नयाँ पत्रिका विकास बहस : लगानीको प्रतिफल नेपालमा जति अन्त कहीँ पाइँदैन - Naya Patrika
© 2017 Naya Prakasan Pvt. Ltd.
अपडेट

  गच्छदारले २०६४ साल १८ माघमा बालुवाटारमा कांग्रेसका शीर्ष नेताबीच छलफल गर्दा कांग्रेस छोड्नुपरेको यथार्थ सुनाउँदै गर्दा भावुक बन्दै गए । उनी भावुकतामा पुग्दै गर्दा माइकले काम गर्न छोड्यो ।…
पूरा पढ्नुहोस् »

हलिउडका चर्चित निर्माता हार्वे विन्स्टेइनका एकपछि अर्को गर्दै यौनजन्य हिंसाका घटना सार्वजनिक हुने क्रम बढेको छ । न्यूयोर्क टाइम्सले निर्माता हार्वेले यौन शोषण गर्ने गरेको सार्वजनिक गरेपछि यौन उत्पीडनमा परेका…
पूरा पढ्नुहोस् »

आजभोलि धेरैमा मुटुसम्बन्धी रोग देखा पर्ने गरेको छ । चिकित्सकहरू पनि पछिल्लो समय मुटुरोगी बढेको बताउँछन् । उनीहरूका अनुसार हाम्रो दैनिक जीवनशैली र विभिन्न कारणले मुटुसम्बन्धी रोग हुने गरेको छ…
पूरा पढ्नुहोस् »

युरोपेली मुलुक अस्ट्रियामा आइतबार आमनिर्वाचन सम्पन्न भएको छ । मत सर्वेक्षणहरूले युवा नेता सिबास्टियन कुर्जले नेतृत्व गरेको कन्जरभेटिभ पिपुल्स पार्टी (ओभिपी) अग्र स्थानमा आउने प्रक्षेपण गरेका छन् । पिपुल्स पार्टी…
पूरा पढ्नुहोस् »

पहिलो अन्तर्राष्ट्रिय फुटसल प्रतियोगितामा सहभागिता जनाएको नेपाली टोली आइतबार एएफसी छनोट फुटसल च्याम्पियसिपमा उज्वेकिस्तानसँग १४–१ को भारी अन्तरले पराजित भएको छ । इरानमा सञ्चालन भइरहेको प्रतिस्पर्धामा नेपालले पहिलो अन्तर्राष्ट्रिय खेलमै…
पूरा पढ्नुहोस् »

– आसन्न निर्वाचनमार्फत संघीय लोकतान्त्रिक गणतन्त्र नेपालको संविधान ०७२ को कार्यान्वयन गरी सुशासन र भ्रष्टाचारमुक्त प्रशासनको बाटोमा हिँडेर देश र जनताको सेवामा अविराम लाग्यौँ भने अबका दिनमा सबल, सक्षम र…
पूरा पढ्नुहोस् »

अभिनेत्री केकी अधिकारीले म्युजिक भिडियो निर्देशक विशाल भण्डारीलाई निर्देशक लिएर फिल्म निर्माण गर्न लागेकी छिन् । त्यसो त उनी ‘लभ साशा’ फिल्मकी सहनिर्माता पनि हुन् । लभ साशाले व्यावसायिक सफलता…
पूरा पढ्नुहोस् »

उहिले मानिस शक्तिदेखि निकै डराउँथे । पहिले प्रकृतिका रहस्यसँग अपरिचित भएको मान्छेले हरेक समस्याको समाधान पनि अदृश्य शक्तिमा खोजी पस्थ्यो । त्यही भएर नाग देवता, जल देवता, सूर्य देवता, भूमि…
पूरा पढ्नुहोस् »

नयाँ पत्रिकाको न्युजरुममा आज उद्योग वाणिज्य महासंघकी अध्यक्ष भवानी राणासँग अन्तरक्रिया हुँदैछ । मुलुकको विकासमा निजी क्षेत्रका योगदान कति भन्ने विषयमा अन्तरक्रिया केन्द्रित हुँदैछ । अन्तरक्रिया फेसबुक लाइभ हेर्न तलको लिंकमा…
पूरा पढ्नुहोस् »

नयाँ पत्रिका   |   असार ३०, २०७४
विनोद चौधरी, उद्योगपति

विश्वका सर्वाधिक धनीहरूको सूची जारी गर्ने फोब्र्स पत्रिकामा समाविष्ट पहिलो नेपाली हुन्, विनोद चौधरी । उनको सम्पत्ति १.३३ बिलियन अमेरिकी डलर अर्थात् करिब एक खर्ब ३३ अर्ब नेपाली रुपैयाँँभन्दा बढी छ । एउटा नेपालीको सम्पत्ति त्यति धेरै हुनु अरू नेपालीका लागि खुसीकै विषय हो । तर, सँगै अर्को कटु यथार्थ के छ भने यही देशका २३ प्रतिशत जनता अहिले पनि गरिबीको रेखामुनि छन् र तिनीहरूको दैनिक आम्दानी १.२५ डलर अर्थात् एक सय २५ रुपैयाँँ वरिपरि मात्र छ । केही उद्यमी खर्बपति हुने र अधिकांश जनताको जीवनस्तर आधारभूत स्तरमा नहुने हो भने देश समृद्ध कसरी होला ? यही विषयमा बहस गर्न हामीले खर्बपति चौधरीलाई नयाँ पत्रिका न्युजरुममा बोलाएका थियौँ । नयाँ पत्रिकाकर्मीले राखेका प्रश्न मात्र होइन, फेसबुकमा प्राप्त जिज्ञासाहरूको पनि उनले खुलेर जवाफ दिएका छन् ।

