सोमबारे व्रतमा मेहदीका डिजाइन - Naya Patrika
© 2017 Naya Prakasan Pvt. Ltd.
अपडेट

०५३ सालमा खाद्यान्न अभावका कारण सिडिओसँग चामल पाऊँ भनेर बिन्ती बिसाउन पुगेकी कमलकुमारी शाहीलाई तत्कालीन सिडिओ लीलानिधि कोइरालाले टेरेनन् । सिडिओसँगको विवादपछि प्रशासन कार्यालयले उनको झुप्रोसमेत उठिवास लगाउने असफल प्रयास…
पूरा पढ्नुहोस् »

हलिउडका चर्चित निर्माता हार्वे विन्स्टेइनका एकपछि अर्को गर्दै यौनजन्य हिंसाका घटना सार्वजनिक हुने क्रम बढेको छ । न्यूयोर्क टाइम्सले निर्माता हार्वेले यौन शोषण गर्ने गरेको सार्वजनिक गरेपछि यौन उत्पीडनमा परेका…
पूरा पढ्नुहोस् »

आजभोलि धेरैमा मुटुसम्बन्धी रोग देखा पर्ने गरेको छ । चिकित्सकहरू पनि पछिल्लो समय मुटुरोगी बढेको बताउँछन् । उनीहरूका अनुसार हाम्रो दैनिक जीवनशैली र विभिन्न कारणले मुटुसम्बन्धी रोग हुने गरेको छ…
पूरा पढ्नुहोस् »

राष्ट्रपति सि जिनपिङको पाँच वर्षको शासनकालमा चीन सम्पन्न र बढी शक्तिशाली भएको छ । तर, यस प्रगतिबाट आमचिनियाँको जनजीवनमा कति प्रभाव परेको छ ? चीनको सबैभन्दा शक्तिशाली निर्णयकर्ता आगामी साता…
पूरा पढ्नुहोस् »

पहिलो अन्तर्राष्ट्रिय फुटसल प्रतियोगितामा सहभागिता जनाएको नेपाली टोली आइतबार एएफसी छनोट फुटसल च्याम्पियसिपमा उज्वेकिस्तानसँग १४–१ को भारी अन्तरले पराजित भएको छ । इरानमा सञ्चालन भइरहेको प्रतिस्पर्धामा नेपालले पहिलो अन्तर्राष्ट्रिय खेलमै…
पूरा पढ्नुहोस् »

नेपालमा सुनचाँदीलाई ‘नगदसरहको सम्पत्ति’का रूपमा लिइन्छ । पहेँलो र सेतो धातुलाई ‘सुरक्षित लगानी’का रूपमा पनि लिइने गरिएको छ । त्यसैले यसको व्यवसाय क्रमिक रूपमा बढ्दै गइरहेको छ । अझ नेपालजस्तो…
पूरा पढ्नुहोस् »

०५३ सालमा खाद्यान्न अभावका कारण सिडिओसँग चामल पाऊँ भनेर बिन्ती बिसाउन पुगेकी कमलकुमारी शाहीलाई तत्कालीन सिडिओ लीलानिधि कोइरालाले टेरेनन् । सिडिओसँगको विवादपछि प्रशासन कार्यालयले उनको झुप्रोसमेत उठिवास लगाउने असफल प्रयास…
पूरा पढ्नुहोस् »

राजनीतिक दलहरूको निर्णय प्रक्रिया, त्यसमा कार्यकर्ताको सहभागिता, व्यवस्थापनलगायत पक्षबाट हेर्‍यो भने नेपाली लोकतन्त्र परिपक्व हुन अझै केही दशक लाग्ने देखिन्छ । आइतबार निर्वाचन आयोगमा समानुपातिकतर्फबाट प्रतिनिधिसभामा उम्मेदवार बन्न चाहनेहरूको सूची…
पूरा पढ्नुहोस् »

नयाँ पत्रिकाको न्युजरुममा आज उद्योग वाणिज्य महासंघकी अध्यक्ष भवानी राणासँग अन्तरक्रिया हुँदैछ । मुलुकको विकासमा निजी क्षेत्रका योगदान कति भन्ने विषयमा अन्तरक्रिया केन्द्रित हुँदैछ । अन्तरक्रिया फेसबुक लाइभ हेर्न तलको लिंकमा…
पूरा पढ्नुहोस् »

सबी श्रेष्ठ ब्युटिसियन   |   साउन ०२, २०७४

साउन महिनामा विशेषगरी महिला हरियो पहिरनमा देखिन रुचाउँछन् । अझ, विशेषगरी साउने सोमबारको दिन हरियो पहिरन, चुरा, पोते तथा हातमा मेहदी लगाउनु अहिले संस्कृति नै बनिसकेको छ । हातखुट्टामा विभिन्न डिजाइनका मेहदी लगाउँदा महिलाको सौन्दर्यमा पनि थप निखार ल्याउँछ । हरियो, रातो र पहेँलो रङका सम्मिश्रण भएका सारी, कुर्तासलवारका साथमा सोहीअनुसारका चुरा, पोतेका साथमा मेहदी लगाइएको हातखुट्टाले विवाहित होस् या अविवाहित सबै महिलालाई क्लासिक लुक्स दिन्छ । सोही कारण पनि हरेक महिला आफूलाई भिन्न देखाउन नयाँ–नयाँ डिजाइनका मेहदी लगाउन रुचाउँछन् । पुराना डिजाइनका मेहदीका बुट्टाको ट्रेन्ड हराउँदै गएको छ भने नयाँ बुट्टा चलेका छन् ।

