अन्तर्घात गर्नेलाई झापामा धमाधम कारबाही - Naya Patrika
© 2017 Naya Prakasan Pvt. Ltd.

  बनेपा–७ स्थित बसपार्कमा गौतम भोजनालय नामको होटल सञ्चालन गर्दै आएका दाहाल परिवारको सहस्यमय मृत्यु भएपछि उन्पन्न विवाद समाधान भएको छ । बनेपा नगरपालिका–२ का वडा अध्यक्ष हरिशरण घिमिरेसहित दुई…
पूरा पढ्नुहोस् »

अस्वस्थ भई अस्पताल भर्ना भएका बुवा पूर्वराजा ज्ञानेन्द्र शाह निवास फर्किने क्रममा उनलाई लिन पूर्वयुवराज पारस नर्भिक इन्टरनेशनल हस्पिटल पुगेका थिए । सार्वजनिक जीवनमा त्यति नदेखिने पारस लामो कपालमा देखा…
पूरा पढ्नुहोस् »

अभिनेत्री सन्नी लियोन आमा बनेकी छिन् । सन्नी र डेनियल वेबरको जीवनमा एक बच्चीको आगमन भएको हो । केही दिनअघि मात्रै सन्नीले आमा बन्ने इच्छा सार्वजनिक गरेकी थिइन् । उनमा…
पूरा पढ्नुहोस् »

पछिल्लो समय काठमाडौंलगायत विभिन्न सहर धुलाम्मे छन् । पुराना सवारीसाधनले पनि वायु प्रदूषण गरिरहेका छन् । धुलोबाट नाक, छालामा एलर्जी हुने, रुघा लाग्ने, फोक्सोसम्बन्धी विभिन्न समस्या हुने गर्छन् । धुलोबाट…
पूरा पढ्नुहोस् »

दुई महिना यता लमजुङमा लोडसेडिङ बढ्न थालेको छ । जिल्लामा निर्माण सम्पन्न जलविद्युत आयोजनाहरुबाट बढी विद्युत उत्पादन हुँदा लोडसेडिङ बढेको हो । बढी उत्पादन भएकै कारण लमजुङका जनताले अघोषित लोडसेडिङको…
पूरा पढ्नुहोस् »

सीमा विवाद सावधानीपूर्वक अवलोकन गरिरहेको अमेरिकी विदेश मन्त्रालयका प्रवक्ताको भनाइ अमेरिकाले चीन र भारतबीचको सीमा विवादप्रति गहिरो चासो देखाएको छ । चीन, भारत र भुटानको सीमामा रहेको दोकलामबारे नयाँदिल्ली र…
पूरा पढ्नुहोस् »

चार वर्षको सम्झौता बाँकी रहेकाले ब्राजिलियन स्ट्राइकर नेमार बिक्रीमा नराखेको बार्सिलोनाका अध्यक्ष जोसेपले स्पष्ट पारे पेरिस सेन्ट जर्मन (पिएसजी)को कीर्तिमानी प्रस्ताव नकार्दै बार्सिलोनाले ब्राजिलियन स्ट्राइकर नेमारलाई प्रशिक्षणमा समावेश गरेको छ…
पूरा पढ्नुहोस् »

जीवनका आखिरी दशक (सन् १८७३–१८८३)मा कार्ल माक्र्स आर्थिक दृष्टिले निश्चिन्त भएका थिए । लन्डन प्रवासका प्रारम्भिक वर्षका दारुण दारिद्रय रहेको थिएन । पिताको देहान्तपछि फ्रेडरिक एंगेल्स फुक्का भएर माक्र्स र…
पूरा पढ्नुहोस् »

नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का संस्थापक महासचिव हुन्, पुष्पलाल श्रेष्ठ । उनको निधन भएको ३९ वर्ष पूरा भइसकेको छ । अन्तर्राष्ट्रिय कम्युनिस्ट घोषणापत्रलाई नेपाली भाषामा अनुवाद गर्दै पार्टी सञ्चालनसम्बन्धी नीति र…
पूरा पढ्नुहोस् »

