कतारले क्षतिपूर्ति माग गर्ने - Naya Patrika
© 2017 Naya Prakasan Pvt. Ltd.
अपडेट

  गच्छदारले २०६४ साल १८ माघमा बालुवाटारमा कांग्रेसका शीर्ष नेताबीच छलफल गर्दा कांग्रेस छोड्नुपरेको यथार्थ सुनाउँदै गर्दा भावुक बन्दै गए । उनी भावुकतामा पुग्दै गर्दा माइकले काम गर्न छोड्यो ।…
पूरा पढ्नुहोस् »

हलिउडका चर्चित निर्माता हार्वे विन्स्टेइनका एकपछि अर्को गर्दै यौनजन्य हिंसाका घटना सार्वजनिक हुने क्रम बढेको छ । न्यूयोर्क टाइम्सले निर्माता हार्वेले यौन शोषण गर्ने गरेको सार्वजनिक गरेपछि यौन उत्पीडनमा परेका…
पूरा पढ्नुहोस् »

आजभोलि धेरैमा मुटुसम्बन्धी रोग देखा पर्ने गरेको छ । चिकित्सकहरू पनि पछिल्लो समय मुटुरोगी बढेको बताउँछन् । उनीहरूका अनुसार हाम्रो दैनिक जीवनशैली र विभिन्न कारणले मुटुसम्बन्धी रोग हुने गरेको छ…
पूरा पढ्नुहोस् »

युरोपेली मुलुक अस्ट्रियामा आइतबार आमनिर्वाचन सम्पन्न भएको छ । मत सर्वेक्षणहरूले युवा नेता सिबास्टियन कुर्जले नेतृत्व गरेको कन्जरभेटिभ पिपुल्स पार्टी (ओभिपी) अग्र स्थानमा आउने प्रक्षेपण गरेका छन् । पिपुल्स पार्टी…
पूरा पढ्नुहोस् »

पहिलो अन्तर्राष्ट्रिय फुटसल प्रतियोगितामा सहभागिता जनाएको नेपाली टोली आइतबार एएफसी छनोट फुटसल च्याम्पियसिपमा उज्वेकिस्तानसँग १४–१ को भारी अन्तरले पराजित भएको छ । इरानमा सञ्चालन भइरहेको प्रतिस्पर्धामा नेपालले पहिलो अन्तर्राष्ट्रिय खेलमै…
पूरा पढ्नुहोस् »

– आसन्न निर्वाचनमार्फत संघीय लोकतान्त्रिक गणतन्त्र नेपालको संविधान ०७२ को कार्यान्वयन गरी सुशासन र भ्रष्टाचारमुक्त प्रशासनको बाटोमा हिँडेर देश र जनताको सेवामा अविराम लाग्यौँ भने अबका दिनमा सबल, सक्षम र…
पूरा पढ्नुहोस् »

अभिनेत्री केकी अधिकारीले म्युजिक भिडियो निर्देशक विशाल भण्डारीलाई निर्देशक लिएर फिल्म निर्माण गर्न लागेकी छिन् । त्यसो त उनी ‘लभ साशा’ फिल्मकी सहनिर्माता पनि हुन् । लभ साशाले व्यावसायिक सफलता…
पूरा पढ्नुहोस् »

उहिले मानिस शक्तिदेखि निकै डराउँथे । पहिले प्रकृतिका रहस्यसँग अपरिचित भएको मान्छेले हरेक समस्याको समाधान पनि अदृश्य शक्तिमा खोजी पस्थ्यो । त्यही भएर नाग देवता, जल देवता, सूर्य देवता, भूमि…
पूरा पढ्नुहोस् »

नयाँ पत्रिकाको न्युजरुममा आज उद्योग वाणिज्य महासंघकी अध्यक्ष भवानी राणासँग अन्तरक्रिया हुँदैछ । मुलुकको विकासमा निजी क्षेत्रका योगदान कति भन्ने विषयमा अन्तरक्रिया केन्द्रित हुँदैछ । अन्तरक्रिया फेसबुक लाइभ हेर्न तलको लिंकमा…
पूरा पढ्नुहोस् »

एजेन्सी, दोहा   |   असार २७, २०७४

कतारले एक अध्ययन समिति बनाई आफूमाथि प्रतिबन्ध लगाइएका राष्ट्रविरुद्ध नै क्षतिपूर्ति माग गर्ने

कतारले आफूसँग सम्बन्धविच्छेद तथा प्रतिबन्ध लगाइएका खाडी मुलुकसँग क्षतिपूर्ति माग गर्ने भएको छ । यसका लागि कतारले एक अध्ययन समिति बनाई क्षतिपूर्ति माग गर्ने कतारका सरकारी प्रवक्ता अली अलमारीले जानकारी दिएका छन् ।’ गत महिना साउदी अरब, युनाइटेड अरब इमिरेट्स, इजिप्ट तथा बहराइनले कतारले आतंकवादलाई सघाएको आरोप लगाउँदै कूटनीतिक सम्बन्धविच्छेद गरेका थिए ।

