नेपाल पाँच गोलले पराजित - Naya Patrika
© 2017 Naya Prakasan Pvt. Ltd.
अपडेट

रमेश, मधुसुधन/नयाँ पत्रिका नेपाल लोकतान्त्रिक फोरमका अध्यक्ष विजयकुमार गच्छदार १० वर्षपछि कांग्रेसमै फर्किएका छन् । सोमबार प्रधानमन्त्री निवास बालुवाटारमा आयोजित पार्टी एकीकरण कार्यक्रममा प्रधानमन्त्री एवं कांग्रेस सभापति शेरबहादुर देउवाले गच्छदारलाई कांग्रेस…
पूरा पढ्नुहोस् »

हलिउडका चर्चित निर्माता हार्वे विन्स्टेइनका एकपछि अर्को गर्दै यौनजन्य हिंसाका घटना सार्वजनिक हुने क्रम बढेको छ । न्यूयोर्क टाइम्सले निर्माता हार्वेले यौन शोषण गर्ने गरेको सार्वजनिक गरेपछि यौन उत्पीडनमा परेका…
पूरा पढ्नुहोस् »

आजभोलि धेरैमा मुटुसम्बन्धी रोग देखा पर्ने गरेको छ । चिकित्सकहरू पनि पछिल्लो समय मुटुरोगी बढेको बताउँछन् । उनीहरूका अनुसार हाम्रो दैनिक जीवनशैली र विभिन्न कारणले मुटुसम्बन्धी रोग हुने गरेको छ…
पूरा पढ्नुहोस् »

राष्ट्रपति सि जिनपिङको पाँच वर्षको शासनकालमा चीन सम्पन्न र बढी शक्तिशाली भएको छ । तर, यस प्रगतिबाट आमचिनियाँको जनजीवनमा कति प्रभाव परेको छ ? चीनको सबैभन्दा शक्तिशाली निर्णयकर्ता आगामी साता…
पूरा पढ्नुहोस् »

पहिलो अन्तर्राष्ट्रिय फुटसल प्रतियोगितामा सहभागिता जनाएको नेपाली टोली आइतबार एएफसी छनोट फुटसल च्याम्पियसिपमा उज्वेकिस्तानसँग १४–१ को भारी अन्तरले पराजित भएको छ । इरानमा सञ्चालन भइरहेको प्रतिस्पर्धामा नेपालले पहिलो अन्तर्राष्ट्रिय खेलमै…
पूरा पढ्नुहोस् »

नेपालमा सुनचाँदीलाई ‘नगदसरहको सम्पत्ति’का रूपमा लिइन्छ । पहेँलो र सेतो धातुलाई ‘सुरक्षित लगानी’का रूपमा पनि लिइने गरिएको छ । त्यसैले यसको व्यवसाय क्रमिक रूपमा बढ्दै गइरहेको छ । अझ नेपालजस्तो…
पूरा पढ्नुहोस् »

अभिनेत्री केकी अधिकारीले म्युजिक भिडियो निर्देशक विशाल भण्डारीलाई निर्देशक लिएर फिल्म निर्माण गर्न लागेकी छिन् । त्यसो त उनी ‘लभ साशा’ फिल्मकी सहनिर्माता पनि हुन् । लभ साशाले व्यावसायिक सफलता…
पूरा पढ्नुहोस् »

राजनीतिक दलहरूको निर्णय प्रक्रिया, त्यसमा कार्यकर्ताको सहभागिता, व्यवस्थापनलगायत पक्षबाट हेर्‍यो भने नेपाली लोकतन्त्र परिपक्व हुन अझै केही दशक लाग्ने देखिन्छ । आइतबार निर्वाचन आयोगमा समानुपातिकतर्फबाट प्रतिनिधिसभामा उम्मेदवार बन्न चाहनेहरूको सूची…
पूरा पढ्नुहोस् »

नयाँ पत्रिकाको न्युजरुममा आज उद्योग वाणिज्य महासंघकी अध्यक्ष भवानी राणासँग अन्तरक्रिया हुँदैछ । मुलुकको विकासमा निजी क्षेत्रका योगदान कति भन्ने विषयमा अन्तरक्रिया केन्द्रित हुँदैछ । अन्तरक्रिया फेसबुक लाइभ हेर्न तलको लिंकमा…
पूरा पढ्नुहोस् »

