चिरिबाबुका योजना : ललितपुरमा मोनोरेल, फ्लाइओभरदेखि विद्युतीय शवदाहगृह - Naya Patrika
© 2017 Naya Prakasan Pvt. Ltd.

  नवनिर्वाचित जनप्रतिनिधिले मानोमानी गर्न थालेको भन्दै रजवाराबासीले वडा कार्यालयमा तालाबन्दी गरेका छन् ।  गौमुखी गाउँपालिका–३ का वडा अध्यक्षले मनोमानी ढंगले कर्मचारी नियुक्त गरेको, संविधानले नागरिकलाई प्रदान गरेको सूचनाको हकको…
पूरा पढ्नुहोस् »

बलिउड अभिनेत्री दीपिका पादुकोण र रणवीर सिंहको प्रेमकहानीबारे सबैलाई थाहै छ । उनीहरू लामो समयदेखि प्रेममा छन् । तर, यसबारे दुवैजनाले खुलेर भने कहिल्यै बोलेका छैनन् । ‘रिल’ लाइफमा दर्शकले…
पूरा पढ्नुहोस् »

दसैँले हामीहरूको घर–आँगन टेकिसकेको छ । यो वेलामा सहरबाट गाउँ जानेहरूको भिड हुन्छ । गाउँमा आफ्ना आफन्त, पाहुना आएका हुन्छन् । विभिन्न प्रकारका फलफूल, बजारमा पाइने मिठाईहरू लैजाने चलन छ…
पूरा पढ्नुहोस् »

मुलुक संघीयतामा गइसकेको परिस्थितिमा यसको कार्यान्वयनका लागि राजस्व परिचालन अत्यन्तै महत्वपूर्ण हुन्छ । त्यसमा पनि आत्मनिर्भर अर्थतन्त्र निर्माणका लागि आन्तरिक राजस्व परिचालन अझ महत्वपूर्ण हुन्छ । संघीयता कार्यान्वयन गर्दै जाँदा…
पूरा पढ्नुहोस् »

वासिंटन/अमेरिकी बमवर्षक र युद्धक विमान उत्तर कोरियाली सामुद्रिक सीमाको आकाशमा शक्ति प्रदर्शन गरिरहेका छन् । अमेरिकी क्षेत्र गुआम र जापानको ओकिनावाबाट कोरियाली आकाशमाथि ती विमान उडेका हुन् । अमेरिकी राष्ट्रपति…
पूरा पढ्नुहोस् »

आठौँ लिगलिगे दौड २०७४ को उपाधि नेपाल आर्मीका खगेन्द्र रानाभाटले जितेका छन् । चेपेघाटदेखि लिगलिगकोट सम्मको निर्धारित दुरी १ घण्टा दुइ मिनेटमा पार गर्दै डोटी घर भएका रानाभाटले उपाधि जितेका…
पूरा पढ्नुहोस् »

चीन सरकारको केन्द्रीय तथ्यांक निकाय नेसनल ब्युरो अफ स्टाटिस्टिक्सका अनुसार सन् २०१७ को पहिलो पाँचमहिने अवधिमा रोबोट उत्पादन गत वर्ष सोही अवधिको तुलनामा करिब ५० दशमलव ४ प्रतिशतले वृद्धि भएको…
पूरा पढ्नुहोस् »

प्रस्तुतिः अच्युत पुरी एसिया प्यासिफिक ट्राभल एसोसिएसन (पाटा) अन्तर्राष्ट्रियको वार्षिक कार्यक्रमअनुसार यस वर्ष पाटा ट्राभल मार्टको आयोजना गर्ने अवसर मकाउले पायो । एसिया प्यासिफिक क्षेत्रका ६० भन्दा बढी मुलुकका पर्यटनसँग…
पूरा पढ्नुहोस् »

स्थानीय तहको अन्तिम चरणको परिणाम आइरहेकै वेला दलहरू आउने मंसिरमा हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्यका लागि उम्मेदवार छनोटको गृहकार्यमा जुटेका छन् । आउने २९ असोजमा समानुपातिकतर्फका दुवै तहका उम्मेदवारको नाम…
पूरा पढ्नुहोस् »

