अमेरिका–क्युबा सम्बन्धमा दरार : राउल क्यास्ट्रो - Naya Patrika
© 2017 Naya Prakasan Pvt. Ltd.

तिहार, बत्तीको चाड । उज्यालोको चाड । सँगसँगै मिठो–मसिनो खानपिन गरिने चाड । साथीभाइसँग रमाइलो गर्ने र बिहानदेखि साँझसम्म तास खेलेर दिन बिताउने चाड । गाउँघरवरपर देउसी–भैलो खेलेर मनाइने चाड…
पूरा पढ्नुहोस् »

चीनका राष्ट्रपति सी जिनपिङले चीन समाजवादसहितको नयाँ युगमा प्रवेश गरेको बताएका छन् । चीनको सत्तारुढ कम्युनिस्ट पार्टीको महाधिवेशनलाई राजधानी बेइजिङको ग्रेट हल अफ दि पिपुलमा बुधबार सम्बोधन गर्दै उनले सो…
पूरा पढ्नुहोस् »

डिफेन्डर राफेयल भरानले आत्मघाती गोल गरेपछि मंगलबार साविक विजेता रियल म्याड्रिड युरोपियन च्याम्पियन्स लिग फुटबल प्रतियोगितामा टोटनह्यामसँग १–१ को बराबरीमा रोकिएको छ । समूह एचको तेस्रो खेल बराबरीमा रोकेपछि रियललाई…
पूरा पढ्नुहोस् »

प्रधानमन्त्रीज्यूले प्रचण्डजीलाई सरकार छाड्न आग्रह गरेपछि माओवादी केन्द्रका मन्त्रीले ‘क्याबिनेट’ छाड्ने निर्णय गरे । त्यसअनुसार उनीहरूले राजीनामाको वक्तव्य पनि तयार गरे । तर, त्यहीबीच अचानक माओवादीका मन्त्रीले प्रधानमन्त्रीले निर्वाचन सार्ने…
पूरा पढ्नुहोस् »

रामेश श्रेष्ठ, गायक तथा रचनाकार पञ्चायती सामन्ती सत्ताबाट हाम्रो भलाइ नहुने भएपछि यसलाई भत्काउन यो गीत रायन र मैले गायौँ । यसले युग परिवर्तनका लागि ठूलो भूमिका खेल्यो । एउटा…
पूरा पढ्नुहोस् »

रानीपोखरीको निर्माणमा लापरबाही गर्नु हाम्रो पहिचान मेटाउने षड्यन्त्र हो । यस्ता पुरातात्विक संरचनाले हाम्रो पहिचान बोकेका हुन्छन् । तिनको संरक्षण गरौँ । कुनै देशको पहिचान केले खुल्छ ? यसका अनेक…
पूरा पढ्नुहोस् »

नयाँ पत्रिकाको न्युजरुममा आज उद्योग वाणिज्य महासंघकी अध्यक्ष भवानी राणासँग अन्तरक्रिया हुँदैछ । मुलुकको विकासमा निजी क्षेत्रका योगदान कति भन्ने विषयमा अन्तरक्रिया केन्द्रित हुँदैछ । अन्तरक्रिया फेसबुक लाइभ हेर्न तलको लिंकमा…
पूरा पढ्नुहोस् »

एजेन्सी, हवाना   |   साउन ०१, २०७४

क्युबामाथि प्रतिबन्ध लगाउने अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको चेतावनी

क्युबाका राष्ट्रपति राउल क्यास्ट्रोले अमेरिकासँगको सम्बन्ध बिग्रन सक्ने चेतावनी दिएका छन् । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको क्युबाप्रतिको बक्रदृष्टिका कारण लामो समयपछि दुई देशबीच विकसित सम्बन्धमा दरार आउन सक्ने क्यास्ट्रोले चेतावनी दिएका हुन् । अमेरिकाका पूर्वराष्ट्रपति बाराक ओबामाले सन् २०१५ मा क्युबाको भ्रमण गरेपछि दुई देशको सम्बन्धमा सुधार आएको थियो ।

क्युबालाई हेर्ने दृष्टिकोणमा परिवर्तन
अमेरिकाले क्युबालाई हेर्ने दृष्टिकोणमा अकस्मात परिवर्तन गरेको क्यास्ट्रोले आरोप लगाए । ‘अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले क्युबालाई हेर्ने दृष्टिकोणका कारण दुई देशबीचको कूटनीतिक सम्बन्ध बिगिँ्रदै छ । यसको जिम्मेवार अमेरिकाले नै लिनुपर्छ,’ शुक्रबार क्युबाको तल्लो सदन नेसनल एसेम्ब्लीको पहिलो सत्रको समापन समारोहलाई सम्बोधन गर्दै क्यास्ट्रोले भने । एक महिनाअघि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले पूर्वराष्ट्रपति ओबामाले क्युबासँग गरेका सम्झौता उल्टाइदिने चेतावनी दिएका थिए ।

