प्रधानमन्त्रीले भने-काठमाडौंका खाल्डाखुल्डी १५ दिनभित्र पुर्नुस् - Naya Patrika

नेपाल पत्रकार महासंघको आज सम्पन्न निर्वाचनको मतगणना सुरु भएको छ । उम्मेदवार प्रतिनिधिहरुको रोहवरमा मतपेटिका खोलिएको छ । प्रदेश केन्द्रीय सदस्यहरु र पदाधिकारी तथा सदस्यहरुको मतगणना बेग्लाबेग्लै भइरहेको छ । कूल…
पूरा पढ्नुहोस् »

उहाँ हाँ (उषाकला राई) खोटाङबाट प्रतिनिधित्व गर्नुहुन्छ भने म सिन्धुपाल्चोक । हाम्रो पहिलो भेट ०५४ सालमा भएको थियो । कुनै समय हामीले प्रजातान्त्रिक राष्ट्रिय युवा संघमा सँगै काम गरेका थियौँ…
पूरा पढ्नुहोस् »

सुत्केरी अवस्थामा नवजात शिशुको ध्यान दिनुका साथै आमाले पनि खानपानमा ध्यान पु¥याउनुपर्छ । आमा स्वस्थ भए बच्चा पनि स्वस्थ हुने भएकाले खानपानमा ध्यान दिन जरुरी छ । अरू वेलाको तुलनामा…
पूरा पढ्नुहोस् »

जलविद्युत् आयोजनाले डिपिआरमा उल्लेख भएबमोजिमको जग्गामा हदबन्दी नलाग्ने आदेश कानुन मन्त्रालयले फर्कायो जलविद्युत् आयोजनाले डिपिआरमा उल्लेख भएबमोजिमको जग्गामा हदबन्दी नलाग्नेसम्बन्धी आदेश कानुन मन्त्रालयले फर्काइदिएपछि जलविद्युत् प्रवद्र्धकहरूलाई समस्या परेको छ ।…
पूरा पढ्नुहोस् »

दक्षिण एसियाली मुलुकमा वर्षापछिको बाढी–पहिरोका कारण डेढ करोडभन्दा बढी मानिस प्रभावित भएका छन् । अगस्टमा आएको बाढीले दक्षिण एसियाका नेपाल, बंगलादेश र भारतका एक करोड ६० लाख मानिस प्रभावित भएका…
पूरा पढ्नुहोस् »

सुनसरीकाे झुम्कामा जारी प्रथम रामधुनी विद्यालय स्तरीय फुटबल प्रतियोगिताअन्तर्गत सोमबार भएका खेलमा विजयी हुँदै लर्डबुद्ध बोर्डिङ स्कुल, झुम्का र पञ्चायत मावि, प्रिपाहा सेमिफाइनलमा प्रवेश गरेका छन् । पिप्राहा खेल मैदानमा…
पूरा पढ्नुहोस् »

प्रिय बाबुराम दाइ, अस्ति भर्खर तपाईं स्वास्थ्योपचार गरी अहिले निवासमै आराम गर्दै हुनुहुन्छ भन्ने सुनेको छु । तपाईंको शीघ्र पूर्ण स्वास्थ्यलाभको कामना ! पछिल्लोपल्ट तपाईंको पार्टी परिवारमा केही खटपट चलिरहेको…
पूरा पढ्नुहोस् »

राम तामाङ राजधानीको व्यस्त र भिडमभिड क्षेत्र असन, इन्द्रचोक, ज्याठा र भोटाहिटीवरपर ठेला चलाउँछन् । उनका दिनहरू ठेलामा सामान ओसारेरै बित्छन् । परिवार पाल्ने र आफ्नो पढाइ खर्च थेग्ने उनको…
पूरा पढ्नुहोस् »

नयाँ नेतृत्व चयन गर्ने कार्यसूचीसहित नेपाल पत्रकार महांसघको अधिवेशन हिजोदेखि काठमाडौंमा सुरु भएको छ । झन्डैझन्डै नेपालको प्रजातन्त्रको जस्तै आयु भएको र सुदृढ र शक्तिशाली बन्दै गएको पत्रकारिता जगत्को नेतृत्व…
पूरा पढ्नुहोस् »

