एक सातापछि मुसिकोट र चौरजहारीको बजेट - Naya Patrika
© 2017 Naya Prakasan Pvt. Ltd.

राजेश हमाल, अभिनेता प्रायः दसैँमा म देशबाहिर नै हुन्छु । दिदीबहिनी अमेरिकामा भएकाले यसपालि पनि उतै जाने योजना बनाएको छु । टीकाको दिन मेरो आमाको श्राद्ध पर्छ । त्यसैले म…
पूरा पढ्नुहोस् »

मेष स्वास्थ्य: खानपानका कारण केही पेटको समस्याले सताउनेछ । शरीरमा आलस्यताले सताउला । पिरो एवं चिल्लो पदार्थ खानपानमा कम गरे उपयोगी रहला । रोजगारी: बाधा अड्चनका बीच वैदेशिक रोजगारीका काम…
पूरा पढ्नुहोस् »

काठमाडौं उपत्यकामा दसैँका लागि खसी, बोका र च्याङ्ग्रा आयात तिब्र भएको छ । व्यवसायीले कलंकीमा खसी बजार नै संचालन गरेका छन् । त्यहाँ खसी, बोका खरिद गर्ने र बिक्री गर्नेको…
पूरा पढ्नुहोस् »

लक्ष्मी काफ्ले/नयाँ पत्रिका झापामा यस सिजनको पहिलो गोल्डकप शिवसताक्षी नगरपालिकाको दुधेमा सुरु भएको छ । दूधे युथ क्लबले आयोजना गरेको पहिलो संस्करणको दुधे गोल्डकप बुधबारबाट सुरु भएको हो । विजया…
पूरा पढ्नुहोस् »

कांग्रेस सभापति शेरबहादुर देउवा प्रधानमन्त्री छन् । संसद्को सबैभन्दा ठूलो दलको सभापति भएपछि संसदीय गणित मिलाएर उनी प्रधानमन्त्री हुनु स्वाभाविक पनि हो । संसदीय या उदारवादी लोकतन्त्र पनि अरू अर्धलोकतन्त्र…
पूरा पढ्नुहोस् »

पछिल्लो अभ्युदयको वर्ष २००७ लाई मानिएको छ । त्यो वर्ष सैनिक सामन्तवादको नेतृत्व गरिरहेको राणाशाहीतन्त्र समाप्त भएको थियो । त्यसपछि २०१५ मा पहिलो आमनिर्वाचन, जनप्रतिनिधिको रूपमा सर्वसाधारणबाट प्रधानमन्त्रीको बहाल भयो…
पूरा पढ्नुहोस् »

जम्मा २९ दिन पदावधि रहेका प्रतिनिधिसभा संसद्का सदस्य जानुअघि फेरि अर्को कर्तुतमा सामेल भएका छन् । यसपटक उनीहरूले निर्वाचनलाई सीधै प्रभावित गर्ने गरी सरकारले व्यवस्था गरेको सांसद विकास कोषबाट ५०…
पूरा पढ्नुहोस् »

नयाँ पत्रिकाको न्युजरुममा आज उद्योग वाणिज्य महासंघकी अध्यक्ष भवानी राणासँग अन्तरक्रिया हुँदैछ । मुलुकको विकासमा निजी क्षेत्रका योगदान कति भन्ने विषयमा अन्तरक्रिया केन्द्रित हुँदैछ । अन्तरक्रिया फेसबुक लाइभ हेर्न तलको लिंकमा…
पूरा पढ्नुहोस् »

मनीष खड्का, रुकुम   |   साउन ०१, २०७४

रुकुमको मुसिकोट र चौरजहारी नगरपालिकाको प्रथम नगरसभाले बजेट पारित गरेको छ । बजेटसँगै नीति तथा कार्यक्रम पनि पारित भएको छ । तोकिएको समयभन्दा एक साता ढिलो गरी दुई नगरपालिकाले बजेट ल्याएका हुन् । असार २५ गते नीति तथा कार्यक्रमसहित बजेट ल्याउनुपर्ने भए पनि तयारी नपुगेका कारण ढिलाइ भएको जनप्रतिनिधिहरूले बताएका छन् ।

