केएफसीको चेन बौद्ध र लबिम मलमा खुल्दै - Naya Patrika
© 2017 Naya Prakasan Pvt. Ltd.
अपडेट

  गच्छदारले २०६४ साल १८ माघमा बालुवाटारमा कांग्रेसका शीर्ष नेताबीच छलफल गर्दा कांग्रेस छोड्नुपरेको यथार्थ सुनाउँदै गर्दा भावुक बन्दै गए । उनी भावुकतामा पुग्दै गर्दा माइकले काम गर्न छोड्यो ।…
पूरा पढ्नुहोस् »

हलिउडका चर्चित निर्माता हार्वे विन्स्टेइनका एकपछि अर्को गर्दै यौनजन्य हिंसाका घटना सार्वजनिक हुने क्रम बढेको छ । न्यूयोर्क टाइम्सले निर्माता हार्वेले यौन शोषण गर्ने गरेको सार्वजनिक गरेपछि यौन उत्पीडनमा परेका…
पूरा पढ्नुहोस् »

आजभोलि धेरैमा मुटुसम्बन्धी रोग देखा पर्ने गरेको छ । चिकित्सकहरू पनि पछिल्लो समय मुटुरोगी बढेको बताउँछन् । उनीहरूका अनुसार हाम्रो दैनिक जीवनशैली र विभिन्न कारणले मुटुसम्बन्धी रोग हुने गरेको छ…
पूरा पढ्नुहोस् »

युरोपेली मुलुक अस्ट्रियामा आइतबार आमनिर्वाचन सम्पन्न भएको छ । मत सर्वेक्षणहरूले युवा नेता सिबास्टियन कुर्जले नेतृत्व गरेको कन्जरभेटिभ पिपुल्स पार्टी (ओभिपी) अग्र स्थानमा आउने प्रक्षेपण गरेका छन् । पिपुल्स पार्टी…
पूरा पढ्नुहोस् »

पहिलो अन्तर्राष्ट्रिय फुटसल प्रतियोगितामा सहभागिता जनाएको नेपाली टोली आइतबार एएफसी छनोट फुटसल च्याम्पियसिपमा उज्वेकिस्तानसँग १४–१ को भारी अन्तरले पराजित भएको छ । इरानमा सञ्चालन भइरहेको प्रतिस्पर्धामा नेपालले पहिलो अन्तर्राष्ट्रिय खेलमै…
पूरा पढ्नुहोस् »

– आसन्न निर्वाचनमार्फत संघीय लोकतान्त्रिक गणतन्त्र नेपालको संविधान ०७२ को कार्यान्वयन गरी सुशासन र भ्रष्टाचारमुक्त प्रशासनको बाटोमा हिँडेर देश र जनताको सेवामा अविराम लाग्यौँ भने अबका दिनमा सबल, सक्षम र…
पूरा पढ्नुहोस् »

अभिनेत्री केकी अधिकारीले म्युजिक भिडियो निर्देशक विशाल भण्डारीलाई निर्देशक लिएर फिल्म निर्माण गर्न लागेकी छिन् । त्यसो त उनी ‘लभ साशा’ फिल्मकी सहनिर्माता पनि हुन् । लभ साशाले व्यावसायिक सफलता…
पूरा पढ्नुहोस् »

उहिले मानिस शक्तिदेखि निकै डराउँथे । पहिले प्रकृतिका रहस्यसँग अपरिचित भएको मान्छेले हरेक समस्याको समाधान पनि अदृश्य शक्तिमा खोजी पस्थ्यो । त्यही भएर नाग देवता, जल देवता, सूर्य देवता, भूमि…
पूरा पढ्नुहोस् »

नयाँ पत्रिकाको न्युजरुममा आज उद्योग वाणिज्य महासंघकी अध्यक्ष भवानी राणासँग अन्तरक्रिया हुँदैछ । मुलुकको विकासमा निजी क्षेत्रका योगदान कति भन्ने विषयमा अन्तरक्रिया केन्द्रित हुँदैछ । अन्तरक्रिया फेसबुक लाइभ हेर्न तलको लिंकमा…
पूरा पढ्नुहोस् »

कृष्ण रिजाल, काठमाडौं   |   असार २७, २०७४

पोखरापछि अब मुलुकका ठूला सहरमा जाने तयारी गर्दै केएफसी –

बहुराष्ट्रिय कम्पनी केएफसी (केन्टुकी फ्राइड चिकेन)ले नेपालमा दुईवटा नयाँ बिक्री केन्द्र (चेन) सञ्चालनमा ल्याउने तयारी गरेको छ । व्यवस्थापक देवयानी इन्टरनेसनल नेपाल प्रालिले काठमाडौंको बौद्ध र ललितपुरको लबिम मलमा केएफसीको चेन सञ्चालनमा ल्याउने तयारी गरेको हो ।

