योजना बनाउन गाउँगाउँ पुग्दै जनप्रतिनिधि - Naya Patrika
© 2017 Naya Prakasan Pvt. Ltd.
अपडेट

रमेश, मधुसुधन/नयाँ पत्रिका नेपाल लोकतान्त्रिक फोरमका अध्यक्ष विजयकुमार गच्छदार १० वर्षपछि कांग्रेसमै फर्किएका छन् । सोमबार प्रधानमन्त्री निवास बालुवाटारमा आयोजित पार्टी एकीकरण कार्यक्रममा प्रधानमन्त्री एवं कांग्रेस सभापति शेरबहादुर देउवाले गच्छदारलाई कांग्रेस…
पूरा पढ्नुहोस् »

हलिउडका चर्चित निर्माता हार्वे विन्स्टेइनका एकपछि अर्को गर्दै यौनजन्य हिंसाका घटना सार्वजनिक हुने क्रम बढेको छ । न्यूयोर्क टाइम्सले निर्माता हार्वेले यौन शोषण गर्ने गरेको सार्वजनिक गरेपछि यौन उत्पीडनमा परेका…
पूरा पढ्नुहोस् »

आजभोलि धेरैमा मुटुसम्बन्धी रोग देखा पर्ने गरेको छ । चिकित्सकहरू पनि पछिल्लो समय मुटुरोगी बढेको बताउँछन् । उनीहरूका अनुसार हाम्रो दैनिक जीवनशैली र विभिन्न कारणले मुटुसम्बन्धी रोग हुने गरेको छ…
पूरा पढ्नुहोस् »

राष्ट्रपति सि जिनपिङको पाँच वर्षको शासनकालमा चीन सम्पन्न र बढी शक्तिशाली भएको छ । तर, यस प्रगतिबाट आमचिनियाँको जनजीवनमा कति प्रभाव परेको छ ? चीनको सबैभन्दा शक्तिशाली निर्णयकर्ता आगामी साता…
पूरा पढ्नुहोस् »

पहिलो अन्तर्राष्ट्रिय फुटसल प्रतियोगितामा सहभागिता जनाएको नेपाली टोली आइतबार एएफसी छनोट फुटसल च्याम्पियसिपमा उज्वेकिस्तानसँग १४–१ को भारी अन्तरले पराजित भएको छ । इरानमा सञ्चालन भइरहेको प्रतिस्पर्धामा नेपालले पहिलो अन्तर्राष्ट्रिय खेलमै…
पूरा पढ्नुहोस् »

नेपालमा सुनचाँदीलाई ‘नगदसरहको सम्पत्ति’का रूपमा लिइन्छ । पहेँलो र सेतो धातुलाई ‘सुरक्षित लगानी’का रूपमा पनि लिइने गरिएको छ । त्यसैले यसको व्यवसाय क्रमिक रूपमा बढ्दै गइरहेको छ । अझ नेपालजस्तो…
पूरा पढ्नुहोस् »

अभिनेत्री केकी अधिकारीले म्युजिक भिडियो निर्देशक विशाल भण्डारीलाई निर्देशक लिएर फिल्म निर्माण गर्न लागेकी छिन् । त्यसो त उनी ‘लभ साशा’ फिल्मकी सहनिर्माता पनि हुन् । लभ साशाले व्यावसायिक सफलता…
पूरा पढ्नुहोस् »

राजनीतिक दलहरूको निर्णय प्रक्रिया, त्यसमा कार्यकर्ताको सहभागिता, व्यवस्थापनलगायत पक्षबाट हेर्‍यो भने नेपाली लोकतन्त्र परिपक्व हुन अझै केही दशक लाग्ने देखिन्छ । आइतबार निर्वाचन आयोगमा समानुपातिकतर्फबाट प्रतिनिधिसभामा उम्मेदवार बन्न चाहनेहरूको सूची…
पूरा पढ्नुहोस् »

