्थामा नवजात शिशुको ध्यान दिनुका साथै आमाले पनि खानपानमा ध्यान पु¥याउनुपर्छ । आमा स्वस्थ भए बच्चा पनि स्वस्थ हुने भएकाले खानपानमा ध्यान दिन जरुरी छ । अरू वेलाको तुलनामा…
पूरा पढ्नुहोस् »

जलविद्युत् आयोजनाले डिपिआरमा उल्लेख भएबमोजिमको जग्गामा हदबन्दी नलाग्ने आदेश कानुन मन्त्रालयले फर्कायो जलविद्युत् आयोजनाले डिपिआरमा उल्लेख भएबमोजिमको जग्गामा हदबन्दी नलाग्नेसम्बन्धी आदेश कानुन मन्त्रालयले फर्काइदिएपछि जलविद्युत् प्रवद्र्धकहरूलाई समस्या परेको छ ।…
पूरा पढ्नुहोस् »

दक्षिण एसियाली मुलुकमा वर्षापछिको बाढी–पहिरोका कारण डेढ करोडभन्दा बढी मानिस प्रभावित भएका छन् । अगस्टमा आएको बाढीले दक्षिण एसियाका नेपाल, बंगलादेश र भारतका एक करोड ६० लाख मानिस प्रभावित भएका…
पूरा पढ्नुहोस् »

सुनसरीकाे झुम्कामा जारी प्रथम रामधुनी विद्यालय स्तरीय फुटबल प्रतियोगिताअन्तर्गत सोमबार भएका खेलमा विजयी हुँदै लर्डबुद्ध बोर्डिङ स्कुल, झुम्का र पञ्चायत मावि, प्रिपाहा सेमिफाइनलमा प्रवेश गरेका छन् । पिप्राहा खेल मैदानमा…
पूरा पढ्नुहोस् »

प्रिय बाबुराम दाइ, अस्ति भर्खर तपाईं स्वास्थ्योपचार गरी अहिले निवासमै आराम गर्दै हुनुहुन्छ भन्ने सुनेको छु । तपाईंको शीघ्र पूर्ण स्वास्थ्यलाभको कामना ! पछिल्लोपल्ट तपाईंको पार्टी परिवारमा केही खटपट चलिरहेको…
पूरा पढ्नुहोस् »

राम तामाङ राजधानीको व्यस्त र भिडमभिड क्षेत्र असन, इन्द्रचोक, ज्याठा र भोटाहिटीवरपर ठेला चलाउँछन् । उनका दिनहरू ठेलामा सामान ओसारेरै बित्छन् । परिवार पाल्ने र आफ्नो पढाइ खर्च थेग्ने उनको…
पूरा पढ्नुहोस् »

नयाँ नेतृत्व चयन गर्ने कार्यसूचीसहित नेपाल पत्रकार महांसघको अधिवेशन हिजोदेखि काठमाडौंमा सुरु भएको छ । झन्डैझन्डै नेपालको प्रजातन्त्रको जस्तै आयु भएको र सुदृढ र शक्तिशाली बन्दै गएको पत्रकारिता जगत्को नेतृत्व…
पूरा पढ्नुहोस् »

नयाँ पत्रिकाको न्युजरुममा आज उद्योग वाणिज्य महासंघकी अध्यक्ष भवानी राणासँग अन्तरक्रिया हुँदैछ । मुलुकको विकासमा निजी क्षेत्रका योगदान कति भन्ने विषयमा अन्तरक्रिया केन्द्रित हुँदैछ । अन्तरक्रिया फेसबुक लाइभ हेर्न तलको लिंकमा…
पूरा पढ्नुहोस् »

नयाँ पत्रिका   |   साउन ०२, २०७४

फिल्ममा विविध भूमिकामा प्रस्तुत हुनका लागि भारतीय कलाकारले कडा मिहिनेत मात्र गर्दैनन्, जस्तोसुकै मेकअप र गेटअप धारण गर्न पनि तयार हुन्छन् । नयाँदेखि सुपरस्टारसम्मले आफूलाई फरकफरक भूमिकामा प्रस्तुत गर्न रुचि राख्ने गर्छन् । आफूलाई सुपरस्टार ठान्ने केही नेपाली कलाकार भने गर्दै आएको भन्दा फरक भूमिकामा उत्रिनै चाहँदैनन् । बलिउडका केही पुरुष, जो फिल्मभित्र महिलाका रूपमा प्रस्तुत भएका छन्, त्यसबारे भारतीय अनलाइनले तयार पारेको रिपोेर्ट :