बौद्धमा केएफसीको चेन निर्माणको काम धमाधम अघि बढिरहेको छ । लबिम मलमा भने निर्माणकार्यको प्रक्रिया सुरु भएको कम्पनीले जनाएको छ । बौद्धको चेन आगामी अगस्टभित्रमा सञ्चालनमा आइसक्ने केएफसी नेपालकी बजार व्यवस्थापक दीक्षा भट्टले जानकारी दिइन् । ‘बौद्धमा निर्माणकार्य अन्तिम चरणमा पुगेको छ, लबिम मलमा स्पेस कन्फर्मलगायतको काम भएको छ,’ उनले भनिन्, ‘दुवै चेन यसै वर्षभित्र सञ्चालनमा ल्याइसक्ने लक्ष्य लिएका छौँ ।’

केएफसीको ३ वर्षमा ३ वटा चेन थपिसक्ने योजना बनाएको थियो । त्यहीअनुसार पोखारमा करिब दुई महिनाअघि केएफसीको चेन सञ्चालनमा आइसकेको छ । योजनाअनुसार नै पोखरापछि बौद्ध र लबिम मलमा चेन खोल्न थालिएको उनले बताइन् । देवयानी इन्टरनेसनल नेपाल प्रालिले नेपालमा केएफसी, पिज्जाहट र पिएचडी सञ्चालन गरिरहेको छ । हाल केएफसी नेपालले स्वदेशमै उत्पादित कुखुराको मासु (चिकेन) प्रयोग गरिरहेको छ । केएफसीले भ्याली कोल्ड स्टोरबाट कुखुराको मासु खरिद गर्ने गरेको छ ।

२० करोड लगानी, १ सयलाई रोजगारी
सञ्चालनमा आउन थालेका नयाँ चेनमा कम्तीमा २० करोड लगानी हुने अपेक्षा गरिएको छ । ‘केएफसीको पहिलो चेनमा ९ करोड रुपैयाँजति लगानी भएको थियो,’ उनले भनिन्, ‘थपिने दुईवटा चेनमा सोहीअनुसार लगानी लाग्ने अनुमान गरिएको छ ।’ एउटा चेनमा कम्तीमा ४० जनाले रोजगारी पाउने उनले जानकारी दिइन् । यसलाई आधार मान्दा बौद्ध र लबिम मलमा आउने केएफसीको नयाँ चेनमा करिब एक सयजनाले रोजगारी पाउनेछन् ।

नेपालमा केएफसी
अमेरिकी ब्रान्ड केएफसी नेपालमा सन् २००९ को अक्टोबर महिनादेखि काठमाडौंको दरबारमार्गमा सञ्चालनमा आएको हो । त्यसपछि सन् २०१२ मा त्रिपुरेश्वरस्थित ब्लुबर्ड मलमा समेत स्थापना भएको हो । देवयानी इन्टरनेसनलले कुल ९ करोड रुपैयाँ लगानीमा रेस्टुराँ सञ्चालनमा ल्याएको हो । नेपालमा सञ्चालनमा रहेको पेप्सीको बोटलर्स वरुण वेभरेज र पार्क होराइजन अपार्टमेन्टमा समेत देवयानीकै लगानी रहेको छ ।

कस्तो छ केएफसी ?
केएफसी विश्वकै चर्चिच चिकेन रेस्टुरेन्ट हो, जसलाई करिब ७० वर्षअघि एकजना कुकले स्थापना गरेका थिए । हाल विश्वका १ सय २५ भन्दा बढी मुलुकमा २० हजार ५ सयवटा केएफसी आउटलेट रहेका छन् ।

अन्त कहाँ–कहाँ खुल्दै छ केएफसी ?
केएफसीले मुलुकका ठूला सहरमा चेन स्थापना गर्ने लक्ष्य लिएको छ । अहिले विराटनगर, चितवन, इटहरी, धरानलगायत मुलुकका ठूला सहरमा पनि केएफसी लैजाने गृहकार्य भइरहेको बजार व्यवस्थापक दीक्षा भट्टले जानकारी दिइन् । ‘कतिपय ती स्थानमा केएफसी सञ्चालनका लागि सम्भाव्यता अध्ययन भइरहेको छ भने कतिपय ठाउँमा स्पेस खोज्ने कामसमेत भइरहेको छ,’ उनले भनिन्, ‘सम्भव भएका सबै ठूला सहरमा केएफसीको चेन सञ्चालनमा ल्याउने कम्पनीको योजना रहेको छ ।’