ताइवानको संसदमा हंगामा : प्रधानमन्त्रीमाथि आक्रमण - Naya Patrika

नेपाल पत्रकार महासंघको आज सम्पन्न निर्वाचनको मतगणना सुरु भएको छ । उम्मेदवार प्रतिनिधिहरुको रोहवरमा मतपेटिका खोलिएको छ । प्रदेश केन्द्रीय सदस्यहरु र पदाधिकारी तथा सदस्यहरुको मतगणना बेग्लाबेग्लै भइरहेको छ । कूल…
पूरा पढ्नुहोस् »

उहाँ हाँ (उषाकला राई) खोटाङबाट प्रतिनिधित्व गर्नुहुन्छ भने म सिन्धुपाल्चोक । हाम्रो पहिलो भेट ०५४ सालमा भएको थियो । कुनै समय हामीले प्रजातान्त्रिक राष्ट्रिय युवा संघमा सँगै काम गरेका थियौँ…
पूरा पढ्नुहोस् »

सुत्केरी अवस्थामा नवजात शिशुको ध्यान दिनुका साथै आमाले पनि खानपानमा ध्यान पु¥याउनुपर्छ । आमा स्वस्थ भए बच्चा पनि स्वस्थ हुने भएकाले खानपानमा ध्यान दिन जरुरी छ । अरू वेलाको तुलनामा…
पूरा पढ्नुहोस् »

जलविद्युत् आयोजनाले डिपिआरमा उल्लेख भएबमोजिमको जग्गामा हदबन्दी नलाग्ने आदेश कानुन मन्त्रालयले फर्कायो जलविद्युत् आयोजनाले डिपिआरमा उल्लेख भएबमोजिमको जग्गामा हदबन्दी नलाग्नेसम्बन्धी आदेश कानुन मन्त्रालयले फर्काइदिएपछि जलविद्युत् प्रवद्र्धकहरूलाई समस्या परेको छ ।…
पूरा पढ्नुहोस् »

दक्षिण एसियाली मुलुकमा वर्षापछिको बाढी–पहिरोका कारण डेढ करोडभन्दा बढी मानिस प्रभावित भएका छन् । अगस्टमा आएको बाढीले दक्षिण एसियाका नेपाल, बंगलादेश र भारतका एक करोड ६० लाख मानिस प्रभावित भएका…
पूरा पढ्नुहोस् »

सुनसरीकाे झुम्कामा जारी प्रथम रामधुनी विद्यालय स्तरीय फुटबल प्रतियोगिताअन्तर्गत सोमबार भएका खेलमा विजयी हुँदै लर्डबुद्ध बोर्डिङ स्कुल, झुम्का र पञ्चायत मावि, प्रिपाहा सेमिफाइनलमा प्रवेश गरेका छन् । पिप्राहा खेल मैदानमा…
पूरा पढ्नुहोस् »

प्रिय बाबुराम दाइ, अस्ति भर्खर तपाईं स्वास्थ्योपचार गरी अहिले निवासमै आराम गर्दै हुनुहुन्छ भन्ने सुनेको छु । तपाईंको शीघ्र पूर्ण स्वास्थ्यलाभको कामना ! पछिल्लोपल्ट तपाईंको पार्टी परिवारमा केही खटपट चलिरहेको…
पूरा पढ्नुहोस् »

राम तामाङ राजधानीको व्यस्त र भिडमभिड क्षेत्र असन, इन्द्रचोक, ज्याठा र भोटाहिटीवरपर ठेला चलाउँछन् । उनका दिनहरू ठेलामा सामान ओसारेरै बित्छन् । परिवार पाल्ने र आफ्नो पढाइ खर्च थेग्ने उनको…
पूरा पढ्नुहोस् »

नयाँ नेतृत्व चयन गर्ने कार्यसूचीसहित नेपाल पत्रकार महांसघको अधिवेशन हिजोदेखि काठमाडौंमा सुरु भएको छ । झन्डैझन्डै नेपालको प्रजातन्त्रको जस्तै आयु भएको र सुदृढ र शक्तिशाली बन्दै गएको पत्रकारिता जगत्को नेतृत्व…
पूरा पढ्नुहोस् »

नयाँ पत्रिकाको न्युजरुममा आज उद्योग वाणिज्य महासंघकी अध्यक्ष भवानी राणासँग अन्तरक्रिया हुँदैछ । मुलुकको विकासमा निजी क्षेत्रका योगदान कति भन्ने विषयमा अन्तरक्रिया केन्द्रित हुँदैछ । अन्तरक्रिया फेसबुक लाइभ हेर्न तलको लिंकमा…
पूरा पढ्नुहोस् »

एजेन्सी, ताइपेई   |   साउन ०२, २०७४

ताइवानको संसद्मा सांसदहरूबीच हात हालाहाल भएको छ । सरकारले ल्याएको पूर्वाधार परियोजनाबारे सदनमा विवाद चर्केपछि सत्तापक्ष र विपक्षी सांसदबीच हंगामा मच्चिएको हो । सुरुमा विपक्षी सांसदहरूले सत्ता पक्षका सांसदलाई सदनभित्र मुक्का प्रहार गरका थिए । झडपपछि सांसद बैठक तत्काल स्थगित गरिएको थियो ।

