त्रिवि शिक्षण अस्पतालले ६ महिनामा कलेजो प्रत्यारोपण गर्ने - Naya Patrika

नेपाल पत्रकार महासंघको आज सम्पन्न निर्वाचनको मतगणना सुरु भएको छ । उम्मेदवार प्रतिनिधिहरुको रोहवरमा मतपेटिका खोलिएको छ । प्रदेश केन्द्रीय सदस्यहरु र पदाधिकारी तथा सदस्यहरुको मतगणना बेग्लाबेग्लै भइरहेको छ । कूल…
पूरा पढ्नुहोस् »

उहाँ हाँ (उषाकला राई) खोटाङबाट प्रतिनिधित्व गर्नुहुन्छ भने म सिन्धुपाल्चोक । हाम्रो पहिलो भेट ०५४ सालमा भएको थियो । कुनै समय हामीले प्रजातान्त्रिक राष्ट्रिय युवा संघमा सँगै काम गरेका थियौँ…
पूरा पढ्नुहोस् »

सुत्केरी अवस्थामा नवजात शिशुको ध्यान दिनुका साथै आमाले पनि खानपानमा ध्यान पु¥याउनुपर्छ । आमा स्वस्थ भए बच्चा पनि स्वस्थ हुने भएकाले खानपानमा ध्यान दिन जरुरी छ । अरू वेलाको तुलनामा…
पूरा पढ्नुहोस् »

जलविद्युत् आयोजनाले डिपिआरमा उल्लेख भएबमोजिमको जग्गामा हदबन्दी नलाग्ने आदेश कानुन मन्त्रालयले फर्कायो जलविद्युत् आयोजनाले डिपिआरमा उल्लेख भएबमोजिमको जग्गामा हदबन्दी नलाग्नेसम्बन्धी आदेश कानुन मन्त्रालयले फर्काइदिएपछि जलविद्युत् प्रवद्र्धकहरूलाई समस्या परेको छ ।…
पूरा पढ्नुहोस् »

दक्षिण एसियाली मुलुकमा वर्षापछिको बाढी–पहिरोका कारण डेढ करोडभन्दा बढी मानिस प्रभावित भएका छन् । अगस्टमा आएको बाढीले दक्षिण एसियाका नेपाल, बंगलादेश र भारतका एक करोड ६० लाख मानिस प्रभावित भएका…
पूरा पढ्नुहोस् »

सुनसरीकाे झुम्कामा जारी प्रथम रामधुनी विद्यालय स्तरीय फुटबल प्रतियोगिताअन्तर्गत सोमबार भएका खेलमा विजयी हुँदै लर्डबुद्ध बोर्डिङ स्कुल, झुम्का र पञ्चायत मावि, प्रिपाहा सेमिफाइनलमा प्रवेश गरेका छन् । पिप्राहा खेल मैदानमा…
पूरा पढ्नुहोस् »

प्रिय बाबुराम दाइ, अस्ति भर्खर तपाईं स्वास्थ्योपचार गरी अहिले निवासमै आराम गर्दै हुनुहुन्छ भन्ने सुनेको छु । तपाईंको शीघ्र पूर्ण स्वास्थ्यलाभको कामना ! पछिल्लोपल्ट तपाईंको पार्टी परिवारमा केही खटपट चलिरहेको…
पूरा पढ्नुहोस् »

राम तामाङ राजधानीको व्यस्त र भिडमभिड क्षेत्र असन, इन्द्रचोक, ज्याठा र भोटाहिटीवरपर ठेला चलाउँछन् । उनका दिनहरू ठेलामा सामान ओसारेरै बित्छन् । परिवार पाल्ने र आफ्नो पढाइ खर्च थेग्ने उनको…
पूरा पढ्नुहोस् »

