आइफोनले बनाएको एउटा चिनियाँ सहर - Naya Patrika
© 2017 Naya Prakasan Pvt. Ltd.
अपडेट

  गच्छदारले २०६४ साल १८ माघमा बालुवाटारमा कांग्रेसका शीर्ष नेताबीच छलफल गर्दा कांग्रेस छोड्नुपरेको यथार्थ सुनाउँदै गर्दा भावुक बन्दै गए । उनी भावुकतामा पुग्दै गर्दा माइकले काम गर्न छोड्यो ।…
पूरा पढ्नुहोस् »

हलिउडका चर्चित निर्माता हार्वे विन्स्टेइनका एकपछि अर्को गर्दै यौनजन्य हिंसाका घटना सार्वजनिक हुने क्रम बढेको छ । न्यूयोर्क टाइम्सले निर्माता हार्वेले यौन शोषण गर्ने गरेको सार्वजनिक गरेपछि यौन उत्पीडनमा परेका…
पूरा पढ्नुहोस् »

आजभोलि धेरैमा मुटुसम्बन्धी रोग देखा पर्ने गरेको छ । चिकित्सकहरू पनि पछिल्लो समय मुटुरोगी बढेको बताउँछन् । उनीहरूका अनुसार हाम्रो दैनिक जीवनशैली र विभिन्न कारणले मुटुसम्बन्धी रोग हुने गरेको छ…
पूरा पढ्नुहोस् »

युरोपेली मुलुक अस्ट्रियामा आइतबार आमनिर्वाचन सम्पन्न भएको छ । मत सर्वेक्षणहरूले युवा नेता सिबास्टियन कुर्जले नेतृत्व गरेको कन्जरभेटिभ पिपुल्स पार्टी (ओभिपी) अग्र स्थानमा आउने प्रक्षेपण गरेका छन् । पिपुल्स पार्टी…
पूरा पढ्नुहोस् »

पहिलो अन्तर्राष्ट्रिय फुटसल प्रतियोगितामा सहभागिता जनाएको नेपाली टोली आइतबार एएफसी छनोट फुटसल च्याम्पियसिपमा उज्वेकिस्तानसँग १४–१ को भारी अन्तरले पराजित भएको छ । इरानमा सञ्चालन भइरहेको प्रतिस्पर्धामा नेपालले पहिलो अन्तर्राष्ट्रिय खेलमै…
पूरा पढ्नुहोस् »

– आसन्न निर्वाचनमार्फत संघीय लोकतान्त्रिक गणतन्त्र नेपालको संविधान ०७२ को कार्यान्वयन गरी सुशासन र भ्रष्टाचारमुक्त प्रशासनको बाटोमा हिँडेर देश र जनताको सेवामा अविराम लाग्यौँ भने अबका दिनमा सबल, सक्षम र…
पूरा पढ्नुहोस् »

अभिनेत्री केकी अधिकारीले म्युजिक भिडियो निर्देशक विशाल भण्डारीलाई निर्देशक लिएर फिल्म निर्माण गर्न लागेकी छिन् । त्यसो त उनी ‘लभ साशा’ फिल्मकी सहनिर्माता पनि हुन् । लभ साशाले व्यावसायिक सफलता…
पूरा पढ्नुहोस् »

उहिले मानिस शक्तिदेखि निकै डराउँथे । पहिले प्रकृतिका रहस्यसँग अपरिचित भएको मान्छेले हरेक समस्याको समाधान पनि अदृश्य शक्तिमा खोजी पस्थ्यो । त्यही भएर नाग देवता, जल देवता, सूर्य देवता, भूमि…
पूरा पढ्नुहोस् »

नयाँ पत्रिकाको न्युजरुममा आज उद्योग वाणिज्य महासंघकी अध्यक्ष भवानी राणासँग अन्तरक्रिया हुँदैछ । मुलुकको विकासमा निजी क्षेत्रका योगदान कति भन्ने विषयमा अन्तरक्रिया केन्द्रित हुँदैछ । अन्तरक्रिया फेसबुक लाइभ हेर्न तलको लिंकमा…
पूरा पढ्नुहोस् »

