जनादेशमा एमाले राष्ट्रको पहिलो शक्ति बन्न सफल - Naya Patrika
© 2017 Naya Prakasan Pvt. Ltd.

राजेश हमाल, अभिनेता प्रायः दसैँमा म देशबाहिर नै हुन्छु । दिदीबहिनी अमेरिकामा भएकाले यसपालि पनि उतै जाने योजना बनाएको छु । टीकाको दिन मेरो आमाको श्राद्ध पर्छ । त्यसैले म…
पूरा पढ्नुहोस् »

मेष स्वास्थ्य: खानपानका कारण केही पेटको समस्याले सताउनेछ । शरीरमा आलस्यताले सताउला । पिरो एवं चिल्लो पदार्थ खानपानमा कम गरे उपयोगी रहला । रोजगारी: बाधा अड्चनका बीच वैदेशिक रोजगारीका काम…
पूरा पढ्नुहोस् »

काठमाडौं उपत्यकामा दसैँका लागि खसी, बोका र च्याङ्ग्रा आयात तिब्र भएको छ । व्यवसायीले कलंकीमा खसी बजार नै संचालन गरेका छन् । त्यहाँ खसी, बोका खरिद गर्ने र बिक्री गर्नेको…
पूरा पढ्नुहोस् »

लक्ष्मी काफ्ले/नयाँ पत्रिका झापामा यस सिजनको पहिलो गोल्डकप शिवसताक्षी नगरपालिकाको दुधेमा सुरु भएको छ । दूधे युथ क्लबले आयोजना गरेको पहिलो संस्करणको दुधे गोल्डकप बुधबारबाट सुरु भएको हो । विजया…
पूरा पढ्नुहोस् »

कांग्रेस सभापति शेरबहादुर देउवा प्रधानमन्त्री छन् । संसद्को सबैभन्दा ठूलो दलको सभापति भएपछि संसदीय गणित मिलाएर उनी प्रधानमन्त्री हुनु स्वाभाविक पनि हो । संसदीय या उदारवादी लोकतन्त्र पनि अरू अर्धलोकतन्त्र…
पूरा पढ्नुहोस् »

पछिल्लो अभ्युदयको वर्ष २००७ लाई मानिएको छ । त्यो वर्ष सैनिक सामन्तवादको नेतृत्व गरिरहेको राणाशाहीतन्त्र समाप्त भएको थियो । त्यसपछि २०१५ मा पहिलो आमनिर्वाचन, जनप्रतिनिधिको रूपमा सर्वसाधारणबाट प्रधानमन्त्रीको बहाल भयो…
पूरा पढ्नुहोस् »

जम्मा २९ दिन पदावधि रहेका प्रतिनिधिसभा संसद्का सदस्य जानुअघि फेरि अर्को कर्तुतमा सामेल भएका छन् । यसपटक उनीहरूले निर्वाचनलाई सीधै प्रभावित गर्ने गरी सरकारले व्यवस्था गरेको सांसद विकास कोषबाट ५०…
पूरा पढ्नुहोस् »

नयाँ पत्रिकाको न्युजरुममा आज उद्योग वाणिज्य महासंघकी अध्यक्ष भवानी राणासँग अन्तरक्रिया हुँदैछ । मुलुकको विकासमा निजी क्षेत्रका योगदान कति भन्ने विषयमा अन्तरक्रिया केन्द्रित हुँदैछ । अन्तरक्रिया फेसबुक लाइभ हेर्न तलको लिंकमा…
पूरा पढ्नुहोस् »

