राजधानीको ट्राफिक जाम - Naya Patrika
© 2017 Naya Prakasan Pvt. Ltd.

तिहार, बत्तीको चाड । उज्यालोको चाड । सँगसँगै मिठो–मसिनो खानपिन गरिने चाड । साथीभाइसँग रमाइलो गर्ने र बिहानदेखि साँझसम्म तास खेलेर दिन बिताउने चाड । गाउँघरवरपर देउसी–भैलो खेलेर मनाइने चाड…
पूरा पढ्नुहोस् »

चीनका राष्ट्रपति सी जिनपिङले चीन समाजवादसहितको नयाँ युगमा प्रवेश गरेको बताएका छन् । चीनको सत्तारुढ कम्युनिस्ट पार्टीको महाधिवेशनलाई राजधानी बेइजिङको ग्रेट हल अफ दि पिपुलमा बुधबार सम्बोधन गर्दै उनले सो…
पूरा पढ्नुहोस् »

डिफेन्डर राफेयल भरानले आत्मघाती गोल गरेपछि मंगलबार साविक विजेता रियल म्याड्रिड युरोपियन च्याम्पियन्स लिग फुटबल प्रतियोगितामा टोटनह्यामसँग १–१ को बराबरीमा रोकिएको छ । समूह एचको तेस्रो खेल बराबरीमा रोकेपछि रियललाई…
पूरा पढ्नुहोस् »

प्रधानमन्त्रीज्यूले प्रचण्डजीलाई सरकार छाड्न आग्रह गरेपछि माओवादी केन्द्रका मन्त्रीले ‘क्याबिनेट’ छाड्ने निर्णय गरे । त्यसअनुसार उनीहरूले राजीनामाको वक्तव्य पनि तयार गरे । तर, त्यहीबीच अचानक माओवादीका मन्त्रीले प्रधानमन्त्रीले निर्वाचन सार्ने…
पूरा पढ्नुहोस् »

रामेश श्रेष्ठ, गायक तथा रचनाकार पञ्चायती सामन्ती सत्ताबाट हाम्रो भलाइ नहुने भएपछि यसलाई भत्काउन यो गीत रायन र मैले गायौँ । यसले युग परिवर्तनका लागि ठूलो भूमिका खेल्यो । एउटा…
पूरा पढ्नुहोस् »

रानीपोखरीको निर्माणमा लापरबाही गर्नु हाम्रो पहिचान मेटाउने षड्यन्त्र हो । यस्ता पुरातात्विक संरचनाले हाम्रो पहिचान बोकेका हुन्छन् । तिनको संरक्षण गरौँ । कुनै देशको पहिचान केले खुल्छ ? यसका अनेक…
पूरा पढ्नुहोस् »

नयाँ पत्रिकाको न्युजरुममा आज उद्योग वाणिज्य महासंघकी अध्यक्ष भवानी राणासँग अन्तरक्रिया हुँदैछ । मुलुकको विकासमा निजी क्षेत्रका योगदान कति भन्ने विषयमा अन्तरक्रिया केन्द्रित हुँदैछ । अन्तरक्रिया फेसबुक लाइभ हेर्न तलको लिंकमा…
पूरा पढ्नुहोस् »

नयाँ पत्रिका   |   असार ३०, २०७४

काठमाडौं उपत्यकाभित्रका दुई जिल्ला ललितपुर र भक्तपुरमा ट्राफिक जामको समस्या सामान्य हो । वर्षौंदेखि यो समस्या घट्नुको साटो दिनदिनै बढ्दै गएको छ । काठमाडौं उपत्यकामा कतै निस्किनुपर्यो भने निकै लामै अतिरिक्र समय व्यवस्थापन गरेर निस्किनुपर्ने अवस्था छ । कहिल्यै भनेको समयमा पुग्न सकिन्न । राजधानीको ट्राफिक जामबाट प्रधानमन्त्री, मन्त्री र ठूला नेताबाहेक जोकोही पीडित भइरहेको अवस्था छ । ठूलाबडाले ‘कानुन पालना गर्नु नपर्ने’ हुनाले प्रधानमन्त्री, मन्त्री र ठूला नेता ट्राफिक जाममा रोकिनुपर्दैन । जताबाट जसरी साइरनजडित सवारी साधन हुइँक्याए पनि हुने भएकाले उनीहरूले सामान्यतः यस्तो चर्को जामको सास्ती व्यहोर्नुपरेको देखिन्न । अन्यथा, यो ट्राफिक जामको समस्याबाट यतिखेर राजधानीका सडकमा यात्रा गर्ने पैदल यात्रुदेखि निजी तथा सार्वजनिक सवारी चालक, सवारी यात्रुलगायत सबै मारमा परिरहेका छन् ।