मुसिकोटको बजेट ३९ करोड
शनिबार सम्पन्न सभाले आर्थिक वर्ष ०७४-७५ का लागि ३९ करोड २७ लाखको विनियोजित बजेट पारित गरेको छ । ९८ लाख ५३ हजार आन्तरिक राजस्व, २३ करोड २२ लाख ५६ हजार समानीकरण अनुदान, १३ करोड ८ लाख ८५ हजार ससर्त अनुदान र एक करोड ९७ लाख ६ हजार अन्य स्रोतबाट गरी ३९ करोड २७ लाख बजेट विभिन्न शीर्षकमा विनियोजन गरिएको हो । सबैभन्दा बढी सामाजिक विकासतर्फ १४ करोड ७० लाख बजेट विनियोजन गरिएको छ । त्यसपछि, पूर्वाधार विकासतर्फ १४ करोड १६ लाख ४८ हजार, संस्थागत विकास, सेवा प्रवाह र सुशासनतर्फ ६ करोड ५६ लाख ९४ हजार, वातावरण तथा विपद् व्यवस्थापनतर्फ एक करोड ३८ लाख र आर्थिक विकासतर्फ एक करोड १७ लाख बजेट छुट्याइएको छ । मेयर देवीलाल गौतमले प्रस्तुत गरेको नीति तथा कार्यक्रम र बजेट पारित भएको हो ।

सामाजिक विकास र भौतिक पूर्वाधार प्राथमिकतामा
नगरसभाबाट सडक तथा भौतिक निर्माणअन्तर्गत सहिद स्मृति चक्रपथ निर्माणकार्यलाई यसै वर्षबाट सुरु गर्ने, नयाँ सडक निर्माण गर्नुपर्ने ठाउँलाई सूचीकृत गर्ने तथा आगामी तीन वर्षभित्र सबै टोल र बस्तीमा सडक पुर्याउने योजना पारित भएको छ ।

यस्तै, निर्माण भएका सडकलाई स्तरोन्नति गर्ने, सडकलाई बाह्रै महिना चल्ने बनाइनुका साथै हरित र वातावरणमैत्री बनाउने योजना पनि नगरपालिकाको छ । खानेपानी तथा सरसफाइतर्फ एक घर, एक धाराको कार्यक्रमलाई अभियानका रूपमा अगाडि बढाउने, लिफ्ट खानेपानी योजनामार्फत डाँडाकाँडामा रहेका बस्तीमा पानीको पहुँच पुर्याउने, पूर्ण सरसफाइयुक्त नगर बनाउने जस्ता योजना पारित भएको गौतमले बताए ।

चौरजहारीको बजेट ६० करोड
नगरसभाले आर्थिक वर्ष ०७४-७५ का लागि ६० करोड बजेट विनियोजन गरेको छ । केन्द्र र नगरपालिकाको गरी ३४ करोड ४८ लाख ३० हजार दुई सय ८६ रुपैयाँ, विभिन्न संघसंस्थाबाट तीन करोड एक लाख दुई हजार सात सय १४ रुपैयाँ, नयाँ सहरी विकास कार्यक्रमको १२ करोड ८७ लाख ९० हजार गरी ६० करोड ३७ लाख २३ हजार बजेट विनियोजन गरिएको हो ।

उक्त बजेट समानीकरण शीर्षकमा २१ करोड १३ लाख ४६ हजार, ससर्त शीर्षकमा ११ करोड ६० लाख ७३ हजार र चालूतर्फ ६ करोड छुट्याइएको छ । सडकमा चार करोड ८६ लाख, खानेपानीमा दुई करोड २८ लाख ९१ हजार, सिँचाइमा ३९ लाख, शिक्षामा दुई करोड ४६ लाख ५० हजार, विद्युत्मा एक करोड २५ लाख, कृषिमा ४० लाख, तटबन्ध निर्माणमा ५० लाख, पर्यटनमा २६ लाख र म्याचिङ फन्डमा एक करोड ५४ लाख ५१ हजार दुई सय ९० रुपैयाँ विनियोजन गरिएको मेयर विशाल शर्माले जानकारी दिए ।

योजनामा प्राथमिकता,  तर बजेट न्यून
नगरसभाले कृषिलाई विशेष प्राथमिकता दिने गरी योजना निर्माण गरेको छ । कृषि अनुसन्धान केन्द्र, कृषि सडक र कृषि प्रयोगशालाको निर्माण गर्ने योजना नगरसभाले पारित गरेको हो । तर, त्यसका लागि जम्मा ४० लाख मात्र बजेट विनियोजन गरिएको छ ।

आगामी असोजभित्र एम्बुलेन्स खरिद गर्ने, केन्द्रीय प्रसारण लाइन विस्तार गर्ने, ल्यान्डफिल साइड बनाउने, वैज्ञानिक तरिकाले कर संकलन गर्ने, कोटजहारीमा शव पोस्टमार्टमको सेवा सुविधासहितको अस्पताल निर्माण गर्ने, नगरपालिकाभित्रका सबै कच्ची सडकलाई ग्राबेल गर्ने तथा ग्राबेल भइसकेका सडकलाई पिच गर्ने, सडकआसपास वृक्षरोपण गर्ने, सार्वजनिक शौचालय निर्माण र धार्मिक क्षेत्रको संरक्षण गर्नेजस्ता नीति पारित भएको छ ।