नयाँ पत्रिका   |   साउन ०१, २०७४

पहिलो र दोस्रो चरणका दुवै स्थानीय तहका निर्वाचन आमरूपमा सफलतापूर्वक सम्पन्न भएका छन् । हालसम्म ६ वटा प्रदेशको परिणाम प्रायः आइसकेको छ । यसको अब विविध पक्षबाट विश्लेषण हुनु आवश्यक छ । २० वर्षपछि भएको स्थानीय तहको निर्वाचनले स्वाभाविक रूपमा सबै पक्षको ध्यानाकर्षण गरेको छ । दुई दशकसम्म स्थानीय तहलाई जनप्रतिनिधिविहीन बनाइयो । त्यसको परिणाम नेपाली समाजले अत्यन्त नकारात्मक रूपमा व्यहोर्नुपर्यो । ताजा जनादेशमा अब ६ मध्ये पाँचवटा प्रदेशमा एमाले राष्ट्रको पहिलो शक्ति बनेको छ।

नयाँ संविधान कार्यान्वयनको सिलसिलामा स्थानीय तह पुनः संरचनाका लागि संविधानबमोजिम आयोग गठन गरियो । आयोगले मुलुकमा सात सय ४४ स्थानीय तहको संख्या, केन्द्र र सीमांकन निर्धारण गर्यो । निर्धारित सबै तहको चुनाव एकैपटक गरिनुपर्ने थियो । तर, सरकारले निर्धारित सबै तहका चुनाव एकैपटक सम्पन्न गर्ने हैसियत र क्षमता देखाउन सकेन । फलतः दुई चरणमा ६ प्रदेशमा चुनाव गरियो । एउटा प्रदेश नं. २ मा अझै बाँकी छ । अझ भनौँ दुई नम्बर प्रदेश जनप्रतिनिधिविहीन अवस्थामै छ ।

परिणाम विश्लेषण गर्दा पहिलो चरणको निर्वाचनमा एमालेले तीन स्वतन्त्रसहित एक सय २८ तहको नेतृत्वमा जितेको थियो । दोस्रो चरणको निर्वाचनमा एक सय ५२ तह जित्दै छ । समग्रमा एमालेले ६ प्रदेशमा दुई सय ८० तह जितेको छ । यस परिणामपछि एमाले मुलुकको पहिलो शक्तिका रूपमा देखा परेको छ । यसपछि क्रमशः कांग्रेस दोस्रो, माओवादी केन्द्र तेस्रो र संघीय समाजवादी फोरम चौथो शक्तिमा देखा परेका छन् । मत परिणाम हेर्दा यस चुनावले एकैपटक धेरैको आफ्नो अस्तित्व संकटग्रस्त देखाएको छ । साना वामपन्थी शक्तिको अस्तित्वमाथि अब गम्भीर प्रश्न उठेको छ । मधेसवादी भनिने दलहरूको अस्तित्वलाई जनमतले झन्डै–झन्डै तिरस्कार नै गरेको छ । जातीय रुझान र धारणा राखेर चुनावमा होमिएका पार्टी पत्तासाफ हुन पुगेका छन् । त्यसो हुँदा समग्रमा यो चुनाव एमाले र कांग्रेसबीचको दुई दलीय प्रतिस्पर्र्धाका रूपमा देखापरेको छ । यो निर्वाचनमा एमाले एक्लै चुनावी मैदानमा उत्रिएको थियो । दर्ता भएका बाँकी सबैजसो दल एमालेविरुद्धको गठबन्धनमा उत्रिएका थिए ।

केही–केही ठाउँमा एमालेले आफ्नो नेतृत्व रहने गरी तालमेल पनि नगरेको होइन । तर, त्यस्तो प्रयास खासै सफल भएन । मतदाताले त्यस्ता गठबन्धन रुचाएनन् । तालमेल गरिएका अरू पार्टीका चुनाव चिह्न मतदाताले सम्झिनै र रुचाउनै सकेनन् । त्यसले धेरै मत बदर हुने अवस्था भयो । र, निर्वाचन परिणाममै असर पुग्यो ।

विगतमा गरेका काम, राष्ट्रहितको पक्षमा उभिएर राखेको अडान र भविष्यका निम्ति प्रस्तुत गरेका योजना, खाका र सपनाकै कारण एमाले पहिलो शक्ति बन्न सफल भएको छ

