समयमै सचेत बनौँ - Naya Patrika

नेपाल पत्रकार महासंघको आज सम्पन्न निर्वाचनको मतगणना सुरु भएको छ । उम्मेदवार प्रतिनिधिहरुको रोहवरमा मतपेटिका खोलिएको छ । प्रदेश केन्द्रीय सदस्यहरु र पदाधिकारी तथा सदस्यहरुको मतगणना बेग्लाबेग्लै भइरहेको छ । कूल…
पूरा पढ्नुहोस् »

उहाँ हाँ (उषाकला राई) खोटाङबाट प्रतिनिधित्व गर्नुहुन्छ भने म सिन्धुपाल्चोक । हाम्रो पहिलो भेट ०५४ सालमा भएको थियो । कुनै समय हामीले प्रजातान्त्रिक राष्ट्रिय युवा संघमा सँगै काम गरेका थियौँ…
पूरा पढ्नुहोस् »

सुत्केरी अवस्थामा नवजात शिशुको ध्यान दिनुका साथै आमाले पनि खानपानमा ध्यान पु¥याउनुपर्छ । आमा स्वस्थ भए बच्चा पनि स्वस्थ हुने भएकाले खानपानमा ध्यान दिन जरुरी छ । अरू वेलाको तुलनामा…
पूरा पढ्नुहोस् »

जलविद्युत् आयोजनाले डिपिआरमा उल्लेख भएबमोजिमको जग्गामा हदबन्दी नलाग्ने आदेश कानुन मन्त्रालयले फर्कायो जलविद्युत् आयोजनाले डिपिआरमा उल्लेख भएबमोजिमको जग्गामा हदबन्दी नलाग्नेसम्बन्धी आदेश कानुन मन्त्रालयले फर्काइदिएपछि जलविद्युत् प्रवद्र्धकहरूलाई समस्या परेको छ ।…
पूरा पढ्नुहोस् »

दक्षिण एसियाली मुलुकमा वर्षापछिको बाढी–पहिरोका कारण डेढ करोडभन्दा बढी मानिस प्रभावित भएका छन् । अगस्टमा आएको बाढीले दक्षिण एसियाका नेपाल, बंगलादेश र भारतका एक करोड ६० लाख मानिस प्रभावित भएका…
पूरा पढ्नुहोस् »

सुनसरीकाे झुम्कामा जारी प्रथम रामधुनी विद्यालय स्तरीय फुटबल प्रतियोगिताअन्तर्गत सोमबार भएका खेलमा विजयी हुँदै लर्डबुद्ध बोर्डिङ स्कुल, झुम्का र पञ्चायत मावि, प्रिपाहा सेमिफाइनलमा प्रवेश गरेका छन् । पिप्राहा खेल मैदानमा…
पूरा पढ्नुहोस् »

प्रिय बाबुराम दाइ, अस्ति भर्खर तपाईं स्वास्थ्योपचार गरी अहिले निवासमै आराम गर्दै हुनुहुन्छ भन्ने सुनेको छु । तपाईंको शीघ्र पूर्ण स्वास्थ्यलाभको कामना ! पछिल्लोपल्ट तपाईंको पार्टी परिवारमा केही खटपट चलिरहेको…
पूरा पढ्नुहोस् »

राम तामाङ राजधानीको व्यस्त र भिडमभिड क्षेत्र असन, इन्द्रचोक, ज्याठा र भोटाहिटीवरपर ठेला चलाउँछन् । उनका दिनहरू ठेलामा सामान ओसारेरै बित्छन् । परिवार पाल्ने र आफ्नो पढाइ खर्च थेग्ने उनको…
पूरा पढ्नुहोस् »

नयाँ नेतृत्व चयन गर्ने कार्यसूचीसहित नेपाल पत्रकार महांसघको अधिवेशन हिजोदेखि काठमाडौंमा सुरु भएको छ । झन्डैझन्डै नेपालको प्रजातन्त्रको जस्तै आयु भएको र सुदृढ र शक्तिशाली बन्दै गएको पत्रकारिता जगत्को नेतृत्व…
पूरा पढ्नुहोस् »

नयाँ पत्रिकाको न्युजरुममा आज उद्योग वाणिज्य महासंघकी अध्यक्ष भवानी राणासँग अन्तरक्रिया हुँदैछ । मुलुकको विकासमा निजी क्षेत्रका योगदान कति भन्ने विषयमा अन्तरक्रिया केन्द्रित हुँदैछ । अन्तरक्रिया फेसबुक लाइभ हेर्न तलको लिंकमा…
पूरा पढ्नुहोस् »

