बयान फेर्दा अनुसन्धानमा समस्या - Naya Patrika
© 2017 Naya Prakasan Pvt. Ltd.

  नवनिर्वाचित जनप्रतिनिधिले मानोमानी गर्न थालेको भन्दै रजवाराबासीले वडा कार्यालयमा तालाबन्दी गरेका छन् ।  गौमुखी गाउँपालिका–३ का वडा अध्यक्षले मनोमानी ढंगले कर्मचारी नियुक्त गरेको, संविधानले नागरिकलाई प्रदान गरेको सूचनाको हकको…
पूरा पढ्नुहोस् »

बलिउड अभिनेत्री दीपिका पादुकोण र रणवीर सिंहको प्रेमकहानीबारे सबैलाई थाहै छ । उनीहरू लामो समयदेखि प्रेममा छन् । तर, यसबारे दुवैजनाले खुलेर भने कहिल्यै बोलेका छैनन् । ‘रिल’ लाइफमा दर्शकले…
पूरा पढ्नुहोस् »

दसैँले हामीहरूको घर–आँगन टेकिसकेको छ । यो वेलामा सहरबाट गाउँ जानेहरूको भिड हुन्छ । गाउँमा आफ्ना आफन्त, पाहुना आएका हुन्छन् । विभिन्न प्रकारका फलफूल, बजारमा पाइने मिठाईहरू लैजाने चलन छ…
पूरा पढ्नुहोस् »

मुलुक संघीयतामा गइसकेको परिस्थितिमा यसको कार्यान्वयनका लागि राजस्व परिचालन अत्यन्तै महत्वपूर्ण हुन्छ । त्यसमा पनि आत्मनिर्भर अर्थतन्त्र निर्माणका लागि आन्तरिक राजस्व परिचालन अझ महत्वपूर्ण हुन्छ । संघीयता कार्यान्वयन गर्दै जाँदा…
पूरा पढ्नुहोस् »

वासिंटन/अमेरिकी बमवर्षक र युद्धक विमान उत्तर कोरियाली सामुद्रिक सीमाको आकाशमा शक्ति प्रदर्शन गरिरहेका छन् । अमेरिकी क्षेत्र गुआम र जापानको ओकिनावाबाट कोरियाली आकाशमाथि ती विमान उडेका हुन् । अमेरिकी राष्ट्रपति…
पूरा पढ्नुहोस् »

आठौँ लिगलिगे दौड २०७४ को उपाधि नेपाल आर्मीका खगेन्द्र रानाभाटले जितेका छन् । चेपेघाटदेखि लिगलिगकोट सम्मको निर्धारित दुरी १ घण्टा दुइ मिनेटमा पार गर्दै डोटी घर भएका रानाभाटले उपाधि जितेका…
पूरा पढ्नुहोस् »

चीन सरकारको केन्द्रीय तथ्यांक निकाय नेसनल ब्युरो अफ स्टाटिस्टिक्सका अनुसार सन् २०१७ को पहिलो पाँचमहिने अवधिमा रोबोट उत्पादन गत वर्ष सोही अवधिको तुलनामा करिब ५० दशमलव ४ प्रतिशतले वृद्धि भएको…
पूरा पढ्नुहोस् »

प्रस्तुतिः अच्युत पुरी एसिया प्यासिफिक ट्राभल एसोसिएसन (पाटा) अन्तर्राष्ट्रियको वार्षिक कार्यक्रमअनुसार यस वर्ष पाटा ट्राभल मार्टको आयोजना गर्ने अवसर मकाउले पायो । एसिया प्यासिफिक क्षेत्रका ६० भन्दा बढी मुलुकका पर्यटनसँग…
पूरा पढ्नुहोस् »

