माओवादीको आगामी कार्यदिशा - Naya Patrika

नेपाल पत्रकार महासंघको आज सम्पन्न निर्वाचनको मतगणना सुरु भएको छ । उम्मेदवार प्रतिनिधिहरुको रोहवरमा मतपेटिका खोलिएको छ । प्रदेश केन्द्रीय सदस्यहरु र पदाधिकारी तथा सदस्यहरुको मतगणना बेग्लाबेग्लै भइरहेको छ । कूल…
पूरा पढ्नुहोस् »

उहाँ हाँ (उषाकला राई) खोटाङबाट प्रतिनिधित्व गर्नुहुन्छ भने म सिन्धुपाल्चोक । हाम्रो पहिलो भेट ०५४ सालमा भएको थियो । कुनै समय हामीले प्रजातान्त्रिक राष्ट्रिय युवा संघमा सँगै काम गरेका थियौँ…
पूरा पढ्नुहोस् »

सुत्केरी अवस्थामा नवजात शिशुको ध्यान दिनुका साथै आमाले पनि खानपानमा ध्यान पु¥याउनुपर्छ । आमा स्वस्थ भए बच्चा पनि स्वस्थ हुने भएकाले खानपानमा ध्यान दिन जरुरी छ । अरू वेलाको तुलनामा…
पूरा पढ्नुहोस् »

जलविद्युत् आयोजनाले डिपिआरमा उल्लेख भएबमोजिमको जग्गामा हदबन्दी नलाग्ने आदेश कानुन मन्त्रालयले फर्कायो जलविद्युत् आयोजनाले डिपिआरमा उल्लेख भएबमोजिमको जग्गामा हदबन्दी नलाग्नेसम्बन्धी आदेश कानुन मन्त्रालयले फर्काइदिएपछि जलविद्युत् प्रवद्र्धकहरूलाई समस्या परेको छ ।…
पूरा पढ्नुहोस् »

दक्षिण एसियाली मुलुकमा वर्षापछिको बाढी–पहिरोका कारण डेढ करोडभन्दा बढी मानिस प्रभावित भएका छन् । अगस्टमा आएको बाढीले दक्षिण एसियाका नेपाल, बंगलादेश र भारतका एक करोड ६० लाख मानिस प्रभावित भएका…
पूरा पढ्नुहोस् »

सुनसरीकाे झुम्कामा जारी प्रथम रामधुनी विद्यालय स्तरीय फुटबल प्रतियोगिताअन्तर्गत सोमबार भएका खेलमा विजयी हुँदै लर्डबुद्ध बोर्डिङ स्कुल, झुम्का र पञ्चायत मावि, प्रिपाहा सेमिफाइनलमा प्रवेश गरेका छन् । पिप्राहा खेल मैदानमा…
पूरा पढ्नुहोस् »

प्रिय बाबुराम दाइ, अस्ति भर्खर तपाईं स्वास्थ्योपचार गरी अहिले निवासमै आराम गर्दै हुनुहुन्छ भन्ने सुनेको छु । तपाईंको शीघ्र पूर्ण स्वास्थ्यलाभको कामना ! पछिल्लोपल्ट तपाईंको पार्टी परिवारमा केही खटपट चलिरहेको…
पूरा पढ्नुहोस् »

राम तामाङ राजधानीको व्यस्त र भिडमभिड क्षेत्र असन, इन्द्रचोक, ज्याठा र भोटाहिटीवरपर ठेला चलाउँछन् । उनका दिनहरू ठेलामा सामान ओसारेरै बित्छन् । परिवार पाल्ने र आफ्नो पढाइ खर्च थेग्ने उनको…
पूरा पढ्नुहोस् »

नयाँ नेतृत्व चयन गर्ने कार्यसूचीसहित नेपाल पत्रकार महांसघको अधिवेशन हिजोदेखि काठमाडौंमा सुरु भएको छ । झन्डैझन्डै नेपालको प्रजातन्त्रको जस्तै आयु भएको र सुदृढ र शक्तिशाली बन्दै गएको पत्रकारिता जगत्को नेतृत्व…
पूरा पढ्नुहोस् »

