एकसाथ सात हजार कर्मचारी बर्खास्त ! - Naya Patrika

नेपाल पत्रकार महासंघको आज सम्पन्न निर्वाचनको मतगणना सुरु भएको छ । उम्मेदवार प्रतिनिधिहरुको रोहवरमा मतपेटिका खोलिएको छ । प्रदेश केन्द्रीय सदस्यहरु र पदाधिकारी तथा सदस्यहरुको मतगणना बेग्लाबेग्लै भइरहेको छ । कूल…
पूरा पढ्नुहोस् »

उहाँ हाँ (उषाकला राई) खोटाङबाट प्रतिनिधित्व गर्नुहुन्छ भने म सिन्धुपाल्चोक । हाम्रो पहिलो भेट ०५४ सालमा भएको थियो । कुनै समय हामीले प्रजातान्त्रिक राष्ट्रिय युवा संघमा सँगै काम गरेका थियौँ…
पूरा पढ्नुहोस् »

सुत्केरी अवस्थामा नवजात शिशुको ध्यान दिनुका साथै आमाले पनि खानपानमा ध्यान पु¥याउनुपर्छ । आमा स्वस्थ भए बच्चा पनि स्वस्थ हुने भएकाले खानपानमा ध्यान दिन जरुरी छ । अरू वेलाको तुलनामा…
पूरा पढ्नुहोस् »

जलविद्युत् आयोजनाले डिपिआरमा उल्लेख भएबमोजिमको जग्गामा हदबन्दी नलाग्ने आदेश कानुन मन्त्रालयले फर्कायो जलविद्युत् आयोजनाले डिपिआरमा उल्लेख भएबमोजिमको जग्गामा हदबन्दी नलाग्नेसम्बन्धी आदेश कानुन मन्त्रालयले फर्काइदिएपछि जलविद्युत् प्रवद्र्धकहरूलाई समस्या परेको छ ।…
पूरा पढ्नुहोस् »

दक्षिण एसियाली मुलुकमा वर्षापछिको बाढी–पहिरोका कारण डेढ करोडभन्दा बढी मानिस प्रभावित भएका छन् । अगस्टमा आएको बाढीले दक्षिण एसियाका नेपाल, बंगलादेश र भारतका एक करोड ६० लाख मानिस प्रभावित भएका…
पूरा पढ्नुहोस् »

सुनसरीकाे झुम्कामा जारी प्रथम रामधुनी विद्यालय स्तरीय फुटबल प्रतियोगिताअन्तर्गत सोमबार भएका खेलमा विजयी हुँदै लर्डबुद्ध बोर्डिङ स्कुल, झुम्का र पञ्चायत मावि, प्रिपाहा सेमिफाइनलमा प्रवेश गरेका छन् । पिप्राहा खेल मैदानमा…
पूरा पढ्नुहोस् »

प्रिय बाबुराम दाइ, अस्ति भर्खर तपाईं स्वास्थ्योपचार गरी अहिले निवासमै आराम गर्दै हुनुहुन्छ भन्ने सुनेको छु । तपाईंको शीघ्र पूर्ण स्वास्थ्यलाभको कामना ! पछिल्लोपल्ट तपाईंको पार्टी परिवारमा केही खटपट चलिरहेको…
पूरा पढ्नुहोस् »

राम तामाङ राजधानीको व्यस्त र भिडमभिड क्षेत्र असन, इन्द्रचोक, ज्याठा र भोटाहिटीवरपर ठेला चलाउँछन् । उनका दिनहरू ठेलामा सामान ओसारेरै बित्छन् । परिवार पाल्ने र आफ्नो पढाइ खर्च थेग्ने उनको…
पूरा पढ्नुहोस् »

नयाँ नेतृत्व चयन गर्ने कार्यसूचीसहित नेपाल पत्रकार महांसघको अधिवेशन हिजोदेखि काठमाडौंमा सुरु भएको छ । झन्डैझन्डै नेपालको प्रजातन्त्रको जस्तै आयु भएको र सुदृढ र शक्तिशाली बन्दै गएको पत्रकारिता जगत्को नेतृत्व…
पूरा पढ्नुहोस् »

नयाँ पत्रिकाको न्युजरुममा आज उद्योग वाणिज्य महासंघकी अध्यक्ष भवानी राणासँग अन्तरक्रिया हुँदैछ । मुलुकको विकासमा निजी क्षेत्रका योगदान कति भन्ने विषयमा अन्तरक्रिया केन्द्रित हुँदैछ । अन्तरक्रिया फेसबुक लाइभ हेर्न तलको लिंकमा…
पूरा पढ्नुहोस् »