बहस चर्केपछि हात चल्यो

सो परियोजनाबारे दुई दिनदेखि सदनमा बहस भएको थियो । बहस चर्किएपछि विपक्षी सांसदले हात छोडेका थिए । विवाद बढेपछि विपक्षी सांसदहरूले सत्ता पक्षका सांसदहरूलाई धेकेलेर पानीका बेलुन, कलम र कुर्सी प्रहार गरेका थिए । त्यसअघि महिला सांसदहरूले ठेलमठेल गरेर आफ्नो टेबुलमा रहेका पानीका बोतल प्रहार गरेका थिए । झडप हुँदा सदनको गतिविधिबारे टेलिभिजनबाट प्रत्यक्ष प्रसारण भइरहेको थियो । विपक्षी सांसदले माइक तोडफोड गर्नुका साथै महत्वपूर्ण कागजपत्र च्यातिदिएका छन् ।

अशोभनीय झडप

विवाद चर्किएपछि सभामुखले बारम्बार शान्त हुन सांसदहरूको ध्यानाकर्षण गराएका थिए । तर, आक्रोशित सांसदहरू सभामुखको ध्यानाकर्षणको बेवास्ता गर्दै तोडफोडमा उत्रिएका थिए । झडपबारे सार्वजनिक गरिएको भिडियोमा एकजना सांसद कुर्सीलाई टाउकोमा राखेर अर्का व्यक्तिलाई प्रहार गर्न खोजेका देखिन्छन् । तर, उनले कुर्सी फाल्नुअघि अर्का सांसदले कुर्सी खोसेको देखिन्छ । आफ्ना सांसदहरूमाथि हमला भएपछि केही सांसदले आक्रमणबाट जोगाउने असफल प्रयास गरेका थिए । आक्रमणमा आधा दर्जन सांसदहरू घाइते भएका छन् । उनीहरूको संसद्भित्रकै क्लिनिकमा उपचार भइरहेको छ ।

प्रधानमन्त्रीमाथि समेत आक्रमण

प्रमुख विपक्षी कुओमिनेटिङ पार्टीको विरोधको सरकारले संसद्मा सुधार योजना पेस गरेको थियो । सत्तासीन डेमोक्र्याटिक प्रोगेसिभ पार्टी (डिपिपी)का सांसदहरूले त्यसको समर्थनमा आ–आफ्नो मन्तव्य दिएका थिए । सो योजनाको विरोधमा यसअघि बिहीबार विपक्षी सांसदहरूले प्रधानमन्त्री लिन चुनआनलाई पानी भरिएको बेलुनले सदनभित्रै हिर्काएका थिए । बेलुन छलेर अर्को छेउमा पुगेका प्रधानमन्त्रीलाई आक्रोशित सांसदहरूलेहातपातको प्रयाससमेत गरेका थिए । प्रधानमन्त्रीलाई जोगाउन मर्यादापालकलाई पनि धौधौ परेको थियो ।

राष्ट्रपतिको लोकप्रियता घट्यो

सत्तारूढ डिपिपी समर्थित राष्ट्रपति साई इङ बेनको पहलमा सो पूर्वाधार योजना सदनमा पेस गरिएको थियो । पूर्वाधार योजनामा रेललाइन विस्तार, हरित ऊर्जा केन्द्र स्थापना र बाढी नियन्त्रयणका उपाय उल्लेख छन् । १३ अर्ब ८० करोडको सो महŒवाकांक्षी योजनाको विपक्षी पार्टीले चर्को आलोचना गरेको छ । आगामी वर्ष हुने क्षेत्रीय निर्वाचनलाई प्रभाव पार्ने उद्देश्यले सरकारले हतारमा योजना ल्याएको विपक्षीले आरोप लगाएको छ ।

यसैबीच, पछिल्लो समयमा ताइवानकी राष्ट्रपतिको लोकप्रियता खस्किएको छ । गत वर्ष उनीमाथि झन्डै ७० प्रतिशत ताइवानीको समर्थन रहेकोमा अहिले मुस्किलले ४० प्रतिशतले मात्र समर्थन जनाएको विभिन्न सर्वेक्षणले देखाएको छ । सदनभित्रैको झडपलाई राष्ट्रपतिले अशोभनीय भनी टिप्पणी गरेकी छिन् । दोषीलाई कारबाही गर्नसमेत उनले सरकालाई निर्देशन दिएकी छिन् । सभामुखले घटनाबारे स्वतन्त्र छानबिन गरिने बताएका छन् । यसैबीच, डिपिपी समर्थित सांसदहरूले एक प्रेस विज्ञप्ति जारी गर्दै आफ्ना सांसदहरूमाथि आक्रमण गर्ने सांसदलाई कारबाही गर्न सभामुखसमक्ष माग गरेका छन् ।