५५ वर्ष पहिले सीमायुद्ध लडेका हाम्रा दुई छिमेकी देश चीन र भारत फेरि एकपटक आमने–सामने उभिएका छन् । भारत, भुटान र चीनको सीमानजिक चीन र भुटानबीच रहेको विवादित भूमिमा चिनियाँ…
पूरा पढ्नुहोस् »

नयाँ पत्रिकाको न्युजरुममा अहिले सामाजिक अभियन्ता महावीर पुन उपस्थित छन् । उनीसँग उनको अभियान र नेपालमा प्रविधिको विकासका विषयमा अन्तरक्रिया भइरहेको छ । महावीर पुनसँगको अविस्मरणीय अन्तरक्रिया प्रत्यक्ष हेर्नका लागि…
पूरा पढ्नुहोस् »

लक्ष्मी काफ्ले, झापा   |   साउन ०१, २०७४

स्थानीय तहको निर्वाचनमा अन्तर्घात गरेको भन्दै झापाका राजनीतिक दलले आफ्ना कार्यकर्तालाई धमाधम कारबाही गर्न थालेका छन् । एमाले र कांग्रेसले कारबाही थालेका हुन् । १५ स्थानीय तहमध्ये एउटामा पनि जित हात नपारेको माओवादी केन्द्रले भने अहिलेसम्म अन्तर्घात र कारबाहीबारे बोलेको छैन । तीन स्थानमा जित हात पारेर झापामा तेस्रो शक्ति बनेको राप्रपा भने सन्तुष्ट देखिएको छ ।

कांग्रेसको भद्रपुर नगर समितिले स्थानीय निर्वाचनमा नगरको नेतृत्वलाई हराउन भूमिका खेलेको भन्दै नौजना क्रियाशील सदस्यलाई पार्टीबाट निष्काशन गरेको छ । निर्वाचनमा पार्टीका आधिकारिक उम्मेदवारलाई हराएर अन्य पार्टीलाई फाइदा पु¥याउने काममा प्रत्यक्ष लागेका बागी उम्मेदवार तथा तिनका समर्थक गरी नौजनालाई पार्टीको विधानअनुसार कारबाही गरेको हो ।

भद्रपुर–१ का कुलप्रसाद संग्रौला, अरुणकुमार उप्रेती, उकिन्द्र खरेल र सरोज संग्रौलालाई साधारण सदस्यसमेत नरहने गरी निकालिएको भद्रपुर नगर समितिले जनाएको छ । यसैगरी, भद्र पुर–४ का मनोज केसी, भद्रपुर–७ का दुर्जनसिंह राजवंशी, जगदीश काफ्ले, हरिप्रसाद निरौला पनि निष्काशनमा परेका छन् ।

भद्रपुर–८ की कुन्तीदेवी राईलगायतले पार्टीको हितविपरीत बागी उम्मेदवार बनेर आधिकारिक उम्मेदवारलाई हराउन भूमिका खेलेकाले पार्टीबाट निकालिएको नगर उपसभापति ज्ञानबहादुर चौहानले जानकारी दिए । स्थानीय तहको निर्वाचनमा कांग्रेसले नेता कृष्णप्रसाद सिटौलाका विश्वासपात्र गणेश पोखरेललाई भद्रपुरको मेयरको उम्मेदवार बनाएको थियो । पोखरेल कांग्रेस भद्रपुर नगर समितिका सभापतिसमेत हुन् । भद्रपुर कांग्रेस नेता सिटौलाको गृहनगर हो । सिटौलाले एकलौटी ढंगले पोखरेललाई उम्मेदवार बनाएको भन्दै निर्वाचनअघि नै कांग्रेस कार्यकर्ताले विरोध गरेका थिए ।

