बाग्लुुङ नपाद्वारा ६९ करोडको बजेट प्रस्तुत - Naya Patrika
© 2017 Naya Prakasan Pvt. Ltd.

राजेश हमाल, अभिनेता प्रायः दसैँमा म देशबाहिर नै हुन्छु । दिदीबहिनी अमेरिकामा भएकाले यसपालि पनि उतै जाने योजना बनाएको छु । टीकाको दिन मेरो आमाको श्राद्ध पर्छ । त्यसैले म…
पूरा पढ्नुहोस् »

मेष स्वास्थ्य: खानपानका कारण केही पेटको समस्याले सताउनेछ । शरीरमा आलस्यताले सताउला । पिरो एवं चिल्लो पदार्थ खानपानमा कम गरे उपयोगी रहला । रोजगारी: बाधा अड्चनका बीच वैदेशिक रोजगारीका काम…
पूरा पढ्नुहोस् »

काठमाडौं उपत्यकामा दसैँका लागि खसी, बोका र च्याङ्ग्रा आयात तिब्र भएको छ । व्यवसायीले कलंकीमा खसी बजार नै संचालन गरेका छन् । त्यहाँ खसी, बोका खरिद गर्ने र बिक्री गर्नेको…
पूरा पढ्नुहोस् »

लक्ष्मी काफ्ले/नयाँ पत्रिका झापामा यस सिजनको पहिलो गोल्डकप शिवसताक्षी नगरपालिकाको दुधेमा सुरु भएको छ । दूधे युथ क्लबले आयोजना गरेको पहिलो संस्करणको दुधे गोल्डकप बुधबारबाट सुरु भएको हो । विजया…
पूरा पढ्नुहोस् »

कांग्रेस सभापति शेरबहादुर देउवा प्रधानमन्त्री छन् । संसद्को सबैभन्दा ठूलो दलको सभापति भएपछि संसदीय गणित मिलाएर उनी प्रधानमन्त्री हुनु स्वाभाविक पनि हो । संसदीय या उदारवादी लोकतन्त्र पनि अरू अर्धलोकतन्त्र…
पूरा पढ्नुहोस् »

पछिल्लो अभ्युदयको वर्ष २००७ लाई मानिएको छ । त्यो वर्ष सैनिक सामन्तवादको नेतृत्व गरिरहेको राणाशाहीतन्त्र समाप्त भएको थियो । त्यसपछि २०१५ मा पहिलो आमनिर्वाचन, जनप्रतिनिधिको रूपमा सर्वसाधारणबाट प्रधानमन्त्रीको बहाल भयो…
पूरा पढ्नुहोस् »

जम्मा २९ दिन पदावधि रहेका प्रतिनिधिसभा संसद्का सदस्य जानुअघि फेरि अर्को कर्तुतमा सामेल भएका छन् । यसपटक उनीहरूले निर्वाचनलाई सीधै प्रभावित गर्ने गरी सरकारले व्यवस्था गरेको सांसद विकास कोषबाट ५०…
पूरा पढ्नुहोस् »

नयाँ पत्रिकाको न्युजरुममा आज उद्योग वाणिज्य महासंघकी अध्यक्ष भवानी राणासँग अन्तरक्रिया हुँदैछ । मुलुकको विकासमा निजी क्षेत्रका योगदान कति भन्ने विषयमा अन्तरक्रिया केन्द्रित हुँदैछ । अन्तरक्रिया फेसबुक लाइभ हेर्न तलको लिंकमा…
पूरा पढ्नुहोस् »

हरिप्रसाद शर्मा, बाग्लुुङ   |   साउन ०१, २०७४

बाग्लुङ नगरपालिकाले आर्थिक वर्ष ०७४-७५ का लागि ६९ करोड २३ लाख १७ हजार रुपैयाँको बजेट प्रस्तुत गरेको छ । पहिलो नगरसभामा उपमेयर सुरेन्द्र खड्काले अनुमानित आय–व्यय विवरण प्रस्तुत गरेका हुन् । आयतर्फ स्थानीय दस्तुर तथा सेवा शुल्कबाट दुई करोड ७७ हजार, राजस्व बाँडफाँट एक करोड ६५ लाख, केन्द्रीय अनुदान निःसर्त २५ करोड २६ लाख, वित्तीय समानीकरणतर्फ २४ करोड ८९ लाख, प्रदेश सरकारबाट प्राप्त हुने दुई करोड ५६ लाख आम्दानी हुने जनाइएको छ । सामाजिक सुरक्षा भत्ताका लागि आउने १० करोड, सौर्य बत्ती जडानका लागि एक करोड रुपैयाँ प्राप्त हुने उल्लेख छ ।

व्ययतर्फ नगरको मुख्य सडक स्तरोन्नतिका लागि १४ करोड ५० लाख र सडक बोर्डतर्फ ३० लाख गरी कुल १५ करोड ८९ लाख रुपैयाँ विनियोजन गरिएको छ । वडा कार्यालय सञ्चालन तथा अनुदान उपभोग खर्चतर्फ ६ करोड ६९ लाख, खानेपानी आयोजनामा एक करोड ७५ लाख, बसपार्क निर्माणका लागि ४० लाख रुपैयाँ छुट्याइएको छ । वडास्तरीय भौतिक पूर्वाधार योजना सञ्चालनका लागि पाँच करोड, वडा १, २, ३, ४ समेतको सहरी सडक तथा नाली निर्माणका लागि तीन करोड रुपैयाँ गरी सहरी पूर्वाधारतर्फ २६ करोड ४० लाख रुपैयाँ विनियोजन गरिएको छ ।

आर्थिक सामाजिक विकासतर्फ २० लाख, कृषि हाटबजारका लागि १० लाख, गरिबसँग बाग्लुङ नगरपालिका कार्यक्रमका लागि २५ लाख विनियोजन गरिएको छ । घरेलु तथा साना उद्योग विकासका लागि १५ लाख, गरिबी न्यूनीकरण कोषतर्फ ४६ लाख, लक्षित वर्ग मूल प्रवाहीकरण कार्यक्रमका लागि ५० लाख, विपद् व्यवस्थापनतर्फ १० लाख, जोखिमपूर्ण श्रम राहत कोषतर्फ पाँच लाख रुपैयाँ विनियोजन गरेको छ ।

बैठकले जोखिमपूर्ण श्रम गर्न बाध्य श्रमिकका लागि दुई लाख रुपैयाँसम्मको बिमा गरिदिने निर्णय गरेको थियो । पञ्चकोट, भैरवस्थान, मालिका र रंगबेङकटेश्वर निरयघाट क्षेत्र विकासका लागि एक करोड, पर्यटन प्रवद्र्धन तथा होमस्टे सञ्चालनका लागि ५० लाख, कालिका वन्यजन्तु संरक्षणका लागि १५ लाख छुट्याइएको कार्यक्रममा उल्लेख छ । सवारी पार्किङस्थलका लागि ३० लाख विनियोजन गरिएको छ ।