एउटा अन्तर्राष्ट्रिय ख्याती पाएको खर्बपति हाम्रो देशमा छन्, उनको सम्पत्ति एक सय ३३ अर्बभन्दा बढी छ भनेर ती नेपाली दाजुभाइले किन गर्व गर्ने जबकि गरिबीको रेखामुनिको रहेका ५० लाखभन्दा बढी नेपालीको दैनिक आम्दानी एक सय २५ रुपैयाँभन्दा पनि कम छ । उनीहरूको जीवनस्तर देख्दा तपाईंंलाई कस्तो महसुस हुन्छ ?
म पनि नेपाली जनताबीचको मान्छे हुँ । म पनि अत्यन्तै साधारण पृष्ठभूमिमा हुर्किएँ । मैले सार्वजनिक बस चढेर सानोठिमीको सामुदायिक विद्यालयमा शिक्षा हासिल गरेँ । तर, मलाई कहिल्यै पनि लघुताभास भएन । एउटा सामुदायिक विद्यालयमा पढ्ने सामान्य पृष्ठभूमिको व्यक्तिले ठूलो काम गर्न सक्दैन भन्ने सोच मैले कहिल्यै राखिनँ । ०४६ सालयता जब देशमा एउटा ठूलो राजनीतिक परिवर्तन आइरहेको थियो, मेरो आफ्नो जीवनमा पनि परिवर्तन आइरहेको थियो । म त्यतिवेला नेपाल उद्योग वाणिज्य महासंघको अध्यक्ष बन्ने तरखरमा थिएँ । धेरै दृष्टिकोणबाट विकास प्रक्रियाले नयाँ जोस र जाँगर प्राप्त गरेको अवस्था थियो । म अहिले पनि सम्झन्छु, सन् १९९३ मा नेपालले ठूलो अर्थिक वृद्धि हासिल गरेको वर्ष थियो । अहिले आएर फेरि त्यस्तै आर्थिक वृद्धिदर हासिल भएको छ । त्यतिवेला पनि निर्यात ह्वात्तै दोब्बर भएको थियो । भारतसँगको सम्बन्ध सुधार भएर व्यापार तथा पारवहनको नयाँ सन्धि भएको थियो । बहुराष्ट्रिय कम्पनीहरूले नेपालमा कारखाना खोल्ने लहर नै चलेको थियो । डाबरदेखि युनिलिभरसम्मका सबै बहुराष्ट्रिय कम्पनी त्यही वेला खुलेका हुन् । भिन्न प्रकारको हिसाबले मेडिकल कलेजदेखि क्यासिनो, निजी विमान कम्पनीसम्म खुले । त्यो वेला फर्केर हेर्छु । हामी उद्यम क्षेत्रमा भएका मानिसले समेत हत्तपत्त अनुमान, आँकलन गर्न नसक्ने एक प्रकारको आशा आफ्नो अगाडि थियो । त्यो हुँदाहुँदै फेरि राजनीतिले केन्द्रबिन्दुमा प्रवेश पायो । राम्रोसँग चलेको बहुमतीय सरकारलाई तत्कालीन प्रधानमन्त्रीले विघटन गर्नुभयो । त्यसपछि नेपाल एउटा कहिल्यै नसकिने तरल राजनीतिक मार्गतिर दौडियो । त्यसपछिको घटना सबैलाई थाहा छ । २६ वर्षमा २५ सरकार र पछिल्लो १० वर्षमा पनि १० सरकार बने । तर, पछिल्लो तीन–चार महिनामा म विराटनगर, इटहरी, नेपालगन्ज, सिमरा, वीरगन्जलगायत हाल भर्खरै बनेका नगरपालिकाहरूमा पनि पुगेँ । मैले कता–कता १९९३ तिरको जस्तो विकासको वेगले मुलुकलाई फेरि छोपेको महसुस गरेँ । सरदर एक डलर आय भएका जनताका लागि केही हुन्छ भन्ने नयाँ आशा पलाएको छ । कुनै न कुनै रूपमा निर्माणाधीन १० हजार मेगावाटभन्दा बढीका जलविद्युत् आयोजनाहरू पनि हाम्रा आशा हुन् । काठमाडौंभन्दा बाहिर केही बाँकी रहे पनि लोडसेडिङ लगभग हटिसकेको छ । ६ लेनका मुख्य विकासका करिडोरहरू विराटनगर, भैरहवामा बनिरहेका छन् । अन्तर्राष्ट्रिय एयरपोर्ट पोखरादेखि, रुपन्देहीसम्म र काठमाडौंकै एयरपोर्टको स्तरोन्नतिका लागि १२ अर्बको सेकेन्ड फेजको टेन्डर अगाडि बढेको छ । वीरगन्जमा आइसिपी बनेको छ । त्यो हेर्दा युरोप र एसियाका मेजर देशका बोर्डरमा पुगेको जस्तो लाग्छ । सीमानाकामा बन्न लागेका पूर्वाधार, जोडिन लागेको प्रविधि, बस, ट्रक, प्राइभेट गाडीदेखि मानिसहरू हिँड्नका लागि बनेका ट्र्याकले यस्तो झल्को दिन्छन् । म आफैँलाई प्रश्न गर्छु, यस्तो अवस्थाका बाबजुद कसरी यो सब भइरहेको छ ? यो गर्न सक्ने कुनै निश्चित सरकार वा नेताको तस्बिर मेरो आँखाअगाडि उभिँदैन । सबले आ–आफ्नो ठाउँबाट गरे, सबैको जोडघटाउको समग्र रिजल्ट आयो । यसले मलाई साहै्र उत्साही तुल्याएको छ । यस्तो हुनु भनेको टोटल ट्रान्सफर्मेसनका लिंकेज हुन् ।

