सर्वनाममा समको चर्चा - Naya Patrika

नेपाल पत्रकार महासंघको आज सम्पन्न निर्वाचनको मतगणना सुरु भएको छ । उम्मेदवार प्रतिनिधिहरुको रोहवरमा मतपेटिका खोलिएको छ । प्रदेश केन्द्रीय सदस्यहरु र पदाधिकारी तथा सदस्यहरुको मतगणना बेग्लाबेग्लै भइरहेको छ । कूल…
पूरा पढ्नुहोस् »

उहाँ हाँ (उषाकला राई) खोटाङबाट प्रतिनिधित्व गर्नुहुन्छ भने म सिन्धुपाल्चोक । हाम्रो पहिलो भेट ०५४ सालमा भएको थियो । कुनै समय हामीले प्रजातान्त्रिक राष्ट्रिय युवा संघमा सँगै काम गरेका थियौँ…
पूरा पढ्नुहोस् »

सुत्केरी अवस्थामा नवजात शिशुको ध्यान दिनुका साथै आमाले पनि खानपानमा ध्यान पु¥याउनुपर्छ । आमा स्वस्थ भए बच्चा पनि स्वस्थ हुने भएकाले खानपानमा ध्यान दिन जरुरी छ । अरू वेलाको तुलनामा…
पूरा पढ्नुहोस् »

जलविद्युत् आयोजनाले डिपिआरमा उल्लेख भएबमोजिमको जग्गामा हदबन्दी नलाग्ने आदेश कानुन मन्त्रालयले फर्कायो जलविद्युत् आयोजनाले डिपिआरमा उल्लेख भएबमोजिमको जग्गामा हदबन्दी नलाग्नेसम्बन्धी आदेश कानुन मन्त्रालयले फर्काइदिएपछि जलविद्युत् प्रवद्र्धकहरूलाई समस्या परेको छ ।…
पूरा पढ्नुहोस् »

दक्षिण एसियाली मुलुकमा वर्षापछिको बाढी–पहिरोका कारण डेढ करोडभन्दा बढी मानिस प्रभावित भएका छन् । अगस्टमा आएको बाढीले दक्षिण एसियाका नेपाल, बंगलादेश र भारतका एक करोड ६० लाख मानिस प्रभावित भएका…
पूरा पढ्नुहोस् »

सुनसरीकाे झुम्कामा जारी प्रथम रामधुनी विद्यालय स्तरीय फुटबल प्रतियोगिताअन्तर्गत सोमबार भएका खेलमा विजयी हुँदै लर्डबुद्ध बोर्डिङ स्कुल, झुम्का र पञ्चायत मावि, प्रिपाहा सेमिफाइनलमा प्रवेश गरेका छन् । पिप्राहा खेल मैदानमा…
पूरा पढ्नुहोस् »

प्रिय बाबुराम दाइ, अस्ति भर्खर तपाईं स्वास्थ्योपचार गरी अहिले निवासमै आराम गर्दै हुनुहुन्छ भन्ने सुनेको छु । तपाईंको शीघ्र पूर्ण स्वास्थ्यलाभको कामना ! पछिल्लोपल्ट तपाईंको पार्टी परिवारमा केही खटपट चलिरहेको…
पूरा पढ्नुहोस् »

राम तामाङ राजधानीको व्यस्त र भिडमभिड क्षेत्र असन, इन्द्रचोक, ज्याठा र भोटाहिटीवरपर ठेला चलाउँछन् । उनका दिनहरू ठेलामा सामान ओसारेरै बित्छन् । परिवार पाल्ने र आफ्नो पढाइ खर्च थेग्ने उनको…
पूरा पढ्नुहोस् »

नयाँ नेतृत्व चयन गर्ने कार्यसूचीसहित नेपाल पत्रकार महांसघको अधिवेशन हिजोदेखि काठमाडौंमा सुरु भएको छ । झन्डैझन्डै नेपालको प्रजातन्त्रको जस्तै आयु भएको र सुदृढ र शक्तिशाली बन्दै गएको पत्रकारिता जगत्को नेतृत्व…
पूरा पढ्नुहोस् »

नयाँ पत्रिकाको न्युजरुममा आज उद्योग वाणिज्य महासंघकी अध्यक्ष भवानी राणासँग अन्तरक्रिया हुँदैछ । मुलुकको विकासमा निजी क्षेत्रका योगदान कति भन्ने विषयमा अन्तरक्रिया केन्द्रित हुँदैछ । अन्तरक्रिया फेसबुक लाइभ हेर्न तलको लिंकमा…
पूरा पढ्नुहोस् »

नयाँ पत्रिका, काठमाडौं   |   साउन ०२, २०७४

प्रा.डा. सावित्री कक्षपतीको पुस्तक ‘रंगकर्मी बालकृष्ण सम र उनको रंगशिल्प’बारे सर्वनाम थिएटरमा अन्तरसंवाद भएको छ । अन्तरसंवादमा प्रा.डा. अभि सुवेदी, वरिष्ठ रंगकर्मी हरिहर शर्मा, निर्देशक यादव खरेल, प्रकाशक डोलिन्द्र शर्मा र लेखक कक्षपतीले बोलेका थिए । नेपाली साहित्यिक पाटोका विषयमा गहन अध्ययन भएको तर, समका नाटक र नाट्य शिल्पमा भने कमै मात्रामा चर्चा भएको वक्ताले बताए । यही विषयलाई समेटेर प्रा.डा. सावित्री कक्षपतीले रंगकर्मी बालकृष्ण सम र उनको रंगशिल्प लेखेकी छन् ।

कार्यक्रममा बोल्दै प्राध्यापक डा. अभि सुवेदीले नेपाली रंगमञ्चको इतिहासमा बालकृष्ण समको रंगकर्मबारे गहन अध्ययन गरी लेखिएको पहिलो किताब आएको बताए । त्यस्तै, निर्देशक यादव खरेलले बालकृष्ण समको रंगशिल्प अद्भूत भएको भन्दै आफूलाई ‘प्रेमपिण्ड’ले छोएपछि त्यसमै चलचित्र बनाएको बताए । प्रकाशक डोलिन्द्रप्रसाद शर्माले उत्कृट पाण्डुलिपी पाएकाले सो कृति साझा प्रकाशनबाट प्रकाशित गरेको बताए । बालकृष्ण समको बारेमा लेखेको कृति साझाले छाप्न पाउनु अहोभाग्य भएको उनको भनाइ छ ।

रंगकर्मी हरिहर शर्माले आफूले समका धेरै नाटक गरेको स्मरण गर्दै सम नेपाली रंगमञ्चको एक अद्भूत प्रतिभा भएको बताए । लेखक सावित्री कक्षपतीले नेपाली साहित्यवृत्तमा बालकृष्ण समको आख्यान तथा लेखकीय विषयमा अध्ययन तथा चर्चा भए पनि रंगकर्मीय व्यक्तित्व र शिल्पको विषयमा चर्चा नभएका कारण आफूले पुस्तक लेखेको बताइन् ।