नयाँ पत्रिकाको न्युजरुममा आज उद्योग वाणिज्य महासंघकी अध्यक्ष भवानी राणासँग अन्तरक्रिया हुँदैछ । मुलुकको विकासमा निजी क्षेत्रका योगदान कति भन्ने विषयमा अन्तरक्रिया केन्द्रित हुँदैछ । अन्तरक्रिया फेसबुक लाइभ हेर्न तलको लिंकमा…
पूरा पढ्नुहोस् »

हरिबाेल गजुरेल, काठमाडौं   |   साउन ०२, २०७४

अहिले माओवादी पार्टी महान् सम्भावनाको स्थानमा छ । त्यसैले माओवादीले इतिहासका कमी–कमजोरीको ठीक ढंगले समीक्षा गर्‍यो भने उसले अबको राजनीतिक वातावरणमा आधिपत्य जमाउन सक्छ । एमाले ‘लेफ्टिज ग्राउन्ड’ छाडेर प्रतिक्रियावादीमा रूपान्तरित भइसकेको छ । अहिलेको परिस्थितिमा पार्टीको आकार सानो होस् यो ठूलो, देश माओवादीकै एजेन्डामा चलिरहेको छ । संघीयता, गणतन्त्र, धर्मनिरपेक्षता, समानुपातिक, समावेशी, भूमिसुधार र सामाजिक न्यायका प्रसंगवरिपरि देश घुमिरहेको छ र एमाले यी एजेन्डाविरुद्ध उभिएको छ । यस्तो अवस्थामा माओवादीले ‘लेफ्ट ग्राउन्ड’ लिनुपर्छ । माओवादी भनाइ र गराइमा किसान, मजदुर, सुकुम्बासीलगायत आधारभूत वर्गको पक्षमा दृढतापूर्वक उभियो र त्यसमा राष्ट्रिय पुँजीपतिलाई जोडेर अघि बढ्यो भने लेफ्ट ग्राउन्ड माओवादीकै वरिपरि रहन्छ । एमालेभित्र दक्षिणपन्थी हाबी भइरहेको र अहिलेको परिवर्तन मन नपराएर उल्टाउन खोज्नेहरू हाबी भइरहेका छन् । तसर्थ माओवादीले आफूलाई सच्याउने हो भने ठूलो राजनीतिक सम्भावना छ ।

वास्तवमा माओवादी सहरलाई बदल्न आएको थियो तर सहरले माओवादीलाई बदल्यो । अर्कातिर सुकुम्बासी, किसान, मजुदरवर्ग, जसलाई माओवादीले आफ्नो सम्झेको छ, त्यो वर्गसँग पनि दूरी बढेको छ । विभिन्न राजनीतिक घटनाक्रमसँग सम्झौता गर्दै जाँदा माओवादी आफ्ना वर्गसँग कम घुलमिल भएको हो । त्यसैले अबको राजनीतिक गतिविधिसँग जुध्दै अगाडि बढ्नु एक मात्र विकल्प हो । माओवादीको माथिल्लो कमिटी सचिवालय समितिको बैठक सोमबारदेखि सुरु हुँदै छ, यसबाट माओवादीले आफ्नो विचार र राजनीतिलाई स्पष्ट पार्दै कुन वर्गको सेवा गर्ने भन्नेमा स्पष्ट हुनुपर्छ ।

अहिलेको निर्वाचनले माओवादीको नतिजा कमजोर हुँदा सच्चिनु आवश्यक रहेको पुष्टि गरेको छ । जनतालाई बिग्रिएको माओवादी मन नपरेको हो, सिंगो माओवादी पार्टी नै मन नपरेको होइन ।

