गोरखामै पुनर्निर्माण सुस्त - Naya Patrika

नेपाल पत्रकार महासंघको आज सम्पन्न निर्वाचनको मतगणना सुरु भएको छ । उम्मेदवार प्रतिनिधिहरुको रोहवरमा मतपेटिका खोलिएको छ । प्रदेश केन्द्रीय सदस्यहरु र पदाधिकारी तथा सदस्यहरुको मतगणना बेग्लाबेग्लै भइरहेको छ । कूल…
पूरा पढ्नुहोस् »

उहाँ हाँ (उषाकला राई) खोटाङबाट प्रतिनिधित्व गर्नुहुन्छ भने म सिन्धुपाल्चोक । हाम्रो पहिलो भेट ०५४ सालमा भएको थियो । कुनै समय हामीले प्रजातान्त्रिक राष्ट्रिय युवा संघमा सँगै काम गरेका थियौँ…
पूरा पढ्नुहोस् »

सुत्केरी अवस्थामा नवजात शिशुको ध्यान दिनुका साथै आमाले पनि खानपानमा ध्यान पु¥याउनुपर्छ । आमा स्वस्थ भए बच्चा पनि स्वस्थ हुने भएकाले खानपानमा ध्यान दिन जरुरी छ । अरू वेलाको तुलनामा…
पूरा पढ्नुहोस् »

जलविद्युत् आयोजनाले डिपिआरमा उल्लेख भएबमोजिमको जग्गामा हदबन्दी नलाग्ने आदेश कानुन मन्त्रालयले फर्कायो जलविद्युत् आयोजनाले डिपिआरमा उल्लेख भएबमोजिमको जग्गामा हदबन्दी नलाग्नेसम्बन्धी आदेश कानुन मन्त्रालयले फर्काइदिएपछि जलविद्युत् प्रवद्र्धकहरूलाई समस्या परेको छ ।…
पूरा पढ्नुहोस् »

दक्षिण एसियाली मुलुकमा वर्षापछिको बाढी–पहिरोका कारण डेढ करोडभन्दा बढी मानिस प्रभावित भएका छन् । अगस्टमा आएको बाढीले दक्षिण एसियाका नेपाल, बंगलादेश र भारतका एक करोड ६० लाख मानिस प्रभावित भएका…
पूरा पढ्नुहोस् »

सुनसरीकाे झुम्कामा जारी प्रथम रामधुनी विद्यालय स्तरीय फुटबल प्रतियोगिताअन्तर्गत सोमबार भएका खेलमा विजयी हुँदै लर्डबुद्ध बोर्डिङ स्कुल, झुम्का र पञ्चायत मावि, प्रिपाहा सेमिफाइनलमा प्रवेश गरेका छन् । पिप्राहा खेल मैदानमा…
पूरा पढ्नुहोस् »

प्रिय बाबुराम दाइ, अस्ति भर्खर तपाईं स्वास्थ्योपचार गरी अहिले निवासमै आराम गर्दै हुनुहुन्छ भन्ने सुनेको छु । तपाईंको शीघ्र पूर्ण स्वास्थ्यलाभको कामना ! पछिल्लोपल्ट तपाईंको पार्टी परिवारमा केही खटपट चलिरहेको…
पूरा पढ्नुहोस् »

राम तामाङ राजधानीको व्यस्त र भिडमभिड क्षेत्र असन, इन्द्रचोक, ज्याठा र भोटाहिटीवरपर ठेला चलाउँछन् । उनका दिनहरू ठेलामा सामान ओसारेरै बित्छन् । परिवार पाल्ने र आफ्नो पढाइ खर्च थेग्ने उनको…
पूरा पढ्नुहोस् »

नयाँ नेतृत्व चयन गर्ने कार्यसूचीसहित नेपाल पत्रकार महांसघको अधिवेशन हिजोदेखि काठमाडौंमा सुरु भएको छ । झन्डैझन्डै नेपालको प्रजातन्त्रको जस्तै आयु भएको र सुदृढ र शक्तिशाली बन्दै गएको पत्रकारिता जगत्को नेतृत्व…
पूरा पढ्नुहोस् »