नयाँ पत्रिका   |   असार २७, २०७४
इभा डोउ

आफूले मकै र गहुँखेती गरेको खेतमाथि हेलिकोप्टर उडेको र त्यससबाट बेलुनजस्ता सामग्री झरेको चिनियाँ कृषक जाङ हाइलिनलाई धेरै समय भएजस्तो लाग्दैन । किनभने, यो घटना भएको पनि धेरै भएको छैन । यो घटना सन् २०१० को हो । तर, उनले हेलिकोप्टरबाट बेलुन आकारका सामग्री झरेको देखेको तीन दिनपछि नै झन्डै एक सयको संख्यामा बुल डोजर त्यहाँ आएका देखेका थिए । यसपछि उनलाई जिज्ञासा लाग्यो र सोधीखोजी गर्दा अमेरिकी बहुराष्ट्रिय प्रविधि कम्पनी एप्पल इन्कको स्मार्टफोन (आइफोन) उत्पादन गर्ने उत्पादन केन्द्र निर्माण गर्न लागिएको कुरा जानकारी भयो । हाइलिनको खेतीपाती रहेको सहर जेङ्जाउको औद्योगिक इतिहास सुरु भएको लामो समय भएको छैन । तर, सोही सहरलाई चीनमा ‘आइफोन सिटी’का नामले चिनिन थालेको छ ।

हाइलिनले करिब एक सय बुलडोजर देखेको एक महिना पनि नबित्दै कारखानाको ठूला भवन देखिए । विद्युत् शक्तिको आपूर्ति विस्तार गरियो । स्थानीय रुटमा चल्ने गाडीहरू कम्पनीका कर्मचारीले भरिभराउ हुन थाले । त्यहाँ ताइवानी बहुराष्ट्रिय विद्युतीय उपकरण उत्पादन कम्पनी फक्सकन टेक्नोलोजीको उत्पादन केन्द्रको स्थापना गरिएको थियो । फक्सकनले आइफोनमा प्रयोग गरिने विभिन्न उपकरणको उत्पादन तथा जडान गर्ने काम गर्दै आएको छ ।

कम्पनी सञ्चालनमा आएको एक वर्षपछि फक्सकनका अध्यक्ष टेरी गोउले आइफोन उत्पादन केन्द्रमा एक हजार मानिसले रोजगारी पाएको विवरण सार्वजनिक गरेका थिए । हाल आएर सो कम्पनीले करिब २ लाख ५० हजार मानिसलाई रोजगारी दिएको बताइएको छ । यो संख्या करिब अमेरिकाको म्याडिसोन सहरको जनसंख्याभन्दा बढी हुन आउँछ ।

विगतमा होन हाई प्रिसिकन इन्डस्ट्रीका नामले चिनिँदै आएको कम्पनी फक्सकनले प्रत्येक वर्ष १५ करोड थान आइफोन उत्पादन गर्दै आएको विश्लेषकहरूले आँकलन गरेका छन् । यसका साथै प्रतिवर्ष करिब २ करोड थान आइप्याड र अन्य विद्युतीय उपकरण उत्पादन गर्ने गरेको बताइएको छ । दक्षिणी सेन्जेनलगायत चीनका विभिन्न स्थानमा फक्सकनले करिब १० लाख मानिसलाई रोजगारी दिएको सार्वजनिक गरिएको छ । सेन्जेनको उत्पादन केन्द्रमा नै सबैभन्दा पहिला आइफोनका उपकरण तयारी गरिएको कुरा धेरै पछिसम्म पनि कमैलाई मात्र थाहा थियो । चीनका विभिन्न स्थानमा रहेका एप्पलका उत्पादन केन्द्रले ठूलो परिणाममा उपकरणहरू निर्यात गर्ने गरेको छ । आइफोनका उपकरण निर्माण हुन थालेको एक दशकको अवधिमा चीनले विश्वव्यापी विद्युतीय उपकरण आपूर्ति बढाएर सबैभन्दा धेरै विद्युतीय उपकरण आपूर्तिको शीर्ष स्थानमा पुुगेको छ ।

