मोक्षदालाई दोहोरो सफलता - Naya Patrika

नेपाल पत्रकार महासंघको आज सम्पन्न निर्वाचनको मतगणना सुरु भएको छ । उम्मेदवार प्रतिनिधिहरुको रोहवरमा मतपेटिका खोलिएको छ । प्रदेश केन्द्रीय सदस्यहरु र पदाधिकारी तथा सदस्यहरुको मतगणना बेग्लाबेग्लै भइरहेको छ । कूल…
पूरा पढ्नुहोस् »

उहाँ हाँ (उषाकला राई) खोटाङबाट प्रतिनिधित्व गर्नुहुन्छ भने म सिन्धुपाल्चोक । हाम्रो पहिलो भेट ०५४ सालमा भएको थियो । कुनै समय हामीले प्रजातान्त्रिक राष्ट्रिय युवा संघमा सँगै काम गरेका थियौँ…
पूरा पढ्नुहोस् »

सुत्केरी अवस्थामा नवजात शिशुको ध्यान दिनुका साथै आमाले पनि खानपानमा ध्यान पु¥याउनुपर्छ । आमा स्वस्थ भए बच्चा पनि स्वस्थ हुने भएकाले खानपानमा ध्यान दिन जरुरी छ । अरू वेलाको तुलनामा…
पूरा पढ्नुहोस् »

जलविद्युत् आयोजनाले डिपिआरमा उल्लेख भएबमोजिमको जग्गामा हदबन्दी नलाग्ने आदेश कानुन मन्त्रालयले फर्कायो जलविद्युत् आयोजनाले डिपिआरमा उल्लेख भएबमोजिमको जग्गामा हदबन्दी नलाग्नेसम्बन्धी आदेश कानुन मन्त्रालयले फर्काइदिएपछि जलविद्युत् प्रवद्र्धकहरूलाई समस्या परेको छ ।…
पूरा पढ्नुहोस् »

दक्षिण एसियाली मुलुकमा वर्षापछिको बाढी–पहिरोका कारण डेढ करोडभन्दा बढी मानिस प्रभावित भएका छन् । अगस्टमा आएको बाढीले दक्षिण एसियाका नेपाल, बंगलादेश र भारतका एक करोड ६० लाख मानिस प्रभावित भएका…
पूरा पढ्नुहोस् »

सुनसरीकाे झुम्कामा जारी प्रथम रामधुनी विद्यालय स्तरीय फुटबल प्रतियोगिताअन्तर्गत सोमबार भएका खेलमा विजयी हुँदै लर्डबुद्ध बोर्डिङ स्कुल, झुम्का र पञ्चायत मावि, प्रिपाहा सेमिफाइनलमा प्रवेश गरेका छन् । पिप्राहा खेल मैदानमा…
पूरा पढ्नुहोस् »

प्रिय बाबुराम दाइ, अस्ति भर्खर तपाईं स्वास्थ्योपचार गरी अहिले निवासमै आराम गर्दै हुनुहुन्छ भन्ने सुनेको छु । तपाईंको शीघ्र पूर्ण स्वास्थ्यलाभको कामना ! पछिल्लोपल्ट तपाईंको पार्टी परिवारमा केही खटपट चलिरहेको…
पूरा पढ्नुहोस् »

राम तामाङ राजधानीको व्यस्त र भिडमभिड क्षेत्र असन, इन्द्रचोक, ज्याठा र भोटाहिटीवरपर ठेला चलाउँछन् । उनका दिनहरू ठेलामा सामान ओसारेरै बित्छन् । परिवार पाल्ने र आफ्नो पढाइ खर्च थेग्ने उनको…
पूरा पढ्नुहोस् »

नयाँ नेतृत्व चयन गर्ने कार्यसूचीसहित नेपाल पत्रकार महांसघको अधिवेशन हिजोदेखि काठमाडौंमा सुरु भएको छ । झन्डैझन्डै नेपालको प्रजातन्त्रको जस्तै आयु भएको र सुदृढ र शक्तिशाली बन्दै गएको पत्रकारिता जगत्को नेतृत्व…
पूरा पढ्नुहोस् »