स्थानीय तहको अन्तिम चरणको परिणाम आइरहेकै वेला दलहरू आउने मंसिरमा हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्यका लागि उम्मेदवार छनोटको गृहकार्यमा जुटेका छन् । आउने २९ असोजमा समानुपातिकतर्फका दुवै तहका उम्मेदवारको नाम…
पूरा पढ्नुहोस् »

नयाँ पत्रिकाको न्युजरुममा आज उद्योग वाणिज्य महासंघकी अध्यक्ष भवानी राणासँग अन्तरक्रिया हुँदैछ । मुलुकको विकासमा निजी क्षेत्रका योगदान कति भन्ने विषयमा अन्तरक्रिया केन्द्रित हुँदैछ । अन्तरक्रिया फेसबुक लाइभ हेर्न तलको लिंकमा…
पूरा पढ्नुहोस् »

हेमन्त केसी, जाजरकोट   |   साउन ०१, २०७४

छेडागार नगरपालिका–१० झाप्राका विश्व थापा र पदम महर १३ वर्षीया बोल्न नसक्ने बालिका बलात्कारको आरोपमा पाँच महिना जेल बसे । त्यस्तै, वडा ३ का चन्द्रबहादुर शाही र ८ का शेरबहादुर बुढा पनि सोही आरोपमा तीन महिना कारागार बसे । अदालतले थापा, महर, चन्द्रबहादुर र शेरबहादुरलाई पनि उक्त अभियोग पीडितले बयान फेर्दा दोषी ठहर गर्न सकेन ।

त्यस्तै, जुनीचाँदे गाउँपालिकाका–२ मजकोटका २५ वर्षीय कृष्णबहादुर शाही ४ महिनासम्म कारागार बसे । सोही ठाउँकी महिलालाई जबर्जस्ती गरेको उनीमाथि आरोप थियो । पीडितको जाहेरीअनुसार जिल्ला अदालतले शाहीविरुद्ध अभियोग अघि बढाएपछि पुपक्र्षका लागि थुनामा राख्ने आदेश दिएको हो । तर, पीडित महिलाले अदालतमा बयान फेर्दा कृष्णबहादुरलाई लागेको जबर्जस्ती अभियोग ठहर हुन सकेन ।

अदालतले कृष्णबहादुर र शेरबहादुरका नाममा झुटो जाहेरी दिने तथा मुद्दाको बयान फेर्ने दुई महिलालाई तीन हजारका दरले जरिवानासमेत गरेको छ । यी त प्रतिनिधि उदाहरण मात्रै हुन् । पीडितले जबर्जस्ती करणीबारे प्रहरीमा जाहेरी दिने र आर्थिक लेनदेनपछि अदालतमा बयान फेर्ने गर्दा बलात्कारका अधिकांश मुद्दा तुहिने गरेका छन् । जाजरकोट अदालतमा चालू वर्षमा जबर्जस्तीका आधा दर्जन मुद्दा पीडितले बयान बदल्दा झुटा भएका छन् ।

पीडित पक्षले बलात्कार मुद्दा दर्ता गर्ने र अदालतमा गएर बयान फेर्ने चलन बढेको देखिन्छ । आर्थिक चलखेलपछि पीडितले अदालतमा बयान फेर्ने गरेको सरोकारवाला बताउँछन् । यस्तो गतिविधिले वास्तविक पीडितले न्याय नपाउने अवस्था सिर्जना भएको सरोकारवाला निकायको दाबी छ । वास्तविक पीडितले पनि आर्थिक प्रलोभनमा बयान बदल्ने गरेको पाइएको छ । कतिपय जबर्जस्ती करणी मुद्दाका पीडितले मिसिलको ठीक उल्टो बयान गरेर पीडकलाई उम्कने मौका दिएको जिल्ला न्यायाधीश लीलाराज अधिकारीको बुझाइ छ । बयान फेर्दा प्रहरी र वकिलको मिहिनेतसमेत खेर जाने गरेको छ । त्यसैले बयान बदल्नेलाई जरिवाना गर्ने गरिएको छ ।