आइफोन उत्पादनको एक दशक
नवीनतम तथा उच्च प्रविधिका उत्पादनमा चिनियाँ नेताले जोड दिँदै आएका छन् । पछिल्लो समय चीनले प्लास्टिकका उपकरण र लत्ताकपडा उत्पादन गर्ने राष्ट्रभन्दा माथिल्लोस्तरमा उक्लनुपर्नेमा जोड दिएको देखिन्छ । चीनको अवधारणामा आएको पछिल्लो परिवर्तनले लाखौँ चिनियाँ जनताको जीवनस्तरमा पनि परिवर्तन ल्याइदिएको छ । प्रविधिमा जोड दिएकाले चिनियाँ बजारमा ठूलो संख्यामा रोजगारी मात्र बढेको छैन, मजदुरको स्तर पनि उक्सिएकाले मजदुरका नाममा हुने विरोधमा पनि कमी आएको छ ।

पछिल्लो समय आइफोन विश्वव्यापी रूपमा सफल बन्दै गएको विभिन्न अध्ययन तथा बिक्री केन्द्रका तथ्यांकले समेत देखाएको छ । फक्सकन र अन्य केही कम्पनीले ‘उच्च प्रविधिका उपकरण उत्पादन गरेकाले’ यी कम्पनीलाई एप्पलले प्राप्ति (खरिद) गरेको भर्खरै मात्र सार्वजनिक गरिएको छ । कम्पनीले करिब १ करोड २० लाख श्रमिकलाई श्रमिक अधिकारसम्बन्धी शिक्षा दिएको समेत उल्लेख गरेको छ । श्रमिकले एक सातामा बढीमा ४८ घन्टा काम गर्नुपर्ने, सोभन्दा बढी काम गरे व्यवस्थापनले थप ज्यालाको व्यवस्था गर्नुपर्ने र श्रमिकलाई व्यक्तित्व विकासका अवसर पनि दिनुपर्नेलगायतका विषयमा पनि कम्पनीले शिक्षा दिएको उल्लेख गरिएको छ । ‘हाम्रा आपूर्ति केन्द्रको विश्वसनीयता थप बढाउन आपूर्ति केन्द्र पनि कम्पनीले नै व्यवस्थापन गर्ने कुरा पनि हामीले सोचेका छौँ । सबै आपूर्ति तथा बिक्री केन्द्रले प्रत्येक उपभोक्तालाई सम्मान गर्न सक्नेछन्,’ कम्पनीका प्रवक्ताले एक विज्ञप्तिमा उल्लेख गरेका छन् । विगत पाँच वर्षको अवधिमा आपूर्ति केन्द्र तथा बिक्री केन्द्रमा कार्यरत कर्मचारीको सेवासुविधामा पनि उल्लेख्य मात्रामा वृद्धि गरिएको उनले बताएका छन् ।

सन् २०१० मा फक्सकनको उत्पादन केन्द्र सञ्चालनमा आएपछि सेन्जेनको आइफोनको उत्पादन जीवनमरणको अवस्थामा संघर्ष गर्ने अवस्था आयो । यसका साथै सो समुद्री किनारा क्षेत्रका कम्पनीको ज्याला पनि बढेकाले कम्पनीमा थप भार पर्न गएको थियो । यस्तो अवस्थामा किन झेङजोउमा नै उत्पादन केन्द्र खोल्ने निर्णय गरियो भन्ने अन्तर्राष्ट्रिय समाचार संस्था द वाल स्ट्रिट जर्नलको जिज्ञासामा फक्सकनले विभिन्न विषय उल्लेख गरेको थियो । श्रमिकको अधिकतम अधिकारको ग्यारेन्टी गर्नका लागि र उपयुक्त पूर्वाधार तथा यातायातको सुविधा पनि उपयुक्त भएकाले झेङजोउ नै रोजिएको कम्पनीले स्पष्ट पारेको थियो । उत्पादनमूलक क्षेत्रमा राज्यलाई आकर्षक स्थानका रूपमा विकास गर्न झेङजोउ सरकारका व्यावसायिक नीति तथा लगानी वृद्धिमा प्रोत्साहनमूलक नीतिका कारण पनि सोही स्थान रोजिएको फक्सनको विज्ञप्तिमा बताइएको छ ।

