सबैभन्दा धेरै धान फलेको वर्ष चामल आयात उच्च - Naya Patrika
© 2017 Naya Prakasan Pvt. Ltd.
अपडेट

  गच्छदारले २०६४ साल १८ माघमा बालुवाटारमा कांग्रेसका शीर्ष नेताबीच छलफल गर्दा कांग्रेस छोड्नुपरेको यथार्थ सुनाउँदै गर्दा भावुक बन्दै गए । उनी भावुकतामा पुग्दै गर्दा माइकले काम गर्न छोड्यो ।…
पूरा पढ्नुहोस् »

हलिउडका चर्चित निर्माता हार्वे विन्स्टेइनका एकपछि अर्को गर्दै यौनजन्य हिंसाका घटना सार्वजनिक हुने क्रम बढेको छ । न्यूयोर्क टाइम्सले निर्माता हार्वेले यौन शोषण गर्ने गरेको सार्वजनिक गरेपछि यौन उत्पीडनमा परेका…
पूरा पढ्नुहोस् »

आजभोलि धेरैमा मुटुसम्बन्धी रोग देखा पर्ने गरेको छ । चिकित्सकहरू पनि पछिल्लो समय मुटुरोगी बढेको बताउँछन् । उनीहरूका अनुसार हाम्रो दैनिक जीवनशैली र विभिन्न कारणले मुटुसम्बन्धी रोग हुने गरेको छ…
पूरा पढ्नुहोस् »

युरोपेली मुलुक अस्ट्रियामा आइतबार आमनिर्वाचन सम्पन्न भएको छ । मत सर्वेक्षणहरूले युवा नेता सिबास्टियन कुर्जले नेतृत्व गरेको कन्जरभेटिभ पिपुल्स पार्टी (ओभिपी) अग्र स्थानमा आउने प्रक्षेपण गरेका छन् । पिपुल्स पार्टी…
पूरा पढ्नुहोस् »

पहिलो अन्तर्राष्ट्रिय फुटसल प्रतियोगितामा सहभागिता जनाएको नेपाली टोली आइतबार एएफसी छनोट फुटसल च्याम्पियसिपमा उज्वेकिस्तानसँग १४–१ को भारी अन्तरले पराजित भएको छ । इरानमा सञ्चालन भइरहेको प्रतिस्पर्धामा नेपालले पहिलो अन्तर्राष्ट्रिय खेलमै…
पूरा पढ्नुहोस् »

– आसन्न निर्वाचनमार्फत संघीय लोकतान्त्रिक गणतन्त्र नेपालको संविधान ०७२ को कार्यान्वयन गरी सुशासन र भ्रष्टाचारमुक्त प्रशासनको बाटोमा हिँडेर देश र जनताको सेवामा अविराम लाग्यौँ भने अबका दिनमा सबल, सक्षम र…
पूरा पढ्नुहोस् »

अभिनेत्री केकी अधिकारीले म्युजिक भिडियो निर्देशक विशाल भण्डारीलाई निर्देशक लिएर फिल्म निर्माण गर्न लागेकी छिन् । त्यसो त उनी ‘लभ साशा’ फिल्मकी सहनिर्माता पनि हुन् । लभ साशाले व्यावसायिक सफलता…
पूरा पढ्नुहोस् »

उहिले मानिस शक्तिदेखि निकै डराउँथे । पहिले प्रकृतिका रहस्यसँग अपरिचित भएको मान्छेले हरेक समस्याको समाधान पनि अदृश्य शक्तिमा खोजी पस्थ्यो । त्यही भएर नाग देवता, जल देवता, सूर्य देवता, भूमि…
पूरा पढ्नुहोस् »

नयाँ पत्रिकाको न्युजरुममा आज उद्योग वाणिज्य महासंघकी अध्यक्ष भवानी राणासँग अन्तरक्रिया हुँदैछ । मुलुकको विकासमा निजी क्षेत्रका योगदान कति भन्ने विषयमा अन्तरक्रिया केन्द्रित हुँदैछ । अन्तरक्रिया फेसबुक लाइभ हेर्न तलको लिंकमा…
पूरा पढ्नुहोस् »

