काठमाडौं महानगरको योजना बन्दै - Naya Patrika
© 2017 Naya Prakasan Pvt. Ltd.

राजेश हमाल, अभिनेता प्रायः दसैँमा म देशबाहिर नै हुन्छु । दिदीबहिनी अमेरिकामा भएकाले यसपालि पनि उतै जाने योजना बनाएको छु । टीकाको दिन मेरो आमाको श्राद्ध पर्छ । त्यसैले म…
पूरा पढ्नुहोस् »

मेष स्वास्थ्य: खानपानका कारण केही पेटको समस्याले सताउनेछ । शरीरमा आलस्यताले सताउला । पिरो एवं चिल्लो पदार्थ खानपानमा कम गरे उपयोगी रहला । रोजगारी: बाधा अड्चनका बीच वैदेशिक रोजगारीका काम…
पूरा पढ्नुहोस् »

काठमाडौं उपत्यकामा दसैँका लागि खसी, बोका र च्याङ्ग्रा आयात तिब्र भएको छ । व्यवसायीले कलंकीमा खसी बजार नै संचालन गरेका छन् । त्यहाँ खसी, बोका खरिद गर्ने र बिक्री गर्नेको…
पूरा पढ्नुहोस् »

लक्ष्मी काफ्ले/नयाँ पत्रिका झापामा यस सिजनको पहिलो गोल्डकप शिवसताक्षी नगरपालिकाको दुधेमा सुरु भएको छ । दूधे युथ क्लबले आयोजना गरेको पहिलो संस्करणको दुधे गोल्डकप बुधबारबाट सुरु भएको हो । विजया…
पूरा पढ्नुहोस् »

कांग्रेस सभापति शेरबहादुर देउवा प्रधानमन्त्री छन् । संसद्को सबैभन्दा ठूलो दलको सभापति भएपछि संसदीय गणित मिलाएर उनी प्रधानमन्त्री हुनु स्वाभाविक पनि हो । संसदीय या उदारवादी लोकतन्त्र पनि अरू अर्धलोकतन्त्र…
पूरा पढ्नुहोस् »

पछिल्लो अभ्युदयको वर्ष २००७ लाई मानिएको छ । त्यो वर्ष सैनिक सामन्तवादको नेतृत्व गरिरहेको राणाशाहीतन्त्र समाप्त भएको थियो । त्यसपछि २०१५ मा पहिलो आमनिर्वाचन, जनप्रतिनिधिको रूपमा सर्वसाधारणबाट प्रधानमन्त्रीको बहाल भयो…
पूरा पढ्नुहोस् »

जम्मा २९ दिन पदावधि रहेका प्रतिनिधिसभा संसद्का सदस्य जानुअघि फेरि अर्को कर्तुतमा सामेल भएका छन् । यसपटक उनीहरूले निर्वाचनलाई सीधै प्रभावित गर्ने गरी सरकारले व्यवस्था गरेको सांसद विकास कोषबाट ५०…
पूरा पढ्नुहोस् »

नयाँ पत्रिकाको न्युजरुममा आज उद्योग वाणिज्य महासंघकी अध्यक्ष भवानी राणासँग अन्तरक्रिया हुँदैछ । मुलुकको विकासमा निजी क्षेत्रका योगदान कति भन्ने विषयमा अन्तरक्रिया केन्द्रित हुँदैछ । अन्तरक्रिया फेसबुक लाइभ हेर्न तलको लिंकमा…
पूरा पढ्नुहोस् »

नयाँ पत्रिका, काठमाडौं   |   असार ३१, २०७४

काठमाडौं महानगरपालिकाका अल्पकालीन, मध्यकालीन र दीर्घकालीन योजनामाथि छलफल सुरु भएको छ । शुक्रबार सुरु भएको पहिलो नगरसभामा मेयर विद्यासुन्दर शाक्यले आगामी वर्षका नीति तथा कार्यक्रम पेस गरेका हुन् ।

योजनामा लोककल्याणकारी अवधारणा लागू गर्ने, सामाजिक, आर्थिक र सांस्कृतिक रूपमा पछि परेको समुदायलाई प्राथमिकता दिने, घरघरमै वृद्धभत्ता, ज्येष्ठ नागरिक, अपांगता भएका व्यक्ति, पाँच वर्षमुनिका बालबालिका, गरिबीको परिचयपत्र प्राप्त गरेका व्यक्तिलाई साझा बसमा निःशुल्क यात्रा, उज्यालो काठमाडौं, साइकल सिटी निर्माण, सुशासन, पारदर्शिता, सामाजिक न्यायलाई अंगीकार गर्ने, स्थानीय ज्ञान, सीप र क्षमतालाई प्रश्रय दिने, राष्ट्रको सांस्कृतिक धरोहर मानिने सम्पदा र संस्कृतिलाई संवद्र्धन गर्नेजस्ता विषय उल्लेख छन् ।

शनिबारसम्म ३२ वटै वडाका अध्यक्ष तथा प्रतिनिधिले आ–आफ्नो धारणा राख्ने र लगत्तै पारित गर्ने कार्यक्रम छ । सभाको उद्घाटन गर्दै एमाले अध्यक्ष केपी ओलीले सहमति र समझदारीका साथ अघि बढ्न महानगरपालिकालाई सुझाब दिए ।