शीतयुद्धको अनुभूति
ट्रम्पले केही दिनपहिले मियामीमा बसोवास गर्ने क्युबाली मुलका अमेरिकीलाई क्युबा भ्रमण जान प्रतिबन्ध लगाएको घोषणा गरेका थिए । अमेरिकाको ‘सानो हवाना’ भनेरसमेत चिनिने अमेरिकी सहर मियामीमा क्युबेली मुलका मानिसहरूको बाहुल्यता छ । मियामीमा तत्कालीन राष्ट्रपति फिडेल क्यास्ट्रोको समयमा देशमा बस्न नसकेर अमेरिकामा शरण लिने क्युबालीको बाहुल्यता छ । क्युबालीलाई स्वदेश फर्किन नदिने नीति अमेरिकाले सन् १९६२ मा क्युबाविरुद्ध लगाएको प्रतिबन्धको एउटा शृंखला भएको जनाउँदै यसले पुरानो शीतयुद्धको अनुभूति गराएको क्यास्टोले टिप्पणी गरे ।

क्युबाली क्रान्ति कमजोर
क्युबेली क्रान्तिलाई कमजोर पार्ने जुनसुकै अमेरिकी प्रयासलाई बिथोल्ने क्यास्ट्रोले बताए । अमेरिकी राष्ट्रपति ट्रम्पले केही दिनअघि क्युबासँगको सम्बन्धमा कडाइ गर्ने चेतावनी दिएपछि क्यास्ट्रोले पहिलोपटक राष्ट्रपति ट्रम्पको सार्वजनिक रूपमा आलोचना गरेका हुन् । ट्रम्पले कम्युनिस्ट टापु हवानासँगको व्यापारमा पनि कडाइ गरेका छन् । क्युबामा अमेरिकी लगानीमा सञ्चालित दर्जनौँ व्यापारिक गृह छन् ।

ओबामाका नीति उल्टिए
क्यास्ट्रोले ट्रम्प प्रशासन पूर्वराष्ट्रपति बाराक ओबामाले क्युबासँग सहकार्यका लागि गरेका प्रतिबद्धताबाट पछि हटेको आरोप लगाए । ओबामाले दुई वर्ष पहिले हवानामा अमेरिकी राजदूतावास पुनः सञ्चालनमा ल्याएका थिए । दूतावासको स्थापनासँगै ५० वर्षपछि क्युबा र हवानाबीच कूटनीतिक सम्बन्ध पुनस्र्थापना भएको थियो । तर, ट्रम्प प्रशासनले सो दूतावास बन्द गर्ने संकेत गरेको छ । ‘ट्रम्प प्रशासन ओबामाले व्यक्त गरेको प्रतिबद्धताबाट आंशिक रूपमा पछि हट्ने संकेत देखाएको छ,’ क्यास्ट्रोले भने । पूर्वराष्ट्रपति ओबामाले सन् २०१५ कोे जुलाई २० मा हवानामा राजदूतावास खोल्ने घोषणा गरेपछि दुई देशबीच कूटनीतिक आयाम बढेको थियो ।

सहकार्यको सम्भावना छ
क्यास्ट्रोले अधिकांश समय अमेरिकाको आलोचनामा खर्चिएका थिए । ट्रम्पले क्युबासँगको सम्बन्धलाई शत्रुतापूर्ण बनाएको क्यास्ट्रोले आरोप लगाए । ‘क्युबाविरुद्ध अमेरिकाले गरेको व्यवहारको निन्दा गर्छौं । मानवअधिकार रक्षाका बारेमा क्युबाले अमेरिकाबाट पाठ लिनुु आवश्यक छैन । अमेरिकाको आलोचना गरिरहँदा क्यास्ट्रोले अमेरिका र क्युबाबीच सहकार्यको सम्भावना पनि दर्शाएका थिए ‘पूर्वराष्ट्रपति ओबामाले तय गरेको दुई देशबीचको सहकार्यको सम्भावना अन्त्य भइसकेको छैन ।

दुई देशबीच देखिएका मतभिन्नतालाई समाधान गरेर सम्बन्ध सुधार्न सकिन्छ,’ उनले भने । अमेरिकाले क्युबाको सार्वभौमसत्ता र स्वतन्त्रताको सम्मान गर्नुपर्ने उनले बताए । सात महिनापछि राउल क्यास्ट्रो राष्ट्रपतिबाट बिदा लिँदै छन् । तर, उनी क्युबाको कम्युनिस्ट पार्टीको कार्यकारीका रूपमा भने रहिरहनेछन् ।