चलेका मेहदी डिजाइन
केही वर्षअगाडिसम्म महिलाहरूले विशेष कार्यक्रमहरूमा राजस्थानी बुट्टाका मेहदी लगाउन निकै रुचाउँथे । तर, अहिले नेपाली समाजमा मेहदी बुट्टाको रोजाइ परिवर्तन भइरहेको छ । अरेबियन डिजाइनका मेहदी आफ्नो हातखुट्टामा लगाउन धेरैले रुचाउन थालेका छन् । लामा–लामा बुट्टा भएको अरेबियन मेहदीले साँच्चै नै जोकोहीलाई पनि निकै आकर्षक देखाउँछ । त्यसो त अहिले सबैभन्दा चलेको डिजाइन भनेको वान लाइन बुट्टा हो । यो हेर्दा पनि निकै सामान्य खालको हुन्छ । यो बुट्टा हत्केलातिर हुँदैन । हत्केलाको पछाडिपट्टि नाडीबाट औँलासम्म एउटै लाइनमा सर्लक्क कोरिएको हुन्छ । यसले महिलाको हातलाई हल्का लामो देखाएर आकर्षक बनाइदिन्छ । खुट्टामा पनि यो निकै आकर्षक देखिन्छ । त्यसैले होचो तथा हात सानो भएका महिलाहरूले यस्तो डिजाइनका मेहदी लगाउनु उपयुक्त हुन्छ ।
सजिलो र छिटो मेहदी लगाउने लालसामा कतिपयले स्टिकर मेहदी पनि प्रयोग गर्ने गर्छन् । यस्तो मेहदी घरमै लगेर आफ्नो अनुकूल सजिलै लगाउन सकिन्छ । तर, यसमा केही रासायनिक तत्वहरू पनि हुने भएकाले छालामा असर गर्न सक्छ । त्यसैले स्टिकर मेहदी प्रयोग नगर्नु नै उत्तम हुन्छ । त्यसो त स्टिकर मेहदीको प्रचलन अहिले करिब–करिब हराइ नै सकेको छ ।
मेहदीलाई थप आकर्षक देखाउन कलरफुल डिजाइन पनि दिइन्छ । विशेषगरी बच्चाहरूलाई यस्तो डिजाइन बढी मन पर्छ । ट्याटु खोपेजस्तो देखिने कलरफुल डिजाइनको मेहदी पनि केही चलेकै छ । तर, यस्तो मेहदी अन्य जस्तो टिकाउ भने हुँदैन ।

हातमा मेहदी लगाउनुअघि…
मेहदी लगाउँदा सबैभन्दा पहिला हातखुट्टा राम्ररी साबुनपानीले धुनुपर्छ ।

मेहदी लगाउनुअघि तेल लगाउने ।

घरमै मेहदीको कोन बनाउने, बजारमा किनेको खासै राम्रो हुँदैन । त्यसैले मेहदी खरिद गर्दा कोनको गुणस्तरमा पनि ध्यान दिनुपर्छ ।

अन्यथा, आफूले खोजेजस्तो डिजाइन नहुन पनि सक्छ ।

हातमा बुट्टा कोर्नुअघि सफा कागजमा बुट्टा कोर्दा पनि हुन्छ । दक्ष व्यक्तिले पनि सीधै हातमा बुट्टाअनुसार मेहदीको डिजाइन दिँदा हुन्छ ।

हातखुट्टामा मेहदीको बुट्टा कोरिसकेपछि त्यसलाई राम्रोसँग सुक्न दिनुपर्छ । मेहदी नसुकाई हातलाई चलाउँदा मेहदीको डिजाइन भत्किने तथा बिग्रिने सम्भावना बढी हुन्छ ।

सुकेपछि कागती र चिनीको घोलमा कटन या कपास चोबेर मेहदीको बुट्टामा टच गर्ने । यसो गर्दा मेहदीको रङ हातमा कडासँग बस्छ ।

अब यो पनि सुकेपछि चक्कुको उल्टोपट्टिको धार या योजस्तै केही सामानले मेहदी बिस्तारै खुर्किएर फाल्ने ।

 

लामो समय मेहदी टिकाउन
मेहदी लगाएर उतारेपछि ३–४ घन्टासम्म हात धुनु हुँदैन । त्यस्तै बुट्टा बनाएको ठाउँमा भिक्स लगाउँदा पनि उत्तम हुन्छ । भिक्स छैन भने तोरीको तेल लगाउन पनि सकिन्छ । आगोमा ल्वाङ फुराएर त्यसको धुवाँले सेक्ने तथा ल्वाङको तेल नै लगाउने गर्दा पनि मेहदी टिकाउ हुन्छ । मेहदी लगाएको कम्तीमा एकदेखि बढीमा दुई हप्तासम्म मात्रै हातमा रहन्छ । यसपछि भने बिस्तारै आफैँ हराउँदै जान्छ ।