फक्सकनमा काम गरेका पूर्वकर्मचारीहरूले सपिङ मल, मनोरञ्जन स्थल र रेस्टुरेन्टलगायतका पूर्वाधार विकास गरेकाले आइफोन सिटी (झेङजोउ)को विकासमा महत्वपूर्ण भूमिका खेलेको देखिन्छ । करिब ९ करोड ४० लाख जनसंख्या भएको हेनान प्रान्तबाट निर्यात हुने विद्युतीय उपकरणको सरकारी तथ्यांक हेर्ने हो भने पछिल्लो समय अत्यधिक वृद्धि भएको देखिन्छ । हेनान प्रान्तकै केन्द्रमा झेङजोउ सहर रहेको छ । यो प्रान्त गरिब प्रान्त पनि हो ।

हेनान प्रान्तका अधिकारीहरूले आइफोनका उपकरण उत्पादन गर्ने कम्पनीलाई स्वागत गरेका थिए । यो क्षेत्रको विकास गर्न चीनको उच्च तहको नेतृत्वले चासो दिएको देखिन्छ । यो राज्यमा पर्याप्त स्रोत र मानव संसाधन भएका कारणले विकासको गति लिन सकेको हो । विकासमा तीव्र गति लिएको र आइफोनको उत्पादन केन्द्र रहेका कारण यसको नाम पनि आइफोन सिटीका रूपमा विकास भएको देखिन्छ।

केही समयपहिले मात्र आइफोनको नयाँ संस्करण सार्वजनिक भएको थियो । त्यतिवेला कम्पनीलाई थप कर्मचारी आवश्यक भएको थियो । त्यतिवेला चिनियाँ राज्य नियन्त्रित कोइला कम्पनीले फक्सकनलाई केही कामदार उपलब्ध गराएको थियो । सरकारी सूचनाअनुसार गत वर्ष राज्यले फक्सकनमा कति कामदार चाहिन्छ भनेर स्थानीय अधिकारीहरूले कोटा नै निर्धारण गरेका थिए । फक्सकनमा आकर्षक सेवासुविधाका कारण त्यहाँ काम गर्न चाहने श्रमिकको संख्या उच्च छ । पछिल्लो समय आइफोनको अझ नयाँ संस्करण सार्वजनिक गर्नका लागि तीव्र गतिमा काम भइरहेको छ । यसका लागि थप श्रमिक चाहिने सूचना पाएका कारण केही रोजगारदाता कम्पनीहरूले श्रमिकको खोजी गर्न थालिसकेको पाइन्छ । नयाँ भर्ती हुने कर्मचारी खोज्नका लागि सरकारले सहयोग गर्ने गरेको र तिनलाई चाहिने तालिमलगायतका व्यवस्था फक्सकनले नै गर्दै आइरहेको कम्पनीले जनाएको छ ।