केही न केही सन्तोषजनक काम भएका छन् । आर्थिक वृद्धिदर ७.५ प्रतिशतभन्दा बढी भयो भनियो, त्यो तथ्यांकले दिने सुविधा गरिब जनताले कसरी पाउने ? समाजको तल्लो तप्कामा बस्ने जनताको आँगनमा सुविधा र आर्थिक अधिकार केही पुगेको छैन, निराशा छ । त्यो निराशालाई चिर्न विनोद चौधरीको भूमिका के छ ?
विनोद चौधरी मात्रै होइन, योसँगै गाँसिएको प्राइभेट सेक्टरसँग भोलिको पिँढीले के अपेक्षा गर्ने प्रश्न तार्किक छ । सबैभन्दा पहिले त पहाडका बा र तराईका भाइलाई भन्छु कि एभ्रिथिङ इज नट लस्ट । हिजोको तुलनामा आज आशा गर्ने दिनमा छौँ । भोलिका दिन अत्यन्तै सकारात्मक बाटोतर्फ अघि बढ्ने निश्चित छ । २६ वर्षे राजनीतिक तरलताको बाबजुद हामी यहाँसम्म आएका छौँ । तपाईंं हामी, डाक्टर, इन्जिनियर, वकिल र हरेक पेसाकर्मी प्राइभेट सेक्टर हौँ । हामी औद्योगिक क्षेत्र नै सञ्चालन गरेर बसेका छौँ । हतियारसहितको द्वन्द्वका वेलासमेत हामी कहिल्यै रोकिएनौँ । पूर्वमा रोकिएनौँ । बर्दियामा पनि तीन वर्षयता इन्डस्ट्रियल अर्गनाइजेसन नै सुरु गरेका छौँ । तीन–चार क्षेत्रमा काम गरेको चौधरी गु्रप आज पावरदेखि सिमेन्टसम्म, रियलस्टेटदेखि म्यानुफ्याक्चरिङसम्म १६ भन्दा बढी विधामा आइपुगेका छौँ । ती उद्योगले सिर्जना गर्ने १० हजारभन्दा बढी रोजगार हाम्रो योगदान नै हो भन्न गाह्रो छैन । तर, देशको विकासको परिभाषालाई अब कुनै घेरामा बाँधेर राख्नुपर्छ भन्ने आवश्यक म मान्दिनँ । भित्र अवसर छ भने राम्रोसँग सहयोग गर्नुपर्छ । बाहिर अवसर छ भने उद्यमशीलता, म्यानेजरियल क्षमता, ब्रान्डलाई त्यहाँसम्म पुर्याउन सक्नुपर्छ । कुनै वेला जिडिपीमा १२–१३ प्रतिशत योगदान गर्ने म्यानुफ्याक्चरिङको भूमिका अहिले ६–७ प्रतिशतमा घटिसक्यो । अहिले मेजर ग्रोथका स्रोत भनेकै सर्भिसेस सेक्टर हुन् । जिडिपीको ३० प्रतिशतबराबरको आर्थिक योगदान माइग्रेन्ट वर्करबाट आउँछ । योे आय तत्कालका लागि नेपालको अर्थतन्त्र धानेर राख्ने माध्यम नै हो । हामी यसमा बहस र विवाद गर्न सक्छौँ । तर, नेपालीहरू विदेश जानु र पैसा कमाउनु नकारात्मक कुरा होइन । सबै देशको आर्थिक मोडल एउटै हुँदैन, हाम्रो जस्तो देश रेमिट्यान्सभन्दा नै अघि बढ्छ भने पनि त्यसलाई सकारात्मक रूपमा लिन सकिन्छ । सत्य के हो भने हाम्रा युवाहरू कमाइ गर्न धमाधम विदेश गएका छन् र त्यहाँबाट आम्दानी गरी पैसा पठाइरहेका छन् । उनीहरूको पैसा आएपछि अर्थतन्त्र चलायमान भएको छ । आवश्यकता बढेर मानिसहरूले महँगो स्कुलमा छोराछोरी पढाउन थालेका छन् । सुविधाजनक वस्तुको प्रयोगमा खर्च हुन थालेको छ । यसले जीवनस्तर सुधार गरेको छ ।

