वीरगन्ज–पथलैया व्यापारिक मार्गको काम सुस्त - Naya Patrika
© 2017 Naya Prakasan Pvt. Ltd.
अपडेट

०५३ सालमा खाद्यान्न अभावका कारण सिडिओसँग चामल पाऊँ भनेर बिन्ती बिसाउन पुगेकी कमलकुमारी शाहीलाई तत्कालीन सिडिओ लीलानिधि कोइरालाले टेरेनन् । सिडिओसँगको विवादपछि प्रशासन कार्यालयले उनको झुप्रोसमेत उठिवास लगाउने असफल प्रयास…
पूरा पढ्नुहोस् »

हलिउडका चर्चित निर्माता हार्वे विन्स्टेइनका एकपछि अर्को गर्दै यौनजन्य हिंसाका घटना सार्वजनिक हुने क्रम बढेको छ । न्यूयोर्क टाइम्सले निर्माता हार्वेले यौन शोषण गर्ने गरेको सार्वजनिक गरेपछि यौन उत्पीडनमा परेका…
पूरा पढ्नुहोस् »

आजभोलि धेरैमा मुटुसम्बन्धी रोग देखा पर्ने गरेको छ । चिकित्सकहरू पनि पछिल्लो समय मुटुरोगी बढेको बताउँछन् । उनीहरूका अनुसार हाम्रो दैनिक जीवनशैली र विभिन्न कारणले मुटुसम्बन्धी रोग हुने गरेको छ…
पूरा पढ्नुहोस् »

राष्ट्रपति सि जिनपिङको पाँच वर्षको शासनकालमा चीन सम्पन्न र बढी शक्तिशाली भएको छ । तर, यस प्रगतिबाट आमचिनियाँको जनजीवनमा कति प्रभाव परेको छ ? चीनको सबैभन्दा शक्तिशाली निर्णयकर्ता आगामी साता…
पूरा पढ्नुहोस् »

पहिलो अन्तर्राष्ट्रिय फुटसल प्रतियोगितामा सहभागिता जनाएको नेपाली टोली आइतबार एएफसी छनोट फुटसल च्याम्पियसिपमा उज्वेकिस्तानसँग १४–१ को भारी अन्तरले पराजित भएको छ । इरानमा सञ्चालन भइरहेको प्रतिस्पर्धामा नेपालले पहिलो अन्तर्राष्ट्रिय खेलमै…
पूरा पढ्नुहोस् »

नेपालमा सुनचाँदीलाई ‘नगदसरहको सम्पत्ति’का रूपमा लिइन्छ । पहेँलो र सेतो धातुलाई ‘सुरक्षित लगानी’का रूपमा पनि लिइने गरिएको छ । त्यसैले यसको व्यवसाय क्रमिक रूपमा बढ्दै गइरहेको छ । अझ नेपालजस्तो…
पूरा पढ्नुहोस् »

०५३ सालमा खाद्यान्न अभावका कारण सिडिओसँग चामल पाऊँ भनेर बिन्ती बिसाउन पुगेकी कमलकुमारी शाहीलाई तत्कालीन सिडिओ लीलानिधि कोइरालाले टेरेनन् । सिडिओसँगको विवादपछि प्रशासन कार्यालयले उनको झुप्रोसमेत उठिवास लगाउने असफल प्रयास…
पूरा पढ्नुहोस् »

राजनीतिक दलहरूको निर्णय प्रक्रिया, त्यसमा कार्यकर्ताको सहभागिता, व्यवस्थापनलगायत पक्षबाट हेर्‍यो भने नेपाली लोकतन्त्र परिपक्व हुन अझै केही दशक लाग्ने देखिन्छ । आइतबार निर्वाचन आयोगमा समानुपातिकतर्फबाट प्रतिनिधिसभामा उम्मेदवार बन्न चाहनेहरूको सूची…
पूरा पढ्नुहोस् »

नयाँ पत्रिकाको न्युजरुममा आज उद्योग वाणिज्य महासंघकी अध्यक्ष भवानी राणासँग अन्तरक्रिया हुँदैछ । मुलुकको विकासमा निजी क्षेत्रका योगदान कति भन्ने विषयमा अन्तरक्रिया केन्द्रित हुँदैछ । अन्तरक्रिया फेसबुक लाइभ हेर्न तलको लिंकमा…
पूरा पढ्नुहोस् »

सुरेश बिडारी, वीरगन्ज   |   साउन ०२, २०७४

दुई वर्ष अवधि रहेको सडक निर्माणको काम एक वर्ष पूरा हुँदा ३१ प्रतिशत मात्र सम्पन्न


वीरगन्ज–पथलैया ६ लेनको व्यापारिक मार्ग विस्तारको काम अत्यन्त सुस्त रहेको छ । व्यापारिक मार्ग विस्तार योजना कार्यालय पथलैयाका अनुसार असार मसान्तसम्म करिब ३५ प्रतिशत मात्र काम सम्पन्न भएको छ । कामका अधारमा सबै ठेकेदार कम्पनीको भुक्तानी भइसके पनि कामले गति नलिएको कार्यालयले जनाएको छ । बाराको पथलैयाबाट पर्साको वीरगन्जस्थित सिर्सिया सुक्खा बन्दरगाहसम्म निर्माण हुने यो सडकको विस्तार ६ वटा प्याकेजमा भइरहेको छ ।