अन्तर्राष्ट्रिय समुदायसँग छलफल
सरकारी प्रवक्ता अलमारीले कतारले एक महिनाभित्र बेहोरेको आर्थिक घाटाको विवरण अन्तर्राष्ट्रिय समुदायसमक्ष बुझाउने र छलफल गर्ने बताएका छन् । ‘समितिले कतारमा रहेका निजी कम्पनी, सार्वजनिक संस्था र व्यक्तिबाट खाडी मुलुकको पछिल्लो निर्णयका कारण भएको व्यापारिक घाटा विवरण जम्मा गर्नेछ, त्यहीअनुसार उनै प्रतिबन्ध लगाइएका राष्ट्रसँगै क्षतिपूर्ति माग गर्छौं,’ अलमारीले भने, ‘हामी सबै विवरण अन्तर्राष्ट्रिय समुदायसमक्ष पनि बुझाउँछौँ ।

सबैभन्दा बढी घाटा हवाई क्षेत्रमा
पछिल्लो समय कतारको दोहा प्रमुख अन्तर्राष्ट्रिय ट्रान्टिजका रूपमा रहेको थियो । प्रतिबन्धपछि दोहालाई चर्चित हवाईजहाज कम्पनीहरूले ट्रान्जिट बनाएका छैनन् । दैनिक सयौँ अन्तर्राष्ट्रिय उडान भर्ने दोहा अन्तर्राष्ट्रिय विमानस्थलमा अहिले सीमित उडान मात्र भइरहेको सरकारी प्रवक्ता अलमारीले दाबी गरेका छन् । ‘एक महिनाघिसम्म दोहामा अन्तर्राष्ट्रिय उडान भर्ने जाम हुने गथ्र्यो, तर अहिले यहाँ कतार एयरवेज र इरानका विमान मात्र उडिरहेका छन्,’ उनले भने, ‘प्रतिबन्धपछि हामीले सबैभन्दा बढी घाटा बेहोरेको नै हवाइ क्षेत्रमा हो, त्यसको क्षतिपूर्ति ती राष्ट्रहरूले भर्नुपर्छ ।’ उनका अनुसार एक अध्ययन समितिले हवाई क्षेत्रमा सामना गरिरहेको घाटालाई नै प्रमुख एजेन्डा बनाइनेछ ।

कतारको अपमान
कतारका विदेशमन्त्री सेख मोहमद विन अल थानीले आफ्नो राष्ट्रमाथि लगाइएको प्रतिबन्ध सिंगो कतारकै अपमान भएको बताएका छन् । कतारमा २७ लाख जनसंख्या छ । यहाँका धनी वर्गले दैनिक आवश्यक पर्ने वस्तुहरू बाहिरबाटै ल्याउने गरेको विदेशमन्त्री थानीले बताएका छन् । दैनिक उपभोग्य वस्तु पाउन नसक्दा स्थानीय तथा विदेशीसमेत संकटमा परेको उनको भनाइ छ । ‘प्रतिबन्धका कारण स्थानीय नागरिक मात्र होइनन् । यहाँ काम गर्न आउने विदेशी तथा पर्यटकसमेत संकटमा परेका छन्,’ उनले भने, ‘हामी कतारीहरू आयातमा निर्भर छौँ ।’ स्थलगत मार्ग बन्द भएपछि दैनिक प्रयोग हुने वस्तु हवाईमार्गबाट ल्याउँदा बजार भाउ बढिरहेको उनले जनाए । ‘अहिले हवाईमार्गबाट हामीले दैनिक चाहिने वस्तु ल्याइरहेका छौँ । यसले बजार महँगो बनेको छ । सामान्य काम गर्नेहरूले महँगो रकममा सामान किन्न सक्ने अवस्था छैन,’ समस्या देखाउँदै थानीले भने ।

गत साता अल्टिमेटम समाप्त
चार खाडी मुलुकहरूले कतारसँग पुनः सम्बन्ध विस्तार गर्न १३ बुँदे माग राखेका थिए । उनीहरूले गत साताको बुधबारसम्म माग पूरा गर्न कतारलाई अन्तिम अल्टिमेटम दिएका थिए ।

तर, कतारले ती माग पूरा गर्न नसकिने दाबी गरेको छ । कतारले चार खाडी मुलुकहरूका माग पूरा गर्न नसकिने जनाएपछि नयाँ मोड लिएको हो । कतारले माग पूरा नगर्दा खाडी मुलुकहरूले नयाँ योजनाका साथ अगाडि बढ्ने बताइएका छन् । जमिन, जल तथा हवाईमार्गमा प्रतिबन्ध लगाएपछि बहुराष्ट्रिय कम्पनी र नागरिकहरूले आर्थिक घाटा बेहोर्नुपरेको दाबी कतारले गरेको छ ।