डिडिसीबाट दैनिक १ करोडको दूध खरिद - Naya Patrika
© 2017 Naya Prakasan Pvt. Ltd.

तिहार, बत्तीको चाड । उज्यालोको चाड । सँगसँगै मिठो–मसिनो खानपिन गरिने चाड । साथीभाइसँग रमाइलो गर्ने र बिहानदेखि साँझसम्म तास खेलेर दिन बिताउने चाड । गाउँघरवरपर देउसी–भैलो खेलेर मनाइने चाड…
पूरा पढ्नुहोस् »

चीनका राष्ट्रपति सी जिनपिङले चीन समाजवादसहितको नयाँ युगमा प्रवेश गरेको बताएका छन् । चीनको सत्तारुढ कम्युनिस्ट पार्टीको महाधिवेशनलाई राजधानी बेइजिङको ग्रेट हल अफ दि पिपुलमा बुधबार सम्बोधन गर्दै उनले सो…
पूरा पढ्नुहोस् »

डिफेन्डर राफेयल भरानले आत्मघाती गोल गरेपछि मंगलबार साविक विजेता रियल म्याड्रिड युरोपियन च्याम्पियन्स लिग फुटबल प्रतियोगितामा टोटनह्यामसँग १–१ को बराबरीमा रोकिएको छ । समूह एचको तेस्रो खेल बराबरीमा रोकेपछि रियललाई…
पूरा पढ्नुहोस् »

प्रधानमन्त्रीज्यूले प्रचण्डजीलाई सरकार छाड्न आग्रह गरेपछि माओवादी केन्द्रका मन्त्रीले ‘क्याबिनेट’ छाड्ने निर्णय गरे । त्यसअनुसार उनीहरूले राजीनामाको वक्तव्य पनि तयार गरे । तर, त्यहीबीच अचानक माओवादीका मन्त्रीले प्रधानमन्त्रीले निर्वाचन सार्ने…
पूरा पढ्नुहोस् »

रामेश श्रेष्ठ, गायक तथा रचनाकार पञ्चायती सामन्ती सत्ताबाट हाम्रो भलाइ नहुने भएपछि यसलाई भत्काउन यो गीत रायन र मैले गायौँ । यसले युग परिवर्तनका लागि ठूलो भूमिका खेल्यो । एउटा…
पूरा पढ्नुहोस् »

रानीपोखरीको निर्माणमा लापरबाही गर्नु हाम्रो पहिचान मेटाउने षड्यन्त्र हो । यस्ता पुरातात्विक संरचनाले हाम्रो पहिचान बोकेका हुन्छन् । तिनको संरक्षण गरौँ । कुनै देशको पहिचान केले खुल्छ ? यसका अनेक…
पूरा पढ्नुहोस् »

नयाँ पत्रिकाको न्युजरुममा आज उद्योग वाणिज्य महासंघकी अध्यक्ष भवानी राणासँग अन्तरक्रिया हुँदैछ । मुलुकको विकासमा निजी क्षेत्रका योगदान कति भन्ने विषयमा अन्तरक्रिया केन्द्रित हुँदैछ । अन्तरक्रिया फेसबुक लाइभ हेर्न तलको लिंकमा…
पूरा पढ्नुहोस् »

नयाँ पत्रिका, काठमाडौं   |   साउन ०२, २०७४

डिडिसीले दूध खरिद गर्दा तिर्ने रकम सोझै गाउँमा जाने

सरकार स्वामित्वको दुग्ध विकास संस्थान (डिडिसी)ले किसानबाट दैनिक १ करोड रुपैयाँको दूध खरिद गर्दै आएको छ । दूध खरिद गर्दाको सो रकम सोझै गाउँमा पुग्ने संस्थानले जनाएको छ । संस्थानले काठमाडौंमा दैनिक २ लाख लिटरभन्दा बढी दूध आपूर्ति गर्दै आइरहेको र उपत्यकाबाहिर पनि उत्साहजनक कारोबार भइरहेको महाप्रबन्धक गंगा तिमिल्सिनाले जानकारी दिए ।