हामीले अहिलेसम्म अन्तर्राष्ट्रिय लगानी कसरी ल्याउने भनेर बहस गरिरहेका छौँ, तर तपाईंं बहसलाई नयाँ एंगल दिएर भन्दै हुनुहुन्छ, ऊर्जाशील युवाहरू विदेश गएर, श्रम गरेर, पैसा पठाएर पनि देशलाई अघि बढाउन सक्छन्, त्यसलाई हामीले सकारात्मक रूपमा लिनुपर्छ, गुनासो गर्नु हुँदैन ?
हो, नेपालमा जति सकिन्छ, त्यति आर्थिक क्रियाकलाप बढाउनुपर्छ । तर, सबै देशको आर्थिक रणनीति एउटै हुँदैन । नेपालको श्रम अन्तर्राष्ट्रिय बजारमा पुग्नुलाई अन्यथा मान्नु हुँदैन । विश्व बजारमा गएर श्रम गर्दा नेपालीहरू साना हुन्छन् भन्ने मानसिकता त्याग्नुपर्छ । स्वदेशमा काम नपाएर नेपालीहरू विदेश गएका हुन् भन्ने म मान्दिनँ । नेपालीले देशबाहिर गएर बुद्धि बिक्री गर्छ, ब्रान्ड बनाउँछ, श्रम बेच्छ भने त्यसमा हामीले कुनै अप्ठ्यारो महसुस गर्नु हुँदैन । आज फिलिपिन्सदेखि इन्डोनेसिया र मेक्सिकोलगायतले श्रम बेचेर धन कमाएका छन् । हामी पनि त्यो गर्न सक्छौँ । श्रमिक पठाउने मुलुकहरूको प्रतिस्पर्धामा हामीले एसियाका अन्य देशलाई डोमिनेट गर्ने स्थितिमा पुगिसेका छौँ, यसमा गर्व गर्नुपर्छ । त्यसैले सरकार र नागरिकले पनि वैदेशिक रोजगारीलाई सकारात्मक ढंगले बुझ्नु आवश्यक छ । यद्यपि, आउने पिँढीले पनि नेपालभन्दा बाहिर नै गएर आफ्नो जीवन गुजारा गर्नुपर्ने भयो भने दुर्भाग्य हुन्छ । संक्रमणकालीन अवस्थाका लागि मात्र वैदेशिक रोजगार आय आर्जन गर्ने माध्यम बन्न सक्छ । दीर्घकालीन हुनु हुँदैन । कुनै एउटा सेक्टरले काँचुली फेर्यो र ट्रान्सफर्मेसन भयो भने हामी धेरै अगाडि जान्छौँ । नेपाल अहिले विश्वको छिटो आर्थिक वृद्धि हुने तीन देशमा परेको छ । इथियोपिया र उज्वेकिस्तानपछि तेस्रोमा नेपाल छ । आन्तरिक स्रोत यति बलिया छन् कि आर्थिक वृद्धिदर एक वर्षमै माथि उठाउन सक्षम छन् भन्ने उदाहरण देखिएको छ ।

उद्योगीहरूले लामो समयदेखि लगानीको वातावरण छैन भनेर गुनासो गरिरहेका छन् । अर्कातिर प्रत्यक्ष वैदेशिक लगानीमा सञ्चालित सूर्य नेपाल, डाबर नेपाल, युनिलिभर, नबिल, हिमाल हाइड्रोजस्ता उद्योग र परियोजनामा भएको लगानीले उल्लेख्य प्रतिफल बनाइरहेका छन्, एनसेल पनि त्यस्तै उदाहरण हो । स्वदेशी उद्योगीले लगानीको वातावरण छैन भन्ने तर बहुराष्ट्रिय कम्पनीले पैसा कमाइरहने स्थिति विरोधाभासपूर्ण होइन र ?
नेपालमा लगानीको वातावरण छैन भन्ने कुरामा म सहमत छैन । गाह्रो अवश्य छ । लगानी गर्न जति गाह्रो छ, त्यसको तुलनामा प्रतिफल राम्रो छ । नेपालमा गरेको लगानीको जति प्रतिफल अन्यत्र कहीँ पाइँदैन । जोखिम मोलेर लागनी गर्ने हो भने प्रतिफल राम्रो पाइन्छ भन्ने उदाहरण नेपाल हो । यहाँ उच्च प्रतिफल पाउने भएकै कारण बहुराष्ट्रिय कम्पनीको आकर्षण छ । यद्यपि, यहाँ अस्थिरता छ, गरेको लगानीको सुनिश्चितता दिन नसक्ने स्थिति छ ।

तर, निजी र राजनीतिक क्षेत्रको लेनदेनले नेपालको विकासलाई कसरी बाधा पुर्याइरहेको छ भनेर विश्व बैँकले एउटा विश्लेषण गरेको रहेछ, अस्ति मंगलबार हामीले त्यसलाई प्रमुख समाचार बनाएका थियौँ । त्यसले के भन्छ भने जनताले नेतालाई भोट दिन्छन्, तर नेताले राज्यको स्रोत र सुविधा व्यापारीलाई दिन्छन् । व्यापारीले नेतालाई आर्थिक सहयोग गर्छन् । तर, नेताले जनतालाई सुविधा दिँदैनन्, ऊर्जाशील युवा अवसरको खोजीमा बिदेसिन्छन्, युवा बिदेसिएपछि देशको विकास हुँदैन भन्ने विश्लेषण छ, तपाईंंको दृष्टिकोण के छ यसमा ?

नेता र व्यवसायीबीचको सम्बन्ध रहेको कुरा शतप्रतिशत सही हो । नेता र सरकार जनताप्रति उत्तरदायी भएनन्, दलले चुनावमा बनाएको घोषणापत्र वा बजेट बक्तव्यमार्फत ल्याएका योजनाहरू लागू गरेनन् भन्ने पनि सत्य हो । यो एक प्रकारको बेइमानी हो । तर, म यो प्रसंगमा कसरी मूल्यांकन गर्छु भने धेरै देशले निजी क्षेत्रसँगको सहकार्यमा विकास गरेका छन् । हुन्डाईजस्ता कम्पनी सरकारकै प्रोत्साहनमा ठूला भएका हुन् । सरकारकै सहयोगमा, दूतावासकै सहयोगमा त्यस्ता कम्पनी बहुराष्ट्रिय भएका हुन् । कुनै वेला कोरिया र नेपालको आर्थिक स्थिति करिब उस्तै थियो । तर, आज कोरिया कहाँ छ ? तर, राजनीतिक सहयोग कति पारदर्शी हुन्छ भन्ने प्रश्न महत्वपूर्ण हो । त्यसैले हामीले निजी क्षेत्र, उद्योगी, राजनीतिज्ञ भन्नेबित्तिकै एउटै घानमा राखेर मिक्स गरेर विरोधाभास बनाउनु हुँदैन । कुनै पनि राजनीतिक दलले, सरकारले नेपालमा केही गर्छु भन्ने उद्यमीसँग हातेमालो गर्छ भने त्यसलाई हामीले सहयोग गर्नुपर्छ ।