नयाँ पत्रिका, काठमाडौं   |   साउन ०१, २०७४

सुरुवाती ३३ मिनेटमै ४ गोल खायो नेपाली युवा टोलीले

एएफसी यू–२३ च्याम्पियनसिपअन्तर्गत समूह डीको छनोट खेलमा नेपाल आयोजक युएईसँग ५–० ले पराजित भएको छ । युएईको जितमा अहमेद हुसैनले दुई गोल गरेका थिए । समूह डीको उद्घाटन खेलमा नेपालले युएईविरुद्ध कुनै पनि समय सशक्त चुनौती प्रस्तुत गर्न सकेन । लगातार यू–२३ च्याम्पियनसिप खेलिसकेको युएईले नेपालमाथि पूरै ९० मिनेट दबाब राखेको थियो । नेपालले अहिलेसम्म आठ छनोट खेलमा ३१ गोल खाएको छ ।

३३ मिनेटमा चार गोल
युएईको चर्को गर्मी सामना गर्न नसकेको नेपाली युवा टोलीले सुरुवाती ३३ मिनेटभित्र चार गोल खाएको थियो । खेलको आठौँ मिनेटमै नेपाली टोली सम्हालिन नपाउँदै युएईका हुसैनले १–० का लागि गोल गरे । खेलको २०औँ मिनेटमा उनले डिबक्सभित्र डिफेन्डसको कमजोरी फाइदा उठाउँदै युएईलाई २–० को अग्रता दिलाए ।

खेलको २३औँ मिनेटमा मोहमद अलकबेरीले घरेलु टोलीलाई ३–० को बलियो स्थितिमा पुर्याए । उनले खालिदको उत्कृष्ट क्रसमा गोल गरेका हुन् । खेलको ३३औँ मिनेटमा अब्दुल रहिमले पेनाल्टी गोल गर्दैै ४–० को अग्रता दिलाउन सफल भए । डिबक्सभित्र नेपालका दिनेश राजवंशीले ह्यान्ड गरेपछि युएईले पेनाल्टी प्रहार गर्न अवसर पाएको हो ।

सबै क्षेत्रमा कमजोर
नेपाली युवा टोलीले आशाअनुरूप युएईविरुद्ध प्रदर्शन गर्न सकेनन् । नेपाल सबै क्षेत्रमा कमजोर देखियो । नेपालका युवा डिफेन्डरले बिर्सनलायक प्रदर्शन गरेका छन् । युएईले गरेको सबै गोल नेपाली डिफेन्डरकै गल्तीमा देखिन्थ्यो । नेपाली डिफेन्डरले विपक्षी खेलाडीलाई ‘ओपन गोल’ अवसर सिर्जना गर्न दिइरहेका थिए । युएईका खेलाडीले पनि प्राप्त मौका सदुपयोग गर्दै नेपाली पोस्टमा एकपछि अर्को गोल गर्दै गए ।

मध्यान्तरपछि सुधारिएको प्रदर्शन
पहिलो हाफको तुलनामा नेपाली युवा खेलाडीले दोस्रो हाफमा सुधारिएको प्रदर्शन गरे । नेपालका प्रशिक्षक राजुकाजी शाक्यले मध्यान्तरपछि आफ्ना रणनीति परिवर्तन गरेका थिए । पहिलो हाफमा धेरै गोल व्यहोरेपछि शाक्यले मध्यान्तरपछि डिफेन्स लाइन बलियो बनाए । जसका कारण दोस्रो हाफमा युएईले एक गोल मात्र गर्न सक्यो । खेलको ६०औँ मिनेटमा मोहमद रसिदले युएईलाई ५–० को फराकिलो गोलअन्तरमा राख्न सफल भए ।

नेपालको पहिलो सामना
नेपाली युया टोलीले आधिकारिक रूपमा युएईको युवा टोलीविरुद्ध प्रतिस्पर्धा गरेको हो । यसअघि एएफसीले आयोजना गरेको कुनै पनि उमेर समूहमा नेपालले युएईविरुद्ध प्रतिस्पर्धा गरेको छैन । पहिलो भेटमै नेपालले सकारात्मक नतिजा निकाल्न सकेन । युएईले नेपालविरुद्ध प्रतिस्पर्धा गर्न तयारीस्वरूप चार मैत्रीपूर्ण खेल खेलेको थियो ।