तल्लो वर्गलक्षित रणनीति

विकासको कुरा त जसले पनि गर्छ । हिजो सामन्तले पनि विकासका कुरा गरे । तर, विकासको लक्ष्य के हो ? विकासको प्रतिफल पाउने को हो ? भन्ने कुरा स्पष्ट हुनुपर्छ । यहाँ तल्लो वर्गका नागरिक छन्, जसले हिजो जनयुद्धमा माओवादीको साथ दिए, पहिलो संविधानसभाको निर्वाचनमा साथ दिए र अहिले यो ठाउँमा ल्याइपुर्‍याएका छन् । त्यो वर्गलाई लक्षित गरी माओवादीले रणनीति बनाउनुपर्छ ।
माओवादीले लक्षित गरेका वर्गले पाउने सुविधा नै पार्टीका लागि विकास हो । विकासको प्रतिफल सामन्त, नोकरसाही, जमिनदारले पाउने र आधारभूत वर्ग वञ्चित हुने स्थिति पार्टीको मूल नीति होइन । तर, यो समुदायप्रति माओवादीको ध्यान गएको देखिँदैन । देशको पूर्वाधार विकासमा पार्टीले ध्यान दिएको हो तर पार्टीलाई आज जुन हैसियतमा ल्याउन भूमिका खेलेका समुदाय छन्, त्यसको विकासमा ध्यान गएन । यसैकारण माओवादीमा संकट आएको छ र स्थानीय निकायको हालसम्म सम्पन्न निर्वाचनमा भएको पराजयको कारण पनि यही हो । माओवादीले आफ्ना वर्गलाई संरक्षण गर्न नसक्दा एमाले, कांग्रेसले उनीहरूलाई खरिद गरेका छन् । आधारभूत स्तरका वर्गलाई संरक्षण गर्ने र तिनको पक्षमा माओवादी उभिन सकेको भए अन्य पार्टीसँग बिक्री हुने थिएनन् । किनभने, पहिलो संविधानसभा निर्वाचनमा माओवादीलाई तिनै वर्गले भोट दिएका हुन् । तर, माओवादीको विचार र नीतिमा आएको स्खलनका कारण आधारभूत वर्गको विश्वास धरमराएको छ । यी सबै कुराको सचिवायल बैठकले गम्भीर समीक्षा गर्नुपर्छ ।

विभाजनको समीक्षा

टुटफुट र विभाजनका बाबजुद पनि स्थानीय तहको निर्वाचनमा आएको परिणामलाई बाहिरबाट हेर्दा नराम्रो भन्न मिल्दैन । तर, आन्तरिक बैठकले टुटफुट र विभाजन किन भयो भन्ने समीक्षा गर्नुपर्छ । विभाजनको शृंखला त पार्टीको आन्तरिक कारण र अवसरवादीको भड्काउले नै भएको हो । यसमा मुख्य दोषी को थियो ? किरणजीले नेतृत्व गरेको पैद्य माओवादी र डा. बाबुराम भट्टराईजीको विभाजन फरक–फरक पृष्ठभूमिमा भएका हुन् । बाबुरामजीको विभाजन पहिलो संविधानसभाको असफलतापछि पार्टीमा आएको सकारात्मक रूपान्तरणका कारण भएको हो । किरणसँगको विभाजन पार्टी कमजोर हुँदै गएको सन्दर्भमा भएको हो । तसर्थ यी अलगअलग सन्दर्भमा भएका विभाजनलाई एउटै कोटीमा राखेर हेर्नु हुँदैन । यसको समीक्षा गरेर नयाँ ढंगले पहल लिन सकियो भने अबको राजनीतिमा ठूलो शक्ति भएर माओवादी उदय हुने सम्भावना छ ।

कांग्रेससँग सहकार्य

अहिले संघीयता, गणतन्त्र, धर्मनिरपेक्षता, समानुपातिक समावेशिताको पक्षमा कांग्रेस उभिएको छ । एमालेको अहिलेको नेतृत्व परिवर्तनलाई उल्ट्याउन लागिपरेको छ । माओवादीप्रति रहेको भ्रम चिर्न पार्टीले नसक्नु कमजोरी भयो र एमालेले त्यसैको फाइदा उठायो । एमालेसँग सरकारमा सहकार्य गर्दा संघीयता कार्यान्वयन, संविधान संशोधन र मधेसका जनतालाई समेट्ने कुरामा ध्यान नै दिइएन । प्रधानमन्त्रीको कुर्सीमा बसेर एमाले अध्यक्ष केपी ओलीले संघीयता मनपरेको छैन भनेकै हो । जसका कारण परिवर्तनका दुई प्रमुख घटक माओवादी र कांग्रेस मिल्नुपरेको हो । विस्तृत शान्ति सम्झौता पनि मूलतः कांग्रेसकै सहकार्यमा भएको हो । तसर्थ माओवादीले कांग्रेससँग सहकार्य गरी शान्ति प्रक्रिया र संविधान कार्यान्वयनको प्रक्रिया अघि बढाउनुपर्छ ।