व्यावसायिक घरानाको सामाजिक उत्तरदायित्वको विषयमा एउटा असल उदाहरण छिमेकी भारतमा नै छ, जहाँ टाटा समूहले व्यापार मात्र गरिरहेको छैन, सामाजिक सेवाका क्षेत्रमा पनि ठूलो मात्रामा खर्च गरिरहेको छ । शिक्षादेखि संस्कृतिसम्म, खेलकुददेखि अनुसन्धानसम्म टाटाको योगदान छ । मुम्बईको क्यान्सर अस्पतालको छुट्टै महत्व छ । नेपालका ठूला उद्यमीले पनि शिक्षा, स्वास्थ्य वा अनुसन्धानका क्षेत्रमा लगानी किन नगर्ने ? तपाईंंले कमाएको सम्पत्तिले कुनै न कुनै रूपमा कर्णालीका महिलाको स्वास्थ्य, मुसहर बस्तीका बालबालिकाको शिक्षामा योगदान किन नगर्ने ?
हो, व्यापार र सामाजिक उत्तरदायित्वलाई समानान्तर रूपमा अघि बढाउने प्रवृत्ति विश्वभरि देखिँदै छ । यही कारणले त जनता, समाज र लगानीकर्ता जोडिन्छन् । तपाईंंले भनेजस्तै टाटा समूह भारतको कर्पोरेट सेक्टरमा स्ट्यान्ड आउट गर्छ । आज मात्रै होइन, हामी केटाकेटी हुँदादेखि अलग देखिन्छ । जसले क्यान्सर अस्पतालदेखि खोज अनुसन्धानमा खर्च गर्दै आइरहेको छ । उता बिल एन्ड मिलेन्डा गेट्स र वारेन बफेटले पनि सार्वजनिक हितका लागि खर्च गर्यौँ भनेर लोकप्रियता बढाएका छन् । धनी त उनीहरू पहिले नै थियो, तर पहिचान अहिले बनाएका छन् । हामीले पनि जिम्मेवार संस्थाको हिसाबले गरिरहेका छौँ, त्यो पर्याप्त नहुन सक्छ । ०७२ को भूकम्पपछि जनस्तरमा केही गर्ने मौका हामीलाई पनि मिल्यो । भूकम्प आउँदा म र परिवारका केही सदस्य मेघौलीमा थियौँ । होटेलको अन्तिम स्केलको काम भइरहेको थियो । भूकम्पको हलचलले स्विमिङ पुल हल्लन थाल्यो । जहाँ ३ इन्च मात्रै पानी थियो, त्यो पनि बाहिर आयो । मेरो परिवार यता कुन हालतमा थियो होला ? खबर आयो, धरहरा ढल्यो, घरहरू ढले भन्ने फोन आए । त्यो बीचमा हाम्रो बीचमा दुइटा विकल्प थिए । पहिला आफ्नो परिवारलाई सुरक्षित बनाएर बस्ने, दोस्रो विपत्मा परेका अरूलाई सहयोग गर्ने । हामीले दोस्रो विकल्प रोज्यौँ । कम्पनहरूबीच मेघौलीबाट राजधानी आएपछि पहिलो स्टेजमा स्कुलहरूलाई सहयोग गर्यौँ, राहतलाई प्रक्रियागत रूपमा परिचालन ग¥यौँ । त्यसपछि हामीले घरबारविहीनहरूका लागि घर बनाउने योजना बनायौँ । हामीले प्रभावित क्षेत्रको पहिचान गरेर, त्यहीँको सामग्री परिचालन गरेर, जनशक्ति लगाएर २० दिनमा ३ हजार घर निर्माण गर्यौँ । त्यो गरेको कामको सकारात्मक फल अहिले पनि ती घरमा बस्ने परिवारमा देखिएको खुसीले दिन्छ । मेरो मान्यता के भने हरेक व्यापारिक लगानीकर्ताले केही कमाए भने भोलि केही गर्छु भनेर होइन, आजै सामाजिक कार्य गर्नुपर्छ । यो क्रम समानान्तर जानुपर्छ । जसले जति छिटो बुझ्छ, उसले जति ठूलो स्केलमा गर्छ, उसले त्यति नै ठूलो पुरस्कार पाउँछ ।