नयाँ पत्रिकाको न्युजरुममा आज उद्योग वाणिज्य महासंघकी अध्यक्ष भवानी राणासँग अन्तरक्रिया हुँदैछ । मुलुकको विकासमा निजी क्षेत्रका योगदान कति भन्ने विषयमा अन्तरक्रिया केन्द्रित हुँदैछ । अन्तरक्रिया फेसबुक लाइभ हेर्न तलको लिंकमा…
पूरा पढ्नुहोस् »

रमेश सापकोटा, ललितपुर   |   असार ३१, २०७४

महानगरको बजेट ३ अर्ब २२ करोड ९१ लाख

ललितपुर महानगरपालिकाका प्रमुख चिरिबाबु महर्जनले मोनोरेल, फ्लाइओभर र फ्लाइओभर इन्रसेक्सन निर्माण जस्ता नीतिलाई अघि सारेका छन् । ललितपुर महानगरपालिकाको प्रथम नगर सभामा आर्थिक वर्ष २०७४/७५ को नीति कार्यक्रम तथा बजेट सार्वजनिक गर्दै महर्जनले सार्वजनिक यातायातमा सर्वसाधारणको पहुँच पुर्‍याइ ट्राफिक व्यवस्थापनलाई सरल र सहज पुर्‍याउने उद्देश्यले काठमाडौं महानगरपालिका लगायतका स्थानीय तहहरुको समन्वय र सहकार्यमा मोनोरेल संचालन, फ्लाइओभर निर्माण र फ्लाइओभर निर्माण जस्ता वैकल्पिक मार्गहरु निर्माण गर्ने कार्यलाई प्राथमिकतामा राखेको घोषणा गरेका हुन् ।

यी पूर्वाधार निर्माणका लागि अध्ययन अनुसन्धानको कार्य प्रारम्भ भइसकको समेत उनको नीतिमा उल्लेख छ । बढ्दो ट्राफिक जामलाई ख्याल गर्दै पुल्चोकदेखि बाग्मती पुलसम्म झण्डै डेढ किलोमिटरको फ्लाइओभर बनाउने विषयमा महानगरले अध्ययन गरिरहेको छ । मोनोरेल ललितपूरको गोदावरी देखि काठमाडौँको वुढानिलकण्ठसम्म बनाउने विषयमा अध्ययन गरिरहेको महानगरले जनाएको छ ।

उपभोक्ता समितिसँगको सम्झौता खारेज

महानगरपालिकाले आर्थिक वर्ष २०७२/७३ सम्म सम्झौता भएका तर, संचालन नभएका उपभोक्ता समितिहरुको सम्झौता स्वतः खोरेज गरेको जनाएको छ । आर्थिक वर्ष २०७३/७४ का वडा र नगरस्तरीय योजनाहरुको दायित्व आर्थिक वर्ष २०७४/७५ का प्रथम चौमासिकसम्म सम्पन्न गर्ने गरी सारिएको छ ।

ऐतिहासिक एवं पर्यटकीय स्थानमा ढलान नगरिने

नगरको घनावस्ती तथा ऐतिहासि पर्यटकीय स्थानहरुमा आवश्यकता अनुसार इटा, ढुंगा र ब्लक छाप्ने वैकल्पिक कार्यलाई निरन्तरता दिने भन्दै महानगरपालिकाले यस्त स्थानमा आइरसिसी र ढलान गर्ने कार्यलाई विस्थापित गरिने घोषणा गरेको छ ।

महानगरका सबै वडामा घुम्तीसडक

महानगरभित्रका सबै वडाहरुलाई समेटिने गरी घुम्ती सडकको संजाल निर्माण गर्ने प्रक्रियाको संभाव्यता अध्ययन गर्ने घोषणा पनि महानगरको छ ।

शंखमूलमा विद्युतीय शवदाहगृह

विभिन्न स्थानमा भएका घाटहरुको सुधार गरी शंखमूलमा विद्युतीय शवदाहगृह निर्माणको नीतिलाई महानगरले प्राथमिकतमा राखेको छ ।

