प्रधानमन्त्रीलाई निर्वाचन आयोगले भन्यो-क्षेत्र निर्धारण आयोग चाँडाे गठन गरी प्रतिवेदन दिनूँ - Naya Patrika

देउवा र पौडेल पक्षबीच भागबन्डा नमिल्दा मंगलबार ५ बजेका लागि तय भएको शपथ स्थगित सत्तारुढ कांग्रेसभित्रै भागबन्डा नमिल्दा मंगलबार तय भइसकेको मन्त्रिपरिषद् विस्तार रोकिएको छ । प्रधानमन्त्री एवं कांग्रेस सभापति…
पूरा पढ्नुहोस् »

अमेरिकाको हिमाल आरोहणका क्रममा गत असार २ गते मृत्युवरण गरेका कीर्तिमानी आरोही तथा अल्ट्रा धावक सञ्जय पण्डितको शव ४० दिनपछि सोमबार राती नेपाल आइपुगेको छ । उनको पार्थिव शरीर श्रद्धाञ्जलि…
पूरा पढ्नुहोस् »

यस्ता कयौँ सेलेब्रिटी छन्, जसले आफ्नो बच्चाको पहिलो फोटो बेचेर करोडौँ कमाएका छन् । हलिउडमा यो ट्रेन्ड व्यापक छ । चर्चित गायिका तथा अभिनेत्री जेनिफर लोपेजदेखि जेसिका एल्बासम्मले आफ्ना सन्तानको…
पूरा पढ्नुहोस् »

जब गर्मी लाग्छ, घरभित्र लामखुट्टे भुनभुनाउन थाल्छन् । गर्मी बढ्दै जाँदा लामखुट्टेका हुल बढ्दै जान्छन्, कोठाभित्र । लामखुट्टेविरुद्ध झुल प्रयोग गर्नु नै उत्तम उपाय हो । तर, सुत्ने वेलाबाहेक अरू…
पूरा पढ्नुहोस् »

रोजगार आवेदन फाराम भर्न वाणिज्य बैंक खाता अनिवार्य – आठौँ कोरियन भाषा (इपिएस–टपिक) परीक्षामा १२ हजार १ सय ८ जना परीक्षार्थी उत्तीर्ण भएका छन् । वैदेशिक रोजगार विभाग, इपिएस कोरिया…
पूरा पढ्नुहोस् »

लोकसभाकी सभामुख सुमित्रा महाजनले सोमबार कंगे्रसका ६ सांसदलाई ५ दिनका लागि निलम्बित गरेकी छिन् । बोफोर्स मुद्दासम्बन्धी छलफल हुँदा सभामुख महाजनमाथि कागज फ्याँकेपछि कंग्रेसका गौरव गोगाई, के सुरेश, रञ्जन चौधरी,…
पूरा पढ्नुहोस् »

  न्यूजील्याण्डमा अर्को वर्ष आयोजना हुने आइसीसी यु–१९ को विश्वकप खेल्ने नेपालको सपना चकनाचुर भएको छ । सिंगापुरको इन्डियन क्रिकेट क्लबमा आज भएको अफगानिस्तानविरुद्धको खेलमा ९६ रनको भारी अन्तरले पराजय…
पूरा पढ्नुहोस् »

सन् १९७५ मा रिलिज भएको थियो, हिन्दी फिल्म ‘सोले’ । अमजद खान सोलेमा मुख्य भूमिकामा थिए । फिल्ममा ‘गब्बर सिंह’ बनेका थिए, उनी । गब्बर सिंहको क्यारेक्टरले बलिउडमा एक्सन फिल्मको…
पूरा पढ्नुहोस् »

धेरै लेखिएका, बोलिएका र विरोध गरिएका तर निरन्तर राज्यको तिरस्कारमा परेका अनेक विषय छन् । यस्ता विषय पनि मौसमी हुन्छन् । सूचना र विश्लेषणका अनेक उपायद्वारा जनतालाई सचेत बनाउने र…
पूरा पढ्नुहोस् »

नयाँ पत्रिकाको न्युजरुममा आज उद्योग वाणिज्य महासंघकी अध्यक्ष भवानी राणासँग अन्तरक्रिया हुँदैछ । मुलुकको विकासमा निजी क्षेत्रका योगदान कति भन्ने विषयमा अन्तरक्रिया केन्द्रित हुँदैछ । अन्तरक्रिया फेसबुक लाइभ हेर्न तलको लिंकमा…
पूरा पढ्नुहोस् »

नयाँ पत्रिका, काठमाडौँ   |   साउन ०१, २०७४

प्रधानमन्त्री शेरबहादुर देउवा र निर्वाचन आयोगका प्रमुख निर्वाचन आयुक्त डा.अयोधीप्रसाद यादवसहितको टोलीबीच भेटवार्ता भएको छ । प्रधानमन्त्रीको कार्यालय सिंहदरबारमा आइतबार भएको भेटवार्तामा आगामी प्रदेश सभा तथा प्रतिनिधि सभा सदस्यको निर्वाचनको लागि आवश्यक पर्ने कानून निर्माणको अवस्था, निर्वाचन क्षेत्र निर्धारण आयोगको गठन र सो आयोगलाई आवश्यक समयावधि बारे छलफल भएको थियो ।

सो अवसरमा निर्वाचन आयोगका प्रमुख आयुक्त डा. यादबले संविधानले व्यवस्था गरेअनुसार २०७४ साल माघ ७ गतेभित्रै प्रदेश सभा तथा प्रतिनिधि सभाको निर्वाचन गर्नु अत्यावश्यक रहेको र सोको लागि आवश्यक पर्ने निर्वाचन सम्बन्धी कानून र प्रदेश सभा तथा प्रतिनिधि सभा सदस्यको निर्वाचनको लागि निर्वाचन क्षेत्र निर्धारण आयोग अविलम्व गठन गर्न माग गरेको छ ।

प्रधानमन्त्री देउवासमक्ष अायाेगका पदाधिकारीले निर्वाचन क्षेत्र निर्धारण आयोगले जारी गर्ने प्रतिवेदन छिटो आयोगमा प्राप्त हुनुपर्ने र निर्वाचन आयोगले तयार गरेको निर्वाचन कार्यतालिका अनुसार कार्य गर्नुपर्ने आवश्यकता रहेको बताएका थिए । प्रधानमन्त्री देउवाले आयोगका पदाधिकारीहरुलाई निर्वाचन सम्बन्धी ऐनहरू पारित गरिने र निर्वाचन क्षेत्र निर्धारण आयोगको गठन गरी निर्वाचन आयोगलाई प्रतिवेदन उपलब्ध गराउने प्रतिवद्धता व्यक्त गरेको निर्वाचन आयोगले जानकारी दिएको छ ।

भेटमा गृह मन्त्री जनार्दन शर्मा प्रभाकर, मुख्य सचिव राजेन्द्र किशोर क्षेत्री, गृह सचिव लोकदर्शन रेग्मी तथा प्रधानमन्त्री कार्यालयका सचिवहरूको र आयोगका आयुक्तहरूमा इला शर्मा, नरेन्द्र दाहाल, इश्वरी प्रयाद पौड्याल र सुधीर कुमार शाह तथा आयोगका का.मु. सचिव महेश्वर न्यौपानेकाे समभागिता थियाे ।