काठमाडौं   |   असार २९, २०७४

हरेक वर्ष बर्खायामसँगै झाडापखाला, आउँ, हैजा, जन्डिस, ज्वरो, रुघाखोकी जस्ता विभिन्न सरुवा रोगको समस्या बढ्ने गरेको छ । खासगरी वर्षासँगै हिलोमैलो बढ्ने, खानेपानीका मुहानमा फोहोर मिसिने, पानीको मुहानका फोहोरमैला छिटो कुहिने भएकाले बर्खायाममा सरुवा रोगको प्रकोप बढी नै देखिने गरेको हो । समयमै सचेत नुहुने हो भने यसबाट जोगिन मुस्किल पर्छ । त्यसैले बर्खासँगै यस्ता रोगबाट बच्ने उपायबारे पनि समयमै सचेत हुनुपर्ने देखिन्छ । अघिल्ला वर्षमा जाजरकोटलगायत मध्यपश्चिमका जिल्लामा झाडापखालाकै कारण धेरै जनताको ज्यान गएको धेरैको सम्झनामा ताजै हुुनुपर्छ । त्यतिखेर झाडापखाला लागेका बिरामीलाई पर्याप्त जीवन जलसमेत खुवाउन नपाउँदा ठूलो समस्या भएको थियो । समयमै उपचार हुन नसक्दा झाडापखालाले त्यहाँ महामारीको रूपसमेत लिएको थियो ।

पछिल्लो समयमा राजधानीका ठूला अस्पतालमा उपचारका लागि आउने बिरामी बालबालिकामध्ये झन्डै आधासरोमा झाडापखाला र जन्डिसको समस्या देखिएको चिकित्सकले बताएका छन् । यसले बर्खासँगै झाडापखाला, जन्डिसजस्ता रोगको समस्या बढेको संकेत गरेको छ । अत्यन्त छिटो सर्ने भएकाले पर्याप्त सचेतता अपनाउन नसके यी रोग छिटोभन्दा छिटो महामारीकै रूपमा फैलिन बेर लाग्दैन । त्यसैले, यस्ता रोगको सामान्य समस्या देखिनासाथ समयमै नजिकका अस्पताल वा स्वास्थ्य केन्द्रमा गई उपचार गराउनुपर्छ । खासगरी दिनमा तीन वा सोभन्दा बढीपटक पातलो दिसा आएमा झाडापखाला लागेको हो भनेर त्यसको रोकथामतिर लागिहाल्नु बुद्धिमत्तापूर्ण कार्य हुन्छ । चौलानी जस्तो पातलो दिसा हुने, वान्ता हुने, जिउ कमजोर हुने जस्ता लक्षण देखिएको खण्डमा बिरामीलाई हैजा भएको पनि हुन सक्छ । यदि यसको समयमै उपचार हुन सकेन भने शरीरबाट अनावश्यक रूपमा पानी खेर गएर जलवियोजन हुन्छ । परिणामतः संक्रमित व्यक्तिको ज्यानसमेत जान सक्छ । संक्रमित व्यक्तिको दिसा पानी तथा खानामा मिसिएको अवस्थामा अन्य व्यक्तिमा समेत हैजा सर्न सक्छ । यसरी सर्ने क्रम तीव्र हुने हुँदा समाजमा हैजा फैलिन समय लाग्दैन । त्यसैले यस रोगबाट जोगिन सर्वसाधारणले आवश्यक सावधानी अपनाउनु जरुरी छ ।

सामान्य रोग हुँदाहुँदै पनि समयमै उपचार गरिएन वा हेलचेक्र्याइँ गरियो भने झाडापखालाले बिरामीको ज्यानसमेत लिन सक्ने भएकाले सबै सचेत बन्नु आवश्यक छ

झाडापखाला वा हैजा फैलिन सक्ने मुख्य स्रोत पानी भएकाले पानी उमालेर वा शुद्धीकरण गर्ने औषधि प्रयोग गरेर मात्र पिउने, बासी, सडेगलेका तथा झिँगा भन्केका खानेकुरा नखाने, दिसा गरिसकेपछि वा खाना खानुअघि साबुन–पानीले राम्ररी हात धुने जस्ता बानी बसालेमा पनि यस्ता सरुवा रोगबाट जोगिन सकिन्छ । यसका साथै, आफ्नो घरवरपर सफा राख्ने, फोहोर खानेकुरा नखाने, मरेका वा बाढीले बगाएका पशुपन्छीको मासु नखाने, जथाभावी खुला स्थानमा दिसापिसाब नगर्ने जस्ता कार्य गरेमा पनि हामी सबै यस्ता रोगबाट जोगिन सक्छौँ । त्यसैले सर्वसाधारणले समयमै आफ्नो बानी सुधार्नु आवश्यक छ । यसका साथै, सरकारले पनि अस्पताल, स्वास्थ्य चौकी तथा उपस्वास्थ्य चौकीमार्फत पर्याप्त जीवन जल, पानी शुद्धीकरण गर्ने औषधि वितरण गर्ने, जनचेतनामूलक सन्देश सञ्चारमाध्यममार्फत प्रवाहित गर्नेजस्ता कार्यमा ध्यान पुर्‍याउनु जरुरी छ । साथै, अस्पताल तथा स्वास्थ्य केन्द्रमा औषधि तथा स्वास्थ्यकर्मीको टोली तयारी अवस्थामा राख्नु पनि आवश्यक छ । झाडापखाला सामान्य रोग हो । तर, समयमै उपचार गरिएन वा हेलचेक्र्याइँ गरियो भने यसले बिरामीको ज्यानसमेत लिन सक्छ । त्यसैले सर्वसाधारण जनतादेखि राज्यका सञ्चालकसमेत सबै समयमै सचेत बनौँ ।