काठमाडौं महानगरका मेयरलाई खुला पत्र - Naya Patrika

देउवा र पौडेल पक्षबीच भागबन्डा नमिल्दा मंगलबार ५ बजेका लागि तय भएको शपथ स्थगित सत्तारुढ कांग्रेसभित्रै भागबन्डा नमिल्दा मंगलबार तय भइसकेको मन्त्रिपरिषद् विस्तार रोकिएको छ । प्रधानमन्त्री एवं कांग्रेस सभापति…
पूरा पढ्नुहोस् »

अमेरिकाको हिमाल आरोहणका क्रममा गत असार २ गते मृत्युवरण गरेका कीर्तिमानी आरोही तथा अल्ट्रा धावक सञ्जय पण्डितको शव ४० दिनपछि सोमबार राती नेपाल आइपुगेको छ । उनको पार्थिव शरीर श्रद्धाञ्जलि…
पूरा पढ्नुहोस् »

यस्ता कयौँ सेलेब्रिटी छन्, जसले आफ्नो बच्चाको पहिलो फोटो बेचेर करोडौँ कमाएका छन् । हलिउडमा यो ट्रेन्ड व्यापक छ । चर्चित गायिका तथा अभिनेत्री जेनिफर लोपेजदेखि जेसिका एल्बासम्मले आफ्ना सन्तानको…
पूरा पढ्नुहोस् »

जब गर्मी लाग्छ, घरभित्र लामखुट्टे भुनभुनाउन थाल्छन् । गर्मी बढ्दै जाँदा लामखुट्टेका हुल बढ्दै जान्छन्, कोठाभित्र । लामखुट्टेविरुद्ध झुल प्रयोग गर्नु नै उत्तम उपाय हो । तर, सुत्ने वेलाबाहेक अरू…
पूरा पढ्नुहोस् »

रोजगार आवेदन फाराम भर्न वाणिज्य बैंक खाता अनिवार्य – आठौँ कोरियन भाषा (इपिएस–टपिक) परीक्षामा १२ हजार १ सय ८ जना परीक्षार्थी उत्तीर्ण भएका छन् । वैदेशिक रोजगार विभाग, इपिएस कोरिया…
पूरा पढ्नुहोस् »

लोकसभाकी सभामुख सुमित्रा महाजनले सोमबार कंगे्रसका ६ सांसदलाई ५ दिनका लागि निलम्बित गरेकी छिन् । बोफोर्स मुद्दासम्बन्धी छलफल हुँदा सभामुख महाजनमाथि कागज फ्याँकेपछि कंग्रेसका गौरव गोगाई, के सुरेश, रञ्जन चौधरी,…
पूरा पढ्नुहोस् »

  न्यूजील्याण्डमा अर्को वर्ष आयोजना हुने आइसीसी यु–१९ को विश्वकप खेल्ने नेपालको सपना चकनाचुर भएको छ । सिंगापुरको इन्डियन क्रिकेट क्लबमा आज भएको अफगानिस्तानविरुद्धको खेलमा ९६ रनको भारी अन्तरले पराजय…
पूरा पढ्नुहोस् »

सन् १९७५ मा रिलिज भएको थियो, हिन्दी फिल्म ‘सोले’ । अमजद खान सोलेमा मुख्य भूमिकामा थिए । फिल्ममा ‘गब्बर सिंह’ बनेका थिए, उनी । गब्बर सिंहको क्यारेक्टरले बलिउडमा एक्सन फिल्मको…
पूरा पढ्नुहोस् »

धेरै लेखिएका, बोलिएका र विरोध गरिएका तर निरन्तर राज्यको तिरस्कारमा परेका अनेक विषय छन् । यस्ता विषय पनि मौसमी हुन्छन् । सूचना र विश्लेषणका अनेक उपायद्वारा जनतालाई सचेत बनाउने र…
पूरा पढ्नुहोस् »

नयाँ पत्रिकाको न्युजरुममा आज उद्योग वाणिज्य महासंघकी अध्यक्ष भवानी राणासँग अन्तरक्रिया हुँदैछ । मुलुकको विकासमा निजी क्षेत्रका योगदान कति भन्ने विषयमा अन्तरक्रिया केन्द्रित हुँदैछ । अन्तरक्रिया फेसबुक लाइभ हेर्न तलको लिंकमा…
पूरा पढ्नुहोस् »

