जग्गा बाँझो राख्नेलाई जरिवाना - Naya Patrika
© 2017 Naya Prakasan Pvt. Ltd.

भारतसँगको सन्धि–सम्झौता पुनरावलोकन गर्न प्रधानमन्त्रीलाई सुझाब – प्रधानमन्त्री शेरबहादुर देउवाको आसन्न भारत भ्रमणमा राष्ट्रहितविपरीत सन्धि–सम्झौता हुनसक्ने भन्दै सांसदहरूले खबरदारी गरेका छन् । संसद्को उद्योग वाणिज्य तथा उपभोक्ता हित संरक्षण समितिले…
पूरा पढ्नुहोस् »

संविधान संशोधन र आसन्न निर्वाचनका विषयमा प्रधानमन्त्री शेरबहादुर देउवाको आह्वानमा पटकपटक वार्ता र छलफल भयो । पहिला कांग्रेस, एमाले र माओवादीबीच लामो छलफल भयो भने तत्पश्चात प्रमूख दलका नेताहरुसहित राजपा…
पूरा पढ्नुहोस् »

अभिनेत्री सन्नी लियोनका फ्यान भारतमा निकै छन् । अभिनेत्रीका साथै आइटम गर्लका रूपमा पनि पहिचान बनाएकी सन्नी जहाँ जान्छिन्, त्यहाँ उनलाई हेर्न दर्शकहरूको भिड लाग्ने गर्छ । सन्नी हालै एउटा…
पूरा पढ्नुहोस् »

सरकारले प्राथमिक स्वास्थ्य केन्द्रका लागि आवश्यक पर्ने उपकरण वितरण सुरु गरेको छ । देशभर रहेका १५ वेड क्षमताका १ सय २० प्राथमिक स्वास्थ्य केन्द्रमा चिकित्सकलाई उपचारमा आवश्यक पर्ने उपकरण वितरण…
पूरा पढ्नुहोस् »

विदेशबाट फर्किएका जिल्लाका युवाले १७ करोड लगानीमा कृषि व्यवसाय सुरु गरेका छन् । देशका विभिन्न जिल्लाका युवा एक–आपसमा मिली लमजुङमा कृषि व्यवसाय सुरु गरेका हुन् । देश–विदेशमा रही कृषि क्षेत्रमा…
पूरा पढ्नुहोस् »

  लस याम्र्बसमा भ्यानले सर्वसाधारणलाई आक्रमण गर्न थालेपछि मानिस नजिकैका क्याफे तथा पसलभित्र लुकेर ज्यान जोगाएका थिए । नायिका लैला रौउअसले आक्रमणबाट बच्न एउटा रेस्टुरेन्टको फ्रिजभित्र लुक्नुपरेको बताएकी छिन् ।…
पूरा पढ्नुहोस् »

प्रथम रामधुनी विद्यालय स्तरीय फुटबल प्रतियोगिता शुक्रबारदेखि सुरु भएको छ । प्रतियोगिताको उद्घाटन खेलमा पञ्चायत मावि, प्रिपाहाले नभदीप बोर्डिङ स्कुल, बक्लौरीलाई ३–० ले पराजित गरेको छ । पञ्चायत माविका लागि…
पूरा पढ्नुहोस् »

पृष्ठभूमि बुद्धशासनको विस्तारका लागि जम्बुुद्वीपभित्रका विभिन्न राजाले बुद्धलाई यथेष्ट सघाएका थिए । बुद्ध परिनिर्वाणको तीन सय वर्ष बितिसक्दासम्म पनि उनको शासनलाई सघाउने राजा प्रशस्त मात्रामा देख्नमा आएका थिए । यसबीच…
पूरा पढ्नुहोस् »

मनीषा कोइराला अर्थात् विरोधाभाषपूर्ण जीवनकी पात्र । कोइराला परिवार नेपालको राजनीतिक खानदान हो, तर त्यही खानदानकी छोरी मनीषाले आफ्नो जीवन राजनीतिमा होइन, फिल्ममा उतारिन् । सामन्यतया चेलीहरूलाई सानो हुँदा माइतीमा…
पूरा पढ्नुहोस् »

यसपालि नेपालको तराईका कैलालीदेखि झापासम्मका जिल्ला एकैपटक बाढी र डुबानको चपेटामा परे । यस्तो कमै हुन्थ्यो । पूर्वी नेपालमा पानी पर्दा पश्चिमतिर पर्दैनथ्यो । मध्य भागमा बाढी आउँदा पूर्व र…
पूरा पढ्नुहोस् »

