पुनः मतगणनाको माग गर्दै थप ६ मुद्दा दायर : सदर मतलाई बदर घोषणा गरेको आरोप - Naya Patrika
© 2017 Naya Prakasan Pvt. Ltd.

  बनेपा–७ स्थित बसपार्कमा गौतम भोजनालय नामको होटल सञ्चालन गर्दै आएका दाहाल परिवारको सहस्यमय मृत्यु भएपछि उन्पन्न विवाद समाधान भएको छ । बनेपा नगरपालिका–२ का वडा अध्यक्ष हरिशरण घिमिरेसहित दुई…
पूरा पढ्नुहोस् »

अस्वस्थ भई अस्पताल भर्ना भएका बुवा पूर्वराजा ज्ञानेन्द्र शाह निवास फर्किने क्रममा उनलाई लिन पूर्वयुवराज पारस नर्भिक इन्टरनेशनल हस्पिटल पुगेका थिए । सार्वजनिक जीवनमा त्यति नदेखिने पारस लामो कपालमा देखा…
पूरा पढ्नुहोस् »

अभिनेत्री सन्नी लियोन आमा बनेकी छिन् । सन्नी र डेनियल वेबरको जीवनमा एक बच्चीको आगमन भएको हो । केही दिनअघि मात्रै सन्नीले आमा बन्ने इच्छा सार्वजनिक गरेकी थिइन् । उनमा…
पूरा पढ्नुहोस् »

पछिल्लो समय काठमाडौंलगायत विभिन्न सहर धुलाम्मे छन् । पुराना सवारीसाधनले पनि वायु प्रदूषण गरिरहेका छन् । धुलोबाट नाक, छालामा एलर्जी हुने, रुघा लाग्ने, फोक्सोसम्बन्धी विभिन्न समस्या हुने गर्छन् । धुलोबाट…
पूरा पढ्नुहोस् »

दुई महिना यता लमजुङमा लोडसेडिङ बढ्न थालेको छ । जिल्लामा निर्माण सम्पन्न जलविद्युत आयोजनाहरुबाट बढी विद्युत उत्पादन हुँदा लोडसेडिङ बढेको हो । बढी उत्पादन भएकै कारण लमजुङका जनताले अघोषित लोडसेडिङको…
पूरा पढ्नुहोस् »

सीमा विवाद सावधानीपूर्वक अवलोकन गरिरहेको अमेरिकी विदेश मन्त्रालयका प्रवक्ताको भनाइ अमेरिकाले चीन र भारतबीचको सीमा विवादप्रति गहिरो चासो देखाएको छ । चीन, भारत र भुटानको सीमामा रहेको दोकलामबारे नयाँदिल्ली र…
पूरा पढ्नुहोस् »

चार वर्षको सम्झौता बाँकी रहेकाले ब्राजिलियन स्ट्राइकर नेमार बिक्रीमा नराखेको बार्सिलोनाका अध्यक्ष जोसेपले स्पष्ट पारे पेरिस सेन्ट जर्मन (पिएसजी)को कीर्तिमानी प्रस्ताव नकार्दै बार्सिलोनाले ब्राजिलियन स्ट्राइकर नेमारलाई प्रशिक्षणमा समावेश गरेको छ…
पूरा पढ्नुहोस् »

जीवनका आखिरी दशक (सन् १८७३–१८८३)मा कार्ल माक्र्स आर्थिक दृष्टिले निश्चिन्त भएका थिए । लन्डन प्रवासका प्रारम्भिक वर्षका दारुण दारिद्रय रहेको थिएन । पिताको देहान्तपछि फ्रेडरिक एंगेल्स फुक्का भएर माक्र्स र…
पूरा पढ्नुहोस् »

नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का संस्थापक महासचिव हुन्, पुष्पलाल श्रेष्ठ । उनको निधन भएको ३९ वर्ष पूरा भइसकेको छ । अन्तर्राष्ट्रिय कम्युनिस्ट घोषणापत्रलाई नेपाली भाषामा अनुवाद गर्दै पार्टी सञ्चालनसम्बन्धी नीति र…
पूरा पढ्नुहोस् »

५५ वर्ष पहिले सीमायुद्ध लडेका हाम्रा दुई छिमेकी देश चीन र भारत फेरि एकपटक आमने–सामने उभिएका छन् । भारत, भुटान र चीनको सीमानजिक चीन र भुटानबीच रहेको विवादित भूमिमा चिनियाँ…
पूरा पढ्नुहोस् »

नयाँ पत्रिकाको न्युजरुममा अहिले सामाजिक अभियन्ता महावीर पुन उपस्थित छन् । उनीसँग उनको अभियान र नेपालमा प्रविधिको विकासका विषयमा अन्तरक्रिया भइरहेको छ । महावीर पुनसँगको अविस्मरणीय अन्तरक्रिया प्रत्यक्ष हेर्नका लागि…
पूरा पढ्नुहोस् »