नयाँ नेतृत्व चयन गर्ने कार्यसूचीसहित नेपाल पत्रकार महांसघको अधिवेशन हिजोदेखि काठमाडौंमा सुरु भएको छ । झन्डैझन्डै नेपालको प्रजातन्त्रको जस्तै आयु भएको र सुदृढ र शक्तिशाली बन्दै गएको पत्रकारिता जगत्को नेतृत्व…
पूरा पढ्नुहोस् »

नयाँ पत्रिकाको न्युजरुममा आज उद्योग वाणिज्य महासंघकी अध्यक्ष भवानी राणासँग अन्तरक्रिया हुँदैछ । मुलुकको विकासमा निजी क्षेत्रका योगदान कति भन्ने विषयमा अन्तरक्रिया केन्द्रित हुँदैछ । अन्तरक्रिया फेसबुक लाइभ हेर्न तलको लिंकमा…
पूरा पढ्नुहोस् »

अर्जुन अधिकारी, काठमाडौं   |   साउन ०२, २०७४

भारतमा भन्दा सस्तोमा प्रत्यारोपण हुने अस्पतालको दाबी

त्रिवि शिक्षण अस्पताल महाराजगन्जमा चालू आर्थिक वर्षबाट कलेजो प्रत्यारोपण सेवा सुरु हुने भएको छ । अस्पतालको ३५ औँ वार्षिकोत्सवको अवसरमा आयोजित कार्यक्रममा कार्यकारी निर्देशक प्रा.डा. दीपक महराले यसै वर्षबाट कलेजो प्रत्यारोपण सेवा सुरु गर्ने जानकारी दिए । यसअघि मानव अंग प्रत्यारोपण केन्द्रमा दुईपटक सफल कलेजो प्रत्यारोपण भइसकेको छ ।

सबै तयारी भएको उल्लेख गर्दै महराले डा. रामेश सिंह भण्डारी नेतृत्वको टोलीले कलेजो प्रत्यारोपण गर्ने स्पष्ट पारे । अस्पतालले पहिलोपटक कलेजो प्रत्यारोपण गर्न लागेको हो । ‘कलेजो प्रत्यारोपण गर्न हामीसँग कर्मचारी सक्षम छन् । एक सातामा एउटा कलेजो प्रत्यारोपण गरेर अघि बढ्ने लक्ष्य छ,’ महराले भने, ‘प्रत्यारोपणका लागि सुरुमा अस्ट्रेलियन चिकित्सकहरूको सहयोग लिनेछौँ । त्यसपछि हामी आफँै गर्नेछौँ ।’

सरकारको ११ करोड सहयोग

कलेजो प्रत्यारोपणका लागि आवश्यक उपकरण खरिद गर्न सरकारले अस्पताललाई ११ करोड दिएको महराले बताए । उनले थपे, ‘६ महिनाभित्र कलेजो प्रत्यारोपण गर्ने तयारी गरेका हौँ । यसका लागि सामान्य उपकरणबाहेक सबै तयारी पूरा भएको छ ।’ प्रत्यारोपण तालिम लिन चिकित्सकको टोली विदेश गएको छ । ‘हामी भारतमा भन्दा सस्तोमा प्रत्यारोपण गर्नेछौँ’ महराले भने, ‘भारतमा कलेजो प्रत्यारोपण गर्दा ६० देखि ७० लाख रुपैयाँ तिर्नुपर्छ । हामी १५ देखि २० लाख रुपैयाँमा प्रत्यारोपण गर्छौँ ।’

गुणस्तरीय चिकित्सक नेपालमै : अर्थमन्त्री

अर्थमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले नेपालमै गुणस्तरीय स्वास्थ्य सेवा रहेको बताए । उनले त्रिवि शिक्षण अस्पतालले आम नागरिक र बिरामीलाई पुर्‍याएको योगदानको उच्च मूल्यांकनसमेत गरे । ‘नेपालमै दक्ष र गुणस्तरीय चिकित्सक छन्,’ उनले भने । उनले अस्पतालको विकास र विस्तारमा सरकार सदैव सँगै रहेको पनि बताए ।