वाकर बने महँगा डिफेन्डर - Naya Patrika

नेपाल पत्रकार महासंघको आज सम्पन्न निर्वाचनको मतगणना सुरु भएको छ । उम्मेदवार प्रतिनिधिहरुको रोहवरमा मतपेटिका खोलिएको छ । प्रदेश केन्द्रीय सदस्यहरु र पदाधिकारी तथा सदस्यहरुको मतगणना बेग्लाबेग्लै भइरहेको छ । कूल…
पूरा पढ्नुहोस् »

उहाँ हाँ (उषाकला राई) खोटाङबाट प्रतिनिधित्व गर्नुहुन्छ भने म सिन्धुपाल्चोक । हाम्रो पहिलो भेट ०५४ सालमा भएको थियो । कुनै समय हामीले प्रजातान्त्रिक राष्ट्रिय युवा संघमा सँगै काम गरेका थियौँ…
पूरा पढ्नुहोस् »

सुत्केरी अवस्थामा नवजात शिशुको ध्यान दिनुका साथै आमाले पनि खानपानमा ध्यान पु¥याउनुपर्छ । आमा स्वस्थ भए बच्चा पनि स्वस्थ हुने भएकाले खानपानमा ध्यान दिन जरुरी छ । अरू वेलाको तुलनामा…
पूरा पढ्नुहोस् »

जलविद्युत् आयोजनाले डिपिआरमा उल्लेख भएबमोजिमको जग्गामा हदबन्दी नलाग्ने आदेश कानुन मन्त्रालयले फर्कायो जलविद्युत् आयोजनाले डिपिआरमा उल्लेख भएबमोजिमको जग्गामा हदबन्दी नलाग्नेसम्बन्धी आदेश कानुन मन्त्रालयले फर्काइदिएपछि जलविद्युत् प्रवद्र्धकहरूलाई समस्या परेको छ ।…
पूरा पढ्नुहोस् »

दक्षिण एसियाली मुलुकमा वर्षापछिको बाढी–पहिरोका कारण डेढ करोडभन्दा बढी मानिस प्रभावित भएका छन् । अगस्टमा आएको बाढीले दक्षिण एसियाका नेपाल, बंगलादेश र भारतका एक करोड ६० लाख मानिस प्रभावित भएका…
पूरा पढ्नुहोस् »

सुनसरीकाे झुम्कामा जारी प्रथम रामधुनी विद्यालय स्तरीय फुटबल प्रतियोगिताअन्तर्गत सोमबार भएका खेलमा विजयी हुँदै लर्डबुद्ध बोर्डिङ स्कुल, झुम्का र पञ्चायत मावि, प्रिपाहा सेमिफाइनलमा प्रवेश गरेका छन् । पिप्राहा खेल मैदानमा…
पूरा पढ्नुहोस् »

प्रिय बाबुराम दाइ, अस्ति भर्खर तपाईं स्वास्थ्योपचार गरी अहिले निवासमै आराम गर्दै हुनुहुन्छ भन्ने सुनेको छु । तपाईंको शीघ्र पूर्ण स्वास्थ्यलाभको कामना ! पछिल्लोपल्ट तपाईंको पार्टी परिवारमा केही खटपट चलिरहेको…
पूरा पढ्नुहोस् »

राम तामाङ राजधानीको व्यस्त र भिडमभिड क्षेत्र असन, इन्द्रचोक, ज्याठा र भोटाहिटीवरपर ठेला चलाउँछन् । उनका दिनहरू ठेलामा सामान ओसारेरै बित्छन् । परिवार पाल्ने र आफ्नो पढाइ खर्च थेग्ने उनको…
पूरा पढ्नुहोस् »

नयाँ नेतृत्व चयन गर्ने कार्यसूचीसहित नेपाल पत्रकार महांसघको अधिवेशन हिजोदेखि काठमाडौंमा सुरु भएको छ । झन्डैझन्डै नेपालको प्रजातन्त्रको जस्तै आयु भएको र सुदृढ र शक्तिशाली बन्दै गएको पत्रकारिता जगत्को नेतृत्व…
पूरा पढ्नुहोस् »

नयाँ पत्रिकाको न्युजरुममा आज उद्योग वाणिज्य महासंघकी अध्यक्ष भवानी राणासँग अन्तरक्रिया हुँदैछ । मुलुकको विकासमा निजी क्षेत्रका योगदान कति भन्ने विषयमा अन्तरक्रिया केन्द्रित हुँदैछ । अन्तरक्रिया फेसबुक लाइभ हेर्न तलको लिंकमा…
पूरा पढ्नुहोस् »

एजेन्सी, म्यानचेस्टर   |   साउन ०१, २०७४

म्यानचेस्टर सिटीले इंग्लिस डिफेन्डर केल वाकरसँग ५४ मिलियन पाउन्डमा सम्झौता गरेको छ । सम्झौता रकम डिफेन्डरका लागि खर्च भएको अहिलेसम्मकै सर्वाधिक हो । सन् २००९ मा टोटनह्याममा आबद्ध भएका राइट ब्याक वाकरसँग सिटीले पाँच वर्षको सम्झौता गरेको छ । प्रतिसाता १ लाख ३० हजार पाउन्ड पारिश्रमिक पाउने वाकर २ नम्बरको जर्सी लगाएर मैदान उत्रनेछन् ।

तेस्रो महँगा खेलाडी
सिजनको ट्रान्स्फर विन्डोमा सिटीले वाकरलाई खर्च गरेको यो तेस्रो ठूलो रकम हो । यसअघि सिटीले फरवार्ड वेर्नान्डो सिल्भा र गोलकिपर एडेर्सनलाई भित्राएको थियो । सिल्भा फ्रेन्स क्लब मोनाको तथा एडेर्सन पोर्चुगिज क्लब बेनिफिकाबाट सिटीमा आबद्ध भएका थिए । सिटीमा आबद्ध भएसँगै वाकरले उत्साहित भएको प्रतिक्रिया दिएका छन् । ‘सिटीसँग सम्झौता गर्न पाउँदा खुसी लागेको छ, सिटीको जर्सीमा मैदान उत्रन आतुर छु,’ वाकरले सम्झौतापछि भने, ‘प्रशिक्षक पेप ग्वार्डिओला मन पर्ने प्रशिक्षकमध्येका एक हुन्, पेपको प्रशिक्षणमा खेल्न पाउँदा खेलस्तर अझ बढ्ने विश्वास छ ।’

वाकरले डेभिडलाई पछि पारे
सर्वाधिक महँगा डिफेन्डर बनेका वाकरले ब्राजिलियन डिफेन्डर डेभिड लुइसको कीर्तिमानी सम्झौतालाई पछि पारेका हुन् । डेभिड सन् २०१४ मा चेल्सीबाट पिएजसीमा ५० मिलियन पाउन्डमा आबद्ध भएका थिए । डेभिड अहिले चेल्सी फर्किसकेका छन् । महँगा डिफेन्डर बनेका वाकर इंग्ल्यान्डका सर्वाधिक महँगा फुटबलर पनि बनेका छन् । वाकरले रहिम स्टर्लिङलाई पछि पार्दै महँगा इंग्लिस फुटबलरको कीर्तिमान बनाएका हुन् । ब्राजिलियन डिफेन्डर ड्यानी अल्भेसलाई भित्राउन असफल भएपछि सिटीले वाकरलाई रोजेको हो । अल्भेस अघिल्लो साता पिएजसीबाट इटालियन क्लब युभेन्टसमा आबद्ध भएका थिए ।