नयाँ पत्रिकाको न्युजरुममा आज उद्योग वाणिज्य महासंघकी अध्यक्ष भवानी राणासँग अन्तरक्रिया हुँदैछ । मुलुकको विकासमा निजी क्षेत्रका योगदान कति भन्ने विषयमा अन्तरक्रिया केन्द्रित हुँदैछ । अन्तरक्रिया फेसबुक लाइभ हेर्न तलको लिंकमा…
पूरा पढ्नुहोस् »

हरिराम उप्रेती, गोरखा   |   साउन ०२, २०७४

दुई वर्षअघि गएको भूकम्पको केन्द्र गोरखामा पुनर्निर्माणले गति लिन सकेको छैन । भूकम्पले भत्काएका ६० हजारभन्दा बढी घर पुनर्निर्माणमा ढिलाइ हुँदा स्थानीय अझै पनि टहरोमै बस्न बाध्य छन् । गोरखाका ६० हजार ८ सय १५ लाभग्राहीमध्ये ५४ हजार ५ सय १५ जनाले अनुदान सम्झौता गरेका छन् । त्यसमध्ये सात हजार ५९ लाभग्राहीको मात्रै दोस्रो किस्ता रकम सिफारिस भएको भवन डिभिजन कार्यालय गोरखाले जनाएको छ । तेस्रो किस्ता रकम दिन भवन डिभिजन कार्यालयले ३०८ जनाको नाम सिफारिस गरे पनि हालसम्म रकम निकासा हुन सकेको छैन । ‘तेस्रो किस्ता पनि हामीले सिफारिस गरिसक्यौँ,’ भवन डिभिजन कार्यालयकी इन्जिनियर सुनिता श्रेष्ठले भनिन्, ‘सरकारले ३०८ र गैरसरकारी संस्थाले १ सय ९० जनालाई रकम दिने भनेर सिफारिस गरेको छ ।’ इन्जिनियर श्रेष्ठका अनुसार हालसम्म ९ हजार घर निर्माण भइरहेका छन् । गोरखामा निजी अवास निर्माणका लागि करिब पौने तीन अर्ब निकासा भएको थियो । सो रकममध्ये करिब दुई अर्ब फिर्ता भएको जिल्ला समन्वय समितिका स्थानीय विकास अधिकारी नारायण आचार्यले बताए ।

अनुदान रकम कम भएको गुनासो

सरकारले दिएको तीन लाख अनुदान रकमले घर बनाउन नपुग्ने भूकम्पपीडितले गुनासो गरेका छन् । रकम अभावकै कारण घर बनाउन आँट नगरेको उनीहरूको भनाइ छ । निजी अवास निर्माणका लागि दक्ष कामदारको अभाव, पानीको अभाव र बर्खा लागेपछि निर्माण सामग्री लैजान नसकेको खोप्लाङका नवीन पोखरेलले बताए । ‘कतिपयको घर पूरै भत्किएको छैन, एक तला फालेर त्यहीँ बसेका छन्,’ राष्ट्रिय पुनः निर्माण प्राधिकरणका जिल्ला प्रमुख राजेन्द्र कार्कीले भने, ‘जसोतसो बसिएकै छ, किन ऋण गरी बनाउनुप¥यो भन्नेहरू छन् ।’ सुरुको ५० हजार लगेपछि फिर्ता गर्नुपर्दैन भन्ने मानसिकताका कारण पनि निजी आवास निर्माणमा ढिलाइ भएको उनले बताए ।

प्राविधिक अभाव

भवन डिभिजन कार्यालयका अनुसार पुनः निर्माणमा प्राविधिकको अभाव भएको छ । १ सय २६ इन्जिनियरको दरबन्दी रहेको गोरखामा ८६ जना मात्र इन्जिनियर कार्यरत छन् । यस्तै ६० सबइन्जिनियरको दरबन्दी रहेकोमा ३४ मात्र कार्यरत छन्् । ६० असिस्टेन्ट प्राविधिकको दरबन्दीमध्ये ५४ जना मात्र कार्यरत रहेको कार्यालयले जनाएको छ ।