नयाँ पत्रिकाको न्युजरुममा आज उद्योग वाणिज्य महासंघकी अध्यक्ष भवानी राणासँग अन्तरक्रिया हुँदैछ । मुलुकको विकासमा निजी क्षेत्रका योगदान कति भन्ने विषयमा अन्तरक्रिया केन्द्रित हुँदैछ । अन्तरक्रिया फेसबुक लाइभ हेर्न तलको लिंकमा…
पूरा पढ्नुहोस् »

हेमन्त केसी, जाजरकोट   |   साउन ०२, २०७४

निर्वाचनका वेला प्रतिबद्धता जनाएका योजना छनोट गर्न त्रिवेणी नलगाड नपाका मेयर गाउँगाउँमा पुगेका छन् । बस्तीस्तरबाट सर्वसाधारणलाई चाहिएको ठोस योजना बनाउन मेयर टेकबहादुर रावल गाउँगाउँमा पुगेका हुन् ।

साविकका ४ गाविसलाई मिलाएर त्रिवेणी नलगाड नगरपालिका बनाइएको थियो । योजना दोहोरिन नदिन र काम नगरी खाने प्रवृत्ति रोक्ने उद्देश्यले मेयर रावल आफैँ गाउँगाउँ पुगेका हुन् । विगतका योजना कडाइसाथ अनुगमन नहुँदा एउटै योजनामा पटक–पटक रकम गएको रावलले बताए । उनले अब बन्ने योजनाबाट सर्वसाधारणले कसरी फाइदा लिन सक्छन् भनेर स्थानीयसँग सल्लाह लिइरहेका छन् । जिल्लाका सबै नपा र गापामा परिषद् सम्पन्न भए पनि त्रिवेणी नलगाड नगरपालिका भने योजना छानोटकै चरणमा छ । सोही कारण नगरपरिषद् आगामी ७ साउनलाई तोकिएको छ । वडाध्यक्षलाई साथमा लिएर मेयर नै गाउँगाउँमा पुग्दा स्थानीयले अनौठो मानिरहेका छन् ।

योजना बनाउँदा अपनाउनुपर्ने विधि, प्रक्रिया र चरणका विषयमा सबै जनता र जनप्रतिनिधिलाई बुझाउन २ साउनदेखि विज्ञ बोलाएर प्रशिक्षण दिन लागेको मेयर रावलले बताए । आजसम्म नेताले टिपाएकै भरमा योजना बनाउँदै आएकोमा त्यसलाई निरुत्साहित गर्न योजना जनताकै बीचबाट आउनुपर्ने उनको भनाइ छ । नगरपालिकामा इन्टरनेट विस्तारका लागि र सूचनाको प्रभावकारी विस्तारका लागि सञ्चार मन्त्रालयलाई पत्राचार भइसकेको उनले बताए । नलगाड जलविद्युत् आयोजना (४१० मेघावाट) र तासुँगाड जलविद्युत् आयोजना (४ मेघावाट) यही नपाभित्र पर्छन् ।

नगर क्षेत्रमा दैनिक सरसफाइ अभियान

बजार क्षेत्र फोहोर भएको स्थानीयले गुनासो गरेपछि त्रिवेणी नलगाड नपाले दैनिक सरसफाइ अभियान थालेको छ । मेयर टेकबहादुर रावलको नेतृत्वमा हरेक बिहान नगरपालिकाको दल्ली, कालिमाटी, बगारालगायत बजारमा सरसफाइ हुँदै आएको छ ।

जथाभावी फोहोर फाल्नेलाई पहिलोपटक सम्झाउने, दोस्रोपटक पनि नमानेमा जरिवाना गर्ने काम भइरहेको मेयर रावलले बताए । ‘समृद्धि र विकास खोज्न बाहिर जानु पर्दैन, आफैँबाट सुरु गर्नुपर्छ’ भन्ने नारासहित नगरपालिकाले अभियन थालेको नगरपालिकाका कार्यकारी प्रमुख सुरेन्द्र सिंहले बताए । मेयर र कर्मचारी कुची समातेर सडक, बजारमा सरसफाइमा दैनिक व्यस्त देख्दा स्थानीय पनि स्वतस्फुर्त अभियानमा सहभागी हुने गरेका छन् । अहिले बजारमा प्लास्टिक र अन्य फोहोर फ्याक्ने क्रम बन्द भएको कार्यकारी प्रमुख सिंहले बताए । ‘हाम्रो नपाबाट अरूले पनि सिकून् भन्ने चाहन्छौँ,’ सिंहले भने । यस्तै भेरी नगरपालिकाले वातावरण हराभरा बनाउन अभियान थाल्ने भएको छ ।