संस्थानको ४९औँ वार्षिकोत्सव अवसरमा महाप्रबन्धक तिमिल्सिनाले हेटौँडामा दैनिक ४० मेट्रिकटन क्षमताको पशु आहारा उत्पादन कारखाना स्थापना गर्न लागेको जानकारी दिए । कृषकहरूको मागअनुसार गाई–भैँसीको दाना उत्पादन र उपलब्ध गराउने उद्देश्यले कारखाना सञ्चालन गर्न लागिएको उनले बताए ।

विराटनगरस्थित धुलो दूधको क्षमता विस्तारको काम ८० प्रतिशत सकिएको पनि उनले जानकारी दिए । उनले भने, ‘विराटनगरस्थित पाउडर प्लान्टको क्षमता दैनिक ३० हजार लिटरबाट बढाएर ६५ हजार लिटर बनाउने प्रक्रिया अघि बढिरहेको छ, त्यसबाट मिल्क होलिडे समस्या अन्त्यका साथै मखन तथा धुलो दूध आयातलाई प्रतिस्थापन गर्ने लक्ष्य राखिएको छ ।’

दोलखामा संस्थानको ५१ प्रतिशत सेयर लगानी रहेको सार्वजनिक–निजी साझेदारी (पिपिपी) मोडलमा दोलखा डेरी उद्योग पनि सञ्चालन भइरहेको छ । त्यस्तै पोखरामा दुग्ध पदार्थको सहज आपूर्तिका लागि बिक्री केन्द्र स्थापना गरिएको छ । हिमाली क्षेत्रमा उत्पादन हुने याक चिजलाई प्रांगारिक चिजका रूपमा उत्पादन गर्न आवश्यक पूर्वाधार विकास गरिएको संस्थानले जनाएको छ । भूकम्प प्रभावित हिमाली क्षेत्रमा याक चिज केन्द्रहरू स्थापना गरी चिज उत्पादन वृद्धि गर्ने लक्ष्य राखिएको छ ।

संस्थानले बजार विस्तारका लागि धनगढीमा जग्गा खरिद गरी दुग्ध उद्योग स्थापना गर्ने प्रक्रिया पनि थालेको जनाएको छ । पूर्वाञ्चलको कञ्चन चिज उत्पादन उद्योगको क्षमता वृद्धि गर्ने, खुमलटार र पोखरामा दुग्ध पदार्थ उत्पादन केन्द्र स्थापना गर्ने र हुलाकी तथा मध्यपहाडी क्षेत्रमा नयाँ चिस्यान केन्द्र स्थापना गर्ने लक्ष्य राखिएको महाप्रबन्धक तिमिल्सिनाले जाानकारी दिए । उनका अनुसार संस्थानमा दूध संकलन र ढुवानीमा १५ हजारले अप्रत्यक्ष रोजगारी र १ हजार १ सयले प्रत्यक्ष रोजगारी पाइरहेका छन् ।

पोखरा जाने तयारी

पशुपक्षी विकास मन्त्रालयका सचिव युवकध्वज जिसीले पोखरामा डिडिसीले कारोबार विस्तार गर्न लागेको जानकारी दिए । नयाँ मन्त्री आउनासाथ आवश्यक प्रक्रिया अघि बढाइने उनले जानकारी दिए । ‘पोखरामा डिडिसीको कारोबार विस्तार गर्नेसम्बन्धी सबै कागजी प्रक्रिया अन्तिम चरणमा पुगेको छ,’ उनले भने, ‘नयाँ मन्त्री आएपछि यससम्बन्धी प्रक्रिया अघि बढाइनेछ ।’ पोखरामा डिडिसीलाई जान नदिन त्यहाँका दुग्ध व्यवसायीले भने लबिङ गरिरहेको बताइएको छ । त्यस्तै उनले दूधको मूल्य नबढ्ने गरी किसानले पाउने रकम वृद्धि गर्न लागिएको पनि जानकारी दिए । उनले डिडिसी, निजी क्षेत्र, किसान र सहकारी मिलेर मात्रै दूधमा आत्मनिर्भर योजना सफल हुने बताए ।