पोखरेल एमालेका उम्मेदवार जीवनकुमार श्रेष्ठसँग भारी मतले पराजित भएका थिए । कांग्रेसकी उपमेयरकी उम्मेदवार तारा भुर्तेल पनि एमालेकी चन्द्रा श्रेष्ठसँग फराकिलो मतान्तरले पराजित भएकी थिइन् । त्यति मात्र होइन, कांग्रेसले भद्रपुरका अधिकांश वडामा पनि पराजय बेहोरेको थियो । नेता सिटौलाको घर रहेको भद्रपुर–१० मा पनि कांग्रेस पराजित भयो । १० वटा वडा रहेको भद्रपुरको सातवटा वडामा एमाले विजयी भएको थियो । दमकमा भने कांग्रेसले कसैलाई कारबाही नगरेको नगर सभापति रोशन विष्टले स्पष्ट पारेका छन् ।

एमाले झापामा हलचल
पार्टी अध्यक्ष केपी ओलीको गृहजिल्लासमेत रहेको झापामा एमालेले पनि सोचेअनुरूपको नतिजा निकाल्न नसकेपछि घात–अन्तर्घातको चर्चा उत्तिकै छ । केही दिनअघि झापा आएका ओलीले पनि सधैँ जितिरहेको स्थानमा एमालेले हार्नुको कारण सोध्दै कार्यकर्तामाझ आक्रोश पोखेका थिए ।

एमाले झापाले स्थानीय तह निर्वाचनको संघारमा पार्टीका केही संगठित सदस्यले अनुशासन उल्लंघन गरेको ठहर गर्दै पार्टीको साधारण सदस्यबाट समेत हटाएको छ ।

निर्वाचनमा उम्मेदवारी नपाएको लगायतका विभिन्न बहानामा पार्टीको निर्णयप्रतिकूल हुने गरी कतिपय कार्यकर्ताले स्वतन्त्र उम्मेदवारी दिएको र कतिपयले अन्य पार्टीको नाममा उम्मेदवारी दर्ता गराएकाले उनीहरूलाई अनुशासनको कारबाही गरिएको कार्यालय सचिव शिव ढुंगेलले जानकारी दिए ।

निष्काशनको कारबाहीमा पर्नेमा बिर्तामोड–५ का भोलानाथ उप्रेतीलगायत छन् । २५ वर्षसम्म एमालेमा क्रियाशील उनी मालेबाट बिर्तामोडको उपमेयरको उम्मेदवार बनेका थिए । सय मत प्राप्त गरेका उनको जमानत नै जफत भयो ।

त्यस्तै, बिर्तामोड–५ कै देवराज तामाङ, बिर्तामोड–४ का दीपक मिश्र, बिर्तामोड–८ का कृष्ण श्रेष्ठ, हल्दिबारी गाउँपालिका–३ का टंक भट्टराई र वडा नम्बर ५ का राजकुमार राई तथा दमक–३ का तेजस्वी थेबेसमेत निष्काशित भएका छन् । झापामा एमालेका जिल्ला अध्यक्ष र सचिव नै पराजित भएपछि एमाले वृत्तमा हलचल मच्चिएको छ । अध्यक्ष ओलीले छानबिन गर्न निर्देशन दिएपछि एमालेले झापामा अझै केही कार्यकर्तालाई कारबाही गर्ने बुझिएको छ । ‘पार्टी केन्द्रले हामीलाई १५ दिनभित्रमा प्रतिवेदन पठाउन निर्देशन दिएको छ । चाँडै बैठक बसेर जिल्लाका नगर तथा गाउँ कमिटीलाई चुनावको समीक्षासहितको प्रतिवेदन माग्छौँ,’ एमाले झापाका सचिव मदन अधिकारीले नयाँ पत्रिकासित भने, ‘त्यसपछि प्रतिवेदन तयार पारेर केन्द्रमा पठाउनेछौँ ।’