नयाँ पत्रिकाको न्युजरुममा आज उद्योग वाणिज्य महासंघकी अध्यक्ष भवानी राणासँग अन्तरक्रिया हुँदैछ । मुलुकको विकासमा निजी क्षेत्रका योगदान कति भन्ने विषयमा अन्तरक्रिया केन्द्रित हुँदैछ । अन्तरक्रिया फेसबुक लाइभ हेर्न तलको लिंकमा…
पूरा पढ्नुहोस् »

नयाँ पत्रिका, काठमाडौं   |   साउन ०२, २०७४

प्रधानमन्त्री शेरबहादुर देउवाले काठमाडौं उपत्यकाभित्रका सडकका खाल्डाखुल्डी १५ दिनभित्रै पुरिसक्न सम्बन्धित मन्त्रालय–निकायलाई निर्देशन दिएका छन् । आइतबार काठमाडौं उपत्यकाको पूर्वाधार विकास सम्बन्धमा सरोकारवाला सबै निकायका प्रतिनिधिलाई सिंहदरबारमा बोलाएका उनले यस्तो निर्देशन दिएका हुन् ।

शुक्रबार अपराह्न काठमाडौंको नेपालटारमा ३ कक्षामा अध्ययनरत विनिता फुयाँलको ढलले बगाएर निधन भएको र सामाखुसीमा स्कुले बालिका सत्या सापकोटा ढलमा बग्दै गर्दा उद्धार गरिएको घटनाप्रति प्रधानमन्त्री देउवाले बैठकमा सबैको ध्यानाकर्षण गराएका थिए ।

बैठकमा प्रधानमन्त्रीले भने, ‘काठमाडौंमा सडक हो कि पोखरी चिन्न नसक्ने भएका छन्, स्कुले विद्यार्थी हिँड्दाहिँड्दै ढलमा पसेका छन् । काठमाडौं उपत्यकाका खाल्डाहरू तत्काल पुर्नुहोस्, त्यसका लागि थप बजेट चाहिए म उपलब्ध गराउँछु ।’ उनले काठमाडौं उपत्यकामा निर्माणाधीन पूर्वाधार आयोजनाबाट उत्पन्न धुलो र हिलोको समस्या समाधानको कार्ययोजना हप्ता दिनभित्र उपलब्ध गराउन पनि सम्बन्धित मन्त्रालय तथा निकायलाई निर्देशन दिएका छन् ।

सहरी विकासमन्त्री प्रभु साहले प्रधानमन्त्रीले भइरहेको कामलाई अझ गति दिन निर्देशन दिएको बताए । कामलाई एकीकृत रूपमा अघि बढाउन र सबै सरोकारवाला निकायबीच समन्वय गरेर काम गर्न निर्देशन दिइएको उनले बताए । उनले भने, ‘प्रधानमन्त्रीले एउटाले काम सक्नेबित्तिकै अर्कोले फेरि सडक भत्काउने र आमनागरिकलाई सास्ती दिने काम अन्त्य गर्न निर्देशन
दिनुभएको हो ।’

विशेष संयन्त्र सक्रिय बनाइने

अन्तर मन्त्रालय–निकाय समन्वय र अनुगमनका लागि प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयको आर्थिक पूर्वाधार विकास हेर्ने सचिवको संयोजकत्वमा आयोजना कार्यान्वयनसँग सम्बद्ध निकाय–आयोजना प्रमुखहरू सम्मिलित विशेष संयन्त्रलाई सक्रिय तुल्याउने निर्णय पनि बैठकले गरेको छ । संयन्त्रले कम्तीमा महिनाको एकपटक आयोजनाहरूको स्थलगत अनुगमन गर्ने र कार्यस्थलमै यथासम्भव समस्या समाधान गर्न निर्देशन दिनेछ ।

सम्झौताबमोजिम काम गर्न निर्देशन

बैठकले आयोजना कार्यान्वयन गर्दा ‘बिडिङ डकुमेन्ट’ र ‘कन्ट्र्याक डकुमेन्ट’बमोजिम कार्य सम्पन्न गर्न सम्बन्धित मन्त्रालयका सचिवलाई निर्देशन दिएको छ । त्यसको प्रत्याभूति सम्बन्धित मन्त्रालयका सचिवले गर्नुपर्ने बैठकको निर्णयमा उल्लेख छ । सम्बन्धित मन्त्रालयका सचिवले आयोजना समयमा सम्पन्न गर्न र सम्भावित दुर्घटना रोक्न विशेष नेतृत्व लिने र यसका लागि विषयगत मन्त्रालयहरूबाट उच्चस्तरको अनुगमन निरन्तर गर्ने बैठकले निर्णय गरेको छ ।