डोल्पाका दुई स्थानीय तहको बजेट ३८ करोड

दुनै/डोल्पाका दुई स्थानीय तहले ३८ करोडबराबरको बजेट प्रस्तुत गरेका छन् । ठुलीभेरी नगरपालिका र काइके गाउँपालिकाले शुक्रबार सम्पन्न सभाबाट ३८ करोडबराबरको बजेट प्रस्तुत गरेका हुन् ।

शुक्रबार सदरमुकाम दुनैमा आयोजित ठुलीभेरी नगरपालिकाको नगरसभाले २३ करोड ७२ लाख ९० हजार बजेट पारित गरेको छ । जसमा चालू खर्च ३ करोड ७५ लाख तथा पुँजीगत खर्च १९ करोड १७ लाख ९० हजार रहेको कार्यकारी अधिकृत गोविन्द सुनारले जानकारी दिनुभयो ।

शुक्रबार नै सुरु भएको काइके गाउँपालिकाको अधिवेशनले पनि साढे १४ करोडबराबरको बजेट प्रस्तुत गरेको छ, जसमा चालू खर्चतर्फ २ करोड ५० लाख, पुँजीगत खर्चतर्फ ९ करोड २२ लाख ५८ हजार तथा अनुदान रकम २ करोड ७३ लाख ७२ हजार गरेर जम्मा १४ करोड ४६ लाख ३० हजार ८ सय ४९ रुपैयाँको बजेट प्रस्तुत गरिएको अधिकृत कमलराज उपाध्यायले जानकारी दिए ।
दुवै स्थानीय तहले बजेटको अधिकांश हिस्सा गाउँगाउँमा मोटरबाटो निर्माण र साना जलविद्युत् आयोजना निर्माणमा छुट्याएका छन् । बाँकी बजेट विभिन्न वडाको मागअनुसारका क्षेत्रमा विनियोजन गरिएको जनप्रतिनिधिले बताए ।

ठुलीभेरी नगरपालिकाको हावापानीअनुसार कृषिजन्य उत्पादनअन्तर्गत फलफुल खेती, व्यावसायिक पशुपालन तथा घरेलु उद्योगधन्दा सञ्चालनमा सहयोग पुग्ने किसिमका योजना छनोट गरिएको ठुलीभेरी नगरपालिकाका उपमेयर योगेन्द्रबहादुर शाहीले बताए ।
यस्ता कार्यक्रमले ग्रामीण क्षेत्रका जनताको गरिबी निवारणमा टेवा पुग्ने उनको भनाइ छ । गाउ“गाउ“मा मोटरबाटो निर्माण, दुई दिनमा २० घन्टा हुने लोडसेडिङ अन्त्य गर्न साना जलविद्युत् व्यवस्थापन, हवाई उडानलाई व्यवस्थित, सञ्चार सुविधा घरघरमा विस्तारलगायत २७ वटा नीति तथा कार्यक्रम तय गरिएको उपमेयर शाहीले जानकारी दिए ।

दुईवटै स्थानीय तहले शिक्षा, स्वास्थ्य, पर्यटनलगायत क्षेत्रलाई पनि उचित सम्बोधन गरिएको जनप्रतिनिधिले बताए । स्थानीयस्तरमै ठूलो रकममा बजेट विनियोजन गर्न पाउ“दा दुईवटै स्थानीय तहका जनप्रतिनिधि हर्षित भएका छन् । स्थानीय समस्यालाई प्रत्यक्ष रूपमा पहिचान गरी आवश्यकताअनुसार विनियोजन गरिएको बजेटले पक्कै पनि गाउ“गाउ“मा विकासका मूल पmुट्ने जनप्रतिनिधिले विश्वास व्यक्त गरे ।