जनअपेक्षाअनुसारका काम

पञ्चायतले देशलाई धराशयी बनायो । त्यसपछि आएको बहुदलले पनि देशलाई उकास्न सकेन । यस्तो अवस्थामा जनता निराश भएर बसेका थिए । जनता निराश भएका वेला प्रतिगामीले सत्ता लिन सक्ने अवस्थामा माओवादीले परिवर्तनको पक्षमा नेतृत्व लियो । जनतालाई निराश हुन दिनु हुँदैन भनेर विकल्पको रूपमा माओवादीले अग्रगामी परिवर्तनका लागि जनयुद्ध सुरु गरेको थियो । त्यसैको परिणाम अहिलेको परिवर्तन हो । यद्यपि अहिलेको निर्वाचनले माओवादीको नतिजा कमजोर हुँदा सच्चिनु आवश्यक रहेको पुष्टि गरेको छ । वास्तवमा जनतालाई बिग्रिएको माओवादी मन नपरेको हो, सिंगो माओवादी पार्टी नै मन नपरेको होइन । किनभने पार्टी मन नपरेको भए, जनयुद्ध मन नपरेको भए पहिलो संविधानसभामा सबैभन्दा धेरै २ सय ३८ सिट ल्याएर जित्ने आधार बन्ने थिएन । यो जनताको समर्थनमा प्राप्त भएको थियो । तर, जनताले गरेका अपेक्षा पूरा गर्न सकिएको छैन । माओवादीलाई जिताउँदा सरकार पनि टिकेन, संविधान पनि बनेन भनेर जनता निराश थिए । पार्टीभित्र पनि विभाजन भयो र संगठन अस्तव्यस्त बन्नुका साथै अराजकता पनि पैदा भयो ।
पहिलो संविधानसभामा कांग्रेस, एमालेका मानिसले माओवादीलाई भोट हालेर परिवर्तनको अपेक्षा राखेका थिए । तर, माओवादीले परिवर्तनको आभास दिन नसकेपछि ती आफ्नै पार्टीमा फर्किएका छन् । माओवादीबाट पहिलो संविधानसभामा पाएको मतलाई स्थायी भोटरको रूपमा लिने गम्भीर त्रुटि भयो ।

सरकार गठनमा दबाब

माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले जुन उत्साहसाथ सरकार सञ्चालन गर्नुभएको थियो, अहिलेको सरकारले त्यस्तो तत्परता कायम राख्न सकेको छैन । सरकारका आफ्ना जेसुकै कारण हुन्, बाहिर जनताले हेर्दा डेढ महिना बितिसक्दा पनि मन्त्रिपरिषद् विस्तार नभएको सन्देश गएको छ । अहिले पनि २३ मन्त्रालय मन्त्रीविहीन छन् । सरकारले दुइटा तहको निर्वाचन र स्थानीय तहको एउटा प्रदेशको निर्वाचन गर्नुपर्ने कार्यभार बोकेको छ । संविधान संशोधन गर्नुपर्ने अवस्था छ । मधेसमा अतिवादी प्रवृत्ति देखिन खोजेको छ, त्यसलाई पनि हल गर्नु छ । मधेसवादी दलको चासो के छ भन्ने विषय फरक हो, तर उनीहरूले उठाएका विषयले जनताको मन जितेको छ । त्यसैले एजेन्डा कसले उठाएको छ भन्ने भन्दा पनि कस्ता एजेन्डा उठेका छन् भन्ने विषय हेरेर सम्बोधनको पहल हुनुपर्छ । वास्तवमा मधेसवादी दलको रबैया कसैलाई मन परेको छैन तर उनीहरूले उठाएका विषय जनताको सरोकारसँग जोडिएका छन् । जनताले परिवर्तन खोजेका छन् र सरकारले परिवर्तनको अभास दिलाउनुपर्छ । यी उपलब्धि हासिल गर्न माओवादीले सरकार गठन चाँडो गर्न
दबाब बढाउनुपर्छ ।

(पूर्वमन्त्री गजुरेल माओवादी केन्द्रका सचिवालय सदस्य हुन्)