प्राप्त मत परिणामलाई कतिले सामान्य रूपमा लिनुपर्ने विचार राख्छन् । तर, यो त्यस्तो सामान्य परिणाम होइन । एमाले प्रमुख प्रतिपक्षमा छ । सरकार यसको आधार भत्काउन उद्यत छ । दर्ता भएका दलजति सबै मिलेर एमालेविरुद्ध गठबन्धन बनाएको स्पष्टै छ । सरकार एमालेविरुद्ध निषेधको राजनीतिमा उत्रिएको छ । सामान्य विषयमा समेत प्रमुख प्रतिपक्षी दलसँग छलफल गरिएको छैन । सरकारले मनोमानी ढंगले विधि र नियमविपरीत काम गरेको छ । यसबीचका सरकारमा पहिले माओवादी केन्द्रको नेतृत्व रह्यो र अहिले कांग्रेसको नेतृत्व कायम छ । दुवै सरकारका नेतृत्व एमालेविरुद्ध नै लक्षित छन् । यसै आलोकमा निर्वाचन सम्पन्न भएको जगजाहेर छ । मत परिणाम हेर्दा एमाले करिब–करिब बहुमतको अवस्थामा देखियो । एमालेले अझ बढी सुझबुझ पु¥याएको थियो भने यो परिणाम अझ बढ्ने निश्चित थियो ।

यस क्रममा एमालेले केही कमजोरी गरेको देख्न सकिन्छ । कतिपय सुझबुझपूर्ण कदम नचालिनु यसको मुख्य कमजोरी रहे । जस्तो कि एमालेको करिब अढाई सय हाराहारीमा केन्द्रीय सदस्य र तहका सदस्यको संख्या छ । यदि हरेक केन्द्रीय सदस्यलाई एक–एक स्थानीय तहको जिम्मा दिएर देशव्यापी रूपमा परिचालन गर्न सकेको भए परिणाम अर्कै आउँथ्यो । उदाहरणका लागि ०७० को संविधानसभा निर्वाचनलाई लिन सकिन्छ । त्यसवेला प्रत्येक निर्वाचन क्षेत्रमा एमालेले एकजना केन्द्रीय प्रतिनिधि खटाएर प्रत्येक क्षेत्रको वस्तुस्थिति मसिनो ढंगले केलाएको थियो । त्यही तथ्यमा आधारित भई अत्यावश्यक रणनीति तयार गरिएको थियो । त्यसवेला एमाले पहिलो शक्ति बन्ने आँकलन थियो । पछि त्यही खालको परिणाम नआए पनि केही सिटले मात्रै एमाले दोस्रो बन्न पुगेको थियो ।

यसपटकको निर्वाचनमा त्यस्तो संयोजित प्रयास र आधार निर्माण हुन सकेन । पार्टीले प्रदेश संगठन कमिटी बनायो । तिनका मातहत जिल्ला कमिटी रहे । स्थानीय तह समेट्ने गरी त्यहीअनुसार अरू संगठन कमिटी बने । ती बन्नका लागि मात्र बनाइएका जस्ता रहे । तिनले स्पष्ट आकार–ढाँचा नै लिन सकेनन् । ती ठूला र भद्दा थिए । ती धेरै व्यक्तिलाई समेट्नका लागि मात्रै बनाइएका जस्ता थिए । यदि नेतृत्व तहबाट विशेष पहल गरिएको भए त्यसको आकार र प्रभाव नै भिन्न हुन सक्थ्यो । त्यसले निर्वाचन परिणामलाई नै फरक पार्ने निश्चित थियो । तर, यो काम राम्ररी हुन सकेन ।

निर्वाचनमा खडा गरिएका उम्मेदवार आफ्नै बुतामा मैदानमा उत्रिए । पार्टीको केन्द्रीय तहबाट उनीहरूका लागि खर्चबर्चको कुनै व्यवस्था भएन । साधनस्रोत हुनेलाई सजिलै भयो । तर, नहुनेलाई यसले धेरै अप्ठ्यारो प¥यो । मूलतः स्थानीय तहका उम्मेदवार र पार्टी किमिटीकै बुतामा यो चुनाव सम्पन्न भयो । यसमा पार्टीको केन्द्रीय तहबाट कुनै योजना निर्माण र कार्यान्वयन हुन सकेन । यदि यी सबै काम भएको भए चुनावी परिणाम अर्कै आउने निश्चित थियो ।