व्यापार र सामाजिक कार्य समानान्तर रूपमा जानुपर्छ भन्नुभयो, तर आजभन्दा १० वर्ष अगाडिको तपाईंंको पोजिसन सम्झँदा व्यापार र राजनीति पनि समानान्तर हिसाबमा जानुपर्छ भन्ने महसुस तपाईंंले गर्नुभएको थियो कि भन्ने हामीलाई लाग्छ । पहिलो संविधानसभामा तपाईं सभासद हुनुभयो, जनमत संकलन गर्न गाउँगाउँ जाँदा आफ्नो थाल तपाईंले आफैँ माझेको तस्बिर पनि पत्रपत्रिकामा आए, त्यसको अर्थ के हो भने तपाईंभित्र राजनीतिप्रति केही आशा र केही आकांक्षा देखिएको थियो, तर त्यसले निरन्तरता पाएन, किन ?
मैले राजनीतिलाई भित्रबाट पनि अनुभव गरेँ बाहिरबाट त जीवनभरै अनुभव गरेँ । मेरो राजनीतिप्रतिको मान्यताहरूमा हिजो पनि कुनै परिवर्तन आएन, आज पनि आएको छैन । म हिजो हाउसमा जाँदा पनि एउटा निश्चित उद्देश्य लिएर गएको थिएँ । त्यो सुनियोजित नै थियो । त्यो वेलामा दुईतिहाइभन्दा बढी लेफ्ट ओरियन्टेसन भएको पार्लियामेन्टभित्र खेत कसको जोत्नेको, घर कसको बस्नेको भन्ने नारा लागिरहेका वेलामा संविधान लेख्ने तयारी थियो । त्यति वेला साथीहरू बसेर छलफल गर्यौँ कि यो हाउसभित्र दह्रो उपस्थिति जनाउन सकेनौँ र यो कुरालाई एजुकेट गर्न सकेनौँ भने भोलिको संविधान जटिल बन्छ र अस्वीकार्य हुन्छ । त्यस्तो अवस्थामा देश पनि बर्बाद हुन्छ, हामी त बर्बाद हुन्छौँ नै भनेर त्यहाँ गएका हौँ । त्यस अर्थमा कुनै भ्रम नरहोस् । त्यो वेला पनि कुनै मेजोरिटी नम्बरको गेममा प्रवेश गरेर प्रधानमन्त्री बनौँला भन्ने न आकांक्षा थियो, न सम्भावना । त्यो वेला आफ्नो केही भूमिका पूरा भयो र अहिले तत्काल त्योभन्दा बढी केही भूमिका हुने भए भविष्यले बताउने कुरा हो ।

२६ वर्षमा २५ सरकार र पछिल्लो १० वर्षमा पनि १० सरकार बने । तर, म पछिल्लो तीन–चार महिनामा विराटनगर, इटहरी, नेपालगन्ज, सिमरा, वीरगन्जलगायत हाल भर्खरै बनेका नगरपालिकाहरूमा पनि पुगेँ । मैले कताकता १९९३ तिरको जस्तो विकासको वेगले मुलुकलाई फेरि छोपेको महसुस गरेँ । सरदर एक डलर आय भएका जनताका लागि केही हुन्छ भन्ने नयाँ आशा पलाएको छ ।

विश्व बजारमा गएर श्रम गर्दा नेपालीहरू साना हुन्छन् भन्ने मानसिकता त्याग्नुपर्छ । स्वदेशमा काम नपाएर नेपालीहरू विदेश गएका हुन् भन्ने म मान्दिनँ । नेपालीले देशबाहिर गएर बुद्धि बिक्री गर्छ, ब्रान्ड बनाउँछ, श्रम बेच्छ भने त्यसमा हामीले कुनै अप्ठ्यारो महसुस गर्नु हुँदैन । आज फिलिपिन्सदेखि इन्डोनेसिया र मेक्सिकोलगायतले श्रम बेचेर धन कमाएका छन् । हामी पनि त्यो गर्न सक्छौँ ।

तर, तपाईं र राजनीतिको प्रश्न फेरि पनि किन सान्दर्भिक छ भने फोब्र्स पत्रिकामा समावेश डोनाल्ड ट्रम्प अहिले अमेरिकाको राष्ट्रपति छन् । ३.५ बिलियन अमेरिकन डलर सम्पत्ति भएका ट्रम्प अमेरिकाको राष्ट्रपति हुन सक्छन् भने १.३ बिलियन अमेरिकी डलर सम्पत्ति भएको मान्छे जोसँग राजनीतिक अनुभव पनि छ, उसले नेपालको प्रधानमन्त्री हुने त्यो महत्वाकांक्षा राख्न मिल्छ कि मिल्दैन ?
मलाई दोस्रो संविधानसभामा पनि चुनाव लड भनेकै हो । तर, आज इमानका साथ तपाईंहरूको माध्यमबाट के भन्छु भने मैले इन्कार गरेँ । किनकि तात्विक परिवर्तन ल्याउन सक्नुहुन्न भने तपाईं राजनीतिमा सक्रिय हुनुपर्ने कारण नै छैन । मेरो लागि त राजनीतिको आदर्श पछ्याएर परिवर्तन ल्याउने भूमिका हुनुपर्यो नि । राजनीति मात्र गर्न त एक से एक नेताहरू छन् नि । मेरो क्षेत्र भनेको विकास हो । नेपालमा राजनीतिको केन्द्र विकास हुनुपर्छ, विकासको एजेन्डालाई अघि बढाउने मान्छेलाई सबैभन्दा पहिला सेन्टर स्टेजमा राख्नुपर्छ । जुन दिन नम्बर कन्ट्रोल गर्ने व्यक्तिहरूले मात्र होइन, एजेन्डाको राजनीति गर्ने मान्छेले भूमिका पाउँछन्, त्यो दिन विनोद चौधरी जस्तो मान्छे सेन्टर स्टेजमा आउँछ । तर, आफ्ना नजिकका मान्छे अथवा कसले कति वर्ष जेलनेल भोग्यो भन्ने मान्यताका आधारमा राजनीतिक भूमिका वितरण हुन्छ, त्यो दिनसम्म गाह्रो छ । त्यसमा पनि म ६२ वर्षको भइसकेँ, अब ग्रासरुटदेखि र्यांक एन्ड फाइलसम्मको पार्टी बनाउने न मसँग समय छ, न मसँग धैर्य छ । मेरो नजरमा त्यो कुनै बाटो पनि होइन । त्यति भन्दाभन्दै पनि मैले राजनीतिलाई जति छोड्न खोजे पनि राजनीतिले भने मलाई छाडेको छैन । राजनीति भनेको असीमित सम्भावनाहरूको क्षेत्र हो भन्छन् । मान्छेले नसोचेका नआँटेका, विचारै नगरेका घटनाक्रमहरू पनि हुन्छन् । त्यस्तो केही भएमा अन्यथा मान्न सकिन्नँ ।