अमिताभ बच्चन
बिग बी अमिताभ बच्चन पनि महिला बने । उनी सन् १९८१ मा प्रदर्शन भएको ‘लावारिस’ फिल्मको एउटा दृश्यमा महिलाको वेषभूषामा उत्रिएका थिए । प्रकाश मेहराको निर्देशनमा बनेको सो फिल्मको उक्त दृश्य दर्शकले मन पराएका थिए ।

आमिर खान
मिस्टर पर्फेक्ट आमिर खान पनि महिलाका रूपमा प्रस्तुत भएका छन् । उनी सन् १९९५ को ‘बाजी’ फिल्मको केही दृश्यमा महिला बनेर प्रस्तुत भएका हुन् । कथाको मागअनुसार नै आफू महिलाको मेकअप र डे«सअपमा उत्रिएको उनी बताउने गर्छन् । आशुतोष ग्वारिक निर्देशित सो फिल्म सफल भएको थियो ।

सलमान खान
सुपरस्टार सलमान खान पनि महिलाको भेषमा उत्रिएका छन् । उनी पहिलोपटक सन् २००६ मा रिलिज भएको ‘जान–ए–मन’ फिल्मको केही दृश्यमा महिलाको डे«स तथा मेकअपमा उत्रिएका थिए । सलमान महिला बनेको सो दृश्यमा दर्शकले निकै इन्जोय गर्ने गरेका छन् ।

गोविन्दा
भर्सटाइल एक्टर गोविन्दा सन् १९९८ को ‘अन्टी नम्बर १’मा महिला बने । उनले सो फिल्ममा साडी मात्र लगाएका छैनन्, गाजल, टीका लगाएर घुम्टो पनि ओडेका छन् । कीर्तिकुमारले निर्देशन गरेको सो फिल्म दर्शकले मन पराएका थिए ।

शाहरुख खान
शाहरुखले आफूलाई ‘डुप्लिकेट’ फिल्मको एउटा दृश्यमा महिला बनाएका थिए । सन् १९९८ को उक्त फिल्ममा उनी दोहोरो भूमिकामा छन् । महिलाको मेकअप र भेषमा देखिँदा सुरुमा आफूलाई अजिब लागेको शाहरुख बताउने गर्दछन् । निर्देशक महेश भट्टले कथाको मागअनुसार शाहरुखलाई महिला बनाएर प्रस्तुत गरेका थिए ।

सञ्जय दत्त
सञ्जय पनि महिलाको गेटअप र हाउभाउमा उत्रिएका छन् । एक्सन हिरोका रूपमा जमिरहेको वेलामा उनलाई निर्देशक एसबी राजेन्द्र सिंहले ‘मेरा फैसला’ फिल्मको केही दृश्यमा महिला बनाएका थिए । सो फिल्म १९८४ मा प्रदर्शन भएको थियो ।

अक्षय खन्ना
अक्षय सन् २०१० को ‘नो प्रोब्लम’ फिल्मको केही दृश्यमा युवती बनेर देखा परे । निर्देशक अनिष बजमीले अक्षयलाई नारी अवतारमा उतारेका थिए । आफ्नो सो दृश्यले दर्शकलाई भरपुर मनोरञ्जन दिएको दाबी अक्षयको छ ।

अक्षय कुमार
विभिन्न भूमिका निर्वाह गर्दै आएका अक्षयकुमार सन् १९९२ मै नारी बनेका थिए । अर्थात् उनले ‘खिलाडी’ फिल्मको केही दृश्यमा महिला बनेर अभिनय गरेका छन् । निर्देशक अब्बास मस्तानले सञ्जयलाई महिलाको चरित्रमा उतारेर दर्शकलाई राम्रैसँग मनोरञ्जन दिएका छन् ।

रितेश देशमुख
चक्लेटी तथा कमेडी अभिनेताका रूपमा परिचीत रितेश सन् २०१४ को ‘हमसकल’ फिल्मको केही दृश्यमा केटी बने । उनलाई निर्देशक साजिद खानले केटीको गेटअपमा उतारेका थिए । हमसकल फ्लप भए पनि रितेशको सो प्रस्तुतिले राम्रै तारिफ पाएको थियो ।