माओवादी केन्द्र प्रदेश–२ को निर्वाचन रणनीति : नेतृत्वसहित नेताकार्यकर्तालाई मधेसमा खटाउने - Naya Patrika
© 2017 Naya Prakasan Pvt. Ltd.

भारतसँगको सन्धि–सम्झौता पुनरावलोकन गर्न प्रधानमन्त्रीलाई सुझाब – प्रधानमन्त्री शेरबहादुर देउवाको आसन्न भारत भ्रमणमा राष्ट्रहितविपरीत सन्धि–सम्झौता हुनसक्ने भन्दै सांसदहरूले खबरदारी गरेका छन् । संसद्को उद्योग वाणिज्य तथा उपभोक्ता हित संरक्षण समितिले…
पूरा पढ्नुहोस् »

संविधान संशोधन र आसन्न निर्वाचनका विषयमा प्रधानमन्त्री शेरबहादुर देउवाको आह्वानमा पटकपटक वार्ता र छलफल भयो । पहिला कांग्रेस, एमाले र माओवादीबीच लामो छलफल भयो भने तत्पश्चात प्रमूख दलका नेताहरुसहित राजपा…
पूरा पढ्नुहोस् »

अभिनेत्री सन्नी लियोनका फ्यान भारतमा निकै छन् । अभिनेत्रीका साथै आइटम गर्लका रूपमा पनि पहिचान बनाएकी सन्नी जहाँ जान्छिन्, त्यहाँ उनलाई हेर्न दर्शकहरूको भिड लाग्ने गर्छ । सन्नी हालै एउटा…
पूरा पढ्नुहोस् »

सरकारले प्राथमिक स्वास्थ्य केन्द्रका लागि आवश्यक पर्ने उपकरण वितरण सुरु गरेको छ । देशभर रहेका १५ वेड क्षमताका १ सय २० प्राथमिक स्वास्थ्य केन्द्रमा चिकित्सकलाई उपचारमा आवश्यक पर्ने उपकरण वितरण…
पूरा पढ्नुहोस् »

विदेशबाट फर्किएका जिल्लाका युवाले १७ करोड लगानीमा कृषि व्यवसाय सुरु गरेका छन् । देशका विभिन्न जिल्लाका युवा एक–आपसमा मिली लमजुङमा कृषि व्यवसाय सुरु गरेका हुन् । देश–विदेशमा रही कृषि क्षेत्रमा…
पूरा पढ्नुहोस् »

  लस याम्र्बसमा भ्यानले सर्वसाधारणलाई आक्रमण गर्न थालेपछि मानिस नजिकैका क्याफे तथा पसलभित्र लुकेर ज्यान जोगाएका थिए । नायिका लैला रौउअसले आक्रमणबाट बच्न एउटा रेस्टुरेन्टको फ्रिजभित्र लुक्नुपरेको बताएकी छिन् ।…
पूरा पढ्नुहोस् »

प्रथम रामधुनी विद्यालय स्तरीय फुटबल प्रतियोगिता शुक्रबारदेखि सुरु भएको छ । प्रतियोगिताको उद्घाटन खेलमा पञ्चायत मावि, प्रिपाहाले नभदीप बोर्डिङ स्कुल, बक्लौरीलाई ३–० ले पराजित गरेको छ । पञ्चायत माविका लागि…
पूरा पढ्नुहोस् »

पृष्ठभूमि बुद्धशासनको विस्तारका लागि जम्बुुद्वीपभित्रका विभिन्न राजाले बुद्धलाई यथेष्ट सघाएका थिए । बुद्ध परिनिर्वाणको तीन सय वर्ष बितिसक्दासम्म पनि उनको शासनलाई सघाउने राजा प्रशस्त मात्रामा देख्नमा आएका थिए । यसबीच…
पूरा पढ्नुहोस् »

मनीषा कोइराला अर्थात् विरोधाभाषपूर्ण जीवनकी पात्र । कोइराला परिवार नेपालको राजनीतिक खानदान हो, तर त्यही खानदानकी छोरी मनीषाले आफ्नो जीवन राजनीतिमा होइन, फिल्ममा उतारिन् । सामन्यतया चेलीहरूलाई सानो हुँदा माइतीमा…
पूरा पढ्नुहोस् »

