गाई सम्झेर गोरुमा भोट ! - Naya Patrika
© 2017 Naya Prakasan Pvt. Ltd.

नवनिर्वाचित जनप्रतिनिधिले मानोमानी गर्न थालेको भन्दै रजवाराबासीले वडा कार्यालयमा तालाबन्दी गरेका छन् ।  गौमुखी गाउँपालिका–३ का वडा अध्यक्षले मनोमानी ढंगले कर्मचारी नियुक्त गरेको, संविधानले नागरिकलाई प्रदान गरेको सूचनाको हकको प्रयोगको…
पूरा पढ्नुहोस् »

बलिउड अभिनेत्री दीपिका पादुकोण र रणवीर सिंहको प्रेमकहानीबारे सबैलाई थाहै छ । उनीहरू लामो समयदेखि प्रेममा छन् । तर, यसबारे दुवैजनाले खुलेर भने कहिल्यै बोलेका छैनन् । ‘रिल’ लाइफमा दर्शकले…
पूरा पढ्नुहोस् »

दसैँले हामीहरूको घर–आँगन टेकिसकेको छ । यो वेलामा सहरबाट गाउँ जानेहरूको भिड हुन्छ । गाउँमा आफ्ना आफन्त, पाहुना आएका हुन्छन् । विभिन्न प्रकारका फलफूल, बजारमा पाइने मिठाईहरू लैजाने चलन छ…
पूरा पढ्नुहोस् »

मुलुक संघीयतामा गइसकेको परिस्थितिमा यसको कार्यान्वयनका लागि राजस्व परिचालन अत्यन्तै महत्वपूर्ण हुन्छ । त्यसमा पनि आत्मनिर्भर अर्थतन्त्र निर्माणका लागि आन्तरिक राजस्व परिचालन अझ महत्वपूर्ण हुन्छ । संघीयता कार्यान्वयन गर्दै जाँदा…
पूरा पढ्नुहोस् »

वासिंटन/अमेरिकी बमवर्षक र युद्धक विमान उत्तर कोरियाली सामुद्रिक सीमाको आकाशमा शक्ति प्रदर्शन गरिरहेका छन् । अमेरिकी क्षेत्र गुआम र जापानको ओकिनावाबाट कोरियाली आकाशमाथि ती विमान उडेका हुन् । अमेरिकी राष्ट्रपति…
पूरा पढ्नुहोस् »

आठौँ लिगलिगे दौड २०७४ को उपाधि नेपाल आर्मीका खगेन्द्र रानाभाटले जितेका छन् । चेपेघाटदेखि लिगलिगकोट सम्मको निर्धारित दुरी १ घण्टा दुइ मिनेटमा पार गर्दै डोटी घर भएका रानाभाटले उपाधि जितेका…
पूरा पढ्नुहोस् »

चीन सरकारको केन्द्रीय तथ्यांक निकाय नेसनल ब्युरो अफ स्टाटिस्टिक्सका अनुसार सन् २०१७ को पहिलो पाँचमहिने अवधिमा रोबोट उत्पादन गत वर्ष सोही अवधिको तुलनामा करिब ५० दशमलव ४ प्रतिशतले वृद्धि भएको…
पूरा पढ्नुहोस् »

प्रस्तुतिः अच्युत पुरी एसिया प्यासिफिक ट्राभल एसोसिएसन (पाटा) अन्तर्राष्ट्रियको वार्षिक कार्यक्रमअनुसार यस वर्ष पाटा ट्राभल मार्टको आयोजना गर्ने अवसर मकाउले पायो । एसिया प्यासिफिक क्षेत्रका ६० भन्दा बढी मुलुकका पर्यटनसँग…
पूरा पढ्नुहोस् »

स्थानीय तहको अन्तिम चरणको परिणाम आइरहेकै वेला दलहरू आउने मंसिरमा हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्यका लागि उम्मेदवार छनोटको गृहकार्यमा जुटेका छन् । आउने २९ असोजमा समानुपातिकतर्फका दुवै तहका उम्मेदवारको नाम…
पूरा पढ्नुहोस् »

नयाँ पत्रिकाको न्युजरुममा आज उद्योग वाणिज्य महासंघकी अध्यक्ष भवानी राणासँग अन्तरक्रिया हुँदैछ । मुलुकको विकासमा निजी क्षेत्रका योगदान कति भन्ने विषयमा अन्तरक्रिया केन्द्रित हुँदैछ । अन्तरक्रिया फेसबुक लाइभ हेर्न तलको लिंकमा…
पूरा पढ्नुहोस् »

लक्ष्मी काफ्ले, झापा   |   साउन ०२, २०७४

स्थानीय निर्वाचनमा झापाका मतदाताले उम्मेदवार नै नभएको चुनाव चिह्नमा समेत भोट हालेको पाइएको छ । मतदाताले राप्रपाको चुनाव चिह्न गाई सम्झेर गोरुमा भोट हालेपछि उम्मेदवार नै नभएको चिह्नमा समेत मत परेको हो ।

झुक्किएर गोरुमा भोट खसेपछि झापामा राप्रपाले ठूलो क्षति व्यहोरेको छ । उम्मेदवारी नै नपरेको चुनाव चिह्न गोरुमा परेको मत पनि बदर भएको छ । बिर्तामोड नगरपालिकामा मात्रै २ हजार ९० मत गोरुमा परेको राष्ट्रिय प्रजातन्त्र पार्टीले जनाएको छ । राप्रपाबाट बिर्तामोड नगरको मेयरमा उम्मेदवार बनेका भक्ति सिटौलाले ६ हजार १ सय ९१ मत पाएका थिए । उनले भने, ‘मेरो अझै भोट आउने रहेछ, मतदाता झुक्किँदा मेरो २ हजार ९० मत खेर गएछ ।’

मतपत्रको बायाँतर्फ चौथो नम्बरमा गोरु चुनाव चिह्न र दायाँतर्फ दोस्रो नम्बरमा गाई चुनाव चिह्न थियो । बायाँतर्फबाट लेख्ने बानी परेका कारण मतदाताले गोरुलाई पनि गाई नै ठानेर भोट दिएको उनको अनुमान छ ।

भद्रपुर नगरपालिकामा ३ हजार ४ सयभन्दा बढी मत गोरु चुनाव चिह्नमा परेको छ । अमतदाता झुक्किँदा धेरै मत काटिएको राप्रपाका मेयरका उम्मेदवार नवराज पनेरू ‘राजु’ले गुनासो गरे । उनले २ हजार ८ सय २२ मत प्राप्त गरेका थिए ।

गोरु तराई मधेस लोकतान्त्रिक पार्टीको चुनाव चिह्न हो । तर, यो पार्टीले स्थानीय निर्वाचनमा भाग लिएको थिएन । निर्वाचनमा सहभागी नै नभएको दलको चुनाव चिह्नलाई निर्वाचन आयोगले मतपत्रमा राखेका कारण ठूलो घाटा भएको राप्रपाका कार्यकर्ताको गुनासो छ ।

यस विषयमा जिल्ला निर्वाचन कार्यालय झापाका प्रमुख गोपाल आचार्यले केही गर्न नसक्ने बताए । ‘गाई सम्झेए गोरुमा भोट जाओस् वा गोरु सम्झिएर गाईमा, हामीले यस विषयमा के भन्नु ?’ उनले भने, ‘मतदातालाई जहाँ मत दिन मन लाग्यो त्यहाँ दिए नि !’ गाई सम्झेर गोरुमा कति भोट खस्यो भन्ने यकिन तथ्यांक नभएको उनले बताए ।