नयाँ पत्रिका, काठमाडौं   |   साउन ०२, २०७४

टर्कीमा गतवर्ष सत्ता परिवर्तनको असफल प्रयास गरिएको थियो । यस घटनाको वर्ष दिन पुग्नुअगाडि टर्कीले सात हजारभन्दा बढी कर्मचारीलाई बर्खास्त गरेको छ । बर्खास्त हुनेमा धेरैजसो प्रहरी छन् भने बर्खास्त हुनेमा मन्त्रालयका कर्मचारी तथा शिक्षाकर्मी पनि निकै छन् । टर्की सरकारको यस कारबाहीलाई न्यायपालिका, प्रहरी र शिक्षासित जोडिएका सरकारी संस्थानमा शुद्धता ल्याउने कदमका रूपमा हेरिएको छ ।

टर्कीमा गतवर्ष सत्ता परिवर्तनको असफल प्रयासको शनिबार वर्षदिन पुगेको छ । त्यतिखेर केही अनियन्त्रित सैनिकले भवनमा बम आक्रमण गरेका थिए भने आमनागरिकमाथि गोली प्रहार गरेका थिए । सो हिंसामा २ सय ५० भन्दा बढी मानिसको मृत्यु भएको थियो । जनता रातारात सत्तापलटको विपक्ष तथा सरकारको पक्षमा सडकमा उत्रिएपछि सो प्रयास असफल भएको थियो ।

टर्कीका अधिकारीले सो सत्तापलटको असफल प्रयासका लागि मुस्लिम धर्मगुरु फतेउल्ला गुलेनमाथि आरोप लगाएको थियो । जुलाई, २०१६ मा भएको सो असफल विद्रोहमा राष्ट्रपति रेसेप तैयप एर्डोगानलाई सत्ताबाट हटाउने प्रयास गरिएको थियो ।

टर्की सरकारले सत्तापलटमा मुख्य भूमिका निभाएको आरोप लगाए पनि अमेरिकामा बसोवास गर्ने मुस्लिम धर्मगुरु गुलेनले सो सत्तापलटमा आफ्नो कुनै पनि भूमिकालाई अस्वीकार गरेका थिए । त्यतिखेरदेखि नै अमेरिकाले धर्मगुरु गुलेनलाई टर्कीसामु सुपुर्दगी गर्नुपर्ने टर्कीका अधिकारीको मागमा मौनता साध्दै आएको छ ।

हालै भएको ठूलो संख्याका कर्मचारीको बर्खास्तीको आदेश ५ जुनमा दिइएको थियो, जसलाई शुक्रबार मात्र सरकारी गजेटमा प्रकाशित गरिएको थियो । यस आदेशमा बताइएको छ कि बर्खास्त गरिएका कर्मचारीले देशको सुरक्षाविरुद्ध काम गरिरहेका थिए । उनीहरू चरमपन्थी संगठनका सदस्य थिए ।
समाचार एजेन्सी रोयटर्सका अनुसार बर्खास्त गरिएका कर्मचारीमा दुई हजार तीन सय ती प्रहरी अधिकारी, तीन सय दुई विश्वविद्यालयका शिक्षक तथा तीन सय ४२ सेवा निवृत्त कर्मचारी र सैनिक छन् । सत्तापलटको प्रयासपछि टर्कीले सुरुमै डेढ लाख अधिकारीलाई बर्खास्त गरेको थियो । र, सेना, प्रहरी र अन्य क्षेत्रबाट गरी ५० हजारभन्दा बढीलाई पक्राउ गरिएको थियो ।

टर्की सरकारको भनाइ छ कि देशको सुरक्षाका लागि यति ठूलो संख्यामा कर्मचारीलाई बर्खास्त नगरी नहुने अवस्था थियो । तर, आलोचकका अनुसार भने राष्ट्रपति एड्रोगान यथार्थमा यस कथित शुद्धीकरणको माध्यमबाट आफ्ना राजनीतिक विरोधीलाई कमजोर बनाउने प्रयासमा लागिपरेका छन् । इस्तानबुलमा सत्तापलटको वार्षिकीको सम्झना दिलाउने निकै ठुल्ठूला पोस्टर लगाइएका छन्, जसमा सर्वसाधारण जनता सत्तापलटको समर्थक सैनिकको विरोध गरिरहेको देखिन्छ । वार्षिकीको सम्झनामा ¥याली निकाल्ने तयारी छ । जसको अवसरमा राष्ट्रपति रेसेप तैयप एर्डोगानले ठीक त्यही समयमा संसद्लाई सम्बोधित गर्ने कार्यक्रम रहेको छ, जतिखेर पछिल्लो वर्ष आक्रमण भएको थियो ।

बिबिसीका मार्क लोवेनका अनुसार एड्रोगान र उनका समर्थक सैनिक विद्रोहमाथिको जितलाई टर्कीको पुनर्जागरणका रूपमा हेरिरहेका छन् । जब कि अन्य कैयौँ मानिस यस्तो मान्न तयार छैनन् ।
(बिबिसी हिन्दीको समाचार टिप्पणी)
बिबिसी हिन्दी डटकमबाट