यसपालि नेपालको तराईका कैलालीदेखि झापासम्मका जिल्ला एकैपटक बाढी र डुबानको चपेटामा परे । यस्तो कमै हुन्थ्यो । पूर्वी नेपालमा पानी पर्दा पश्चिमतिर पर्दैनथ्यो । मध्य भागमा बाढी आउँदा पूर्व र…
पूरा पढ्नुहोस् »

नयाँ पत्रिकाको न्युजरुममा आज उद्योग वाणिज्य महासंघकी अध्यक्ष भवानी राणासँग अन्तरक्रिया हुँदैछ । मुलुकको विकासमा निजी क्षेत्रका योगदान कति भन्ने विषयमा अन्तरक्रिया केन्द्रित हुँदैछ । अन्तरक्रिया फेसबुक लाइभ हेर्न तलको लिंकमा…
पूरा पढ्नुहोस् »

वीरेन्द्र ओली, काठमाडौं   |   साउन ०२, २०७४

२ असोजमा हुने स्थानीय तहको निर्वाचनका लागि माओवादी केन्द्रले तयारी थालेको छ । तेस्रो चरणको निर्वाचन रणनीति बनाउन माओेवादीले २ साउनमा केन्द्र्रीय सचिवालय बैठक बोलाएको छ । बैठकमा पहिलो र दोस्रो चरणको निर्वाचन समीक्षा, आगामी निर्वाचन रणनीति र सांगाठनिक संरचनाका विषयमा छलफल गर्ने प्रवक्ता पम्फा भुसालले जानकारी दिइन् । ‘केन्द्रीय सचिवालय बैठकको तयारीमा छौँ,’ उनले भनिन्, ‘बैठकपछि मात्र उम्मेदवारी छनोटलगायत निर्वाचनका गतिविधि बढाउँछौँ ।’

प्रशिक्षण चलाइने

माओवादीले सबै शक्ति प्रदेश–२ मा लगाउने तयारी गरेको छ । बैठकपछि मधेसको मत आफ्नो पक्षमा पार्न नेतृत्वसहित नेता तथा कार्यकर्ता मधेसमा खटिने प्रदेश–२ का इन्चार्ज मात्रिका यादवले जानकारी दिए । उनका अनुसार साउन दोस्रो सातादेखि मधेसमा प्रशिक्षण चलाइनेछ । निर्वाचन प्रचारप्रसारलाई तीव्र पारिने नेता मणि थापाले बताए ।

परिवर्तन र मधेसका मुद्दामा सबैभन्दा धेरै माओवादीले भूमिका खेलेकाले त्यसको स्वामित्व लिने गरी प्रचार गर्ने थापाले जनाए । विगतमा भएका कमीकम्जोरीलाई सुधार गर्ने, सामाजिक सम्बन्ध भएकालाई उम्मेदवार बनाउने माओवादीको योजना छ । ‘पार्टीमा योगदान गरेका, परिवर्तनका लागि लडेका र समाजमा राम्रो छवि भएकालाई उच्च प्राथमिकता दिएर उम्मेदवार छान्नेछौँ’ उनले भने, ‘सबै शक्ति लगाएमा तेस्रो चरणमा पहिलो वा दोस्रो शक्ति बन्ने अपेक्षा छ ।’

जित्ने आधार

माओवादीले मधेसमा जित्ने आधार धेरै बलियो रहेको भुसालले बताइन् । पार्टी एकतापछि माओवादी अरू पार्टीभन्दा बलियो भएकाले निर्वाचनमा राम्रो परिणाम आउने उनको अपेक्षा छ । मधेसका हरेक मुद्दामा माओवादीको सद्भाव भएकाले मधेसी जनता आफ्नो पक्षमा आउने यादवले बताए । ‘संविधान संशोधन गर्न माओवादीले कांग्रेस–एमालेभन्दा धेरै भूमिका खेलेको छ,’ यादवले भने, ‘हामी अहिले पनि संशोधन प्रस्ताव पास गराउन लागिपरेका छौँ ।’