नयाँ पत्रिकाको न्युजरुममा आज उद्योग वाणिज्य महासंघकी अध्यक्ष भवानी राणासँग अन्तरक्रिया हुँदैछ । मुलुकको विकासमा निजी क्षेत्रका योगदान कति भन्ने विषयमा अन्तरक्रिया केन्द्रित हुँदैछ । अन्तरक्रिया फेसबुक लाइभ हेर्न तलको लिंकमा…
पूरा पढ्नुहोस् »

नयाँ पत्रिका, काठमाडौं   |   साउन ०२, २०७४

आदिकवि भानुभक्त आचार्यको २०४औँ जन्म जयन्तीको अवसरमा आयोजित भानुभक्तीय रचनापाठ प्रतियोगितामा कुमारीगालस्थित मोक्षदा स्कुलले दोहोरो सफलता हात पारेको छ । एम्बिसन एकेडेमीद्वारा आयोजित भानुभक्तीय रचनापाठ प्रतियोगितामा मोक्षदाले प्रथम स्थान र भानुभक्त मेमोरियल स्कुलले आयोजना गरेको सोही प्रकृतिको अर्को प्रतियोगितामा द्वितीय स्थान हासिल गरेको हो ।

भानु जयन्तीको अवसरमा मध्यबानेश्वरस्थित एम्बिसन एकेडेमीले भानुभक्तीय रचनापाठ प्रतियोगिता आयोजना ग¥यो । प्रतियोगितामा उपत्यकाभित्रका २४ स्कुलका ४४ छात्रछात्राको सहभागिता थियो । भानु प्रतिष्ठानका अध्यक्ष व्रतराज आचार्यको प्रमुख आतिथ्यमा सम्पन्न प्रतियोगितामा मोक्षदा स्कुलकी आकृति भुजेल प्रथम भएकी थिइन् भने पाठशाला नेपालकी रोजिना हमाल द्वितीय तथा त्रिवेणी पब्लिक स्कुलका सुजन बास्कोटा र सैनिक आवासीय माविकी महिमा कार्कीले संयुक्त रूपमा तृतीय स्थान हासिल गरे । विजयी प्रतियोगीलाई नगद पुरस्कारसहित सम्मान गरिएको थियो ।

सो अवसरमा एकेडेमीका तर्फबाट साहित्यकार दाहाल यज्ञनिधिलाई नगद रु. १० हजारसहितको एम्बिसन विशिष्ट साधक सम्मान प्रदान गरिएको थियो । कार्यक्रममा प्रमुख अतिथि व्रतराज आचार्य, सम्मानित व्यक्तित्व दाहाल यज्ञनिधि, डा. रामप्रसाद ज्ञवाली, लोचन भट्टराई, डा. देवी नेपाल, रूपक अलंकारलगायतका वक्ताले भानुभक्तको योगदानमाथि चर्चा गरेका थिए ।

भानु जयन्तीकै अवसरमा भानु प्रतिष्ठान नेपाल र भानुभक्त मेमोरियल स्कुलले संयुक्त रूपमा भानुभक्तीय रचनापाठ प्रतियोगिता आयोजना ग¥यो । प्राज्ञ विष्णुविभु घिमिरेको प्रमुख आतिथ्यमा सम्पन्न सो कार्यक्रममा नेपाल वेदविद्याश्रम संस्कृत माविका बबिन न्यौपाने, मोक्षदा स्कुलकी तारा लामा, अन्नपूर्ण माविकी मुस्कान खातुन र सहिद शुक्र माविका रूपेश दाहाल क्रमशः प्रथम, द्वितीय, तृतीय र सान्त्वना स्थान प्राप्त गर्न सफल भएका थिए । सो अवसरमा विष्णुविभु घिमिरे, डिपी अर्याल, ऋषभ घिमिरे, नन्दकृष्ण जोशी, रमेश शुभेच्छु, बलराम दाहाल, बमबहादुर मोक्तान, गुणराज काफ्लेलगायतका वक्ताले नेपाली भाषा, साहित्यमा भानुभक्तको योगदानबारे आ–आफ्नो धारणा राखेका थिए ।