नयाँ पत्रिकाको न्युजरुममा आज उद्योग वाणिज्य महासंघकी अध्यक्ष भवानी राणासँग अन्तरक्रिया हुँदैछ । मुलुकको विकासमा निजी क्षेत्रका योगदान कति भन्ने विषयमा अन्तरक्रिया केन्द्रित हुँदैछ । अन्तरक्रिया फेसबुक लाइभ हेर्न तलको लिंकमा…
पूरा पढ्नुहोस् »

दीपेन्द्र अधिकारी, चितवन   |   साउन ०१, २०७४

रत्ननगर नगरपालिकाले जग्गा बाँझो राख्नेलाई जरिवाना गर्ने भएको छ । शनिबार सम्पन्न पहिलो नगरसभाले जग्गा बाँझो राख्नेलाई कारबाही गर्ने निर्णय गरेको छ । अब कसैले पनि जग्गा बाँझो राख्न नपाउने नीति पारित गरेको मेयर नारायण वनले बताए । एक बिघा जग्गा बाँझो राख्नेलाई एक हजारका दरले जरिवाना लागाइने मेयर वनले जानकारी दिए ।

नगरभित्रको उत्पादन बढाउन र अव्यवस्थित प्लटिङ रोक्न यसले सघाउने उनको विश्वास छ । १० कठ्ठा बाँझो राख्नेलाई पाँच सय, एक बिघा बाँझो राख्नेलाई एक हजार र दुई बिघा बाँझो राख्नेलाई दुई हजार जरिवाना लगाउने नीति अख्तियार गरिएको छ ।

नगरभित्र जग्गा बाँझो भए÷नभएको अनुगमन गरेर जानकारी गराउन वडाध्यक्ष र सचिवलाई निर्देशनसमेत दिइएको छ । ‘कतिपय ठाउँमा भोकमरीले मान्छे मर्नुपर्ने अवस्था छ,’ वनले भने, ‘हाम्रो नगरमा धेरै बिघा जग्गा बाँझै छ । जग्गा बाँझो राख्नेलाई जरिवान र खेती गर्ने किसानलाई अनुदान दिइनेछ ।’

नगरसभामा विदेशी पर्यटकलाई शुल्क लगाउने प्रस्ताव पनि पेस भएको छ । सौराहाका व्यवसायीहरूसँग सहकार्य गरेर सार्क मुलुकका पर्यटकबाट प्रतिपर्यटक ५० रुपैयाँ र तेस्रो मुलुकबाट आउने पर्यटकबाट प्रतिपर्यटक दुई सय रुपैयाँ शुल्क लिने प्रस्ताव पेस गरिएको हो । व्यवसायीसँग सहकार्य गरी सौराहामा पर्यटन पूर्वाधार बनाउने र पर्यटन शुल्क लगाउने नीति लिइएको मेयर वनले जानकारी दिए ।

आर्थिक वर्ष ०७४-७५ मा पर्यटन शुल्कबाट नगरपालिकाले १० लाख संकलन गर्ने योजना बनाएको छ । नगरसभामा नगरपालिकाले विभिन्न शीर्षकमा लिने करको विषयमा जनप्रतिनिधिहरूबीच रस्साकस्सी भएको छ । इँटाभट्टा, चाउचाउ कम्पनी, मैदामिल, मदिराजन्य वितरक, सुर्तीजन्य वितरकहरूलाई शतप्रतिशत कर वृद्धि गरिएको छ । नगरपालिकाले मेला महोत्सव र कन्सर्ट गर्ने आयोजकबाट पनि कर लिने भएको छ । ‘कमाउनेहरूसँग कर लिएर नगर बनाउने हो,’ वनले भने, ‘नगरलाई समृद्ध बनाउने अभियानमा सहयोग गर्न आग्रह गर्दछु ।’

नगरसभाका उपमेयर विमला दुवाडीले बजेट प्रस्तुत गरेकी छिन् । आर्थिक वर्ष ०७४-७५ का लागि ६८ करोड ३६ लाख ५९ हजार विनियोजन गरिएको छ । कुल बजेटमध्ये आन्तरिक स्रोतबाट सात करोड ११ लाख ८० हजार र बाह्य स्रोतबाट ६१ करोड २४ लाख ७९ हजार आम्दानी गर्ने लक्ष्य राखिएको छ । आन्तरिक स्रोततर्फ जग्गा दर्ता शुल्क, एकीकृत सम्पत्ति कर, नक्सापास दस्तुरबाट र बाह्य स्रोतबाट वित्तीय समानीकरण अनुदान र ससर्त अनुदान तथा समाजिक सुरक्षा कार्यक्रमबाट आम्दानी गर्ने लक्ष्य लिइएको उपमेयर दुवाडीले बताइन् ।