विष्णु घिमिरे, बुटवल   |   साउन ०२, २०७४

पुनः मतगणनाको माग गर्दै उच्च अदालत तुलसीपुर बुटवल इजलासमा मुद्दा दर्ता गर्ने क्रम बढेको छ । दोस्रो चरणको स्थानीय निर्वाचनमा पराजित भएका रुपन्देही, नवलपरासी, कपिलवस्तु, गुल्मीका केही उम्मेदवारले पुनः मतगणनाको माग गर्दै आइतबारसम्ममा थप ६ मुद्दा दर्ता भएका हुन् । उच्च अदालतमा यसअघि चारवटा मुद्दा दर्ता भएका थिए । आइतबारसम्ममा पुनः मतगणनासम्बन्धी १० वटा उजुरी दर्ता भएको उच्च अदालत तुलसीपुर बुटवल इजलासका रजिस्टार ठगीन्द्र कट्टेलले बताए ।

उच्च अदालतमा एउटा निषेधाज्ञाको रिटसमेत दर्ता भएको छ । रजिस्टार कट्टेलका अनुसार आइतबार मात्रै दुईवटा मुद्दा थपिएका हुन् । आइतबार सिद्धार्थ नगरपालिका वडा नम्बर ३ का माओवादी केन्द्रबाट अध्यक्षमा उम्मेदवारी दिएका कलाम मुद्दिन मुसलमानले पुनः मतगणनाको माग गर्दै मुद्दा दर्ता गराएका छन् । उनले निर्वाचनमा ६ सय ८४ मत पाएको दाबी गर्दै आफूले पाएका १ सय १५ सदर मतलाई बदर घोषणा गरेको आरोप लगाएका छन् । उनले एमालेका उम्मेदवार थानेश्वर पौडेलले ५ सय ५४ मत पाएको र पौडेलको १ सय ९ बदर मतलाई सदर गरेको दाबी पनि गरेका छन् । निर्वाचन अधिकृतले माओवादी केन्द्रले ५ सय ६९, एमालेले ६ सय ६३ र कांग्रेसले ३ सय ४५ मत पाएको घोषणा गरेका थिए ।

सदरलाई बदर घोषणा गरेको आरोप

माओवादी केन्द्रबाट सिद्धार्थ नगरपालिका वडा नम्बर २ का अध्यक्षका उम्मेदवार सुनीलकुमार पुनले पनि पुनः मतगणनाको माग गर्दै अदालतमा मुद्दा दर्ता गरेका छन् । उनले चुनाव चिह्न सूर्यमा परेको २६ बदर मतलाई सदर गरिएको तर हँसिया हथौडामा परेको ३५ सदर मतलाई बदर गरिएको दाबी गरेका छन् ।

नवलपरासीको सुनवल नगरपालिका वडा नम्बर २ का कांग्रेसबाट अध्यक्षमा उम्मेदवारी दिएका ज्ञानचन्द्र यादव, कपिलवस्तु महाराजगन्ज नपा वडा नम्बर ९ मा एमालेबाट अध्यक्षमा उम्मेदवारी दिएका फरिद अहमद मुसलमान, रुपन्देही सिद्धार्थनगर नगरपालिका वडा नम्बर ४ मा मालेबाट उम्मेदवारी दिएका मिलन बस्नेत र गुल्मी मदाने गाउँपालिका वडा नम्बर ६ का कांग्रेसबाट वडाध्यक्षमा उम्मेदवारी दिएका मनिराम थापाले पनि पुनः मतगणनाको माग गर्दै मुद्दा दर्ता गरेका छन् ।

सुनवल नपा–२ का कांग्रेस उम्मेदवार यादवले सो वडामा जम्मा १ हजार ६ सय २१ मत खसेको बताए । त्यसमध्ये यादवले ६ सय ८२ मत र विपक्षी एमालेका उम्मेदवार राजेन्द्र यादवले ६ सय ८९ मत पाएको देखाइएको थियो । यादवले विपक्षीको बदर मतलाई सदर र आफ्नो सदर मत पनि बदर देखाएको दाबी गरेका छन् । सो वडामा निर्वाचन अधिकृतले १ हजार ५ सय ४४ सदर र ७७ बदर मत देखाएको यादवले उल्लेख गरेका छन् ।

पुनः मतगणनाको माग सुनुवाइ नभएको गुनासो

सिद्धार्थनगर नपा–४ मा मालेबाट उम्मेदवारी दिएका मिलन बस्नेतले सिलबन्दी नहँुदै पुनः मतगणनाको माग गर्दा सुनुवाइ नभएको आरोप लगाएका छन् । आफूले ३ सय ७९, संघीय समाजवादी फोरमका उम्मेदवार मुक्तिनाथ यादवले ३ सय ९७ मत पाएको देखाए पनि आफूले पाएको ५० सदर मतलाई बदर घोषणा गरिएको र मुक्तिनाथको २५ बदर मतलाई सदर गरेको दाबी उनले गरेका छन् । सो वडामा जम्मा २ हजार ३९ मत खसेकोमा ३ सय १३ बदर घोषणा गरेको बस्नेतले उजुरीमा उल्लेख गरेका छन् ।

‘मत कम देखाई हराए’

गुल्मीको मदाने गाउँपालिका वडा नम्बर ६ मा कांग्रेसबाट अध्यक्षका उम्मेदवार मनिराम थापाले ६ मत कम देखाई हराइएको दाबी गरेका छन् । मतगणना गर्दा एक्कासि अर्को कोठामा लगी अनियमितता गरेको उनको आरोप छ । सबै उजुरीमा अदालतले विपक्षीलाई कारण देखाऊ आदेश जारी गरेको छ ।