समृद्धि आफ्नै पालामा भन्ने एउटा नारा छ । वास्तवमा समृद्धि आफ्नै पालामा भोगेको तपाईं एउटा असाधारण उदाहरण हो । तपाईंले समृद्धिको जुन रफ्तार समात्नुभएको छ र अहिले ६२ वर्षको हुनुभयो, अब आफ्ना थप आकांक्षाहरू भेटाउन समय कम छ भन्ने दबाब पनि होला । अझ त्यसमा पनि हामी आज धनी मान्छेकै उदाहरण दिएर कुरा गरिरहेका छौँ, यो संसारका सबैभन्दा धनी व्यक्ति बिल गेट्स आफैँमा एक लेखक पनि हुन् । उनले एउटा किताबमा लेखेका छन्, सफलता एउटा यस्तो निर्मम शिक्षक हो, जसले सबैभन्दा बाठो मान्छेको मनमा पनि असफल हुन्छु कि भन्ने डर हालिदिन्छ र त्रसित बनाइरहन्छ । तपाईंको सफलताले आफैँलाई कति त्रसित बनाइरहेको छ ?
त्यो विषयमा मैले पनि एउटा कथा सुनेको थिएँ । सगरमाथा आरोहीहरूलाई एउटा मिडियाले सोध्यो रे, ‘ह्वाट इज द टपेस्ट थिङ टु क्लाइम्ब द एभरेस्ट ?’ जवाफ के थियो भने सबैभन्दा धेरै कठिन त शिखरमा पुगिसकेपछि अडिनु हो । त्यहाँमाथि यति धेरै वेग हुन्छ, तापक्रम कम हुन्छ, तलबाट आइरहेकाहरूले त्यो कहिले ओर्लिएला भनेर पर्खिरहेका हुन्छन् । त्यो सम्पूर्ण प्रेसर थेगेर माथि अड्न सक्नु भनेको साँच्चिकै कठिन काम हो । हामी पनि तुलनात्मक रूपमा जुन स्थानमा पुगेका छौँ, त्यो स्थानलाई अझै सुदृढ बनाएर राख्न साह्रै नै ठूलो चुनौती हो । त्यो चुनौतीप्रति एकदमै सचेत छौँ । अझ मपछिको पुस्ताका लागि त्योभन्दा पनि ठूलो चुनौती हो भन्छु म । म नरहुँला, तपाईंंहरूले फेरि मेरो छोरालाई यहाँ बोलाउनुहोला । उनीहरूलाई तिम्रो बाउले यो गरेर छोडेका थिए, तिमीले के गर्यौ भन्नुहोला । त्यसैले यो एउटा ठूलो प्रेसर हो । कुनै पनि उद्यमी व्यवसायीको सफलता, भौतिक सुविधाका पक्ष मान्छेहरूले सजिलोसँग देख्छन्, तर उसको शारीरिक र मानसिक संघर्ष हत्तपत्त देख्दैनन् । मान्छे सफलताको सिँढीमा जति उक्लिँदै जान्छ उसको ‘पर्सनल क्वालिटी अफ लाइफ’ त्यति नै तल झर्दै जान्छ । त्यो बीचमा सफलतालाई बचाउनु साँच्चै चुनौतीपूर्ण हो ।