नक्सापासमा शतप्रतिशत छुट

महानगरले जोखिममा देखिएका भवनहरुलाई भूकम्पीय सुदृढीकरणको लागि सम्बन्धित घर धनीहरुलाई निर्देश गर्ने जोखिममा रहेका भवनहरु हटाई पुननिर्माण गरेमा महानगरपालिकाबाट प्रदान गर्ने सेवा सुविधामा प्राथमिकता दिई नक्सा पास र नक्सा नियमितमा लाग्ने दस्तुरमा आर्थिक वर्ष २०७४÷७५ सम्म शतप्रतिशत छुट गरिने नीति लिइने घोषणा महर्जनले गरेका छन् ।

महानगरमा नेपाल भाषाको पनि बडापत्र

महानगरपालिकाले नेपाल भाषाको संरक्षण तथा प्रवद्र्धन गर्नका लागि नेपाल भाषा डेस्कलाई प्रभावकारी बनाई महानगरपालिकाको नागरिक बडापत्र नेपाल भाषामा समेत प्रकाशित गर्ने नीति महर्जनले अघि सारेका छन् । साथै नेपाल भाषाको अध्ययन अध्यापन सम्बन्धी व्यवस्थालाई प्रभावकारी बनाउनुकासाथै नेपाल भाषा पत्रकारिता उत्थानको लागि आवश्यक नीति लिने घोषणा पनि महर्जनले गरेका छन् ।

पुल्चोकदेखि मंगलबजारसम्म विद्युतीय बस

पर्यटकहरुको सुविधानलाई ध्यान दिने भन्दै महागरपालिकाले ललितपुरको पुल्चोकदेखि मंगलबजारसम्म विद्युतीय बस संचालन गर्ने भएको छ । यसै वर्षदेखि टेण्डर माग गरी प्रक्रिया अघि बढाउने घोषणा पनि महागनरले गरेको छ ।

साझा बस अब गोदावरी र बुङमतिसम्म

यात्रु र पर्यटनलाई थप प्रवद्र्धन गर्न भन्दै महानगरले साझा यातायात अब ललितपुरको गोदावरी र बुङमतिसम्म पनि चलाउने प्रक्रिया केही दिनमैं सुरु हुने जनाएको छ । यसका लािग साझा यातायात सहकारी संस्थासँग एमओयूमा हस्ताक्षर भइसकेको र निकट भविष्यमैं उक्त क्षेत्रमा बस संचालन गर्ने घोषणा महानगरले गरेको छ ।
फोहोरमैला व्यवस्थापन, भुस्याहाकुुकुरको बन्ध्यान्करण, छाडा गाइवस्तुको उचित व्यस्थापन, नदीको सरसफाई, सार्वजनिक स्थानमा पार्क, सडकका दायाँबायाँ विरुवा नभई ठूला रुख रोप्ने घोषणा पनि महानगरको छ ।

महानगरको बजेट ३ अर्ब २२ करोड ९१ लाख

ललितपुर महानगरपालिकाका प्रमुख चिरिबाबु महर्जनले आार्थिक वर्ष २०७४÷७५ का लागि तीन अर्ब २२ करोड ९१ लाख १० हजार रुपैयाँको बजेट सार्वजनिक गरेका छन् । प्रस्ताव गरिएको खर्चमध्ये आन्तरिक स्रोतबाट एक अर्ब २२ करोड ४४ लाख प्रस्ताव गरिएको छ ।

त्यस्तै, नेपाल सरकार सशर्त अनदान (कृषि, पशु, स्वास्थ्य, शिक्षा) तर्फ २८ करोड १२ लाख ६३ हजार, वित्तीय समानीकरणतर्फ ५६ करोड ७ लाख ४७ हजार, बहुवर्षीय सडक विस्तार तर्फ १० करोड, विषयगत अनुदान अर्थात सामाजिक सुरक्षा जेष्ठ नगारिक, असहाय, अशक्त, लाभग्राहीहरु, सडक बोर्ड नेपाल, स्थानीय शासन तथा वैदेशिक अनुदानतर्फ ७७ करोड १२ लाख गरी जम्मा तीन अर्ब २२ करोड ९१ लाख १० हजारको बजेट प्रस्तुत गरिएको हो ।
यसमा पूजीगत अर्थात विकास बजेट दुई अर्ब ७९ करोड ७८ लाख २३ हजार (८६.६५ ५) चालु खर्चतर्फ ४३ करोड १२ लाख ८७ हजार (१३.३५ ५) प्रस्ताव गरिएको हो ।