नयाँ पत्रिका   |   साउन ०१, २०७४

आदरणीय मेयरसाब,
नमस्कार !
शुक्रबार (३० असार) राजधानी काठमाडौंमा केही समय अलि ठूलै वर्षा भएको यहाँले पनि सायद थाहा पाउनुभयो होला । वर्षा रोकिएपछि स्कुलबाट घर फर्किन वसुन्धराबाट सुरु भएको जाम छिचोलेर माछापोखरी, बालाजु पुग्न मोटरसाइकलमा झन्डै एक घन्टा लाग्यो । सामान्यतः यो ५ देखि ७ मिनेटमा पार हुने दूरी हो ।

मुस्किलले घर पुग्दा सामाजिक सञ्जालमा एउटा भिडियो आइरहेको देखियो । जसमा सोही क्षेत्रमा स्कुलबाट घर फर्किंदै गरेकी मैजत्री एउटी सानी साथी सामाखुसीमा रहेको एउटा ढलको ह्युमपाइपभित्र छिरेर बगेको कहालीलाग्दो दृश्य कैद भएको थियो । भिडियो देख्दा एकछिनसम्म त मेरो शरीर थर्र काँपिरह्यो । खुट्टा लुला भए । त्यो ह्युमपाइपमा मै पनि त पर्न सक्ने थिएँ । किनकि, म पनि भर्खरै सोही क्षेत्रको सडकको जाम मुस्किलले छिचोलेर घर पुगेकी थिएँ ।

के हामीजस्ता कलिला बालबालिका तपाईंका तत्कालका भोटर होइनौँ भन्दैमा हाम्रो ज्यानको मूल्य नै हुन्न र मेयरसाब ? के हामीले ढुक्क भई स्कुल जान र आउन पाउँदैनौँ र मेयरसाब ?

हो, बर्खामासमा वर्षालाई कसैले रोक्न सक्दैन । अलि ठूलो वर्षा हुँदा सडकहरू जलमग्न हुन पनि सक्छन् । यस्ता दृश्य हामीले विकसित देशका ठूला र व्यवस्थित सडकहरूमा पनि टेलिभिजन र इन्टरनेटमार्फत देख्ने गरेका छौँ । यसलाई अन्यथा सोच्न सायद हुँदैन पनि । तर, के यसरी त्यस्ता ह्युमपाइप, जसमा पसेर हामीजस्ता बालबालिकाहरू बेपत्ता नै हुन सक्ने अवस्था छ, तिनको मुख राम्ररी बन्द गर्ने, गहिरा खाल्टाखुल्टी पुर्ने र पानीको निकास राम्रो बनाउने काम पनि गर्न सक्नुहुन्न तपाईंहरूले ? धन्न त्यो ह्युमपाइपको मुखनजिकै अर्को स्थानमा पनि खुला रहेछ र ती साथीलाई सकुशल बाहिर निकाल्न सकियो । यदि त्यो ह्युमपाइप केही गरी बीचमै जाम भइदिइएको भए अथवा अलिक लामो दूरीसम्म ह्युमपाइपको मुख खुला नभएको भए ती साथीको अवस्था के हुँदो हो ? अहिले सम्झँदा पनि कहाली लागेर आउँछ ।

आदरणीय मेयरसाब, तपाईं हाम्रै अभिभावकहरूको मतबाट निर्वाचित हुनुहुन्छ । तपाईंमाथि हामी जनताको ठूलो आशा, भरोसा र विश्वास पनि छ । त्यसैले, तत्काल अब सडकमा जानुहोस् र त्यस्ता एम्बुसरूपी सडकका प्वालहरू थुन्नुहोस् । तिनको मर्मत गर्नुहोस् र त्यस्ता ज्यानमारा ह्युमपाइपको एम्बुसमा पर्नबाट हामीलाई जोगाउनुहोस् । हुन त यो सब तपाईंको कार्यक्षेत्रभित्र पर्ने हो कि होइन, मलाई थाहा भएन । तैपनि, तपाईंमाथिको भरोसाले यो खुला पत्र लेखेकी हुँ । के हामीजस्ता कलिला बालबालिका तपाईंका तत्कालका भोटर होइनौँ भन्दैमा हाम्रो ज्यानको मूल्य नै हुन्न र मेयरसाब ? के हामीले ढुक्क भई स्कुल जान र आउन पाउँदैनौँ र मेयरसाब ?

युथिका खनाल, मोक्षदा स्कुल
कुमारीगाल, काठमाडौं