चौधरी गु्रपले बिजनेस गर्छ, नाफा गर्ने उद्योगलाई अघि बढाउँछ, नाफा गर्न नसक्नेलाई बन्द गर्छ । वाइवाईले नाफा कमाएको छ, मल्टिनेसनल भइसक्यो, तर चुरोटले नाफा कमाएन । तपाईंहरूले बन्द गर्नुभयो । देशले पनि आफ्नो उत्पादन के हो भनेर पहिचान गर्ने, त्यसमा लगानी गर्ने र जनतालाई समृद्धितर्फ डोर्याउनुपर्ने हो नि होइन र ?
हाम्रोमा यति धेरै जंगल छन्, तर हामी कुनै रुख काटेपछि रोप्न ध्यानै छैन । भुटानमा एउटा रुख काट्यो भने चारवटा रुख रोप्नुपर्छ । मेडिसिनल हब्र्समा नेपालको बहुतै ठूलो भूमिका हुन सक्छ । अहिले पनि हामी करिब पाँच सय करोडको मेडिसिनल हब्र्स एक्स्पोर्ट गर्छौं । तर, यो स्वतस्फूर्त ढंगबाट संकलन भएको मात्रै हो । व्यावसायिक रूपमा खेती भइरहेको छैन । पाँच सय करोड भनेको भोलि पाँच हजार करोड पनि हुन सक्छ । नेपाललाई नै कर्पोरेट हिसाबबाट चलाउने हो भने सबैभन्दा पर्फमिङ सेक्टर कुन हुन सक्छ भन्ने कुरामा मेरो ध्यान जान्छ । ७५ जिल्लाका सबै सांसदले भएभरका उद्योग आफ्नो जिल्लामा हुनुपर्छ भनेर भाषण गर्छन् । यो असम्भव छ । त्यो जिल्लामा पर्यटनको सम्भावना हुन सक्छ, वन जंगलको सम्भावना होला, तर सबैतिर चाउचाउ बन्नुपर्छ भन्ने छैन । हाम्रो बीचमा प्रशस्त अवसर छन् । यीमध्ये जुनसुकै अवसरलाई टप लेभलमा राख्न सकियो भने नेपालको भविष्य फेरिनेछ । त्यसमध्ये पनि कुन राम्रो हुन सक्छ भनेर अगाडि जाने हो भने त्यसका लागि ५, १० ,१५ वर्षको एउटा कन्सिस्टेन्ट रन चाहिन्छ । विनोद चौधरी बसिरहेको छ नि ४० वर्षदेखि चौधरी गु्रपमा । उसले बिहान ६ देखि रातको १२ बजेसम्म दायाँबायाँ देखेको छैन । देशका लागि पनि त्यस्तै नीति चाहिन्छ । स्रोत नै विकासको मापदण्ड हुने भए आज अफ्रिका समृद्धिमा विश्वमै माथि हुने थियो र जापान तथा सिंगापुर विश्वकै सबैभन्दा गरिब देश हुने थिए । किनभने जापान र सिंगापुरमा प्राकृतिक स्रोत छैन । स्रोतको भन्दा व्यवस्थापन सीपको कुरा हो । जापानले सस्तो ठाउँबाट स्टिल ल्याएर विश्वकै सबैभन्दा राम्रो बनाएर बेच्छ । अहिले अरू पनि प्रतिस्पर्धी जन्मिएका छन् । जापानमा बन्ने प्रविधिका कच्चा पदार्थ छैनन् । राम्रो टेक्नोलोजी पनि अरू देशबाट सिकेर अझ राम्रो बनाउँछ ।

नेपालको सबैभन्दा धनी व्यक्ति भनेर तपाईंलाई चिन्छौँ । कर अरूले बढी तिरेको देखिन्छ । के हो वास्तविकता बुझाइदिनुहोला ।
कर तिर्ने विषयमा मिडियामा कुरा आइरहन्छ । सबैभन्दा धेरै कर तिर्ने सिंगल कम्पनीको नाम आउँछ । ग्रुपको हिसाबबाट कहिल्यै बाहिर आउँदैन । हामी ग्रुपको संरचनामा छौँ, विभिन्न कम्पनीले विभिन्न उल्लेख्य मात्रामा कर तिर्छन् । तपाईंले अलिकति जोडेर निकाल्नुभयो भने मानिसमा भएको यो भ्रम पनि अन्त्य हुने थियो । मापदण्डको एउटा आधार बनाउनुपर्छ । चौधरी ग्रुप भन्दाखेरि एउटा खास कम्पनी होइन । हाम्रो समेत लगानी रहेको नबिल बैंक नेपालको तेस्रो ठूलो करदाता हो । हाम्रो बु्रअरी त्यो सेगमेन्टमा टप करदाता कम्पनीमा आउँछ । हाम्रो चाउचाउ फ्याक्ट्री टप करदातामा आउँछ । यी सबैलाई जोड्नुभयो भने करको बारेमा स्पष्ट हुन्छ ।

तपाईं मोटिभेसनल क्लास दिन धेरै देशमा जानुहुन्छ । त्यहाँ विश्वका धेरै राम्रो अर्थतन्त्र भएका देशका व्यक्तिहरू पनि आउँछन्, उनीहरूले नेपाललाई कसरी हेर्छन् ?
जहाँ मलाई बोलाउँछन्, त्यहाँका मान्छेले नेपाललाई असाध्यै माया गर्छन् । मैले त्यही अनुभव गरेको छु । मैले पनि नेपालको सकारात्मक कुराहरू मात्रै बताउँछु । हामीले गर्नुपर्ने पनि त्यही नै हो । नेपालसँग प्रशस्त सकारात्मक पक्ष छन् । म अमेरिकामा नेपालीले कुन किसिमका उद्यमशील गतिविधि गरिरहेका छन्, नेपाली ब्रान्ड एम्बेसडरदेखि फेसन डिजाइनरले के गर्दै छन् भन्ने कुरा गर्छु । बेस्ट डक्टर, इन्जिनियरहरूको कुरा गर्छु । नेपालीले नेपालभन्दा बाहिर गएर धेरै राम्रो काम गरिरहेका छन् । त्यसमा मलाई गर्व छ । नेपालजस्तो हार्ड वर्क गर्ने, प्राकृतिक स्रोत भएको देशमा सुशासनको कमीका कुरा आउँछन् । यस्ता कुरा सुने पनि नेपालले राम्रो गरिरहेको छ भन्छन् उनीहरू । हामी घरभित्र भन्छौँ, संघर्ष गर्छौं, लेख्छौँ र दबाब दिन्छौँ पनि । तर, बाहिर लगानीको वातावरण छैन, नेपालमा कुनै पनि कुरा चल्दैन भन्ने नकारात्मक सन्देश दिनु हुँदैन । आर्थिक रूपमा हामीले धेरै गरिरहेका छौँ । हामीभन्दा धेरै कमजोर देशहरू पनि छन् । मिडियाले पनि सकारात्मक कुराहरू लिएर जानुपर्छ भन्ने लाग्छ ।