अजित अधिकारी, काठमाडौं   |   असार २७, २०७४

चालू आर्थिक वर्ष ०७३-७४ मा सबैभन्दा बढी ५२ लाख ३० हजार मेट्रिकटन धान उत्पादन भएको अनुमान छ । तर, यही वर्ष सबैभन्दा धेरै चामल आयात हुँदै छ ।

चालू आर्थिक वर्ष उत्पादन भएको धानबाट करिब ३४ लाख मेट्रिकटन चामल बनाउन सकिन्छ । राष्ट्रिय खाद्यान्न वासलतले सर्वसाधारणको माग धान्न करिब ३१ लाख मेट्रिकटन चामल भए पुग्ने जनाएको छ । यसअनुसार यस वर्ष चामल उब्रिनुपर्ने हो । तर, उत्पादित धानले नपुगेर चालू आवको १० महिनामा भारतबाट २० अर्ब २८ करोड ८८ लाख रुपैयाँको चामल आयात भइसकेको राष्ट्र बैंकले जनाएको छ । बैंकका अनुसार मासिक २ अर्ब रुपैयाँभन्दा बढी मूल्यको चामल आयात भइरहेको छ ।

चालू आर्थिक वर्षमा करिब २५ अर्ब रुपैयाँको चामल आयात हुने देखिएको छ । यो अहिलेसम्मकै उच्च आयात हुनेछ । राष्ट्र बंैकको तथ्यांकअनुसार आव ०७१-७२ मा हालसम्मै उच्च २४ अर्ब ७५ करोड ८८ लाख रुपैयाँको चामल आयात भएको थियो । गत आव ०७२÷७३ मा भने २१ अर्ब ८६ करोड ३२ लाख रुपैयाँको मात्र चामल आयात भएको थियो ।

खाने बानी परिवर्तन नहुँदा उच्च आयात
चामल आयात बढ्नुमा खाने बानी मुख्य दोषी रहेको धानविज्ञ डा. भोलामानसिंह बस्नेत बताउँछन् । ‘हामीलाई बिहान–बेलुकी भात नै खानुपर्ने बानीले देशमा धान उत्पादन बढेको समयमा पनि चामल आयात उच्च भइरहेको हो,’ उनी भन्छन्, ‘शरीरलाई चाहिने क्यालोरीअनुसार खाद्यान्नको उपभोगलाई सन्तुलित बनाउने हो भने आयात कम हुँदै जान्छ ।’

क्यालोरीका आधारमा राष्ट्रिय खाद्यान्न वासलत तयार गरेको कृषि विकास मन्त्रालयले चालू आवको उत्पादनमध्ये ३२ हजार मेट्रिकटन खाद्यान्न (धान, गहुँ, मकै, कोदो, जौ, फापर) उब्रिने जनाएको छ । देशभर ९७ लाख ४१ हजार ६ सय ६५ मेट्रिकटन खाद्यान्न उत्पादन भएको मन्त्रालयले जनाएको छ ।

उत्पादन बढाउने प्रयास
कृषि विकास मन्त्रालयले धान उत्पादन बढाउन तराईमा विभिन्न कार्यक्रम सञ्चालन गर्दै आएको छ । उच्च गुणस्तरीय चामलको माग बढेको पाइएपछि मन्त्रालयले ०७० देखि पूर्वी तराईका ८ जिल्लामा वासनादार (बासमती) धान उत्पादन कार्यक्रम जारी राखेको छ । त्यस्तै तराईका २० जिल्लामा बृहत् धान उत्पादन र चैते धान प्रवद्र्धन कार्यक्रम पनि सञ्चालन भइरहेको मन्त्रालयका सहायक प्रवक्ता शंकरप्रसाद सापकोटाले जानकारी दिए ।

चालू आवदेखि प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना सुरु गरी झापामा एक हजार हेक्टरमा धानको सुपर जोनसमेत घोषणा गरिएको छ । यसबाट पनि उत्पादन वृद्धि हुने लक्ष्य राखिएको उनले बताए । देशभर यो वर्ष १५ लाखभन्दा बढी क्षेत्रफलमा धान खेती हुन लागेको छ । कुल धान उत्पादनमा तराईको ७१ प्रतिशत, पहाडको २६ प्रतिशत र हिमालको ३ प्रतिशत योगदान छ । मन्त्रालयले आगामी सिजनमा ५४ लाख मेट्रिकटन धान फलाउने उद्देश्यसहित कार्यक्रम तय भएको दाबी गरेको छ ।