वर्षाका कारण कामले गति लिन नसकेको योजना प्रमुख रवीन्द्राल दासले बताए । ‘वर्षा लागेकाले अपेक्षाकृत रूपमा काम हुन सकेको छैन,’ उनले भने, ‘तर, समयमै काम सकिनेमा हामी विश्वस्त छौँ ।’ सम्झौताअनुसार सडक विस्तारको काम आव ०७४/७५ को असार मसान्तभित्रमा सम्पन्न गर्नुपर्नेछ । गत वर्षको साउनबाट सुरु भएको आयोजनाको लागत साढे ३ अर्ब रहेको छ ।

एमआर पप्पु जेभी वीरगन्ज, पप्पु लुम्बिनी जेभी वीरगन्ज, श्रेष्ठ एपेक्स जेभी हेटौँडा, एएमआर कन्ट्याक्ट जेभी हेटौँडाले एक–एक र शर्मा जेभी युनाइटेड काठमाडौंले २ खण्ड गरी ५ वटा कम्पनीले ४–४ किलोमिटर सडक विस्तारको ठेक्का लिएका छन् । पप्पु कन्स्ट्रक्सन निर्देशक सुमित रौनियारले वर्षा र गिट्टी तथा बालुवाको अभावले सोचेअनुसार काम गर्न नसकिएको बताए ।’ उनले भने, ‘विविध कारण सोचेजस्तो काम हुन सकेको छैन, तैपनि हामीले जिम्मा पाएको खण्डको ४५ प्रतिशत काम सम्पन्न भएको छ ।’

परवानीपुर–ड्राइपोर्ट खण्डमा सन्तोषजनक

परवानीपुर–ड्राइपोर्ट खण्डमा भने सन्तोषजनक काम भएको छ । यो खण्डमा अवरोध पनि देखिएको छैन । परवानीपुर–पथलैया खण्डमा भने राजमार्ग छेउछाउका विद्युत् पोल, टेलिफोन पोल तथा स्थानीय बासिन्दा र उद्योगधन्दाका पर्खालका कारण समस्या भएको निर्माण व्यवासयीहरूले बताएका छन् । आयोजनाका प्रमुख दासले विद्युत् प्राधिकरण पोल सार्न सहमत भइसकेकाले कामले गति लिने बताए ।

जितपुरमा काम सुरु भएन

वीरगन्ज–पथलैया सडकखण्डमा पर्ने जितपुर बजारमा भने काम सुरु हुन सकेको छैन । सडक विस्तारविरुद्ध जितपुरका स्थानीयले संघर्ष समिति नै गठन गरेका छन् । स्थानीय विरोधमा उत्रिएपछि निर्माण कम्पनीले काम अगाडि बढाउन सकेको छैन । सडक विस्तार गर्दा आफूहरूको घर भत्किने भन्दै उनीहरू संघर्षमा उत्रिएका छन् । संघर्ष समितिका अध्यक्ष गणेशप्रसाद साहले सडक विस्तारका नाममा राज्यले अन्याय गर्न नमिल्ने बताए । सडकको नक्सा ०६५ सालमा मात्रै काटिएको तर आफूहरूको बसोवास धेरै अघिदेखि रहेको भन्दै उनले उचित मुआब्जा वा वैकल्पिक व्यवस्थाको माग गरे ।

मुआब्जा नदिँदा काम भएन

वीरगन्ज बहुअरीचोकदेखि आइसिपी जोड्ने ७ सय मिटर सडकखण्डको काम पनि अघि बढ्न सकेको छैन । सडक विस्तारमा केही व्यक्तिको जग्गा परेकाले समस्या भएको हो । व्यक्तिको जग्गाको मुआब्जा दिने निर्णय पनि भएको छ, तर स्थानीय प्रशासनले मुआब्जा दिएको छैन । पप्पु कन्स्ट्रक्सनका निर्देशक रौनियारले स्थानीयलाई मुआब्जा नदिएका कारण बहुअरीचोकदेखि आइसिपीसम्मको कामले गति लिन नसकेको बताए । पर्साका प्रमुख जिल्ला अधिकारी केशवराज घिमिरेले १५ साउनसम्ममा मुआब्जाको काम सकिने बताए । ‘आवश्यक पक्रिया पूरा भइसकेको छ,’ उनले भने, ‘असारमै सक्ने भनेका थियौँ, प्राविधिक कारणले ढिला भयो ।’

यस्तो बन्दै छ ६ लेन सडक

वीरगन्ज–पथलैया सडकखण्ड परवानीपुरदेखि उत्तरमा पथलैयासम्म र दक्षिणमा नयाँ बाइपास हुँदै अलौमा निर्माणाधीन ‘एकीकृत जाँचचौकी’ (आइसिपी)मा आएर जोडिनेछ । यो सडक सन् १९५९ मा बनेको हो । प्रत्येक लेन ३ मिटरको हुनेछ । दायाँ–बायाँ डेढ–डेढ मिटरको फुटपाथ हुनेछ । सडकको मध्यभागमा हरियालीसहितको डिभाइडर हुनेछ । मूल सडकको संरचनाबाहेक दुवैतर्फ ५–५ मिटरको सर्बिलेन्स लेन पनि हुनेछ । सबै गरेर ६ लेनको सडक ५० मिटर फराकिलो हुनेछ । पूर्व–पश्चिम राजमार्गको पथलैयादेखि दक्षिण त्रिभुवन राजपथको परवानीपुरसम्म करिब १४ किलोमिटरको एउटा खण्ड र परवानीपुरदेखि सिर्सियाको सुक्खा बन्दरगाहसम्म करिब १२ किलोमिटरको अर्को खण्ड गरी दुई खण्ड बनाएर सडक विस्तार भइरहेको छ ।