गरिबीका अनेक रंग - Naya Patrika

देउवा र पौडेल पक्षबीच भागबन्डा नमिल्दा मंगलबार ५ बजेका लागि तय भएको शपथ स्थगित सत्तारुढ कांग्रेसभित्रै भागबन्डा नमिल्दा मंगलबार तय भइसकेको मन्त्रिपरिषद् विस्तार रोकिएको छ । प्रधानमन्त्री एवं कांग्रेस सभापति…
पूरा पढ्नुहोस् »

अमेरिकाको हिमाल आरोहणका क्रममा गत असार २ गते मृत्युवरण गरेका कीर्तिमानी आरोही तथा अल्ट्रा धावक सञ्जय पण्डितको शव ४० दिनपछि सोमबार राती नेपाल आइपुगेको छ । उनको पार्थिव शरीर श्रद्धाञ्जलि…
पूरा पढ्नुहोस् »

यस्ता कयौँ सेलेब्रिटी छन्, जसले आफ्नो बच्चाको पहिलो फोटो बेचेर करोडौँ कमाएका छन् । हलिउडमा यो ट्रेन्ड व्यापक छ । चर्चित गायिका तथा अभिनेत्री जेनिफर लोपेजदेखि जेसिका एल्बासम्मले आफ्ना सन्तानको…
पूरा पढ्नुहोस् »

जब गर्मी लाग्छ, घरभित्र लामखुट्टे भुनभुनाउन थाल्छन् । गर्मी बढ्दै जाँदा लामखुट्टेका हुल बढ्दै जान्छन्, कोठाभित्र । लामखुट्टेविरुद्ध झुल प्रयोग गर्नु नै उत्तम उपाय हो । तर, सुत्ने वेलाबाहेक अरू…
पूरा पढ्नुहोस् »

रोजगार आवेदन फाराम भर्न वाणिज्य बैंक खाता अनिवार्य – आठौँ कोरियन भाषा (इपिएस–टपिक) परीक्षामा १२ हजार १ सय ८ जना परीक्षार्थी उत्तीर्ण भएका छन् । वैदेशिक रोजगार विभाग, इपिएस कोरिया…
पूरा पढ्नुहोस् »

लोकसभाकी सभामुख सुमित्रा महाजनले सोमबार कंगे्रसका ६ सांसदलाई ५ दिनका लागि निलम्बित गरेकी छिन् । बोफोर्स मुद्दासम्बन्धी छलफल हुँदा सभामुख महाजनमाथि कागज फ्याँकेपछि कंग्रेसका गौरव गोगाई, के सुरेश, रञ्जन चौधरी,…
पूरा पढ्नुहोस् »

  न्यूजील्याण्डमा अर्को वर्ष आयोजना हुने आइसीसी यु–१९ को विश्वकप खेल्ने नेपालको सपना चकनाचुर भएको छ । सिंगापुरको इन्डियन क्रिकेट क्लबमा आज भएको अफगानिस्तानविरुद्धको खेलमा ९६ रनको भारी अन्तरले पराजय…
पूरा पढ्नुहोस् »

नेपालमा चेम्बर आन्दोलन सुरु भएको ६४ वर्ष भइसकेको छ । ०२३ मा स्थापना भएको निजी क्षेत्रको प्रतिनिधिमूलक संस्था नेपाल उद्योग वाणिज्य महासंघले पनि स्थापनाको स्वर्णजयन्ती मनाइसकेको छ । यति लामो…
पूरा पढ्नुहोस् »

सन् १९७५ मा रिलिज भएको थियो, हिन्दी फिल्म ‘सोले’ । अमजद खान सोलेमा मुख्य भूमिकामा थिए । फिल्ममा ‘गब्बर सिंह’ बनेका थिए, उनी । गब्बर सिंहको क्यारेक्टरले बलिउडमा एक्सन फिल्मको…
पूरा पढ्नुहोस् »

धेरै लेखिएका, बोलिएका र विरोध गरिएका तर निरन्तर राज्यको तिरस्कारमा परेका अनेक विषय छन् । यस्ता विषय पनि मौसमी हुन्छन् । सूचना र विश्लेषणका अनेक उपायद्वारा जनतालाई सचेत बनाउने र…
पूरा पढ्नुहोस् »

नयाँ पत्रिकाको न्युजरुममा आज उद्योग वाणिज्य महासंघकी अध्यक्ष भवानी राणासँग अन्तरक्रिया हुँदैछ । मुलुकको विकासमा निजी क्षेत्रका योगदान कति भन्ने विषयमा अन्तरक्रिया केन्द्रित हुँदैछ । अन्तरक्रिया फेसबुक लाइभ हेर्न तलको लिंकमा…
पूरा पढ्नुहोस् »

