‘पराजयको कारण अन्तर्घात र आर्थिक चलखेल’ - Naya Patrika
© 2017 Naya Prakasan Pvt. Ltd.

राजेश हमाल, अभिनेता प्रायः दसैँमा म देशबाहिर नै हुन्छु । दिदीबहिनी अमेरिकामा भएकाले यसपालि पनि उतै जाने योजना बनाएको छु । टीकाको दिन मेरो आमाको श्राद्ध पर्छ । त्यसैले म…
पूरा पढ्नुहोस् »

मेष स्वास्थ्य: खानपानका कारण केही पेटको समस्याले सताउनेछ । शरीरमा आलस्यताले सताउला । पिरो एवं चिल्लो पदार्थ खानपानमा कम गरे उपयोगी रहला । रोजगारी: बाधा अड्चनका बीच वैदेशिक रोजगारीका काम…
पूरा पढ्नुहोस् »

काठमाडौं उपत्यकामा दसैँका लागि खसी, बोका र च्याङ्ग्रा आयात तिब्र भएको छ । व्यवसायीले कलंकीमा खसी बजार नै संचालन गरेका छन् । त्यहाँ खसी, बोका खरिद गर्ने र बिक्री गर्नेको…
पूरा पढ्नुहोस् »

लक्ष्मी काफ्ले/नयाँ पत्रिका झापामा यस सिजनको पहिलो गोल्डकप शिवसताक्षी नगरपालिकाको दुधेमा सुरु भएको छ । दूधे युथ क्लबले आयोजना गरेको पहिलो संस्करणको दुधे गोल्डकप बुधबारबाट सुरु भएको हो । विजया…
पूरा पढ्नुहोस् »

कांग्रेस सभापति शेरबहादुर देउवा प्रधानमन्त्री छन् । संसद्को सबैभन्दा ठूलो दलको सभापति भएपछि संसदीय गणित मिलाएर उनी प्रधानमन्त्री हुनु स्वाभाविक पनि हो । संसदीय या उदारवादी लोकतन्त्र पनि अरू अर्धलोकतन्त्र…
पूरा पढ्नुहोस् »

पछिल्लो अभ्युदयको वर्ष २००७ लाई मानिएको छ । त्यो वर्ष सैनिक सामन्तवादको नेतृत्व गरिरहेको राणाशाहीतन्त्र समाप्त भएको थियो । त्यसपछि २०१५ मा पहिलो आमनिर्वाचन, जनप्रतिनिधिको रूपमा सर्वसाधारणबाट प्रधानमन्त्रीको बहाल भयो…
पूरा पढ्नुहोस् »

जम्मा २९ दिन पदावधि रहेका प्रतिनिधिसभा संसद्का सदस्य जानुअघि फेरि अर्को कर्तुतमा सामेल भएका छन् । यसपटक उनीहरूले निर्वाचनलाई सीधै प्रभावित गर्ने गरी सरकारले व्यवस्था गरेको सांसद विकास कोषबाट ५०…
पूरा पढ्नुहोस् »

नयाँ पत्रिकाको न्युजरुममा आज उद्योग वाणिज्य महासंघकी अध्यक्ष भवानी राणासँग अन्तरक्रिया हुँदैछ । मुलुकको विकासमा निजी क्षेत्रका योगदान कति भन्ने विषयमा अन्तरक्रिया केन्द्रित हुँदैछ । अन्तरक्रिया फेसबुक लाइभ हेर्न तलको लिंकमा…
पूरा पढ्नुहोस् »

नयाँ पत्रिका, गुल्मी   |   असार ३१, २०७४

कांग्रेस गुल्मीले अन्तर्घात र आर्थिक चलखेलका कारण स्थानीय निर्वाचनमा अपेक्षाकृत परिणाम ल्याउन नसकेको जनाएको छ । शुक्रबार पार्टीले सदरमुकाम तम्घासमा आयोजना गरेको पत्रकार सम्मेलनमा अपेक्षाकृत परिणाम नआउनुको कारण अन्तर्घात भएको जनाएको हो।

‘अन्तर्घात गर्नेहरूको पहिचान गर्दै छौँ,’ पार्टी सभापति भुवनप्रसाद श्रेष्ठले भने, ‘जसका कारण सोचेको परिणाम आउन सकेन ।’ साथै, उनले प्रतिपक्षहरूले करौडौँ पैसा बाँडेर चुनाव आफ्नो पोल्टामा पारेको आरोप पनि लगाए । पत्रकार सम्मेलनमा कांग्रेस नेता धनबहादुर नेपालीलाई किन्ने उद्देश्यले एमालेका जिल्ला सचिवालय सदस्य गणेश श्रीपालीले २५ हजार रुपैयाँ दिएको सार्वजनिक गरे । तर, एमाले जिल्ला सचिवालय सदस्य गणेश श्रीपालीले भने आरोप नियोजित भएको बताए । पार्टी हारपछिका पीडा बिर्साउन गलत हल्ला फैलाएको श्रीपालीले प्रतिक्रिया दिए ।

कार्यक्रममा जिल्लाभर कांग्रेसले ल्याएको परिणामको समीक्षा सभापति श्रेष्ठले गरेका थिए । जिल्लाका दुई नगरपालिका र १० गाउँपालिकामध्ये गुल्मी दरबार, कालीगण्डकी, सत्यवती र चन्द्रकोट गरी चार गाउँपालिका कांग्रेसले जितेको छ । साथै, ९३ वडामध्ये ३१ वडामा कांग्रेस विजयी भएको छ । श्रेष्ठले शान्तिपूर्ण र भयरहित वातावरणमा निर्वाचन सम्पन्न गरराउने निर्वाचन कार्यालय, कर्मचारी, राजनीतिक दल, सञ्चारकर्मी तथा सुरक्षाकर्मी सबैलाई धन्यवादसमेत दिए ।