‘हामी समाजमा उच्च सामाजिक व्यक्तित्व भएका (क्रिम)लाई भर्ती गर्ने तयारीमा छौँ,’ गत महिना कम्पनीका प्रवक्ताले भने, ‘व्यक्तित्वका साथै आशावादी धारणा र कडा परिश्रम गर्ने खालका कर्मचारीले मात्र फक्सकनमा अवसर पाउँछन् ।’ फक्सकनका कामदारले प्रतिमहिना कम्तीमा पनि २ सय ७८ डलर (१९००) युआनदेखि करिब ४ हजार युआनसम्म आम्दानी गर्ने गरेका छन् । यो आम्दानी त्यति धेरै होइन, तर स्थानीयस्तरका ग्रामीण क्षेत्रमा दिइनेभन्दा चाहिँ निकै राम्रो आम्दानी हो । कम्पनीमा काम गर्ने कामदारका लागि आइफोन खरिद गर्नु निकै टाढाको कुरा हो, त्यसैले उनीहरूले अन्य सस्ता खालका स्मार्टफोन प्रयोग गर्ने गरेका छन् । चिनियाँ ब्रान्डका मोबाइलहरू आइफोनको तुलनामा निकै सस्ता हुन्छन् । फक्सकनकै जडान विभागमा तीनपटकसम्म काम गरेकी युआन याङलिङले प्रत्येकपटक काम गर्दा आफ्नो ज्याला वृद्धि भएको र काम गर्न अझै सजिलो हुँदै गएको बताएकी छिन् । हाल उनले कम्पनी नजिकै एउटा कस्मेटिक पसल खोलेकी छिन् । ‘हाम्रा ग्राहकहरू फक्सकनकै कर्मचारी हुन्,’ फक्सकनकै एक कामदारकी व्यापार पेसाकी श्रीमती युआनले प्रतिक्रिया दिएकी छिन् । उनी कम्पनीको नजिकै रहेको एक अपार्टमेन्टमा परिवारसहित बस्दै आएकी छिन् । केही मानिसले कम्पनी खोल्दा आफूहरूलाई उचित क्षतिपूर्ति नदिइएको भन्दै सो स्थान नै छाडेका छन् । तर, सरकारी अधिकारीहरूले भने राष्ट्रिय मापदण्डका आधारमा क्षतिपूर्ति दिएको दाबी गर्दैै आइरहेका छन् ।

कम्पनीका कारण केही नकारात्मक पक्ष पनि छन् । सन् २०१३ मा एक स्थानीय कृषकले पार्कमा क्षति पु-याएको भन्दै त्यसबापतको क्षतिपूर्ति उनलाई नै तिर्न लगायो । त्यसपछि स्थानीयले नै कुटपिट गर्दा उनको मृत्यु हुन पुग्यो । यसपछि पार्कका कर्मचारी र अन्य केहीलाई पनि जेल चलान गरिएको थियो । ‘उनको मृत्यु परिस्थितिवश भएको’ एप्पलले प्रतिक्रिया दिएको थियो ।

अन्य केही कृषकले चाहिँ आफ्नो जीवनभरमा खेती गरेर कमाउने पैसाभन्दा पनि बढी रकम भूमिको क्षतिपूर्तिस्वरूप दिइएको बताएका छन् । सुरुमा हेलिकोप्टर देख्ने झाङले पनि आफ्नो जमिनबापत आएको क्षतिपूर्तिको रकमले अपार्टमेन्ट खरिद गरेका छन् भने उनीजस्ता अरू पनि थुप्रै छन् । उनले आफूले खेती गरेरभन्दा बाटो बढार्ने काम गरेरै धेरै आम्दानी गर्न सकेको बताएका छन् । उनकी श्रीमती र छोराले पनि फक्सकनमा नै काम गर्दै आएका छन् ।

सन् २००७ आइफोनको उत्पादनमा डेब्यु गरेपछि हालसम्मको अवधिमा गत वर्ष मात्र (यस वर्षको प्रतिवेदन आउन बाँकी) पहिलोपटक आइफोनको बजार खस्केको देखिन्छ । यसले फक्सकन र एप्पलबीचको साझेदारी कति समय टिक्ने हो भनेर निक्र्योल गर्न गाह्रो देखिएको छ । यस वर्ष आइफोनको उत्पादन बढ्ने हो कि घट्ने हो, सर्वत्र चासोको विषय भएको छ । फक्सकनले भने आफ्नो झेङजोउको उत्पादन केन्द्रमा आफ्नो सेयर हिस्सा ८० प्रतिशत रहेको र अझै लगानी थप गर्दै जाने बताउँदै आएको छ । फक्सकनले लाखौँ मानिसलाई तालिम दिएको र उनीहरूले आफ्नो सीप उपयोग गरी अन्यत्र पनि रोजगारी पाउने हेनानमा अर्थशास्त्र विषयमा प्राध्यापन गर्ने सी पुले बताएका छन्।

इभा डोउ प्रविधि उद्योगका विषयमा कलम चलाउँछिन् ।
स्रोत : द वाल स्ट्रिट जर्नल