नयाँ पत्रिका   |   साउन ०१, २०७४

गरिबी निवारण मन्त्रालय (नामै काफी छ) अन्तर्गत गरिब घर परिवार सहयोग समन्वय बोर्डले देशका सबै भौगोलिक प्रदेशको प्रतिनिधित्व हुने गरी छनोट गरेका २५ जिल्लाको गरिब घर परिवार छनोट गरी ल्याएको प्रतिवेदनले नेपालमा गरिबीको वितरणबारे अनेक अवस्थालाई सार्वजनिक गरेको छ । यी २५ जिल्लाको तथ्यांक हेर्दा तिनमा २७ लाख आठ हजार सात सय ४४ परिवार गरिब रहेका देखिएको छ । यो ६८ लाख २९ हजार दुई सय ३१ परिवारमा गरिएको गणनाको नतिजा हो । यसरी हेर्दा ती जिल्लाको ४० प्रतिशत जनसंख्या गरिब रहेको देखिन्छ । तथ्यांक विभाग र अर्थ मन्त्रालयले सार्वजनिक गरेका निरपेक्ष गरिबीको रेखामुनिको जनसंख्याको अनुपात २४ प्रतिशतभन्दा कम रहेको सन्दर्भमा यो प्रतिशत निकै उच्च हो । प्रस्तुत तथ्यांकले मध्यपहाडी जिल्लामा अन्यत्रका तुलनामा कम गरिब रहेको देखाउँछ । गणनामा परेका २५ जिल्लामध्ये तनहुँ, गोरखा, बाग्लुङ, रुकुम, रोल्पा, अर्घाखाँची, भोजपुर, रामेछाप, खोटाङ जस्ता जिल्लाको गरिबी दर कम छ भने तराईका सिरहा, भित्री मधेस र पहाड मिसिएको सिन्धुली, कपिलवस्तु, जाजरकोट, डोल्पा, जुम्ला, कालिकोट, मुगु, बाजुरा, बझाङ, अछामको गरिबी दर निकै उच्च छ । सबैभन्दा बढी औसत घर परिवार गरिब भएको बाजुरामा ७१ प्रतिशत जनसंख्या गरिब भेटिएको छ । तराईको भए पनि कैलालीको गरिबी २५ जिल्लाको औसतभन्दा कम रहेको देखिन्छ ।

यसरी हेर्दा नेपालमा गरिबीको वितरण भौगोलिक र क्षेत्रगत दृष्टिले भिन्न–भिन्न देखिन्छ । समग्र आर्थिक अवस्थामा मध्यपहाडी जिल्लाहरू अगाडि छन् (यसमा चितवन, झापा, रुपन्देही जस्ता तराईका जिल्ला सामेल भएका छैनन्, जसको आर्थिक स्तर उच्च छ) । सबैभन्दा पछाडि कर्णाली र प्रदेश नम्बर ७ का हिमाली जिल्लाहरू रहेको देखिन्छ । केही वर्षअघिसम्म मुगु सबैभन्दा कम विकास भएको मानिन्थ्यो अहिले त्यो स्थान बाजुराले लिएको छ । यी जिल्लासँगै सिन्धुलीको गरिबी दर २५ जिल्लाको औसतभन्दा माथि देखिनुले सम्भवतः त्यहाँको जनजातिको बाक्लो उपस्थिति कारणका रूपमा रहेको छ । अर्थात्, गरिबीको वितरणमा जातीय अवस्थितिले पनि काम गरेको अनुमान गर्न सकिन्छ ।

गरिबी निवारण मन्त्रालयले यस्ता घर परिवार निश्चित गरिसकेपछि तिनलाई परिचयपत्र वितरण गर्ने र देशमा सञ्चालित गरिबी निवारण कार्यक्रमका प्राथमिकता त्यता विस्तार गर्ने लक्ष्य राखेको छ । यद्यपि, त्यसको ठोस कार्यविधि भने तय भइनसकेको सम्बन्धित अधिकारीले नै दाबी गरेका छन् । बर्सेनि प्रत्यक्ष रूपमा गरिबीलक्षित कार्यक्रमका लागि ६५ अर्बभन्दा बढी बजेट खर्चिने गरेको तथ्यांक हुँदा पनि गरिबी घटाउने मामिलामा उल्लेख्य उपलब्धि नदेखिनु उदेकलाग्दो पक्ष हो ।

दिइएका तथ्यांकले के बताउँछ भने गरिबी एकै कारणले कायम रहेको होइन । कतै सडक सञ्जाल नपुगेर, बजार नपुगेर, दुर्गममा भएकै कारणले गरिबी रहेको हुन सक्छ भने कतै जातीय अवस्थितिका कारण राज्यले पर्याप्त ध्यान नदिएर या सामाजिक सांस्कृतिक नीतिमा रहेका विभेदका कारणले पनि गरिबी बढी भएको हुन सक्छ । यी विविध आयामलाई सम्बोधन गर्ने गरी नीतिगत परिमार्जन र हस्तक्षेप गर्नुपर्नेतर्फ यी सूचनाले संकेत गरेका छन् ।