एकातिर राजधानीमा सवारी साधनको चाप अत्यधिक बढिरहेको छ भने अर्कातिर भएका सडक पनि खाल्डाखुल्डीले भरिँदै गएका छन् । पानी पर्नासाथ अधिकांश सडक जलमग्न हुने, ट्राफिक संकेत र नियम कसैले कहिल्यै पालना गर्नुनपर्ने, जताबाट मन लाग्छ, त्यतैबाट ओभरटेक गरे पनि हुने अवस्थाका कारण राजधानीको सवारी अधिकांश समयमा अस्तव्यस्त हुने गरेको छ । अझ बिहान र बेलुकाको कार्यालय समयमा त ट्राफिक जामको समस्या कति कति ? यसको कुनै लेखाजोखा नै छैन । पछिल्लो समयमा मेलम्ची खानेपानी आयोजनाको पाइप बिछ्याउने कार्यका लागि अधिकांश मूल सडक खनिँदा ट्राफिक व्यवस्थापन झनै अस्तव्यस्त हुने गरेको छ ।

महानगरीय ट्राफिक प्रहरी महाशाखाले साउन पहिलो सातादेखि राजधानी काठमाडौं उपत्यकाको ट्राफिक जामको समस्या हट्ने दाबी गरेका छन् । खासगरी बुधबारदेखि मालबाहक सवारी साधनलाई चक्रपथभित्र प्रवेशमा रोक लगाएपछि सवारी जाममा केही सुधार भएको उनले दाबी गरेका छन् । तर, जनताले अनुभूत गर्न सक्ने गरी भने सुधार भएको देखिन्न । महाशाखाले १ साउनदेखि लामो दूरीका सवारी साधनलाई पनि चक्रपथभित्र प्रवेशमा रोक लगाउँदै छ । यसरी लामो दूरीका सवारी साधनलाई चक्रपथभित्र प्रवेशमा रोक लगाएपछि राजधानीको ट्राफिक जाम पूर्णतः हट्ने महाशाखाको दाबी छ । तर, यतिले मात्र यहाँको ट्राफिक जाम हट्ला र जनताले सहजतासाथ यात्रा गर्न पाउलान् भनेर ढुक्क हुन सक्ने अवस्था भने छैन ।

खासगरी राजधानीको ट्राफिक जाममा सुधार ल्याउन सरकारले सार्वजनिक सवारी साधनको वैज्ञानिक ढंगबाट रुट व्यवस्थापन गर्ने, साना सवारी साधन सञ्चालन अनुमतिमा कडाइ गर्दै क्रमशः ठूला सवारी साधनलाई प्रोत्साहन गर्ने, समयमै सडक मर्मत गर्ने, खाल्टाखुल्टी पुर्ने, खनिएका सडकलाई पिच गर्ने जस्ता कार्य मात्र गरे पनि यहाँको ट्राफिक जामको समस्यामा धेरै सुधार हुन सक्छ । तर, सरोकारवाला निकायले यसतर्फ ध्यान पु¥याउन सकेको देखिन्न । राजधानीको ट्राफिक जामको अवस्थामा सुधार गर्ने हो भने भएका ट्राफिक नियम पालनामा कडाइ गर्ने, मालबाहक तथा लामो दूरीका सवारी साधनलाई चक्रपथभित्र सञ्चालन गर्न नदिने तथा सडकको अवस्थामा सुधार गर्नेतर्फ समयमै काम गर्नुपर्छ ।