पार्टी अध्यक्ष केपी शर्मा ओली निर्वाचन हुने प्रत्येक जिल्ला र मुख्य तहमा पुग्न सकेको मात्रै भए पनि परिणाम अभैm फरक आउन सक्थ्यो । त्यसो हुन सक्दा स्थानीय पार्टी कमिटी बढी जागृत हुने थिए । त्यसले जनमानसमा अझ अर्कै ढंगको लहर ल्याउन सहज हुन्थ्योे । तर, अध्यक्ष ओली सीमित ठाउँमा मात्रै पुग्न सकेको स्थितिले परिणाममा त्यसले प्रभाव पारेको देखियो ।

पार्टीले तयार पारेको घोषणापत्रकै आधारमा एमालेले हासिल गरेको यो उपलब्धि कमजोर भने होइन । एमालेले विगतमा गरेका काम, राष्ट्रहितको पक्षमा उभिएर राखेको अडान र भविष्यका निम्ति प्रस्तुत गरेका योजना, खाका र सपनाकै कारण यो सफलता हासिल भएको छ । पार्टी अध्यक्ष ओलीप्रतिको राष्ट्रव्यापी क्रेजका कारण पनि अहिलेको परिणाम यति सकारात्मक रूपमा आएको छ । पार्टीको एकताबद्ध नेतृत्व र प्रस्तुति तथा अध्यक्ष ओलीको मियो भूमिकाले गर्दा निर्वाचनको लहर र परिणाम एमालेको पक्षमा आएको स्पष्टै छ ।

एमालेले हासिल गरेको अहिलेको यो उपलब्धिको अर्को पाटो मेची–महाकाली राष्ट्रिय अभियानको सफल आयोजना र त्यसको बहुआयामिक प्रभावसमेत हो । मेची–महाकाली अभियान सञ्चालन भएका प्रायः ठाउँमा एमालेले सानदार रूपमा जितेको छ । पहिलो र दोस्रो चरण तथा समग्रमा ४५ प्रतिशत स्थानीय तहको नेतृत्व एमालेले जितेको यस निर्वाचन परिणामको विश्लेषण र निष्कर्षबाट के देखिन्छ भने प्रदेश नं. २ मा पनि अब एमालेकै बहुमत आउने निश्चित छ । त्यहाँ पनि एमाले नै पहिलो पार्टी बन्ने आधार स्पष्ट देखिएको छ । ६ वटा प्रदेशमा सम्पन्न निर्वाचन परिणामले प्रदेश नं. ५ को सीमांकन हेरफेर गर्न प्रस्ताव गरिएका दुईपटककै संविधान संशोधन प्रस्ताव गलत थिए भन्ने पुष्टि गरेको छ । तराईमा एमालेको पक्षमा जनमत छैन भन्नेहरूलाई यस परिणामले मुखतोड जवाफ दिएको छ।

एमालेको पक्षमा हिमाल, पहाड र तराईमा अहिले एकसाथ लहर उर्लिएको छ । यद्यपि एमाले इतिहासमै सबभन्दा प्रतिकूल स्थिति र घेराबन्दीबीच निर्वाचनमा होमिएको थियो । निर्वाचन परिणामले यसपालि एमालेको पक्षमा लहर नै उर्लिएको स्पष्ट गरेको छ । अर्थात्, एमालेको अहिलेको विजय देशमा उर्लिएको एमाले–लहर नै हो । यसलाई अरूले पनि एमाले–लहरका रूपमा सहजतासाथ स्विकार्नु अनिवार्य छ ।
(थापा एमाले केन्द्रीय सदस्य हुन्)